नेपाल पत्रकार महासंघ जापान अध्यक्षमा मोहन घले बिजयी, यस्तो छ नयाँ टिम

चैत्र २८, २०७३ मा प्रकाशित | 2098 views

टोकियो ।

नेपाल पत्रकार महासंघ जापान शाखा अध्यक्षमा मोहन घले बिजयी भएका छन् ।

सोमबार राजधानी टोकियोमा भएको तेस्रो अधिवेशनबाट निर्वाचन मार्फत घले अध्यक्षमा बिजयी भएका हुन् ।

अध्यक्ष घले सहित उपाध्यक्षमा पूर्ण चलाउने र बिनोद सापकोटा बिजयी भएका छन् ।

यसैगरि सचिवमा ऋतुकुमार दुरा सर्वसम्मत रुपमा चयन हुँदा सह सचिवमा मुमार मोक्तान चयन भए ।

सदस्यहरुमा क्रमश आनन्द कोइराला, रबिन्द्र श्रेष्ठ, मुक्ति सुबेदी, निशान मगर, शान्तकुमार पहरी, र रमेश श्रीस मगर निर्वाचीत भए भने संगीता कुंवर सर्वसम्मत रुपमा महिला सदस्यतर्फ चयन भएकी छिन् ।

अध्यक्षका पत्यासी तथा दोहोरो पदको दाबी रहेको पदहरुमा दाबी यथावत रहेपछि सहमतीको प्रयास सफल हुन नसक्दा निर्वाचन मार्फत नेतृत्व चयन भएको हो ।

नयाँ कार्यसमितिको अध्यक्षका लागि निर्वतमान उपाध्यक्ष बेलुकाजी थापा र सदस्य मोहन घलेको उम्मेदवारी मध्ये घलेले २५ मत र थापाले १७ मत पाएका थिए ।

पत्रकार महासंघ जापानमा ४६ पत्रकार मध्ये ४२ मत खसेको थियो ।

महाधिवेशनमा प्यानलै सहित अध्यक्षमा उठेका बेलुकाजी थापा पराजित बन्न पुग्दा उनको समर्थनमा रहेका दुवै उपाध्यक्ष बिजयी बने ।

यस्तै सदस्यहरुमा स्वतन्त्र तथा थापा प्यानलमा देखिएका पत्रकारहरु नयाँ कार्यसमितिमा निर्वाचीत भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web