२५६१ औं बुद्धजयन्ती मनाइँदै

बैशाख २६, २०७४ मा प्रकाशित | 1191 views

बुटवल ।

२५६१ औ बुद्धजयन्ती तथा लुम्बिनी दिवस आजदेखि लुम्बिनीमा विभिन्न कार्यक्रम गरी मनाइदै छ ।

बुद्धजयन्ती तथा लुम्बिनी दिवसका अवसरमा लुम्बिनी विकास कोष र स्थानीय संघ संस्थाहरुले ३ दिनसम्म विभिन्न कार्यक्रमहरु आयोजना गरेका छन ।

लुम्बिनीका विभिन्न विहार तथा आसपासका क्षेत्रमा आज बिहान विशेष सरसफाई गरिएको छ ।

त्यस्तै मायादेवी मन्दिर परिषरमा अहोरात्र परीत्राण पाठ र शान्ति दीप प्रज्ज्वलन गरिँदै छ ।

बुद्धजयन्तीको मुख्य दिन भोलि उपराष्ट्रपति नन्द बहादुर पुनको प्रमुख आतिथ्यमा विशेष समारोह हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web