काठमाडौं ।

आसन्न स्थानिय निकाय निर्वाचनमा असर पार्नसक्ने भन्दै प्रहरीले गुण्डा नाइके दिपक मनाङ्गेलाई पक्राउ गरेको छ ।

चुनावको सुरक्षालाई मध्यजनर गर्दै प्रहरीले मनाङ्गेलाई ठमेलबाट पक्राउ गरेको जनाएको छ ।

राप्रपाको मनाङ जिल्ला अध्यक्ष समेत रहेका गुण्डा नाइके मनाङ्गेलाई महानगरीय प्रहरी परिसर काठमाडौको टोलिले पक्राउ गरेको हो ।

चुनावी सुरक्षालाई खतरा हुन सक्ने व्यक्तिहरुलाई पक्राउ गर्न थालिएको भन्दै प्रहरीले गुण्डागर्दीमा संलग्न रहँदै आएका मनाङ्गे सहित अन्यलाई पनि पक्राउको तयारी गरेको बताएको छ ।

16.56¡ÆC