एजेन्सी ।

प्रधानमन्त्री सिन्जो आवे समेत उपस्थित कार्यक्रममा सन् २०११ मा तोहोकुमा सुनामी आएर ठिकै भयो भनेका जापानी एक मन्त्रीले दुई दिनमै माफी माग्दै पदबाट राजिनामा दिएका हुन् ।

जापानका आपत तथा पुनर्निमाण मन्त्री मासाहिरो इमामुराले बुधबार प्रधानमन्त्री शिन्जो आबे सामु राजीनामा पत्र बुझाएका छन् ।

मन्त्री इमामुराले मंगलबार सकारात्मक अर्थ दिनेगरि सन् २०११ मा टोकियोमा सुनामी गएको भए धेरै क्षति हुने थियो भन्दै तोहोकुमा सुनामी गएर ठिकै भएको भनि बताएका थिए ।

इमामुराले टोकियोमा सत्ताधारी लिवरल डेमोक्रेटिक पार्टीले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा इमामुराले भनेका थिए त्यो सुनामी तथा भूकम्पको प्रकोप तोहोकुमा भएर राम्रो भयो । यदि टोकियोमा भएको भए निकै ठूलो क्षतीकोे हुने थियो ।

भूकम्प पछिको शक्तिशालि सुनामीका कारण उक्त प्रकोपमा परि १५ हजार ८ सय ९३ जनाले ज्यान गुमाएका थिए । जसमा परि २ हजार ५ सय ५३ जना अझैसम्म बेपत्ता भएका छन् ।

इमामुराको भाषण लगत्तै बोलेका प्रधानमन्त्री आबेले सो कार्यक्रममै आफ्नो तर्फबाट उक्त अभिव्यक्तिको लागि माफी समेत मागेका थिए ।

तर विपक्ष पाटीले भने इमामुराले राजीनामा दिनुपर्ने माग गर्दै यसको जवाफ प्रधानमन्त्री शिन्जो आबेले दिनुपर्ने भन्दै आलोचना गरिरहँदा इमामुराले पदबाट राजिनामा दिएका हुन् ।

इमामुराले पदबाठ राजिनामा दिंदै अन्जानबस त्यस्तो अभिव्यक्ति दिएकोमा आफूले जापानी जनताको मन दुखाएकोमा मनैदेखि क्षमा मागेको भन्दै सुनामी आएको ठिक भएको भन्ने अर्थमा नभई आफुले राजधानी टोकियोमा आएको भए धेरै क्षति हुने थियो बाहिर आएर केही कम भयो भन्न खोजेको मात्र भनि स्पष्टिकरण समेत दिएका छन् ।

24.93¡ÆC