काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारी स्थानीय तहको निर्वाचनमा मतदान नगर्ने भएकी छिन् ।

यही वैशाख ३१ गते हुने स्थानीय तहको पहिलो निर्वाचनका लागि दलहरुले मनोनयन गरेपछि राष्ट्रपतिले आफू संविधानको संरक्षक भएकाले निर्वाचनमा सहभागी भएर मतदान गर्दा कुनै दल विशेषलाई मत हाल्नुपर्ने भएकाले त्यस्तो निर्णय गरेको प्रेस सल्लाहकार माधव शर्माले जानकारी दिएका छन् ।

राष्ट्रपति भण्डारीको नाम काठमाडौँ जिल्ला बूढानीलकण्ठ नगरपालिका–३, चपलीको मतदाता नामावलीमा रहेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको उपाध्यक्ष रहँदा राष्ट्रपतिमा निर्वाचीत भएकी थिइन् ।

20.33¡ÆC