सोलुखुम्बु ।

काठमाडौंबाट लुक्लाका लागि उडेको नौ एनएएचआर सीता एयरको विमान अवतरणका क्रममा बिमानस्थलको भित्तामा ठोकिएपनि ठूलो दुर्घटनाबाट जोगिएको छ ।

लुक्लाको मौसम प्रतिकूलताका कारण फाप्लु विमानस्थलमा आकस्मिक अवतरण गराइएको जानकारी दिंदै बिमान कम्पनीले यात्रु र बिमान सुरक्षित रहेको बताएको छ ।

बिहान करिव ८ बजे अवतरणका क्रममा विमानस्थलको भित्तामा ठोक्किएर विमानको पखेटा फुटेको थियो । तर चालकदलको सावधानिका कारण अन्य क्षति नभएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

विमानमा चालक दलका तीन सदस्यसहित १७ यात्रु सवार थिए । बिमानमा रहेका मध्ये १२ जना विदेशी नागरिक रहेका थिए ।

20.33¡ÆC