बिम्स्टेकको सत्रौँ संयुक्त कार्यदलको बैठक काठमाण्डौमा शुरु

माघ २४, २०७३ मा प्रकाशित | 760 views

काठमाडौं ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीका राष्ट्रहरुको प्रयास बिम्स्टेकको सत्रौँ संयुक्त कार्यदलको बैठक हिजोदेखि काठमाण्डौमा शुरु भएको छ ।

बिम्स्टेकको अध्यक्ष नेपालले आयोजना गरेको बैठक अन्तर्गत आज उच्च पदाधिकारीहरूको सत्रौँ तयारी बैठक हुनेछ भने भोली सदस्य देशका विदेश मन्त्रालयका सचिवहरुको सत्रौँ बैठक हुने छ ।

बिम्स्टेकले क्षेत्रीय गरिबी निवारण, व्यापार तथा लगानी, यातायात र सञ्चार, ऊर्जा, पर्यटन, प्रविधि, कृषि, वातावरण तथा विपद् व्यवस्थापन, जनस्वास्थ्य, सदस्य देशका जनता–जनताबीचको सम्पर्क विस्तार, प्रतिआतङ्कवाद र अन्तरदेशीय अपराध नियन्त्रण तथा जलवायु परिवर्तनलाई आपसी सहयोगका प्राथमिकताका क्षेत्रमा राखेको छ ।

दक्षिण तथा दक्षिण पूर्वी एसियाली मुलुकहरूको उपक्षेत्रीय सङ्गठन बिम्स्टेकमा नेपाल, बङ्गलादेश, भारत, म्यान्मा, थाइल्यान्ड र श्रीलङ्का सदस्य छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web