अफ्रिका कप अफ नेशन्स च्याम्पियन उपाधि क्यामरुनलाई

माघ २४, २०७३ मा प्रकाशित | 967 views

एजेन्सी ।
क्यामरुनले अफ्रिका कप अफ नेशन्सको उपाधि जितेको छ ।

गएराती भएको फाइनल खेलमा इजिप्टलाई २-१ ले गोल अन्तरले हराउँदै क्यामरुन च्याम्पियन बनेको हो ।

इजिप्टले खेलको २२ औं मिनेटमा गोल गर्दै अग्रता लिएपनि जोगाउन सकेन । उसको लागि इल्नेनीले पहिलो र एकमात्र गोल गरे ।

एक गोलले पछि परेको क्यामरुन दोस्रो हाफमा लयमा फर्कंदै खेलमो ५९ औं मिनेटमा इन्कुलुको गोलबाट बराबरीमा उक्लियो ।

निर्धारित समयको खेल सकिन मात्र दुई मिनेट बाँकी छँदा अबुबाकरले गोल गर्दा क्यामरुन अफ्रिका कप अफ नेसनको उपाधि जित्न सफल भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web