उत्तर कोरियाद्धारा क्षेप्यास्त्र परीक्षण, ‘आक्रमणको निशाना टोकियो र सोल’-अमेरिका

बैशाख १६, २०७४ मा प्रकाशित | 8425 views

एजेन्सी ।

उत्तर कोरियाले आज बिहान एक ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ ।

अमेरिकी चेतावनी, चीनको सुझाव तथा जापान र दक्षिण कोरियाको दबाव सहित संयुक्त राष्ट्रसंघिय दबाव र दर्जनौं नाकाबन्दीका बावजुद उत्तरले आज क्षेप्यास्त्र परिक्षण गरेको हो ।

जापानी समाचार संस्थाहरुले उल्लेख गरे अनुसार स्थानिय समय अनुसार बिहान ५ बजेको समयमा मिसाइल परिक्षण गरिएको हो ।

कुन प्रकारको मिसाइल परीक्षण गरिएको भन्ने नखुलेपनि मिसाइल परीक्षण असफल भएको दक्षिण कोरियाली सुरक्षा अधिकारी सहित अमेरिकी र जापानी सुरक्षा निकायले दाबी गरेको छ ।

जापानी प्रतिरक्षा सेनाले मिसाइल जमिनबाट ७१ किलोमिटर माथि उडेपछि विस्फोट भएको बताएको छ ।

यसै महिनाको सुरुवातीमै यस्तै खालको मध्यम दुरीको व्यालेस्टिक क्षेप्यास्त्रको असफल परीक्षण गरेको उत्तर कोरियाले केही दिनअघि मात्र आफ्नो मिसाइल परीक्षण तथा आणविक अस्त्र निर्माण नरोक्ने भन्दै अमेरिकाले गर्ने जस्तोसुकै आक्रमणको सामना गर्ने र जवाफ दिन तयार रहेको बताएको थियो ।

उत्तर कोरियाबाट टोकियो र सोललाई खतरा

यसैबिच अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले प्योङयाङविरुद्ध कडा कदमहरु चाल्नुपर्ने बताएका छन् ।

उनले पछिल्लो क्षेप्यास्त्र परीक्षण प्योङयाङबाट उत्तरमा पर्ने प्योङगान प्रान्तको दक्षिणी क्षेत्रमा गरिएको र यो असफल भएपनि यसको पहिलो खतरा जापान र दक्षिण कोरियालाई रहेको बताएका छन् ।

टेलरसनले भनेका छन्-'उत्तर कोरियाको मिसाइलबाट एसिया र विश्वभर सन्त्रास र अस्थिरमा निम्त्याएको छ यसको पहिलो खतरा दक्षिण कोरिया र जापानलाई छ किनभने उत्तर कोरियाको पहिलो निसाना सोल टोकियो हुनेछ र यो सत्य हो ।'

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पनि ट्विटर उत्तर कोरियाले आज गरेको क्षेप्यास्त्र परीक्षण असफल भएपनि त्यसले चीन र उसका सम्मानित राष्ट्रपतिको चाहनालाई अपमान गरेको उल्लेख गरेका छन् ।

राष्ट्रसंघको सुरक्षा परिषदमा बोल्दै अमेरिकी विदेशमन्त्री टिलरसनले उत्तर कोरियाको परमाणु कार्यक्रमविरुद्ध कदम चाल्न विश्व विफल भए त्यसले घातक परिणाम ल्याउने चेतावनी दिएका छन् ।

उत्तर कोरियामाथि सैन्य कारवाही बिरुद्ध रुस र चीन

यसैबिच उत्तर कोरियासँग सिमा जोडिएका दुई विश्व शक्ति राष्ट चीन र रुसले कोरिया बिवाद समाधानमा आफुहरु सैन्य कारवाहीको बिरुद्ध रहेको स्पष्ट पारेका छन् ।

चिनियाँ विदेशमन्त्री वाङ यीले सैन्य कारवाही र अवस्थालाई थप उत्तेजक बनाउने कामहरु नगर्न भन्दै उत्तर कोरिया, अमेरिका तथा दक्षिण कोरिया र जापानलाई समस्या समाधानको लागि थप वार्ताको लागि पहल गर्न सुझाव दिएका छन् ।

यी ले चीन उत्तर कोरिया विवाद समाधानको लागि सैन्य कारवाहीको बिपक्षमा रहेको बताएका छन् ।

यसैबिच क्षेप्यास्त्र परीक्षणबाट सिर्जीत करिव एक महिना लामो पछिल्लो उत्तर कोरिया अमेरिका युद्ध सन्त्रासबारे मुख खोल्दै रुसले समस्या समाधानको लागि सैन्य कारवाहीको विपक्षमा रुस रहेको बताएको छ ।

रुसका उपविदेशमन्त्रीले उत्तर कोरियाको आणविक परिक्षण तथा मिसाइल प्रक्षेपणको विषयमा चिन्ता र चासो रहेपनि समस्या समाधानको लाममा हुन सक्ने कुनैपनि सैन्य कारवाहीको अमेरिकाले समर्थन गर्न नसक्ने र रुस यसको बिरुद्ध रहेको बताएका छन् ।

उत्तर कोरिया बिवाद समाधान गर्न शान्तिपूर्ण पहल र युद्ध भड्काउने काम गर्न नहुनेमा उत्तर कोरियासँगै अमेरिका र दक्षिण कोरियाले समेत बुझ्नुपर्ने रसियाली उपबिदेशमन्त्रीले बताएका छन् ।

उत्तर कोरिया मिसाइल परिक्षणको असर जापानमा

उत्तर कोरियाली मिसाइल परीक्षणका कारण सुरक्षाको कारण यसअघिनै सुरक्षाको उपायबारे सूचना जारी गरेको जापानमा आजको परिक्षणको असर समेत पर्न गएको छ ।

उत्तर कोरियाले एकाबिहानै मिसाइल परीक्षण गरेपछि जापानले त्यस्तो मिसाइल जापानमा खस्न सक्ने आशंकामा बिहान १० मिनेट भूमिगत रेल सेवा बन्द गरेको छ ।

जापानी अधिकारीहरुका अनुसार सुरक्षा प्रत्याभूति र भूमिगत रेलमार्गको सम्पूर्ण जानकारी बटुल्नको लागि आज बिहान ६ बजेर १३ मिनेट देखी ६ बजेर २२ मिनेटसम्म जमिनमुनी चल्ने भूमिगत रेलमार्ग बन्द गरिएको हो ।

रेल कम्पनीका अधिकारीहरुले सुरक्षा निकायसँग समन्वय गरेर मिसाइल परीक्षण बिफल भएको र यसको असर जापानमा कतै नरहेको बताएपछि रेल सेवा सुचारु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web