सरकारको सयदिन :तीनसय दिनमा नहुने काम सय दिनमा भयो (सम्बोधनको पूर्ण पाठ)

काठमाडौं,कात्तिक २६ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको सयदिन पूरा भएको छ । प्रधानमन्त्रीले आफ्नो सरकारको सयदिने उपलब्धीहरु बारे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पत्रकार सम्मेलनको गरेर जानकारी गराउनु भएको छ । सम्बोधनमा प्रधानमन्त्री दाहालले तीनसय दिनमा पनि गरिनसकिने काम आफूले एकसय दिनमै पूरा गरेको दाबी गर्नुभएको छ ।

सरकारले उपलब्धिमा संविधान कार्यान्वयन, भूकम्पपश्चातको पुनःनिर्माण, संक्रमणकाल व्यवस्थापन, सेवाप्रवाहलाई प्रभावकारी बनाउन चालिएका कदम, पूँजीगत खर्च वृद्धि गरी आर्थिक सम्वृद्धि हासिल, जनजीविकाका सवाल सम्बोधन गर्ने र शासन व्यवस्था प्रभावकारी बनाउने रहेका जनाएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालको नेतृत्वमा नेपाली कांग्रेसको साथ र सहयोगमा गएको साउन १९ गते नयाँ सरकार गठन भएको थियो ।

दाहालले तीन सय दिनमा गर्न नसकिने काम आफुले १ सय दिनमा गरेको दावी समेत गरेका छन् । आफ्नो कार्यकालमा छिमेकी देशसँगको सम्वन्धमा सुधार आएको बताए। उनले उच्च अदालत गठन र उच्च सरकारी वकिल कार्यालय गठन गर्नेदेखि भाषा आयोग गठन गर्नु पनि सरकारको उपलब्धी भएको प्रधानमन्त्रीले बताए।

वर्तमान सरकार गठन भएको सय दिनको अवसरमा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को संवोधन

उपप्रधानमन्त्रीज्यू, मन्त्रीज्यू, राष्ट्रसेवक कर्मचारी तथा सञ्चारकर्मी मित्रहरु ।

• आज म मेरो नेतृत्वमा सरकार गठन भएको सय दिनको अवधिमा भए गरेका प्रमुख काम र उपलव्धीका बारेमा संक्षिप्त जानकारी गराउन चाहन्छु ।

• म संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रधानमन्त्रीको रुपमा २०७३ साल साउन १९ गते व्यवस्थापिका संसदबाट निर्वाचित भई साउन २० गते पदबहाली गरेको थिए । पदबहाली गर्ने क्रममा मैले ४५ दिनभित्र भूकम्प प्रभावित परिवारहरुलाई आवास पुनर्निर्माणका लागि पहिलो किस्ता रकम उपलव्ध गराउने एवं पुनर्निर्माण कार्यलाई शीघ्रातिशीघ्र कार्यान्वयन गर्ने गराउने, सबै प्राथमिक स्वास्थ्य केन्द्रहरुमा ३ महिनाभित्रमा चिकित्सक पठाउने, गरिबका लागि सरकार अभियान सञ्चालन गर्ने, देशभरिका दलित र कर्णालीका नवजात शिशुहरुको जन्म दर्तामा रु. १ हजार प्रोत्साहन भत्ता दिने जस्ता निर्णय मार्फत आफ्नो कार्यभार प्रारम्भ गरेको थिएँ ।

• तत्पश्चात् नेपाल सरकारका विशिष्ट श्रेणीका पदाधिकारीहरुलाई २८ बुँदे निर्देशन जारी गर्दै संविधानको प्रभावकारी कार्यान्वयन गर्न, शान्ति सम्झौताका बाँकी कार्य सम्पन्न गर्न, भूकम्प पश्चातको पुनर्निर्माणलाई गति दिन बजार अनुगमन गरी सुलभ रुपमा उपभोक्ताहरुलाई बस्तु र सेवा वितरण हुने व्यवस्था गर्न, उर्जा संकट क्रमशः न्यूनीकरण गर्न, विकास निर्माणका कार्यलाई तीब्रता दिन र सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउन तथा सदाचार कायम गर्ने विषयलाई उच्च प्राथमिकतामा राखेको थिएँ । मैले २०७३ भदौ २३ गते समग्र विषय समेटी व्यवस्थापिका संसदमा गरेको संवोधनका विषयहरुको कार्ययोजना बनाई कार्यान्वयन प्रक्रियामा लगिसकिएको छ । बर्तमान सरकारको काँधमा जननिर्वाचित संविधान सभाबाट जारी भएको नेपालको संविधानको सफल कार्यान्वयन गर्ने जिम्मेवारी रहेको छ । संविधान कार्यान्वयनको सिलसिलामा नेपाल सरकारले उच्च अदालत स्थापना गरेको, भाषा आयोग गठन गरेको तथा विभिन्न कानुन निर्माण गर्न व्यवस्थापिका संसद समक्ष विधेयक पेश गरेको छ । साथै संविधान प्रति असन्तुष्ट पक्षहरुलाई वार्ता र सम्वादका माध्यमबाट सहमतिमा ल्याई राजनैतिक सहमतिद्वारा नै संविधान संशोधन गरी यसको स्वीकार्यताको दायरा फराकिलो बनाउने कार्यमा बर्तमान सरकार हर तरहले प्रयत्नशील रही आएको छ । राज्यको पुनसंरचना गर्दै संविधान बमोजिम सरकारका स्थानीय र प्रदेश तहको निर्वाचन सम्पन्न गरी संघीय गणतन्त्रलाई संस्थागत गर्ने कार्यमा यो सरकारले कुनै कसर बाँकी राख्ने छैन । यसै अनुरुप ७ माघ, २०७४ भित्र सबै तहको निर्वाचन सम्पन्न गर्न सरकारको तर्फबाट आवश्यक तयारी भइरहेको छ ।

• सरकारको विगत सय दिनको समग्र मूल्यांकन गर्दा आर्थिक परिसूचकहरु सकरात्मक रहेको, शान्ति सुरक्षा कायम भएको, राजनीतिक सहमतिको बातावरण बन्दै गएको, छिमेकी मुलुकहरुसँगको सम्वन्धमा सुधार आएको, विकास निर्माणका कार्यहरुले गति लिएको, आपूर्ति व्यवस्था सहज बन्दै गएको, सेवा प्रवाह थप प्रभावकारी भएको, सदाचार प्रवर्द्धन भई मुलुकको सुशासनका समग्र सूचकहरु सकारात्मक देखिएको छ । यसबाट आम जनतामा सरकारप्रतिको भरोसा एवं विश्वास बढोत्तरी भएको छ ।

• माथि उल्लिखित विषयमा विगत सय दिनमा गरेका प्रयासहरुबाट प्राप्त केही प्रमुख उपलव्धीहरुको क्षेत्रगत सारांश यहाँहरु समक्ष प्रस्तुत गरेको छु ।

संविधान कार्यान्वयनः

• नेपालको संविधान कार्यान्वयनका लागि आवश्यक विधेयकहरु तयार गरी व्यवस्थापिका संसदमा पेश गर्ने कार्यलाई उच्च प्राथमिकता दिइएको छ । संविधान कार्यान्वयनका लागि स्थानीय तह र अन्य निकायहरुको निर्वाचन सम्पन्न गर्ने सुनिश्चितता भएको छ।

• यस अवधिमा व्यवस्थापिका-संसदबाट १४ वटा विधेयक पारित भएका, व्यवस्थापिका संसदमा ३९ वटा विधेयकहरु विचाराधिन रहेका, व्यवस्थापिका–संसदमा पेश गर्न नेपाल सरकार मन्त्रिपरिषबाट २ वटा विधेयकहरु स्वीकृति प्रदान गरिएको र ३४ वटा विधेयकहरु सैद्वान्तिक सहमती प्राप्त प्रदान छन् ।

