काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशन र परराष्ट्र मन्त्रालयको पहलमा मलेसियाको बुकिट जलिल क्याम्पमा कष्टकर जीवन बिताइरहेका १८ नेपालीको उद्धार गरिएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार विदेशमा रहेका नेपालीका समस्यालाई उच्च प्राथमिकता दिएर उद्धार र राहतको काम गरिरहेको सरकारले ती नेपालीको उद्धार गरेको हो ।

विभिन्न मितिमा मलेसियामा पुगेका उनीहरुलाई व्यक्ति हत्यालगायतका अभियोगमा पक्राउ गरी बुकिट जलिल क्याम्पमा राखिएको थियो ।

त्यसको जानकारी पाएलगत्तै प्रधानमन्त्री प्रचण्डले सम्बद्ध अधिकारीलाई बोलाएर छिट्टै उद्धार गर्न निर्देशन दिनुभएको थियो ।

16.33¡ÆC