भरियाले पोल खोलपछि पक्राउ परे ३३ किलो सुन काण्डमा वरिष्ठ प्रहरी उपरीक्षक खत्री

माघ २४, २०७३ मा प्रकाशित | 1253 views

काठमाडौं ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट साढे ३३ किलो सुन भन्सार छलेर भित्र्याइएको घटनामा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक श्याम खत्री पक्राउ परेका छन् ।

खत्रीलाई केन्द्रीय अनुसनधान ब्यूराको टोलीले प्रहरी प्रधान कार्यालयबाट पक्राउ गरेको हो ।

सुनकाण्डमा पक्राउ परेकाको बयानका आधारमा तस्करीमा खत्रीको संलग्नता देखिएपछि उहालाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।

विमानस्थलमा कार्यरत खत्रीलाई सुनकाण्डपछि प्रहरी प्रधान कार्यालय सरुवा गरिएको थियो ।

विमानस्थलको जाँच छलेर गौशाला पु¥याएको अवस्थामा ब्यूरोको टोलीले सुनसहित गत पुस २१ गते तीन जनालाई पक्राउ गरेको थियो ।

सुनसहित मोरङका दिलबन्धु थापा, जनकपुरका सन्तोष काफ्ले र बाँकेका गोपालबहादुर शाही पक्राउ परेका थिए ।

अनुसन्धानकै क्रममा भन्सारका कर्मचारी श्रीनारायण यादव र राज भन्ने राजकुमार ढकाललाई समेत यसअघि प्रहरीले पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web