टोकियो ।

सिद्धार्थ गौतमबुद्धको २५६१ औं जन्मजयन्तीको अवसर पारेर जनजाती महासंघ जापानले राजधानी टोकियोमा एक कार्यक्रम गर्ने भएको छ ।

२५६१ औँ बुद्धजयन्ती भव्य रुपमा मनाउन लागिएको महासंघले जानकारी दिएको छ ।

आगामी मे ७ तारिक आईतबारका दिन राजधानी टोकियोको चियोदा कुमा रहेको बुद्ध गुम्वामा विशेष पुजाआजा सहित बुद्धजयन्ती मनाइने छ ।

भगवान गौतम बुद्धको जन्मस्थल लुम्बीनी तथा बुद्ध धर्मबारे बिशेष चर्चा समेत गरेर जापानमा बुद्ध जन्मस्थल लुम्बिनीबारे समेत जानकारी दिने कार्यक्रममा जापानमा रहनुभएका सबै नेपालीहरुलाई उपस्थितिको लागि आयोजकले अनुरोध गरेको छ ।

15.65¡ÆC