कोरियाबाट नेपाल फर्कने लागेका एक युवाको निधन

बैशाख १४, २०७४ मा प्रकाशित | 821 views

सोल ।

नेपाल फर्कने तयारीमा प्लेनको टिकट समेत लिइसकेका एक युवाको दक्षिण कोरियामा निधन भएको छ ।

पाँच बर्षदेखी कोरियामा काम गर्दै आएका करिव ३१ बर्षिय कल्याण राईको बिहिबार निधन भएको हो ।

खोटाङको चिप्लिङ घर भएका राई चार बर्ष १० महिनाको भीसा अवधि पूरा गरी आगामी बैशाख २९ गते स्वदेश फर्कने तयारीमा थिए ।

दक्षिण कोरियाको ख्वाङजिस्थित धागो कारखानामा काम गर्दै आएका राईको कम्पनीले उपलब्ध गराइएको कोठामै सुतेको अवस्थामा निधन भएको हो ।

राई ढिलोसम्म पनि नउठेपछि साथीले उठाउन जाँदा मृत अवस्थामा फेला पारिएको कम्पनीका नेपाली कामदारहरुले बताएका छन ।

सियोलस्थित नेपाली राजदूतावासमा राईको निधनका बारेमा अनौपचारिक जानकारी आएको कार्यवाहक राजदूत किरण शाक्यले जानकारी दिनुभयो । राईको शवलाई पोष्टमार्टमका लागि प्रहरीले अस्पतालमा पुरयाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web