प्रधानमन्त्री, सभामुख र कानुनमन्त्रीले नै कानुन दिवस बहिस्कार गरे

बैशाख २६, २०७४ मा प्रकाशित | 998 views

काठमाडौं ।

६५ औं कानुन दिवसका अवसरमा आज सर्वोच्च अदालतमा आयोजित जलपान कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहालले बहिस्कार गरेका छन् ।

कानुनी राज्यको वकालत गर्ने सरकारले नै कानुन दिवस बहिस्कार गर्दा सभामुख र सरकारका कानुन मन्त्रीले साथ दिएका छन् ।

सर्वोच्च अदालतले कानुन दिवसको अवसर पारेर आयोजना  गरेको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्टपति नन्द बहादुर पुन, सुचना तथा संचार मन्त्री सुरेन्द्रकुमार कार्की, पूर्व प्रधान न्यायधीशहरु, विभिन्न संवैधानिक अंगका प्रमुखहरु, नेपाल सरकारका उच्च अधिकारीहरु, कानून व्यवसायी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

त्यस अवसरमा प्रधान न्यायधीश सुशीला कार्कीले संविधानको कार्यान्वयनका लागि राज्यका प्रत्येक अंगको क्रियाशीलता आवश्यक भएको बताउनुभयो ।

प्रधान न्यायधीश कार्कीले राज्यका प्रत्येक अंगले प्रतिस्पर्धी नभई सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

प्रधान न्यायधीश कार्कीले छिटोछरितो न्याय सबैका लागि न्याय भन्ने नारालाई मूलमन्त्रका रुपमा लिएर न्यायपालिकाले आफ्नो कार्य सम्पादनलाई जनमुखी बनाउँदै गएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web