टोकियो ।

गायक राजु लामा यही आइतबार अप्रिल ३० तारिखका दिन राजधानी टोकियोमा हुन लागेको कन्सर्टको लागि आइपुगेका छन् ।

आयोजक काभ्रेली समाजले आयोजना गरेको गायक राजु लामा लाईभ कन्सर्टको लागि टोकियो आइपुगेका उनलाई आयोजक संस्थाका अध्यक्ष मेख वाईबा तामागं, संस्थाका संरक्षक तथा युवा व्यवसायि भुवन अधिकारी लगायत संस्थाका पदाधिकारीहरुले हानेदा विमानस्थलमा स्वागत गरेका हुन् ।

टोकियो आइपुगेका गायक लामाले आइतबार हुने कार्यक्रमका सबै टोकियोबासी नेपालीहरुलाई उपस्थितिको लागि अनुरोध गर्दै यसअघिका कार्यक्रममा जस्तै साथ दिन अनुरोध गरेका छन् ।

काभ्रेली समाज जापानले सडक बालकालिकाको स्वास्थ्य तथा काभ्रेका विभिन्न विद्यालयमा पुस्तकालय निर्माणमा सहयोग गर्नको लागि भन्दै राजधानी टोकियोको मेगुरो कुमिन सेन्टरमा अप्रिल ३० तारिख अपरान्ह ४ बजेबाट गोल्डेन विक नाईट विथ राजु लामा कन्सर्ट गर्दैछ ।

थप समाचारहरु पढ्नुहोस् ।

३० तारिख राजु लामा कन्सर्टमा उपस्थितिको लागि काभ्रेली अगुवाहरुको अनुरोध (भिडियो सहित)

23.22¡ÆC