कोरियन भाषा परीक्षा स्थानिय चुनाव भएपछि तोकिएकै मितिमा हुने

बैशाख २३, २०७४ मा प्रकाशित | 928 views

काठमाडौं ।

सरकारले स्थानीय तहको चुनावका कारण कोरियन भाषा परिक्षा रोकिने भन्ने हल्ला निराधार रहेको भन्दै तोकिएकै मितिमा हुने बताएको छ ।

दक्षिण कोरियामा जाने प्रशिक्षार्थी कामदारको लागि हुने परिक्षा निर्धारित मितिमै हुने वैदेशिक रोजगार विभाग अन्तरगतको इपीएस कोरिया शाखाले जानकारी दिएको हो ।

इपिएस परिक्षाको मिति जेठको २७ र २८ गते तोकिएको छ । जेठ ३१ गते विभिन्न प्रदेश दोस्रो चरणमा स्थानीय तहको चुनाव भएकाले परीक्षार्थीहरु जाँच सकेर भोट हाल्न पुग्न भ्याउने भन्दै इपीएस शाखाले निर्वाचनका कारण परीक्षा नरोकिने बताएको हो ।

यो वर्ष भाषा परीक्षाका लागि ७५ हजार ६ सयभन्दा बढी युवाले आवेदन दिएका थिए । त्यसमध्ये झण्डै ४ सयको फारम अवैध भएकाले खारेज गरिएको छ । कोरियाले यो पटक १० हजार २ सय नेपालीलाई लैजानेछ ।

गत वर्ष ३५ सयका लागि संख्या ६० हजार परीक्षार्थी सहभागी भएका थिए । तर, यो पटक कोटा बढेका कारण पनि धेरैको आवेदन परेको छ । यसपटक अनलाइनमार्फत आवेदन लिइएको थियो ।

यो वर्ष परीक्षा दिनेमध्येबाट कृषितर्फ ६ हजार २ सय र उत्पादनमूलक क्षेत्रतर्फ ४ हजार कामदार उर्त्तीण हुनेछन् ।

कोरिया जानका लागि उत्पादनमूलक समूहमा २४ हजार ३८७ जनाले आवेदन दिएका छन् भने कृषि समूहमा ५१ हजार २२० जनको आवेदन परेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web