गोली ठोक्न आदेश दिने गृहमन्त्री निधिको तराईवासीले पुत्ला जलाए

फाल्गुन २४, २०७३ मा प्रकाशित | 1430 views

२४ फागुन, जनकपुर ।
सामान्य लाठी चार्ज र अश्रुग्याँस चलाउन नपाउँदै ताकेर प्रदर्शनकारीलाई गोली ठोक्न आदेश दिने विवादास्पद गृहमन्त्री बिमलेन्द्र निधिको राजिनामा माग्दै जनकपुरवासीले उनको पुत्ला जलाएका छन् ।

मोर्चाको आन्दोलनलाई उग्र बनाउँदै निर्वाचन भाँड्ने प्रपन्चमा लागेको आरोप लागिरहेका बेला एमाले कार्यक्रमको बिरोध गरिरहेका प्रदर्शनकारीलाई गोली ठोक्न आदेश दिने निधिको जनपुरमा पुत्ला जलाइएको छ ।

एमाले कार्यक्रमको प्रतिकार गर्न भन्दै आफैंले उक्साएर आफैंले प्रदर्शनकारीलाई गोली ठोक्न आदेश दिएका काँग्रेस नेता समेत रहेका निधि भारत निकट रहेको मानिंदै आएको छ ।

गृहमन्त्री बन्न नपाउँदै भारत भ्रमण र भारतको बचाउ र पक्षमा बोल्दै आएका निधिकै कारण प्रदर्शनकारीको निधन भएको भन्दै बिरोधमा मधेसी मोर्चा आवद्ध प्रदर्शनकारीले जनकपुरमा निधिको राजिनामा माग्दै उनको पुत्ला जलाएका हुन् ।

मध्य तराईका बिभिन्न शहरमा मोर्चा कार्यकर्ताले भाटासहित जुलुस निकालेका छन् केही स्थानमा रोकि राखेका गाडी समेत उग्र कार्यकर्ताले तोडफोड गरेका छन् ।

आन्दोलनकारीहरुले गृहमन्त्री बिमलेन्द्र निधिको राजीनामा माग्दै एमाले बिरुद्ध समेत नाराबाजी गरेका छन् ।

मोर्चा कार्यकर्ताले जनकपुरको पिडारी चोकमा ना ७ ख २२६३ नम्बरको टिपर तोडफोड गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web