प्रिमियर लिग टि-२० मा रुपन्देहि च्यालेन्जर्सको चौथो जित

बैशाख ३, २०७४ मा प्रकाशित | 902 views

धनगढी ।

रुपन्देहि च्यालेन्जर्स् धनगढिमा प्रिमियर लिग टि २० क्रिकेट प्रतियोगितामा लगातार चौथो जित हात पार्न सफल भएको छ ।

धनगढि स्थित अञ्चल प्रहरी कार्यालयको मैदानमा आईतबार आफ्नो अपराजित यात्रा कायम गर्ने क्रममा रुपन्देहि च्यालेन्जर्स्ले बिराटनगर किङ्गस्लाई ६१ रनले पराजित गरेको थियो ।

टस जित्दै ब्याटिङ्ग थालेको रुपन्देहि च्यालेन्जर्स्ले निर्धारित २० ओभर्स्मा ८ विकेट खर्चेर १ सय ३२ रन बनाएको थियो ।

रुपन्देहि च्यालेन्जर्स्का लागि अन्तिम थापाले सर्वाधिक ४५ रनको योगदान गरेका थिए ।

१ सय ३३ रनको विजयी लक्ष्य लिएर मैदानमा ब्याटिङ्ग गर्न उत्रीएको बिराटनगर किङ्गस्ले १८.१ ओभरमा ७१ रन बनाउँदा सबै विकेट गुमाउन पुग्यो ।

बिराटनगर किङ्गस्का लागि कप्तान शरद भेषवाकरले सर्वाधिक ३४ रनको योगदान गरेका थिए ।

यस खेलको प्लेएर अफ दि म्याच रुपन्देहि च्यालेन्जर्स्का लागि सर्वाधिक ४ विकेट लिने सहाब आलम घोषित भएका थिए ।

धनगढिमा आईतबार नै भएको दोस्रो खेलमा विजयी हुँदै कन्चनपुर आईकोनिकले प्ले अफमा प्रवेश को सम्भावनालाई जिवितै राखेको छ ।

कन्चनपुर आईकोनिक संग पराजित भएको सी वाई सी अत्तरिया भने ६ क्लब सम्मिलित प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बन्न पुगेको छ ।

दोस्रो खेलमासी वाई सी अत्तरियालाई पुरै २० ओभर खेल्दै सबै विकेट खर्चेर मात्र ८५ रनमा सिमित भए पछि कन्चनपुर आईकोनिकले मात्र १० ओभरमा ४ विकेट गुमाउँदै विजयी लक्ष्ये प्राप्त गरेको थियो ।

यस खेलको प्लेएर अफ दि म्याच कन्चनपुर आईकोनिकका लागि बलिङ्ग र ब्याटिङ्ग दुवैमा राम्रो प्रदर्षन गरेको शुनिल धमला घोषित भएका थिए ।

नेपाल आर्मी क्लब आरबीबी–एनभीए महिला तथा पुरुष क्लव लिग भलिबल प्रतियोगिताको पुरुषतर्फको फाईनलमा प्रवेश गर्न सफल भएको छ ।

राष्ट्रिय खेलकुद परिषदको कबर्डहलमा आइतबार भएको खेलमा नेपाल आर्मी क्लबले हेल्प नेपाललाई ३–२ ले पराजित गर्दै फाईनलको यात्रा तय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web