एचआईभी एड्सको उपचार पत्ता लाग्यो !

बैशाख २०, २०७४ मा प्रकाशित | 1686 views

काठमाडौं ।

मुसामा गरिएको सफल परिक्षण पछि संक्रमित मानिसमा एचआईभीको उपचार सम्भव भएको एक अध्ययनले जनाएको छ ।

हालै सम्पन्न एक अनुसन्धानपछि अमेरिकी वैज्ञानिकहरुको टोलीले क्रिस्पर जीन-सम्पादन प्रविधिमार्फत विना संक्रमण मानिसको कोषिकाबाट एचआईभीको संक्रमण पुर्णतया हटाउन सकिने निर्क्यौल निकालेको छ ।

व्याक्टेरियामा पाइने डिएनएलाई सही तरीकाले सम्पादन गर्न सकिने क्रिस्पर क्यास-९ एक विधि हो ।

यसको लागि टेम्पल विश्वविद्यालयस्थित लेविस केट्ज स्कुल अफ मेडिसिन 'एलकेएस्ओएम' र पिटर्सवर्ग विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले ‘मानवीय’ नमुना 'ह्युमन मोडेल'लाई समावेश गरेका थिए, सो क्रममा मुसाहरुमा ‘मावन प्रतिरोधी कोषिका ‘ ९ह्युमन इम्युन सेल० को प्रत्यारोपण गरी उनीहरुमा भाइरसद्धारा संक्रमित गरिएको थियो ।

एलकेएसओएमका डा.वेनहुई हुईद्वारा सम्पन्न गरिएको उक्त अनुसन्धानका क्रममा टोली यसअघि नै विभिन्न टिस्युका जीनबाट एचआईभी नष्ट गर्न सक्षम भइसकेका छन् ।

त्यसको लगत्तै उनीहरुले सबै टिस्युबाट एचआइभीको भाइरस हटाउन सफल भएका थिए । एचआइभीको उपचारको क्षेत्रमा वैज्ञानिकहरुले पाएको यो ठूलो सफलता हो । उनीहरु अब यो प्रविधिलाई मानव जातीमा परिक्षण गर्नेमा आशावादी छन् ।

‘अहिलेसम्म गरिएका अध्ययनमध्ये विस्तृतमा गरिएको उक्त अध्ययनमा हामीले जीन(सम्पादन रणनितिलाई अझै सुधार गरेका छौ । त्यसै क्रममा हामीले यो रणनिति मुसाको अन्य दुई समुहमा पनि प्रभावकारी भएको पाएका थियौ ‘ डा। हुईले भने ।

अनुसन्धानका लागि अनुसन्धानकर्ताहरुले तीनवटा मुसाको समूहमा परिक्षण गरेको थियो । पहिलो चरणमा समूहले मुसालाई एचआईभी-१ द्वारा संक्रमित गराएको थियो ।

दोश्रो चरणमा उनीहरुले कडा किसिमको एचआईभीद्धारा संक्रमित गराएका थिए । तेश्रो चरणमा उनीहरुले मुसाहरुलाई प्रयोग गरेका थिए ।

अनलाईनखवरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web