• नेपालको संविधान अनुरुप प्रत्येक प्रदेशहरूमा उच्च अदालत र उच्च सरकारी वकिलको कार्यालय स्थापना गरिएको छ।

• संविधान कार्यान्वयन गर्ने विषयलाई उच्च प्राथमिकता दिइएअनुरुप गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित तथा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण गर्न गठित आयोगलाई थप मापदण्ड उपलब्ध गराई स्थानीय तहको पुनर्संरचना सम्बन्धी काम अन्तिम चरणमा पुगेको छ ।

• नेपालको संविधानको अनुसूची ५, ६, ७, ८ र ९ मा उल्लेखित संघ, प्रदेश र स्थानीय तहको एकल तथा सहवर्ती अधिकार एवं संविधानको अन्य धाराहरुमा उल्लेखित कार्यजिम्मेवारीहरुको विस्तृतीकरण गरी तहगत विभाजन सहितको प्रारम्भिक मस्यौदा तयार गरिएको छ।

शान्ति प्रक्रियाः

• शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउने सन्दर्भमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगका पदाधिकारीहरुसँग गहन छलफल गरेर समयमा नै कार्य सम्पन्न गर्ने तर्फ कार्य भइरहेको छ ।उपरोक्त आयोगसँग सम्वन्धित ऐनहरुको संशोधन मस्यौदा तयार भएको छ ।

• तराई मधेश आन्दोलनमा मृत्युवरण गरेका ११ जना सुरक्षाकर्मी समेत ५२ जनालाई सहिद घोषणा गरिएको छ । तराई मधेश र थरुहट आन्दोलनको क्रममा घाइते भएका व्यक्तिहरुलाई औषधि उपचार गराउन रु. 2 करोड 40 लाख निकासा गरिएको छ ।

• जनयुद्धमा शहिद भएका तथा बेपत्ता पारिएका १ हजार ६ सय ५ जना ब्यक्तिका परिवारका लागि आर्थिक सहायता स्वरुप रु ३२ करोड १६ लाख १ हजार निकासा गरिएको छ ।

भूकम्प पछिको पुनर्निर्माण र नवनिर्माणः

• भुकम्प प्रभावित क्षेत्रका जनतालार्इ तत्काल राहत दिन र पुनर्निर्माणको कार्य गर्न ४५ दिने कार्ययोजना दिइएअनुरुप भूकम्पवाट अति प्रभावित १४ जिल्लाका जम्मा ५ लाख ३३ हजार १ सय ८२ लाभग्राहीमध्ये अहिले सम्म ४ लाख ६९ हजार २ सय ४७ परिवारसँग सम्झौता भएकोमा उनीहरुलार्इ पहिलो किस्तावापतको अनुदान प्रदान गरिएको छ ।

• राष्ट्रिय पुननिर्माण प्राधिकरण, विभिन्न मन्त्रालय तथा निकायहरुमा गरी ३५०० जनशक्ति परिचालन गरिएको छ । जसमध्ये २६०० इन्जिनियरलाई तालिम प्रदान गरी परिचालन गरिएको छ । त्यस्तै भूकम्प प्रतिरोधी घर निर्माणका लागि करिव १९ हजारलाई डकर्मी तालिम प्रदान गरिएको छ।

• भूकम्पबाट प्रभावित जिल्लामा नमुना वस्तीको रुपमा गोरखामा “लाप्राक एकीकृत बस्ती विकास”को कार्य सुरु भएको छ। साथै अति जोखिमयूक्त रहेका बस्तीहरु (३३८ स्थान) को अध्ययनका लागि जनशक्ति परिचालन अघि बढाइएको छ ।

• भुकम्प पीडितहरुले पाउने अनुदानको रकमलार्इ रु.२ लाखबाट वृद्धि गरी रु. ३ लाख पुरयाइएको छ भने पहिलो किस्तामा ५० हजार, दोस्रो किस्तामा रु. १ लाख ५० हजार र तेस्रो किस्तामा रु. १ लाख पाउने गरी अनुदान वितरण कार्यविधिमा संशोधनको प्रकृया अगाडी वढेको छ।

• मेरो धरहरा मै बनाउँछु अभियान अन्तर्गत राष्ट्रिय पुनर्निर्माण कोषमा १४ करोड २९ लाख रुपैयाँ जम्मा भएको छ भने धरहरा पुनःनिर्माणको लागि अर्किटेक्चरल तथा स्टकचरल परामर्शको लागि परामर्शदातासंग सम्झौता भइसकेको छ । निर्माण कार्य तत्काल प्रारम्भ गरिनेछ ।

• भूकम्प पीडितहरूलाई घर निर्माणका लागि २ प्रतिशत व्याजदरमा कर्जा उपलव्ध गराउने व्यवस्था अन्तर्गत २०७३ कार्तिक मसान्तसम्म रु. १५ करोड ३८ लाख कर्जा प्रवाह भएको छ।

सरकारी वित्त क्षेत्र

• पूजींगत खर्च वृद्धि गर्न वढी पुजीगत बजेट भएका १५ वटा ठूला मन्त्रालयका सचिवहरुसँग छलफल गरी बजेट कार्यान्वयनमा तिब्रता दिन निर्देशन दिइएवमोजिम र सोको नियमित अनुगमन भइरहेको छ।

• आ.व. 2073/74 को बार्षिक कुल राजस्व मध्ये असोज महिनासम्मको लक्ष्य रु १ खर्ब १४ अर्व ७८ करोड २३ लाख रहेकोमा रु १ खर्ब २७ अर्व 3 करोड ६7 लाख असुली भएको छ । सो सङ्कलन लक्ष्यको तुलनामा 111 प्रतिशत र गत वर्षको सोही अवधिको तुलनामा राजस्व बृद्धि दर 68 प्रतिशत रहेको छ।

• करको दायरा बढाई राजस्व सङ्कलनलाई प्रभावकारी बनाउन आयकर तर्फ 61,057 र मुल्य अभिवृद्धि कर तर्फ 4,019 थप करदाताहरुलाई करको दायरामा ल्याईएको छ ।

आपुर्ति व्यवस्थापन र बजार अनुगमनः

• नेपाल सरकार र जनवादी गणतन्त्र चीनविच “उपभोक्ता हित संरक्षणको विषयमा सहयोग विस्तार” सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।

• दैनिक उपभोग्य वस्तुको कालोबजारी एवं कृत्रिम अभाव हुन नदिन उपत्यका बाहिर र भित्र गरी जम्मा 1151 पटक बजार अनुगमन गरी खाद्य ऐन नियम अनुरुप प्रतिकुल खाद्य वस्तु उत्पादन तथा बिक्रि वितरण गर्ने ४३ खाद्य व्यवसायीहरुलाई मुद्दा दायर गरिएको छ ।

• खाद्यान्न ढुवानी अनुदान कार्यक्रम अन्तर्गत दुर्गमका २२ जिल्लाहरुमा चालु आ.व.मा 589७ क्वी. खाद्यान्न ढुवानी गरिसकिएको छ ।

सुशासन र सेवा प्रवाह

• निजामती सेवा एन तथा नियमावली बमोजिम नेतृत्व मुल्यांकन समितिलाई क्रियाशील बनाई उच्च तहको नेतृत्वमा गतिशील, व्यवसायिक र क्षमतायुक्त नेतृत्व सुनिश्चित गर्न नेतृत्व मूल्यांकन समिति गठन गरिएको छ ।

• हेलो सरकारमा आउने गुनासाहरु मध्ये नागरिकहरुले Mobile Apps वाट समेत पठाउन मिल्ने गरी हाल Mobile Apps तयार गरि सकिएको छ ।

