नेकपा एमाले माहाकालीका स्थानिय निर्वाचन २०७४ का मेयर पदमा साना कदका उम्मेदवार किशोर कुमार लिम्बु हुन् । उमेरले ४७ वर्षका लिम्बु लामो समय देखि सामाजिक कार्यमा समेत तल्लीन देखिएका छन् । बिनासकारी भुकम्प तथा कोशीमा बाढ आएको बेला समेत राहत संकलन गर्दै सहयोगका हात बढाउदै आएका किशोर कुमार लिम्बु पछिल्लो समय यता राजनितिक क्षेत्रमा समेत प्रखर देखा परेका छन् । माहाकाली नगर क्षेत्रको कुतियाकवर क्षेत्रमा बाढी गएको बेला राहत संकलन तथा बितरण, बडवाल टोलको हात्ती पिडित क्षेत्रमा सहयोग बितरण तथा गणेश आधारभुत बिद्यालयमा एक वर्षको लागी एक शिक्षिकाको लागी तलब सहयोग लगाएत बिभिन्न खेलकुदमा ब्यक्तीगत सहयोग गर्दै आएका ब्यक्तीत्व किशोर कुुमार लिम्बु हुन् । लिम्बु नेकपा एमाले नगरकमिटिका अध्यक्ष, नेपाल बुद्धिजिवी परिषद् केन्द्रीय कमिटि सल्लाहकार सदस्य, एनपेप्सनका केन्द्रीय सदस्य, नेपाल लोकतान्त्रिक जनजाती माहसंघ प्रदेश नम्वर ७ का सदस्य पदमा रहेका छन् । होचा कदमा लिम्बु सामाजसेवा तथा पार्टीको लागी दिन रात खट्दै आएका छन् । पार्टीमा उनको प्रबेश पछि माहाकाली नगर क्षेत्रमा एमालेको संगठन बिस्तारमा निकै प्रभाव जमेको एक थरीको भनाई रहेको छ् । पार्टी संगै समाज सेवामा उत्साहित देखिदै आएका लिम्बुले २०४८ यता बिद्यार्थी जिवनबाट राजनितिक क्षेत्रमा देखा पर्न थालेको उनले बताए । काठमाण्डौंबाट उच्च शिक्षा हासिल गरेका लिम्बुको माहाकाली नगरपालिकामा आफ्नै निजी बिद्यालय युनिक सनराईज उच्च माबि खोलेका छन् । उनले आफ्नो निजी बिद्यलायमा समेत गरिब, जेहेन्दार तथा दलित बालवालिकालाई निशुल्क शिक्षाको ब्यवस्था पनि गर्दै आएका छन् । २०४६ को सरेफेरोमा सानै छदा भुमिगत राजनितिक गर्दै आएका लिम्बुले यस पटकको ऐतिहासिक स्थानिय निर्वाचनमा मेयर पदको पार्टीले टिकट दिएकोमा आफै भाग्यमानी ठान्दै आएका छन् । माहाकाली नगर क्षेत्रमा एमालेको लहर आएको उनको दाबी छ.् । केही दिन अघि मात्रै सामाजिक संजालमा आफु मेयर भएपछि आफुले पाउने भत्ता समय अनुकुल समाजमा रहेका गरिब तथा असाहयहरुका लागी सहयोग गर्ने घोषणा गरेपछि उनि मेयर पदको लागी थप चर्चामा आएका छन् । समाजिक काम गर्दै उभ्रेंका लिम्बुले आसन्न स्थानिय निर्वाचनमा मेयर पदमा दहे उपस्थिती जनाएका छन् । पार्टी तथा समाजमा राम्रो छबि बनाउदै आएका लिम्बुु संग स्थानिय निर्वाचनको परिवेशमा पत्रकार पप्पुु गुरुङ्गले गरेको संक्षिप्त कुराकानी :

स्थानिय निर्वाचन कस्तो हुनु पर्छ ?

