टोकियो ।

जापानमा अध्ययनका लागि आएकी एक नेपाली किशोरी बेपत्ता भएकी छिन् ।

नेपाल मोरगं बिराटनगर बरगाछी गर भएकी आयुष्मा थापा नाम गरेकी नेपाली विद्यार्थी बेपत्ता भएकी हुन् ।

दुई बर्ष अघी विद्यार्थी भिषामा जापान आएकी आयुष्मा आठ महिनादेखी नागोयामा बस्दै आएकी थिइन् ।

गत अप्रिल २७ तारिखमा साँझको काम सकेर कोठामा आएकी आयुष्माले खाना खाएर गएको भेटिएपछि त्यसपछि कुनै खवर प्राप्त हुन नसकेको बताइएको छ ।

जापानमा रहेका आयुष्माका आफन्तहरुले कतै देखेमा वा भेटेमा ०८०-४२११-४३१० मा सम्पर्क गरि सहयोग गर्न अनुरोध गरेका छन् ।

२४ बर्षीय आयुष्माको बुवा राज कुमार थापा र आमा मधु थापाले पनि छोरी सम्पर्क बिहिन भएको भन्दै जापानबासी नेपालीहरुलाई खोजविनमा सहयोग गरिदिन आग्रह गरेका छन् ।

स्मरणीय छ गत अप्रिल ५ मा बागलुंगका धन बहादुर साहानी बेपत्ता भएको खवर सार्वजनिक भएको थियो ।

बागलुंग गल्कोट वडा नम्वर ३ धुस्तुगं घर भएका धन बहादुर साहानी बलदिप नामले चिनिएका ३६ बर्षिय उनि जापानको हिगानी मात्सुयामा तोनोयामा चो साइतामाबाट बेपत्ता भएको खवर सार्वजनिक भएपनि त्यसपछिको उनको अवस्था हालसम्म सार्वजनिक भएको छैन ।

जापानमा एक नेपाली बेपत्ता ! (फोटो फिचर)

यसैगरि विगत आठ बर्षदेखी ललितपुर घर भएकी सविना महर्जन जापानमा बेपत्ता भएपनि बेला बेलामा उनका बारेमा समाचार र सूचनाहरु सामाजिक सञ्जालमा छाएपनि उनको अहिलेसम्म कुनै पत्तो लाग्न सकेको छैन ।

परिवारजनहरुले उनको खोजि गरिरहेपनि जापान प्रहरीले उनिबारेमा कुनै जानकारी प्राप्त गर्न नसकेको बताउँदै आएको छ ।

तिमि कहाँ छ्यौ सबिना ? ८ वर्ष देखि जापानमा बेपत्ता यि चेलीलाई भेट्नु भएको छ !

18.77¡ÆC