• यो अबधिमा हेलो सरकारमा प्राप्त हुन आएका गुनासो संख्या ३४३९ वटा यस अवधिमा फछर्यौट गरिएको छ ।

• “हत्केलामा निजामती सेवा” नामक Mobile Application को सुरुवात गरिएको छ।

• सुदूर पश्चिम क्षेत्रको समग्र बिकासको अवस्था तथा सामाजिक, आर्थिक, धार्मिक जानकारी सहितको “हाम्रो सुदूरपश्चिम” मोबाइल एप निर्माण कार्य शुरुवात गर्ने चरणमा रहेको छ ।

• यातायात व्यवस्था विभागको काम कारवाहीलाइ विकेन्द्रित गरी सेवा प्रवाहमा नागरिकको सहज पहुँच व्यवस्था गर्न काठमाण्डौ उपत्यकाका ३ वटा स्थानहरु भक्तपुरको सूर्यविनायक, काठमाण्डौको चाहविल तथा कलंकीमा नयाँ यातायात कार्यालयहरु स्थापना गरिएका छन्।

• नगरक्षेत्रमा नगरपालिकाद्वारा ठूला बस संचालन गर्ने कार्यक्रम अन्तर्गत नगरवस कम्पनी स्थापनाको लागि सम्भाव्यता अध्ययन, अवधारणा तयार गर्नका लागि समिति गठन भई काम अगाडी बढाइएको छ ।

राष्ट्रिय गौरव तथा प्राथमिकता प्राप्त आयोजनाहरुको अनुगमनः

• मेलम्ची खानेपानी आयोजना, सिक्टा सिंचाई आयोजना, रानी जमरा कुलरीया सिंचाई आयोजना, माथिल्लो तामाकोशी जलविद्युत आयोजना, मध्यपहाडी लोकमार्ग र कोशी कोरिडोर लोकमार्ग लगायतका राष्ट्रिय गौरबका आयोजनाहरुको स्थलगत अवलोकन र अनुगमन गरी आयोजनाको काम निर्धारित समय अगावै सम्पन्न गर्न निर्देशन दिएको छु । निरिक्षणबाट आयोजना कार्यान्वयनमा थप प्रभावकारिता आएको छ ।

• मिति २०७४ बैशाख (नव बर्ष) मा मेलम्चीको पानी काठमाण्डौमा आउने गरी काम गर्न निर्देशन दिएको छु ।यसलाइ प्रभावकारी वनाउनको लागी प्रत्येक १५ दिनमा कार्यसम्पादन प्रगति उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

• प्रत्येक विकास क्षेत्र अन्तर्गत संचालित ठूला र राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाहरुको निरीक्षण अनुगमन गरी तोकिएको समयमा सम्पन्न गर्न, विकास निर्माणका कार्यमा पुँजीगत खर्च अति न्यून हुने गरेकोमा यस आर्थिक वर्षमा पुँजीगत खर्च कम्तीमा ८०% पुर्‍याउने गरी कार्य सम्पादन गर्न निर्देशन दिइएको छ ।

• नेपाल सरकारको उच्च प्राथमिकतामा रहेका आयोजना/कार्यक्रमहरुलाई आर्थिक स्रोतको अभाव हुन नदिने गरी स्रोतको सुनिश्चतता प्रदान गरिएको छ ।

सूचना तथा सञ्चार प्रविधिः

• अति दुर्गम क्षेत्रबाट सञ्चालित मिडियालाई सहुलियत दिन आवश्यक व्यवस्थाका लागि समिति गठन गरिएको छ।

• पत्रकारहरुको समग्र सुरक्षा सम्बन्धी अवधारणाको कार्यान्वयनको लागि कार्यविधि समेत तर्जुमा गर्न सुचना तथा संचार मन्त्रालयको संयोजकत्वमा कार्यदल गठन गरिएको छ ।

• मिडियालाइ राष्ट्रिय सेवामुलक उधोगको मान्यता दिइ सहुलियत उपलव्ध गराउन पहल थालिएको छ ।

गरिबका लागि सरकार

• “गरिबका लागि सरकार ” कार्यक्रम सञ्चालनका लागि अवधारणापत्र तयार भइसकेको छ । यो कार्यक्रम तत्काल शुरु गरिनेछ ।

• २५ जिल्लामा भएको गरिव घरपरिवार सर्भेक्षणको आधारमा १२,४०,३५० मध्ये ३,५६,४१८ घर परिवारहरू प्रारम्भिक रुपमा पहिचान गरिएको छ ।

• जनता पेन्सन कार्यक्रमको वृहत छाताभित्र कृषक सामाजिक सुरक्षाको पाइलोटिङ्ग गर्ने कार्यको तयारी भइरहेको छ । यसका लागि सातवटा प्रदेशका न्यून मानव विकास सुचकांक भएका जिल्लाका गा.वि.स.हरुमा उक्त कार्यक्रम शुभारम्भ गर्ने कार्य अन्तिम चरणमा पुगेको ।

बैदेशिक रोजगारः

• वैदेशिक रोजगारमा गई करार अवधिभित्र अंगभंग तथा मृत्यू भएका कामदार वा निजका हकवालाहरुलाई प्रदान गरिने राहत तथा क्षतिपुर्तिको रकम रु ३ लाखबाट वृद्धिगरी रु ७ लाखका दरले उपलव्ध गराउने गरी वैदेशिक रोजगार नियमावलीमा सशोधन कार्य अगाडी वढेको छ ।

• बैदेशिक रोजगारका क्रममा मृत्यू भएका मृतक कामदारका २०६ जना हकवालालाई आर्थिक सहायता ३ लाखका दरले प्रदान गरिएको छ । वैदेशिक रोजगारमा गई मृत्यु भएका कामदारहरुको शव काठमाडौदेखि सम्बन्धित जिल्लामा पुर्‍याउन २०० जनालाई आर्थिक सहायता प्रदान गरिएको छ ।

• राहदानी प्रदान गर्ने व्यवस्थालाई अझ सुधार गरिएको छ । खाडी तथा मलेसिया जस्ता मुलुकहरुमा राहदानी बनाउन लाग्ने शुल्क ८० अमेरिकी डलर बाट घटाई ५० डलर बनाइएको छ ।

• लामो समयदेखि कतारको हमाद अस्पतालमा कोमामा रहेका 14 जना नेपालीहरु मध्ये 5 जनालाई नेपाल फर्काइएको छ । यसैगरी कतारमा रहेका Undocumented नेपाली कामदारहरुलाई स्वदेश फिर्ताको लागि राजदूतावासमा एउटा छुट्टै डेस्क खडा गरी सो मार्फत आवश्यक सहयोग तथा समन्वय गरिएको र नेपाल फर्कनका लागि राजदूतावासबाट हालसम्म 683 जनालाई सहजीकरण गरिएको छ । कतार आई विविध कारणबाट मृत्यू भएका 47 जना नेपालीहरुको शव प्रकृया पूरा गरी यथासीघ्र नेपाल पठाउने कार्य गरिएको तथा यस अवधिमा 15 जनाको क्षतिपूर्ति वापत कतारी रियाल तेईस लाख बाह्र सय छयासी रुपैया भराउने कार्य भएको छ ।

अन्तराष्ट्रिय सम्वन्धः

• सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्यूबाट २०७३ भदौ ३०देखि असोज २ सम्म छिमेकी मित्रराष्ट्र भारतको चार दिने राजकीय भ्रमण सम्पन्न भएको छ । यस भ्रमणबाट नेपाल र भारतबीचको सम्बन्ध अझ सुदृढ बनाउन सहयोग पुगेको छ । भ्रमणका समयमा सहमति भए बमोजिम नेपाल भारत सहयोगका परियोजनाहरुको कार्यान्वयन अनुगमन गर्न संयुक्त निगरानी संयन्त्र निर्माण भएको छ ।

