भारतीय सेनाले सर्वसाधारणलाई मानव ढाल बनाएपछि काश्मिरमा तनाव, चारको मृत्यु

बैशाख ३, २०७४ मा प्रकाशित | 2426 views

एजेन्सी ।

भारतीय सेनाले सर्वसाधारणलाई मानव ढाल बनाएको प्रमाण सहितको भिडियो सार्वजनिक भएपछि भारत प्रशासित काश्मिरमा भारत बिरुद्ध प्रदर्शन चर्किएको छ ।

भारत पाकिस्तान बिवाद रहेको श्रीनगर जहाँ भारतीय सेनाले नियन्त्रण जमाउँदै आएको छ सो क्षेत्रमा भएको घटनामा भारतीय सुरक्षाकर्मीको गोली लागेर दुई सर्वसाधारणको मृत्यु भएको छ ।

भारतीय सुरक्षाकर्मीले २२ वर्षका सज्जाद अहमदको गोली हानी हत्या गरेपछि थप भड्कीएको हिंसामा परि अर्का एक सर्वसाधारण र दुई सुरक्षाकर्मीको समेत मृत्यु भएको छ ।

हप्तादिन अघि मात्र भारतले गराएको जम्मु कश्मिर निर्वाचनमा जम्मा ७ प्रतिशत मत खसेको थियो ।

कश्मिरमा ३० बर्ष यताकै सबैभन्दा कम ७ प्रतिशत मत खसेको र यो निर्वाचन बैधानिकतामाथिकै प्रश्न उब्जिएको छ ।

सैनिक बलमै कश्मिर नियन्त्रण र नागरिक स्वतन्त्रतालाई नियन्त्रण गर्दै आएको भारत बिरुद्ध जम्मु कश्मिरमा पछिल्लो समय भारत बिरुद्ध जनभावना र बिरोध थप बढ्दो छ ।

स्वतन्त्र कश्मिरको मागमा सो क्षेत्रमा दशकौंदेखी माग र सरकार बिरुद्ध प्रदर्शन तथा केही समुहले हतियार उठाएपनि भारतले त्यसको बिरोध गर्दै सैनिक बलमा दबाउँदै आएको छ ।

भारत पाकिस्तान स्वतन्त्र समयदेखी नै विबादीत रहेको सो क्षेत्रलाई पाकिस्तानले समेत आफ्नो भएको दाबी गर्दै आएको छ ।

जम्मु कश्मिर स्वतन्त्रताको लागि जनमत लिनुपर्ने माग हुँदै आएपनि भारतले त्यसको बिरोध गर्दै आइरहेको छ ।

उल्टै भारतले सो क्षेत्रमा सैन्य उपस्थिति बढाउँदै सामाजिक सञ्जाल प्रयोग देखी इन्टरनेट तथा स्वतन्त्र गतिविधिमाथि समय समयमा प्रतिबन्ध लगाउँदै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web