एजेन्सी ।

उत्तरकोरियामाथि सैनिक आक्रमणको धक्की दिंदै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई भेट्न इच्छुक रहेको बताएका छन् ।

राष्ट्रपति ट्रम्पले आफूले उत्तर कोरियाका नेता किमलाई भेट्न चाहेको भन्दै अहिलेको अवस्थामा उनलाई भेट्न पाउनु आफ्नो लागि सम्मानको कुरा भएको बताएका छन् ।

उत्तर कोरियाबिरुद्ध एक महिनायता युद्धको चेतावनीसँगै सनिक बिमान र युद्धपोत पठाएर चेतावनी दिंदै आएका ट्रम्पले अमेरिका मिडिया ब्लुमबर्गलाई दिएको अन्तरवार्तामा यस्तो अभिव्यक्ति दिएका हुन् ।

'धेरै राजनीतिक व्यक्तिले यस्तो भन्दैनन् तर म तपाईंलाई भन्छु कि यदी सही परिस्थिति बने म उनलाई भेट्छु ।' ट्रम्पले भने 'किमलाई भेट्ने अवसर मिले पक्कै भेट्नेछु ।'

दक्षिण कोरियासँग मिलेर हवाई आक्रमणको युद्ध अभ्यास सँगै स्थल युद्धको अभ्यास समेत गरिरहेको अमेरिकाले कोरियाली प्रायद्धिमा आफ्नो कार्लविन्स युद्ध पोतसँगै पनडुब्बी समेत पठाएको छ ।

ट्रम्पलेले उत्तरकोरियाली नेता किमलाई भेट्न चाहेको अभिव्यक्ति दिए लगत्तै अमेरिकी राष्ट्रपनि भवन ह्वाइट हाउसका एक जना प्रवक्ताले त्यस्तो भेटका लागि उपयुक्त परिस्थिति अझै तयार नभइसकेको बताएका छन् ।

ट्रम्पको अभिव्यक्ति आएसँगै ह्वाइट हाउसले एउटा विज्ञप्ती नै निकालेर उत्तर कोरियाले दुई नेताबीचको भेटवार्ता अघि धेरै शर्तहरु पूरा गर्नुपर्ने बताएको छ ।

प्रवक्ता सन स्पाइसरले भनेका छन्वा-'सिंगटन उत्तर कोरियाले उसका उत्तजेनात्मक गतिविधिहरु तत्कालै बन्द गरोस् भन्ने चाहन्छ ।'

'धेरै मानिसहरुले उनीबाट सत्ता पनि खोस्न खोजे होलान् तर उनी अघि बढ्न सफल भए, त्यही भएर उनी बाठै हुनुपर्छ' डोनाल्ड ट्रम्पले भनेका छन् ।

यसअघि आइतबार सिबिएससँगको अन्तर्वार्ताको क्रममा राष्ट्रपति ट्रम्पले सानै उमेर सक्ता हातमा लिन सक्ने किम निकै क्षमतावान व्यक्ति रहेको भन्दै प्रशंसा गरेका थिए ।

आफू सत्तामा आएको दुई वर्षपछि किमले असहयोग गरेको भन्दै आफ्ना काकालाई मृत्युदण्ड दिएका थिए भने हालै मलेसियामा हत्या भएका आफ्ना सौतेनी दाईको आरोप उनीमाथि लाग्दै आएको छ ।

'उनी समझदार छन् त्यसबारे मलाई थाहा छैन, तर आफ्ना पिताको निधन हुँदा उनी २६ या २७ वर्षका युवा थिए, उनले सेनाका जर्नेलहरु सहितका एकदमै कडा मानिसहरुसँग व्यवहार गरिरहनु परेको छ, धेरै मानिसहरुले उनीबाट सत्ता पनि खोस्न खोजे होलान् चाहे उनका काका या अरु किन नहुन्। तर उनी अघि बढ्न सफल भए, त्यही भएर उनी बाठै हुनुपर्छ ।' ट्रम्पले भनेका छन् ।

गएको शनिबार मात्र असफल क्षेप्यास्त्र परिक्षण गरेको उत्तर कोरियाले यसै महिनाको सुरुवातीमा समेत यस्तै एक परिक्षण गरेको थियो ।

आइतबार प्योङयाङको सरकारी समाचार संस्था केसीएनएले 'मूर्खतापूर्ण सैनिक उत्तेजनात्मक गतिविधिको प्रलयकारी परिणामबारे ख्याल गर्न' अमेरिकालाई चेतावनी दिएको थियो।

उत्तर कोरियाले हालैका महिनाहरुमा बारम्बार क्षेप्यास्त्र परीक्षण गरिरहेको छ र आफ्नो छैठौँ शक्तिशालि परमाणु परीक्षण छिट्टै गर्ने चेतावती दिंदै आएको छ ।

19.12¡ÆC