• मित्रराष्ट्र भारतका महामहिम प्रधानमन्त्री नरेन्द्र मोदीले आठौँ ब्रिक्स शिखर सम्मेलनको अवसर पारेर असोज ३०, २०७३ मा गोवामा आयोजना गर्नु भएको ‘BRICS- BIMSTEC Outreach Summit’ मा सम्माननीय प्रधानमन्त्रीज्यू सहभागी हुनुभएको छ । सोअवसरमा सम्माननीय प्रधानमन्त्रीज्यूबाट गणतन्त्र भारतका प्रधानमन्त्री, जनवादी गणतन्त्र चीनका राष्ट्रपति लगायत अन्य सहभागी मुलुकहरुका अति विशिष्ट पदाधिकारीहरुसँग समेत द्विपक्षीय भेटवार्ताहरु भएका छन् ।

• नेपाल भारत संयुक्त आयोगको २०७३ कार्तिक १०-११ मा भारतको नयाँ दिल्लीमा सम्पन्न भएको चौथो बैठकमा नेपाली पक्षको नेतृत्व माननीय परराष्ट्रमन्त्री प्रकाशशरण महतज्यूले गर्नु भएको छ । यस अवसरमा नेपाल-भारत सम्बन्धका विविध पक्षहरु खासगरी राजनीति, सुरक्षा तथा सिमाना, आर्थिक सहयोग, पूर्वाधार विकास, व्यापार तथा पारवहन, उर्जा तथा जलस्रोत, शिक्षा तथा संस्कृति जस्ता विषयहरुमा छलफल केन्द्रित भई सहमति भएका विषयमा हस्ताक्षर भएको छ ।

• यस अवधिमा पाकिस्तान, ब्राजिल, रुस, जर्मनी, इजिप्ट, बेलायत, बेल्जियम, भारत र चीनका लागि राजदूत नियुक्त गरिएको छ । यसै गरी संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोग, भियनामा स्थायी प्रतिनिधि नियुक्त गर्ने कार्य पनि भएको छ । खाली रहेका अन्य राजदूत पदमा नियुक्तिका लागि गृहकार्य भइरहेको ।

• नेपालले २०७३ असोज ५ गते एल साल्भाडोरसँग कुटनीतिक सम्वन्ध स्थापना गरेको छ । एल साल्भाडोर नेपालसँग कुटनीतिक सम्बन्ध स्थापना गर्ने १४४ औं राष्ट्र भएको छ ।

• भारतीय महामहिम राष्ट्रपति प्रणव मुखर्जीबाट २०७३ कार्तिक १७ देखि १९ सम्म नेपालको तीन दिने राजकीय भ्रमण सफलतापूर्वक सम्पन्न भई यसबाट दुई देश बीचको सम्बन्ध अझ प्रगाढ बनाउन सहयोग पुगेको छ ।

सार्वजनिक संस्थान सुधार तथा पुनर्संरचनाः

• निजीकरण समितिको बैठक बसी हेटौडा कपडा उद्योग, बुटवल धागो कारखाना, बीरगन्ज चिनी कारखाना जस्ता बन्द भएका उद्योगहरु पुर्नसञ्चालन गर्ने र रुग्ण अवस्थामा रहेको गोरखकाली रबर उद्योगको सञ्चालन सुधार सम्बन्धमा प्रक्रिया अगाडि बढाइएको छ ।

• सार्वजनिक संस्थानको व्यवस्थापन तथा सञ्चालन र संस्थानहरुबाट वितरण हुने सेवा प्रवाहलाइ चुस्त दुरुस्त र थप प्रभावकारी बनाउने तथा संघीयतामा सार्वजनिक संस्थानको पुनर्संरचना सम्बन्धमा अध्ययन गरी प्रतिबेदन पेश गर्न अर्थ मन्त्रालयको संयोजकत्वमा एक कार्यदल गठन भई अध्ययन कार्य भइरहेको छ ।

• नेपाल औषधि लिमिटेड पुनः सञ्चालनको लागि सम्भाव्यता अध्ययन गर्न गठित अध्ययन टोलीको प्रतिवेदन अनुरुप लिमिटेड सञ्चालनको लागि प्रकृया अगाडि बढाइएको छ ।

उर्जाः

• गत वर्षको भूकम्पका कारणले “माथिल्लो त्रिशुली ३ ए’ जलविद्युत आयोजनाको काम समयमा सम्पन्न हुन नसकेको र ऋण प्रदान गर्ने समय समेत समाप्त हुन लागेको अवस्था रहेकोले परियोजना निर्माण कार्यलाई नियमित गर्न सो ऋणको म्याद थप गरिएको छ ।

• 2 मेगावाट क्षमताको झ्यारी जलविद्युत आयोजना भदौ 29, 2073 देखि सञ्‍चालनमा आएको छ।

• ५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्गदी जलविद्युत आयोजनाको कार्य सम्पन्न भर्इ परिक्षण प्रसारण भैरहेको छ।

• चमेलिया, कुलेखानी र माथिल्लो त्रिशुली ३ ए जलविद्युत आयोजनाहरुको निर्माण कार्य शुरु भएको छ।

• माथिल्लो त्रिशुली १ जलविद्युत आयोजनाको आयोजना विकास सम्झौता सम्पन्न भएको छ।

• काठमाण्डौ उपत्यका लगायतका अन्य जिल्लामा विधुत लोडसेडिङ्ग पूर्ण रुपमा हटाउने सम्वन्धमा परिक्षण प्रशारण सफल भइरहेको छ। सबै वैकल्पिक उपायहरु सहित चाडै “नो लोडसेडिङ्ग” घोषणा गरिनेछ ।

कृषि र पशु

• प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत परियोजना ब्यवस्थापन इकाई, जोन र सुपरजोनमा अधिकृत कर्मचारीहरु खटाइ कार्यक्रम शुरुवात गरिएको छ।

• सबै जिल्लाका प्रत्येक गा.वि.स.मा “एक गा.वि.स.एक कृषि प्राविधिक” अन्तर्गत यस वर्ष १ हजार प्राविधिक व्यवस्था गर्ने कार्य शुरु गरिएको ।

• मुस्ताङ्गमा च्याङ्ग्रा फार्म स्थापना गर्न लोमान्थागं र चराङ्ग गा.बि.स. हरुमा १००० हे. जग्गा लिने कार्य शुरु भइसकेको छ ।

विपद्, व्यवस्थापनः

• प्यूठान लगायतका अन्य जिल्लाहरुमा आएको बाढी पहिरोबाट पूर्णरुपमा घर क्षति भएका र अन्यत्र बसोवास गर्न आफ्नै घर नभएका परिवारलाई थप राहतस्वरुप प्रति परिवार १५,०००।- का दरले रकम उपलव्ध गराइएको छ ।

• प्रकोप पीडित उद्दार तथा राहत सम्बन्धी मापदण्ड, २०६४ मा रहेको प्रति मृतक रु. ४० हजार राहत प्रदान गरिने प्रावधानलाई संशोधन गरी रु. १ लाख पुर्याइएको छ ।

व्यापार प्रर्वद्धनः

• नेपाल भारतवीचको व्यापार सन्धी र अनधिकृत व्यापार नियन्त्रण सम्बन्धी सम्झौता नविकरण भएको छ।

• नेपाल चीनवीच पारवहन ढुवानी सम्झौताको कार्यान्वयनका लागि प्रोटोकलको मस्यौदा तयार पारी अध्ययन छलफलका लागि चिनियाँ पक्षलाई उपलब्ध गराइएको छ।