स्थानीय विकासका लागि स्थानीय नेतृत्व सक्षम र सवल हुनुपर्छ । सक्षम र सवल स्थानीय नेतृत्व छनोटको संघारमा उम्मेदवारको व्यक्तिगत, सामाजिक, प्राज्ञिक, साथै नेतृत्व गर्ने क्षमताको अवश्य मूल्यांकन हुनेछ । यदि उम्मेदवार आफ्ना प्रतिस्पर्धीको मात्र खण्डन गर्न व्यस्त छन् भने पक्कै पनि ती उम्मेदवार असक्षम छन् । आफना कमजोरी ढाक छोप गर्दै छन् । आग्रह, पूर्वाग्रहबाट प्रेरित छन् । प्रतिसोधको भावनाले जागृत छन् । विजयका लागि अयोग्य छन् । लामो समय देखि जनप्रतिनिधि विहीन रहेको स्थानीय संरचनामा वसन्त ऋतुको आगमन संगै विरुवाको नवरुपझै नयाँ संरचना सहित चुनावी चटारो हाम्रो घर घरमा छाएको छ । लोकतन्त्रमा निर्वाचन अपरिहार्य छ । विकासका लागि निर्वाचन अति आवश्यक छ । निर्वाचन नै त्यस्तो मौका हो, जुन पद्धतिबाट हामीले आफ्नो क्षेत्रको समग्र विकासको गोरेटो निर्माण गर्न सक्छौं । निर्वाचन प्रतिनिधि छनौट गर्ने प्रक्रिया मात्र होइन, जसबाट हामीले धेरै अपनत्व महसुस गर्न सक्छौं । निर्वाचन त त्यस्तो प्रक्रिया हो, जहा मनिसले आफूहरु मध्येबाट विशिष्ट, प्रतिभाशाली, कर्मठ, जुझारु, निष्ठावान, विकास प्रेमी, त्यागी, दूरदर्शी व्यक्तिलाई छनौट गर्दछन् र अपनत्वको आभास लिन सक्छन् । अबको चुनाव त्यस्तो बनोस, जसबाट हामीले आफ्नो प्रतिनिधिको नाम लिएर गर्व गर्न सकौं या अरुले हामीलाई हाम्रो प्रतिनिधि क्षेत्रको भनेर परिचित बनोस् । हामीलाई त्यो मौका आएको छ, जसको कारण हामीले होइन, प्रशंसाको पात्र बनाओस् । तसर्थ सम्मुन्नत आर्थिक बिकासको बिजय बनोस यस पटकको माहाकाली नगपालिकाको स्थानिय निर्वाचन् ।

कस्तो छ माहाकाली नगरपालिकामा एमालेको पकड ?

माहाकाली नगर क्षेत्रमा एमालेको उपस्थिती राम्रो भएको छ् । सामाज परिवर्तन संगै हामी पनि समय अनुकुल परिवर्तन भएका छन् । नेपाली काग्रेंसको गढ भनेर चिनिदै आएको माहाकाली नगर (दोधारा चाँदनी) मा एमाले प्रबेश गर्नेको लहर आएको छ् । यस पटकको स्थानिय निर्वाचनमा नेकपा एमालेको लहर आउनेमा हामी ढुक्क छौं । दिनदिनै हामीले दर्जनौ बिभिन्न दलका कार्यकर्तालाई एमालेमा प्रबेश गर्न भ्याई नभ्याई भएका छौ । अरु दलहरु डराइरहेका छन, डरले काापिरहेका छन् । राजनीतिक दलहरु ठीक छन, दलका चुनावी घोषणा पत्र सबै एकसे एक राम्रा आउलान, तर मात्र फरक शब्दमा । विगतमा गरेका कामको समीक्षा होला । गर्न बांकी काम योजनावद्ध वा हचुवाको भरमा जसरी भए पनि आउनेछन् । तर राज्य सत्तामा रहदा गरेका कामले मात्र भोट माग्ने आधार बनाउदैन ।

तपाई माहाकाली नगर क्षेत्रको मेयर हुनुभएपछि के के गर्नु हुन्छ ?

माहाकाली नगर क्षेत्रको सडक, शिक्षा, सुरक्षा, अस्पताल, लालपुर्जाको समस्या, नागरिकता समस्या, सुचना केन्द्र, प्राबिधिक शिक्षा, वन्यजन्तुको समस्या, बिद्युतको समस्या, तटबन्ध तथा डुवान क्षेत्रको समस्या लगाएत थुप्रै समस्या हाम्रा अघि ज्युँ को त्युँ छन् ति नगरका प्रमख समस्यामा मेरो ध्यान केन्द्रित रहने छ् ।

अन्त्यमा केही भन्नु छ कि ?

माहाली नगर क्षेत्र अहिले नेकपा एमालेमय बनेको छ् । तपाई आफै हुर्न सक्नु हुन्छ् पहिलेको एमाले र अहिलेको माहाकालीको संगठन बिस्तारमा एमालेमा धर्ती आसमानको फरक छ् । हामीलाई एमालेको सुर्य अंकति झण्डा गाँउ टोल बस्तीमा दिन सकिरहेका छैनौं । दिनहु टोल, बस्तीमा कार्यक्रम गर्न बोलाई रहेका छन् । म र मेरा साथीहरु राती अबेर सम्म माहाकाली नगरपालिकाका टोल बस्तीमा भेला, बैठक तथा पार्टी प्रबेश कार्यमा भ्याई नभ्याई छ् ।