पाँचथर ।

नेपाली यूवाहरुमा वैदेशीक रोजगारप्रतीको मोह दिनानुदिन बढ्दै गएको छ । विदेश गएर मात्रै कमाउन सकिन्छ भन्ने मानसिकताले ग्रसित नेपाली समाजका लागि यो दुःख विकल्प हो । यसरी रोजगारीको शिलशिलामा विदेश पुगेका लाखौँ यूवाहरुले पठाएको रेमिट्यान्स देशको अर्थतन्त्रको एक हिस्सा बनेको छ । तर स्वदेशमा रोजगारीको अवसर नहुँदा बाद्यताले विदेशीनु परेको यूवाहरुको तर्क छ ।

यसरी दिन प्रतिदिन बैदेशीक रोजगारको लागि हजारौँ यूवा पलायन हुनुले स्वदेश तथा विदेशी भुमीमा समस्या पनि निम्त्याउन थालेको छ । त्यस्तो समस्याहरुको मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यलय पाँचथरले सचेतनाको कार्यक्रमलाई तिव्रता दिएको छ ।

बैदेशीक रोजगारीमा जाने यूवा यूवतीहरुलाई सचेत गराउन जिल्ला प्रहरी कार्यलय पाँचथरले साविक गा वि स र अहिलेको गाउँपालिकाको कार्यलयहरुमा “के तपाई विदेश जाँदै हुनुहुन्छ ? यता ध्यान दिनुुहोस ।” नामांकित फ्ल्यास बोर्ड राख्न थालेको छ ।

कार्यलयले सो बोर्डमा २० बुँदाको बैदेशीक रोजगारमा जानु अघि जान्नु पर्ने पक्षलाई उल्लेख गरेको छ । विदेश पलायन भएका नेपाली यूवाले विभिन्न खालका समस्याहरु झेल्नु पर्ने स्थितीहरु दिनदिनै बढ्न थाले पछि पूर्व सचेतनाको लागि यस्तो अभियान थालिएको कार्यलयले जनाएको छ ।

पाँचथरका प्रहरी प्रमुख प्रनाउ नकुल पोख्रेलले यो अभियानले रोजगारको लागि विदेश जाने यूवाहरुलाई कानुनी सचेता जगाउने बताउनुभयो । उहाँले भन्नुभयो “उक्त बोर्डमा वैदेशीक रोजगारमा जानेहरुले जान्ने पर्ने कुराहरु राखिएको छ । विदेश जानु भन्दा अघि पुरा गर्नु पर्ने कानुनी प्रावधानहरु तथा सल्लाह सुझावहरु राखिएको छ ।”

म्यानपावर कम्पनीको विश्वासले विदेश पुगेका अधिकांस यूवायूवतीहरु महिनौँसम्म अलपत्र पर्ने गरेको भन्दै उहाँले त्यहाँका कम्पनी, विदेश पठाउने नेपालस्थित म्यापावर कम्पनीहरुको कानुनी खोजिनिती गर्नु पर्ने र पूर्ण जानकार भए पछि मात्रै बैदेशीक रोजगारमा जानसकिने बताउनुभयो ।

22.7¡ÆC