टोकियो ।

एक सातादेखी जापानमा बेपत्ता भएकी भनिएकी बिराटनगर भर भएकी नेपाली किशोरी आयुष्मा थापालाई प्रहरीले पक्रिएको पाइएको छ ।

आजै उनि बेपत्ता बारेको खवर सार्वजनिक भएपछि प्रहरीलाई उजुर गरि खोजि गर्दा प्रहरीले एकसाता अघिदेखी उनलाई पक्रिएको पाइएको हो ।

नेपाली विद्यार्थी बेपत्ता भएको खवर सार्वजनिक भएपछि उनको खोजिमा सहयोग र पहल गर्नुभएका व्यवसायी पारसमणी पोखरेलले टपनेपालन्युजडटकमलाई दिनुभएको जानकारी अनुसार आयुष्मालाई २७ तारिख देखी प्रहरीले नियन्त्रणमा लिएको पाइएको हो ।

आफ्नै साथीको सामान लुकाएको आरोपमा उनलाई पक्राउ गरिएको र अहिले उनलाई छुटाउने प्रक्रिया अघि बढेको पोखरेलले जानकारी दिनुभयो ।

'मैले बेपत्ता भनिएकी आयुष्मा बहिनिको खोजिका क्रममा उहाँको श्रीमान् सुरज खड्का र प्रहरीसँग हामीले बुझ्यौं' पारसमणी पोखरेलले भन्नुभयो-'उनलाई प्रहरीले पक्रेको रहेछ, गल्ती स्विकार गरेपछि अहिले छुटाउने प्रक्रिया अघि बढिसकेको छ ।'

नेपाल मोरगं बिराटनगर बरगाछी गर भएकी आयुष्मा दुई बर्षअघि विद्यार्थी भिषामा जापान आएको खुल्न आएको छ भने हाल उनि श्रीमान् भनिएका खड्कासँग लिभिगं टुगेदरमा रहेको खड्काका एक साथिले जानकारी दिएका छन् ।

जापानको नागोयाबाट नेपाली विद्यार्थी बेपत्ता

19.29¡ÆC