जापानद्धारा क्षेप्यास्त्र खसेमा सुरक्षित रहने उपायबारे सूचना जारि (विस्तृतमा, सक्दो सेयर गरौं)

बैशाख ११, २०७४ मा प्रकाशित | 87853 views

गोकर्ण अधिकारी-टोकियो ।

अमेरिकाले आक्रमण गरेमा उत्तर कोरियाले आणविक तथा व्यालेस्टिक क्षेप्यास्त्र प्रहार गर्न सक्ने आसयका खवरहरु बाहिरिरहँदा जापान सरकारले भने नागरिकहरुलाई त्यस्तो अवस्थामा सुरक्षित रहनेबारे सूचना जारि गरेको छ ।

जापान सरकारले औपचारिक रुपमै त्यस्तो अवस्थामा घर भित्र तथा बाहिर रहँदा कसरी सुरक्षित रहन सकिन्छ भन्ने बारेमा विस्तृत विवरण सहितको सार्वजनिक सूचना जारि गरेको हो ।

जापान सरकार, नागरिक सुरक्षा विभागको वेवसाइटमा सर्वसाधरणको सुरक्षाका लागि ब्यालेस्टिक मिसाइल खसेमा वा खस्दै गरेको खवस्थामा सुरक्षित रहन सक्ने उपायबारे यस्तो सूचना जारि गरेको पाइएको छ ।

व्यालेस्टिक क्षेप्यास्त्र एकदमै छोटो समयमा जमिनमा बजारिन्छ खस्छ । त्यो मिसाइल जापानमै र तपाई नजिक खस्ने अवस्था छ भने निम्न सूचनाहरु जारी हुन सक्छ/हुन्छ

http://http://www.kokuminhogo.go.jp/pdf/290421koudou2.pdf

सचेत गराउने, साईरन बजाएर जानकारी दिने, रेडियो तथा विभिन्न माध्यम जस्तै मोबाइलमा सन्देश पठाएर, रेडियो मार्फत आपतकालिन सन्देश प्रशारण गरेर जतिसक्दो छिटो सबैमाझ सूचना पुर्याइनेछ । तथापि सूचना लगत्तै वा त्यसअगावै सूचना पाएको वा पाउनुअघिनै घटना भएमा निम्न उपाय अपनाएर सुरक्षित रहने प्रयास गर्नुहोला ।

१. घर बाहिर भएको अवस्थामा

नाक मुख रुमालले बन्द गरेर सकेसम्म बलियो भवन तथा जमिन मुनी भाग्नुहोस् । ठूला भवनका अण्डरग्राउण्ड भएको ठाउँमा छिर्नुहोस् । जसले गर्दा व्यालेस्टिक मिसाइलहरु तपाई भएको ठाउँमा वा नजिकै खसेमा जमिनमुनि असर कम पर्ने सम्भावना रहन्छ ।

व्यालेस्टक मिसाइल खस्दै गरेको देखेमा वा सूचना पाइहालेमा जतिसक्दो धेरै व्यक्तिमा त्यो सन्देश प्रवाह गर्नुहोस् । जसले गर्दा धेरैभन्दा धेरै व्यक्ति सुरक्षित रहन सक्छन् र क्षति कम हुने सम्भावना रहन्छ ।

२. भवन नभएको खुल्ला ठाउँमा भएको अवस्थामा

यति नजिकै कुनै भवन छ भने आड लागेर सुरक्षित हुन जाने प्रयास गर्नुहोस् । वा नजिकै कुनै बस्तु भएमा आड लागेर शरिर लुकाउने वा जमिनमा घोप्टो परेर सकभर अनुहार तथा टाउको जोगाउने प्रयास गर्नुहोस् ।

३. घर भवनभित्र हुनुहुन्छ भने

झ्याल नजिक नबस्नुहोला । जतिसक्दो छिटो झ्याल नभएको कोठामा जानुहोस् ।

झ्याल ढोका खुल्ला छन् भने बन्द गरिहाल्नुहोस् ।

एसी तथा पंखा बन्द गर्नुहोस् । जसले गर्दा व्यालेस्टिक मिसाइल वा आणविक रकेट खसेको खण्डमा त्यसको ग्यासँको गन्ध असर कोठामा छिर्न नपाओस् ।

आँखालाई सुरक्षित राख्न पट्टि बाँधेर बस्नुहोस् । पानी भएमा रुमाल भिजाएर आँखा र मुख ढाक्नुहोस् । कपडाले छोपेर मात्र सास लिनुहोस् । तत्काल पानी बोतलमा हालेर राख्नुहोस् । मिसाइल खसेकै हो भन्नै पक्का भएमा खुल्ला आँखाले सकभर नहेर्नुहोस् । भेन्टिलेटर खुल्ला भएमा बन्द गर्नुहोस् बाहिरि अवस्था हेर्न र सहयोग माग्नुअघि सिसाको झ्यालबाट नियाल्नुहोस् ।

सहयोग माग्दा सेतो कपडा हातले उठाएर माग्नुहोस् ।

उत्तर कोरियाले आफुमाथि अमेरिकाले युद्धपोत पठाएर युद्धको लागि जिस्काएको भन्दै युद्धको लागि तयार रहेको र युद्धपोत फिर्ता नलगिए आक्रमणको सामना गर्न तयार रहन भनिरहेकै बेला जापानी प्रधानमन्त्रीको कार्यालयबाटै यस्तो सूचना जारी भएको हो ।

जापानी प्रधानमन्त्री सिन्जो आवेको आधिकारीक डिजास्टर क्राइसिस म्यानेजमेन्ट इन्फरमेसनबाट जारी गरिएको यो सूचना सक्दो सेयर गरेर सबैमा जानकारी गरिदिन अनुरोध समेत गरिएको छ ।

http://www.kokuminhogo.go.jp/pdf/290421koudou2.pdf

http://www.kokuminhogo.go.jp/pdf/290421koudou1.pdf

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web