धनगढी ।

कैलाली स्थित धनगढी अत्तरीया सडकखण्डको गेटा नजिक यात्रुबाहक म्याजिक गाडी र ट्क ठोकिदा एक जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् । घाइते मध्ये ५ जनाको अवस्था गम्भिर रहेको छ

मृत्यु हुनेमा गोदावरी नगरपालिका १ का गोबिन्द चौधरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गम्भिर घाइते चौधरीको उप उपचारका लागि भारत लैजादै गर्दा बाटोमै मृत्यु भएको बताइएको छ ।

गम्भिर घाइतेलाई थप उपचारका लागि भारतको हलदवानी रिफर गरिएको प्रहरीले बताएको छ

अत्तरीयाबाट धनगढी आउदै भे १ ख २८१ नम्बरको ट्क र बिपरीत दिशाबाट जादै गरेको से १ ज ३८१ नम्बरको म्याजिक ठोकिदा गयराती आपसमा ठोकिदा सो दुर्घटना भएको हो ।

20.28¡ÆC