एजेन्सी ।

जैविक रासायनिक अतियार प्रयोग गरेर उत्तर कोरियाली नेता किम जोगं उनको हत्या गर्ने अमेरिकी र दक्षिण कोरियाली गुप्तचर निकायको प्रयास बिफल भएको छ ।

उत्तर कोरियाली नेता किमको १ सय ५ औं जन्म दिवसको अवसरमा प्योगंयागंमा आयोजित सैन्य परेडमा सहभागी हुने क्रममा नेता किमको हत्या प्रयास भएको उत्तर कोरियाली समाचार संस्था केसिएनए समाचार संस्थाले जनाएको छ ।

१८ सय शब्द लामो रिपोर्टमा नेता किमको हत्या गर्न अमेरिकी गुप्तचर संस्था सिआइए र दक्ष्णि कोरियाली गुप्तचर संस्था एनआईएसले यस्तो प्रयास गरेको बताएको हो ।

सिआइएलाई घुणित आतंकवादी संगठनको संज्ञा दिंदै उत्तर कोरियाली मिडियाले आफ्ना नेताको हत्या गर्न ठूलो धनराशी र जैविक हतियार प्रयोग गरिएपनि त्यो असफल भएको बताएको छ ।

सैन्य परेडमा सहभागी हुने क्रममा किमलाई लक्षित गरेर जैविक हतियार आक्रमणको प्रयास गर्ने प्रयास असफल पारिएको भन्दै यसमा उत्तर कोरियाली नागरिकलाई समेत प्रलोभनमा पारेर प्रयोग गरिएको उल्लेख छ ।

अत्यन्तै शक्तिशालि रेडियोधर्मी जैविक हतियार किमलाई लक्षित गरि प्रहार गर्ने योजना रहेपनि त्यो असफल पारिएको उत्तर कोरियाली मिडियालाई उदृत गर्दै कोरियन टाइम्सले उल्लेख गरेको छ ।

उत्तर कोरियाली मिडियाले प्रकाशन गरेको यो रिपोर्टमा तत्काल अमेरिका र दक्षिण कोरियाले कुनै प्रतिक्रिया दिइसकेको छैन ।

तर गत सेप्टेम्वरमा दक्षिणकोरियाली रक्षा मन्त्रीले उत्तर कोरियाले दक्षिण कोरियामाथि आक्रमणको चेतावनी र योजना बुनिरहेमा उसमाथि व्यापक सजाय र आक्रमणमने योजना बताइएको बताएका थिए ।

कोरियन टाइम्सले समाचारमा उत्तरकोरियाली नेता किमको हत्या प्रयास र दक्षिण कोरियाका रक्षामन्त्रीको चेतावनी अर्थपूर्ण देखिएको भन्दै यसबारेमा अमेरिका र दक्षिण कोरियाको प्रतिक्रिया नआइसकेको लेखेको छ ।

19.12¡ÆC