काठमाडौं ।

निर्वाचन आयोगले बैशाख ३१ गते हुने स्थानिय तह निर्वाचनको लागि मतपत्र छापेर सकिएको जनाएको छ ।

तराई केन्द्रित दलको निर्वाचनमा सहभागिताबारे टुंगो नलाग्दै निर्वाचन आयोगले ७५ वटै जिल्लाको मतपत्र छपाइको काम शुक्रबार सकिएको जनाएको छ ।

१ करोड ४० लाख ५४ हजार ४ सय ८२ मतदाताका लागि १ करोड ५६ लाख मतपत्र छापिएको आयोगले जनाएको छ ।

मतपत्र छापि सकेर जिल्ला जिल्लामा ढुवानि समेत थालिएको आयोगले जानकारी दिएको छ । जसको ढुवानी र सुरक्षा जिम्मा नेपाली सेनाले लिएको छ ।

मतदान हुनु अघिसम्म नेपाली सेनाले मतपत्रको सुरक्षा दिने भएको छ । आयोगले मतपत्र छपाइको सम्पूर्ण काम सेनाको सुरक्षामा जनक शिक्षा सामग्री केन्द्रमा गरेको हो । अयाोगले मतपत्र छपाइमा १४ करोड खर्च भएको अनुमान गरेको छ ।

मतपत्र छपाइसँगै नम्बर राख्दै जिल्ला पठाउन सुरु गरिएको आयोगले जनाएको छ । आयोग स्रोतका अनुसार २० जिल्लामा मतपत्र पठाइसकिएको छ । आयोगले कुल मतदाताभन्दा १० प्रतिशत बढी मतपत्र छापेको छ । कतै च्यातिने, फेरि मतदान गर्नुपर्ने हुन सक्ने सम्भावना राखेर आयोगले १० प्रतिशत बढी मतपत्र छापेको जनाएको छ ।

आयोगले संसद्मा रहेका दललाई मात्र चुनाव चिह्न दिएर मतपत्र छापेको छ । मधेसकेन्द्रित दलबीच नयाँ सहमति भएर नयाँ चुनाव चिह्न दिनुपर्ने अवस्थामा अहिले छापिएको मतपत्र खेर जान्छ ।

आयोगले सबैभन्दा ठूलो मतपत्र ६८ रो को बनाएको छ भने सबैभन्दा सानो मनाङको १८ रो को छापेको छ ।

20.87¡ÆC