टोकियो ।

विद्यार्थीको रुपमा जापानमा रहँदै आएका एक नेपाली युवाले आत्महत्या गरेका छन् ।

नेपाल गरेर विवाह गरि आएको ४० दिनमै पोखरा राम बजार घर भएका मुकेश थापाले आत्महत्या गरेका हुन् ।

राजधानी टोकियोको हाईजिमामा बस्दै आएका तीस वर्षिय मुकेश थापा मगरले स्थानीय पार्कमा पासो लगाएर आत्महत्या गरेको उनि निकट देवेन्द्र कुँवरले टपनेपालन्युजडटकमलाई जानकारी दिए ।

आत्महत्या गरेका थापामगरको शव जापान प्रहरीले तत्काल पार्कबाट लगेपछि आत्महत्याको घटना केहीदिन बाहिर आउन पाएन ।

प्रहरीले थापामगरको बारेमा फोटो देखाउदै पहिचान गर्न नेपाली समुदायमा लगेपछि उनले आत्महत्या गरेको सार्वजनिक हुन पुगेको हो ।

नाकानो स्कुल अफ बिजिनेस सेन्मोन गाक्कोउमा एईगो बिजिनेस दोस्रो बर्ष अध्ययन गर्दै गरेको थापा मगर तीन बर्षअघि जापान आएको खुल्न आएको छ ।

यसैबीच हाईजिमा क्षेत्रका नेपालीहरुले मृतक थापामगरको शवलाई परिवारको सुझाव अनुसार जापानमै दाहसंस्कार गर्ने तयारी गरेका छन् ।

17.61¡ÆC