• नेपाल र जनवादी गणतन्त्र चीन वीच भन्सार नाकाको स्तरवृद्धि तथा सञ्चालन गर्ने सहमति हुनुका साथै किमांथाका¸ कोराल्ला र हिल्सा नाका सञ्चालनमा ल्याउन दुवै तर्फबाट आवश्यक कार्य अगाडि बढाउने¸ भन्सार प्रक्रिया सरलीकरण गर्ने र नेपाली व्यापारीको लागि तिब्बत प्रवेशमा प्रवेशाज्ञा प्रकियाको सरलीकरण गर्ने जस्ता विषयहरुमा दुवै देशहरुवीच सहमति भएको छ।

पूर्वाधार विकास

• १७ शहरमा “एक शहर एक पहिचान कार्यक्रम”, रुकुमकोट, लिवाङ्गमा “स्मार्ट शहर” , निजगढ, पालुङ्गटार, लुम्बिनी, दुल्लु, वालिङ्ग, अमरगढी, कास्की (पोखरा-व्यास), सुनसरी (विराटनगर-धरान), काठमाण्डौ लगायत १३ वटा स्थानमा “मेगासिटी”, को कार्य प्रारम्भ गरिएको छ ।

• नेपाल चीनवीचको सीमा नाका रसुवाको टिमुरेमा तथा सुदुपश्चिमको दोधारा चाँदनी क्षेत्रमा सुख्खा बन्दरगाहको निर्माण कार्य प्रारम्भ गरिएको छ ।

• जाजरकोट-डोल्पा सडक आयोजना अन्तर्गत हालसम्म १०५ कि.मी. ट्रयाक खोलिएको छ त्यस्तै कालिगण्डकी करिडोर अन्तर्गत हालसम्म ५८ कि.मी. र कर्णाली करिडोर अन्तर्गत हालसम्म 16 कि.मी. ट्रयाक खोल्ने कार्य सम्पन्न भएको छ ।

• प्रदेश २, ५ र ६ मा क्रमस बर्दीवास, बुटवल, र सुर्खेतमा नयाँ मेडिकल कलेज स्थापना गर्नका लागि जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढेको छ ।

• सात प्रदेशमा १५० वटा Climate Smart Village स्थापना गर्ने कार्य प्रारम्भ भइसकेको छ ।

• नेपाल भारत सीमा सर्भे गर्नको लागि चारवटा टोली गठन गरी परिचालन गरिएको छ।

जनजीविकाका सवाल

• युवा स्वरोजगार कार्यक्रमलाई ७५ जिल्लामा विस्तार गर्न र नयाँ क्षेत्र पहिचान गरी युवाहरुलाई रोजगार प्रदान गर्न थप कार्यक्रमहरु सचालन गरिएको छ।

• खाद्य ऐन नियम अनुरुप प्रतिकुल खाद्य वस्तु उत्पादन तथा बिक्रि वितरण गर्ने ४३ खाद्य व्यवसायीहरुलाई सय दिनको अवधिमा मुद्दा दायर गरिएको छ ।

• २१ मुक्त कमैया परिवारलाई जग्गा खरिद अनुदान, १९ मुक्त कमैया परिवारलाइ घर निर्माण र काठ अनुदान, ४१ मुक्त कमैया परिवारलाइ मुक्त हलिया प्रमाणिकरण गरिएको छ ।

• सडक वालवालिका मुक्त अभियान अन्तरगत पहिलो चरणमा काठमाण्डौं उपत्यकाका २७५ जना सडक बालबालिकालाई उद्धार गरी पुनर्स्थापना गरिएको छ ।

• सामाजिक सुरक्षा भत्ता, कर्णाली अञ्चल तथा दलित बालबालिकाको जन्म दर्ता प्रोत्साहन भत्ता वितरण गर्न ७३ जि.वि.स तथा २१७ नगरपालिकाहरुलाई रु. १९ अर्ब ४ लाख ३५ हजार अख्तियारी पठाईसकिएको छ ।

• जनता पेन्सन कार्यक्रमको बृहत् छाताभित्र कृषक सामाजिक सुरक्षाको पाइलटिङ गर्ने कार्यको तयारी भइरहेको छ । यसका लागि सात वटा प्रदेशका न्यून मानव विकास सूचकांक भएका एक एक वटा जिल्लाका एक एक वटा गाविसमा यो कार्यक्रम शुभारम्भ गर्ने कार्य अन्तिम चरणमा पुगेको छ ।

स्वास्थ्य

• स्वास्थ्य सेवा प्रवाह गर्ने सरकारी संस्थाहरूबाट बिहान १० बजेदेखि २ बजेसम्म मात्र बहिरंग सेवा प्रदान गरिरहेकोमा बिहान १० बजेदेखि ५ बजेसम्म बहिरंग सेवा सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ ।

• रिक्त रहेका सबै प्राथमिक स्वास्थ्य केन्द्रहरूमा मेडिकल अधिकृतहरु खटाइएको छ ।

• केन्द्रीय, क्षेत्रीय, उप-क्षेत्रीय अस्पतालहरूले २०७३ मंसीर महिनाभित्र अनिवार्यरूपमा आफ्नै स्वामित्वमा फार्मेसी सेवा सञ्चालन गर्ने निर्णय भएकोमा हालसम्म ४० वटा अस्पतालहरूको आफ्नै स्वामित्वमा फार्मेसी सञ्चालनमा आएका छन ।

युवा र खेलकुद

• आगामी मंसिर महिनामा संचालन हुने सातौं राष्ट्रिय खेलकूद प्रतियोगिता तथा १३ औं दक्षिण एशियाली खेलकूद समेतलार्इ मर्यादित र सुव्यवस्थित बनाउन “Fast Track Task Force ” गठन गरिएको छ ।

• सन २०१८ को मार्चमा १३ जनता पेन्सन कार्यक्रमको बृहत् छाताभित्र कृषक सामाजिक सुरक्षाको पाइलटिङ गर्ने कार्यको तयारी भइरहेको छ । यसका लागि सात वटा प्रदेशका न्यून मानव विकास सूचकांक भएका एक एक वटा जिल्लाका एक एक वटा गाविसमा यो कार्यक्रम शुभारम्भ गर्ने कार्य अन्तिम चरणमा पुगेको छ ।

• १३ औं दक्षिण एशियाली खेलकूद प्रतियोगिता नेपालले आयोजना गर्ने निर्णय अनुरूप काठमाण्डौ उपत्यका, पोखरा तथा चितवनमा खेलकूद पुर्वाधार निर्माण तथा व्यवस्थापनका कार्यहरू प्रारम्भ गरिएका छन्।

• खेलकूदलार्इ विशिष्टिकृत रूपमा विकास गर्न ‘एक खेल एक एकेडेमी’को अवधारणा बमोजिम ललितपुरको सातदोबाटोमा तेक्वान्दो र कराँते खेलका एकेडेमी भवनहरू निर्माण प्रारम्भ भइसकेका छन् ।

धन्यबाद !

