एजेन्सी ।

पूर्व राष्ट्रपति बाराक ओबामाले लागु गरेको ओबामा केयरको साटो नयाँ हेल्थ केयर बिल ल्याएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो तीन महिने कार्यकालमा पहिलो सफलता हात पारेका छन् ।

अमेरिकाको तल्लो सदनले हिजो झिनो मत अन्तरले ओबामा केयरलाई प्रतिस्थापन गर्न ल्याइएको नयाँ हेल्थ केयर विधेयकलाई पारित गरेको हो ।

हाउस अफ रेप्रिजेन्टेटिभ्सले बिधेयक पारित गर्न २१६ मत आवश्यक रहेकोमा मात्र एक मत बढी अर्थात् २१७ भोट सहित बिधेयक पारित गरेको हो ।

डेमोक्रेटिक पार्टीका सांसदले यसको विपक्षमा मतदान गरेका थिए । अब यो विधेयक आगामी जुन महिनाभित्र माथिल्लो सदन अर्थात सिनेटमा पेश गरिनेछ ।

अमेरिकन हेल्थ केयर एक्ट बिलका लागि रिपब्लिकन पार्टीभित्र पर्याप्त समर्थन जुटाएपछि पास गरिएको हो । मार्चमा पर्याप्त समर्थन नजुटेपछि ट्रम्प सरकारले यो विधेयक फिर्ता लिएको थियो ।

गएको मार्चमा आफ्नै पार्टी रिपब्लिकनका सांसदको समर्थन जुटाउन नसकेपछि मतदान हुनुअघि विधेयक फिर्ता लिइएको थियो ।

18.12¡ÆC