दुबई लगिएका ४४ महिलाबारे सिआइबीद्धारा अनुसन्धान सुरु

बैशाख २०, २०७४ मा प्रकाशित | 1099 views

काठमाडौं ।

दलालले भारतको दिल्लीको विमानस्थलबाट सोमबार साँझ दुबई पु¥याएका ४४ नेपाली नेपाली महिलाको आवश्यक कागजात नभेटिएपछि त्यहाँको अध्यागमनले नेपाली महिलालाई फिर्ता गरेको छ ।

आज काठमाडौं फर्काइएका महिलाहरु कञ्चनपुर, बर्दिया, काभ्रेपलाञ्चोक, नुवाकोट, सिन्धुपाल्चोकलगायत जिल्लाका छन् ।

राहदानीमा कुनै देशको पनि प्रवेशाज्ञा नलागेका उनीहरुले आफूहरु केन्या जान लागेको भन्दै दुबई पुगेकोमा त्यहाँबाट दलालले कुँवेत लैजाने तयारी गरेको बुझिएको अध्यागमन विभागले जनाएको छ ।

फिर्ता भएकालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अध्यागमन विभागले नियन्त्रणमा लिएर सोधपुछ गरेपछि अहिले माइती नेपालको जिम्मा लगाएको विभागका महानिर्देशक गङ्गाराम गेलालले जानकारी दिनुभयो ।

घटनाबारे केन्द्रीय अनुसनधान ब्युरो 'सिआइबी'ले अनुसन्धान सुरु गरेको र छिट्टै संलग्न गिरोहको पहिचान गरिने ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक मीरा चौधरीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web