आज हरिबोधनी अर्थात ठूलो एकादशी

२६ कार्तिक, काठमाडौं ।
हिन्दु धर्मालम्बीहरु आज तुलसी र विष्णु भगवानलाई पूजा आराधना गर्दै आज अरिबोधनी तर्थात् ठूलो एकादशी पर्व मनाउँदैछन् ।

आज बिहानै नदी, तलाउ, धारा र कुवामा गई चोखो पानीले नुहाइ ब्रत बसेका छन् । आज विहानैदेखि तुलसीको पूजा गरी तुलसीको बिवाह गरिदै छ ।

घरघरमा रहेका तुलसीका मठ सिंगारपटार गरी मठ छेउमा साल, बाँस वा उखु गाडेर तुलसीको विवाह गर्ने चलन रहि आएको छ ।
घरमा तुलसी नरोप्नेहरु समेत छिमेकी कहां गएर तुलसीको पुजा गर्ने गर्दछन् ।

अक्सिजन बढी दिने र सुगन्ध आउने बनस्पति हुनाले तुलसीलाई औषधीको रुपमा पनि प्रयोग गरिन्छ । तुलसी विभिन्न किरा लागेका विरुवाको लागि समेत औषधि हुनुका साथै यसको बैज्ञानिक महत्व समेत रहेको छ ।

ठूलो एकादशीको अवसरमा आज काठमाडौको बुढानिलकण्ठ मन्दिर परिसरमा भक्तजनहरुको ठूलो भीड लागेको छ ।

असार महिनामा पर्ने हरिशयनी एकादशीमा सुतेका भगवान विष्णु आज निद्राबाट ब्युझिने र संसार नियाल्ने धार्मिक किंवदन्ती रहि आएको छ ।

आज ब्रतालुहरु तीर्थमा नुहाई तरुल, सकरखण्ड तथा फलफूल मात्रै खाएरु बस्ने गर्छन् । खासगरी कालीगण्डकी किनारका तीर्थस्थलहरुमा स्नान गरी भगवान बिष्णुको अबतार मानिने शालिग्रामको पूजा गरेमा पूण्य मिल्ने धार्मिक बिश्वास छ ।

आद देशभरका विभिन्न नदि किनार तथा भगवना विष्णुको मन्दिरहरुमा ठूलो मेला र पूजा आराधनाहरु भइरहेको छ ।

लोकमानको बहस रोक्दै मधेशी मोर्चाले संसदमा अंगिकृतलाई मुख्य पद माग्ने

२६ कार्तिक, काठमाडौं ।
बाहिरि आवरणमा संघियता र संसद लगायतमा प्रतिनिधित्व देखाएपनि नेपाली नागरिकता लिएका भारतीयले मूख्य पद पाए बिरोध छाड्ने तयारीमा रहेको मधेसी मोर्चाले उक्त माग पुरा नहुने छाँट देखेपछि संसद अवरोध गर्ने भएको छ ।

चरम विवादीत अख्तियार दूरुपयोग अुनसन्धान आयोगका पूर्व प्रमूख आयुक्त लोकमानसिंह कार्कीमाथि महाअभियोग प्रस्ताव समेत रोक्नेगरि मोर्चाले संसद अवरोध गर्ने निर्णय गरेको छ ।

कार्की बिरुद्धको महाअभियोगको समर्थन नगरि बचाउ गर्दै आएको मोर्चाले कार्कीलाई बचाउनेगरि संसद बैठक अवरोध गर्ने तयारी गरेको छ । व्यवस्थापिका संसद बैठक बिहिबार बस्दैछ ।

संसदको बैठक विहान ११ बजे बोलाइएको छ र बैठकमा अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमाथि छलफल हुनेछ ।

तर, मधेसी मोर्चाले भने लोकमानविरुद्धको महाअभियोगमा भाग नै नलिने र संसद बैठक बहिस्कार गर्ने बताएको छ ।

स्मरणीय छ मधेसी मोर्चाले महाअभियोगबारे अहिलेसम्म केही बोलेको छैन । उपेन्द्र यादव, राजेन्द्र महतो लगायतले यो आफुहरुको मुद्दा नभएको भन्दै कार्कीको बचाउ गर्दै आएका छन् ।

प्रधानमन्त्री कार्यालय भन्छ पदवहाली पछि प्रचण्डले ७ शिर्षकमा २८ वटा यस्ता काम गरे

२६ कार्तिक, काठमाडौं ।
जनचाहना नहुँदा नहुँदै भारतीय ईशारामा केपी ओली सरकार ढालेर काँग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका प्रधानमन्त्री पुष्पकमल दाहालले पद बहाली गरेको १ सय दिन कटाएका छन् ।

वालुवाटारमा दोस्रो पटक प्रधानमन्त्रीको फोटो झुण्ड्याएसँगै सकारात्मक भन्दा नकारात्मक कामले चर्चा र बिवादमा मुछिएका प्रधानमन्त्री दाहालको १ सय दिनमा कुनै त्यस्ता काम भएका छैनन् जसले उनको यो कार्यकाल सम्झनामा रहिरहनेछ ।

तर पनि प्रधानमन्त्रीको कार्यालयले भने उनी प्रधानमन्त्री भएपछि २९ वटा त्यस्ता राम्रा काम गरेको भन्दै ७ शिर्षकमा लेखरे पठाएको विवरण यस्तो छ । जसमा कार्यान्वयन र प्रगति हैन अधिकाशं प्रक्रिया अघि बढाएको, निर्देशन दिएको, थालिएको जस्ता कुरामात्र समावेश छन् ।

सम्माननीय प्रधानमन्त्रीज्यू पदवहाली भएपश्चात् भए गरेका कामकारवाहीहरु

संविधान कार्यान्वयन
१. उच्च अदालत स्थापना गरिएको  संविधानको कार्यान्वयन प्रक्रिया अगाडी बढाइएको

२. संघीयतामा प्रशासन पुनः संरचनाका लागि भए गरेका कामकारवाही लाई एक्सपाडाइट गर्दै संविधानको भावना अनुरुप अगाडी बढाइ  प्रतिवेदन तयार गरिएको  ।

३. स्थानीय तह पुनःसंरचना आयोगको कामकारवाहीलाई एक्सपाडाइट गर्दै  काम छिटो सम्पन्न गर्ने कार्यको सहजीकरण गरिएको ।

४. मधेशी जनजाति लगायत संविधानप्रति असन्तुष्ट पक्षसंग सार्थक सम्वाद र संविधान कार्यान्वयनका लागि वातावरण तयार गर्न सम्वद्ध सबै पक्षबीच दूरी घटाइ सहकार्यको आधार तयार गरिएको ,

भूकम्प पश्चातको पुनःनिर्माण

१. भूकम्पबाट अति प्रभावित ११ जिल्लाका पीडितहरु मध्ये करिब ९१ प्रतिशत(४ लाख २८ हजार को खातामा रकम निकासा, ४ लाख ६२ हजार संग अनुदान सम्झौता बांकी ५० हजारको छानविन भैरहेको, कतिपय लिन नआएका, सुकुम्वासी लगायतलाई वितरण गर्ने कार्य बांकी रहेको )पीडितहरुलाई पुननिर्माणको लागि पहिलो किस्ता वापतको रकम उपलब्ध गराइएको ।

२. मुलुकको विकास निर्माण र भूकम्प पश्चात्को पुनःनिर्माणको सन्दर्भमा हाल रहेका क्रसर उद्योगका लागि नयाँ मापदण्ड बनाउने तयारी । नयाँ मापदण्ड नबनुञ्जेल तत्कालका लागि ढुंगा, गिटी, बालुवालाई सहज बनाइएको ।

३. प्यूठान जिल्लाका बाढी पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण चाडवाड मनाउन प्रतिपरिवार रु. १५०००। का दरले रकम उपलब्ध गराइएको ।

४. प्राकृतिक प्रकोपका मृतकलाई दिने राहत रकम ४० हजारबाट बढाएर १ लाख पुर्याइएको

संक्रमणकाल व्यवस्थापन

१. वेपत्ता पारिएका व्यक्तिहरुको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ को पहिलो संशोधन मस्यौदा तयार गरिएको ।

सेवा प्रवाहलाई प्रभावकारी बनाउन चालिएका कदम

१.यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीको चापलाई ध्यानदिइ कलंकी, चावहील र सल्लाघारी गरी उपत्यकाका थप तीन स्थानमा यातायात व्यवस्था कार्यालय स्थापना,

