दुई चरणमा निर्वाचन गर्ने दलीय सहमतिपछि निर्वाचन आयोग अन्योलमा

बैशाख १०, २०७४ मा प्रकाशित | 1309 views

काठमाडौं,बैशाख १० । स्थानीय तहको निर्वाचन दुई चरणमा गर्नेबारेमा सत्तारुढ घटक र मधेसी दलहरुबीच शनिबार राति सहमति भएपछि निर्वाचन आयोग भने अन्योलमा परेको छ। सहमतिपछि प्रतिक्रिया दिँदै प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले पहिला सहमतिका बुँदा हेरेर मात्र केही भन्न सकिने बताए।

आयोगका अनुसार स्थानीय तहको संख्या थपघट तथा मतदाता नामावली संकलनलगायतका कार्य नै पुन: गर्नुपरेको अवस्थामा पहिलो चरणको निर्वाचनलाई समेत अप्ठेरो पर्नसक्छ। यस्तै निर्वाचन आयुक्त नरेन्द्र दाहालले दोस्रो चरणमा निर्वाचन गराउन फेरि मतदाता परिचयपत्र बनाउनु पर्ने तथा मतदाता पत्र बनाउनेलगायतका काम गर्न निकै अप्ठेरो हुने बताए।

यसअघि शनिबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख निर्वाचन आयुक्तलाई बोलाएर 'मधेसकेन्द्रित दलहरु निर्वाचनमा भाग लिने सुनिश्चित भएमा चुनावको मिति तलमाथि पार्दा निर्वाचनको प्राविधिक तयारीमा कस्तो असर पर्दछ ?' भनी सोधेका थिए।

निर्वाचन सार्न सकिने सम्भावना, दुई चरणमा निर्वाचन गर्न सकिने वा नसकिने अवस्था र त्यसबाट प्राविधिक तयारीमा पर्ने प्रभावको विषयमा प्रधानमन्त्री प्रचण्ड र प्रमुख आयुक्त यादवबीच कुराकानी भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। आजको समाचार पत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web