२. यातायात व्यवस्थालाई प्रभावकारी बनाउन साझा यातायातमा तीस वटा साझा बस थपिएको,

पूजीगत खर्च वृद्धि गरी आर्थिक सम्वृद्धि हासिल गर्ने

१. राष्ट्रिय विकास समस्या समितिको बैठकमा प्रधानमन्त्री स्वयंले नै राष्ट्रिय गौरवका आयोजनाहरुको स्वयं अनुगमन गर्दै पूजीगत खर्च वृद्धि गर्ने कार्यलाई भ्हउबमष्तभ गर्ने घोषणा,

२. मेलाम्ची खानेपानी, सिक्टा सिंचाइ, रानाीजमरा सिंचाइ, ४५६ मेगावाटको माथिल्लो तामाकोसी, मध्यपहाडी लोकमार्ग, उत्तर दक्षिण कोशी लोकमार्ग आयोजना लगायत राष्ट्रिय गौरवका आयोजनाहरुको प्रधानमन्त्री स्वयंबाट अनुगमन गरी कामलाई भ्हउबमष्तभ गर्दै कामलाइए तोकिएको समयभन्दा पहिला र उच्च गुणस्तरमा सम्पन्न गर्नेतर्पm अगाडी बढाइएको  ।

३. औद्यौगिक उत्पादनले गति लिन लिएको,

४.कृषि बालीहरुको उत्पादन उत्साहजनक रुपमा अगाडी बढाइएको

५. प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत् कृषिको उत्पादन र उत्पादकत्व वृद्धि गर्न सात वटै प्रदेशमा सुपरजोन कार्यालय गर्ने कार्य अन्तिम चरणमा पुगेको ।

६. नेपालको आफ्नै स्याटलाइट स्थापना गर्ने कार्य अगाडी बढाइएको ।

जनजीविकाका सवाल सम्बोधन

१. यातायात लगायत सबै क्षेत्रमा रहेको सिन्डिकेट अन्त गर्ने घोषणा अनुरुप सिण्डिकेट र कार्टेलिङ विरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन,

२. काभ्रे, धादिङ लगायतका जिल्लामा भएका सडक दुर्घटनामा परेकाहरुको हेलिकप्टर र एम्बुलेन्स परिचालन गरी तत्काल उद्धार गरी उपचारको प्रबन्ध गरिएको  ।

३. नक्कली डाक्टरलाई काम गर्न नदिन र मेडिकल काउन्सिलबाट निलम्वन गर्ने कार्य अगाडी बढाइएको ।

४. बजार अनुगमनलाई आम उपभोक्ताले अनूभूत गर्ने गरी प्रभावकारी रुपमा अगाडी बढाइएको, उपभोक्ता ठग्ने, कालोबजारी गर्नेलाई कारवाही गर्ने कार्यलाई तीब्रता दिइएको । संयुक्त बजार अनुगमनका लागि दू्रतकार्यटोली गठन गरी बजारमा उपभोग्य बस्तुको आपूर्ति सहज र नियमित बनाइएको, कृत्रिम मूल्यवृद्धि नियन्त्रण गरिएको

५. खाडी मलुकका कारागारमा रहेका  र कामबिहीन अवस्थामा रहेका भएका नेपालीहरुको तथ्याङ्क संकलन गरिएको ,

६. त्रिभूवन विमास्थलको सुरक्षा व्यवस्था, सेवाको गुणस्तर र भन्सार प्रक्रियामा सुधार गरी छिटो, छरितो र प्रभावकारी बनाइएको ।

७. साउदी र श्रीलंकामा अलपत्र परेका नेपालीहरुलाई उद्दार गर्ने व्यवस्था गरिएको,

८. काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाइ सडक सुरक्षा अभिवृद्धि गर्दै सर्वसाधारणको आवातजावतलाई  सहज तुल्याइएको ।

९.जनता पेन्शन कार्यक्रमको वृहद् छाताभित्र कृषक सामाजिक सुरक्षाको पाइलोटिङ गर्ने कार्यको तयारी भैरहेको यसका लागि सातवटा प्रदेशका न्यून मानव विकास सूचकांक भएका १÷१ वटा जिल्लाका १÷१ वटा गा.वि.स.मा यो  कार्यक्रम शुभारम्भ गर्ने कार्य अन्तिम चरणमा पुगेको ।

१०. गरीबका लागि सरकार कार्यक्रम सञ्चालन गर्नका लागि कार्ययोजना तर्जुमा गरी स्वीकृत गरिएको । गरिब घर परिवारका लागि मंसीर १ गतेदेखि परिचयपत्र वितरण शुरु गरी पौष मसान्त सम्म सम्पन्न गर्ने गरी तयारी भैरहेको ।

शासन व्यवस्था प्रभावकारी बनाउने

१. निजामती सेवा ऐन नियमावली बमोजिम नेतृत्व मूल्यांकन समितिलाई क्रियाशील बनाई उच्च तहको नेतृत्वमा गतिशील, व्यवसायिक र क्षमतायूक्त नेतृत्व सुनिश्चित गर्न नेतृत्व मूल्यांकन समिति गठन

मकालु एयरको विमान हुम्लामा दुर्घटना

२६ कार्तिक, काठमाडौं ।
मकालु एयरको विमान हुम्लाको सिमिकोट बिमानस्थलमा दुर्घटनामा परेको छ ।

बिमानस्थल प्रशासनका अनुसार विमान अवतरणका क्रममा पाङग्रा पञ्चर भएर दुर्घटना भएको हो ।

बिमान सुर्खेतबाट सामान लिएर हुम्ला गएको थियो । ९ एन एजेजी कल साइनको विमान अवरतणका क्रममा बिहान ८ बजे दुर्घटनामा परेको पनि कुनै गम्भिर क्षति नभएको बताइएको छ ।

दुर्घटनाबाट विमानमा सामान्य क्षति पुगेको छ भने पाइलट र कोपाइलट दुईजनामात्र रहेको बिमानमा दुवैजना सकुशल छन् ।

सिंगल इन्जिन कार्गो विमानको पांग्रा पञ्चर टालेर उडान नियमीत गरिने बताइएको छ ।

महानिरीक्षक अर्याल हटाउन प्रचण्ड र देउवाको सहमति!

काठमाडौं,कात्तिक २६ । महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई नियमावली संशोधनमार्फत पदावधी घटाएर फ्याँक्ने खेलको अन्तिम शृंखला कार्यान्वयन हुने संकेत देखिएको छ। प्रहरीको संघीय संरचना कार्यान्वयनका लागि भइरहेको छलफलमा अर्याललाई फुली बढाएर प्रहरी महानिर्देशक र पछि महानिर्देशक बनाउने खेल अन्तिम चरणमा पुगेको स्रोतले दाबी गरेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल, माओवादी केन्द्रका केही नेता र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच अर्याललाई हटाएर दुबै दलको सहमतिमा हालका एआईजीमध्ये एकलाई प्रहरी महानिरीक्षक र पछि प्रहरी महानिर्देशक बनाउने सहमति जुटेको हो।

दुबै दलमा हामका एआइजीहरू आफैं र आफू निकटष्थको सहयोगमा लबिङ गरिरहेका छन्। प्रहरी महानिरीक्षक अर्याल हटाउन प्रधानमन्त्री दाहाल, कांग्रेस सभापति देउवा र उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिबीच सहमति जुटाउन पहल भइरहेको स्रोतले जनायो।

गृहमन्त्री निधिका पुराना सहयोगी अर्याल भएकाले उनले राजीनामा दिएर निकास दिन आग्रह समेत गरेको स्रोतले बतायो। पछिल्लो समय टीकापुर घटना, एसपी तानिएको विषय र सरूवाको कारण सम्बन्धमा तिक्तता आएको अनुमान गरिएको छ। आजको नागरिक दैनिकमा समाचार छ ।

उपत्यकालाई लोडसेडिङमुक्त पार्न निकै कठिन,प्रयास परीक्षणमै

काठमाडौं,कात्तिक २६ । काठमाडौँ उपत्यकालाई लोडसेडिङमुक्त पार्न निकै कठिन रहेकाले हाल यो कार्य परीक्षणकै रूपमा रहेको ऊर्जामन्त्रीले स्पष्ट गरेका छन् । मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी उपत्यकालाई लोडसेडिङमुक्त पार्न परीक्षण (ट्रायल) गरिएको र त्यसलाई निरन्तरता दिने प्रयास भइरहेको स्पष्ट पारेको हो ।

मन्त्रालयले सबै विकल्प प्रयोग गरेर उपत्यकालाई लोडसेडिङमुक्त क्षेत्र बनाइने पुनः प्रतिबद्धता पनि व्यक्त गरेको छ । कार्यक्रममा ऊर्जामन्त्री जनार्दन शर्माले भने, ‘यो परीक्षणका रूपमा रहेको छ ।  यसलाई निरन्तरता दिन सकिन्छ भन्ने आत्मविश्वास बढेको छ तर लोडसेडिङमुक्त पार्न सकिन्छ भन्न सकिने अवस्थालाई हामीले ठूलो चुनौतीका रूपमा हेरिरहेका छौँ।’

उनले भने, ‘हामी परीक्षण अवधिमै छौँ, प्रयास गर्ने हो, प्रयास नगरेर त कहीँ पनि पुग्न सकिँदैन। ’ कुलेखानीको पानी सिध्याएर सस्तो लोकप्रियता कमाउन सरकारले लोडसेडिङमुक्त पार्ने कार्यक्रम ल्याएको भनेर सबैतिरबाट सोधिने गरेको बताउँदै मन्त्री शर्माले भने, “कुलेखानीको पानीमा मात्र भर नपर्ने र अन्य विकल्पको पनि सहयोग लिइनेछ । हाम्रो प्रयास जारी छ, सफलता मिल्छ होला।’

यद्यपि उपत्यकालाई लोडसेडिङमुक्त पार्न विभिन्न वैकल्पिक उपायका बारेमा अध्ययन भइरहेको बताएका मन्त्री शर्माले ती विकल्पबारे भने स्पष्ट नपारेको आजको गोरखापत्रमा समाचार छ ।

सरकारले सय दिन पूरा गरेको अवसरमा आयोजित सो पत्रकार सम्मेलनमा अधिकांश समयमा आफ्ना योजना सुनाउनुभएका मन्त्री शर्माले ऊर्जा मन्त्रालयजस्तो प्राविधिक कार्ययोजना भएको मन्त्रालयको काम स्वीकृत गर्न अप्राविधिक बस्ने अर्थ मन्त्रालयका अधिकारीलाई कुर्नुपर्ने भएकाले सोचेअनुरूप काम हुन नसकेको गुनासोसमेत गरे।

नेपाल विद्युत् प्राधिकरणको पुनःसंरचना गर्ने कार्य हाल भइरहेको जानकारी दिँदै मन्त्री शर्माले केही समयभित्रै आमनागरिकका घरघरमा कर्मचारी गएर विद्युत् कम्पनीका लागि सेयर भराउने कामको थालनी गरिने र जनताको सहभागितामा ऊर्जा विकासको अभियान थालनी गरिनेसमेत बताए ।

किन ढाटे देउवाले ? भारतमा तिब्बती नेतासँग बसेको देउवाको फोटो सार्वजनिक

काठमाडौं,कात्तिक २६ । नेपाली कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका बेला कुनै तिब्बती शरणार्थी नेतासँग आफ्नो भेटघाट नभएको दाबी गरेको २४ घण्टा बित्न नउपाउँदै तिव्वती नेतासँग बसेको उनको फोटो सार्वजनिक भएको छ ।

इन्डिया फाउन्डेसनले भारतको गोवामा आयोजना गरेको कार्यक्रममा सहभागी हुने क्रममा तिब्बती निर्वासन सरकारप्रमुख प्रधानमन्त्री लोप्साङ साङेसँग बसेको नेता देउवाको फोटो बिहीबार बाहिर आएको आजको नागरिक दैनिकमा समाचार छ ।

देउवाले भारतमा साङेसँग भेटवाता गरेको भन्दै चीनले नेपालसँग असन्तुष्टि जनाएपछि परराष्ट्रमन्त्री प्रकाशशरण महतले मंगलबार पत्रकार सम्मेलन गरी देउवाले त्यस्तो भेटवार्ता नगरेको भन्दै बचाउ गरेका थिए । भारत भ्रमणबाट फर्कने क्रममा देउवाले पनि कुनै तिब्बती नेतासँग आफ्नो भेट नभएको दाबी गरेका थिए ।

पैसाकै वरिपरि घुमेको चलचित्र ‘जात्रा’ को हरेक दृश्यमा खुल्दुली

काठमाडौं । आम दर्शकको प्रतिक्षाको घडीलाई समाप्त गर्दै भोली (शुक्रबार)देखि प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्र जात्र देशभर प्रदर्शन हुँदैछ ।

प्रदर्शन अगावै सर्वाधिक चर्चा बटुलेको चलचित्रले बुधवार राजधानीको रेड कार्पेट प्रिमियर शो सम्पन्न गरेको छ । जयनेपाल हलमा भएको प्रिमियर शो मा किरण केसी, निश्चल बस्नेत लगायत अन्य कलाकार र सञ्चारकर्मीको बाक्लो उपस्थिती रहेको थियो ।

नेपाली रजतपटका प्राय:कलाकार र सिने सञ्चारकर्मीहरु इनास अवार्डका लागि सिक्किम पुगेका बेला प्रिमियरमा फिल्मकै कलाकारको भने सीमित मात्रामा उपस्थित रहेको थियो ।

कथावस्तु:

डार्क कमेडी चलचित्र ‘जात्रा’ मा असनका तीन व्यपारीको कथालाई प्रस्तुत गरिएको छ । चलचित्रमा पैसा भएपनि समाल्न नसकेपछिको समस्यालाई जात्राको रुपमा देखाइएको छ । असनमा व्यवसाय गरेर बसेको व्यपारीलाई मूख्य विषय बस्तु बनाइएको छ ।

विपीन कार्की, (फणिन्द्र) उर्फ फडुको भूमिकामा व्यापारी हुन्छन । एका बिहानै पत्रिका बाँड्न जाने क्रममा उनले आफ्नो पसल अगाडी ठूलो बोरा फेला पार्छन । जुन बैकवाट लुटेर ल्याएको पैसा प्रहरीलाई देखेर त्याहाँ लुकाएका हुन्छन् । पछि फर्किएर पैसा देख्दा फडिन्द्र बेहोस नै हुन्छन् ।

पैसा हराएको खबर सञ्चार माध्यमभरी छरपष्ट हुँदा फणिन्द्रको मनमा अनेक कुरा खेल्ला खेल्दै पैसा लुकाएको हुनसक्ने आशंकामा प्रहरीले टोलभरी छापा मार्छ तर उनि सोझा र इमान्दार देखिने हुनाले उनको पसलमा चेकजाच गर्दा सबै समान भद्रगोल नै देखेर प्रहरीले पैसा भेटदैन ।

न उनलाई त्यहाँका छिमेकीहरुले शंका गदर्थे । त्यसकारण उनलाई त्यो पैसाले बारम्बरा सताई रहयो । पटक पटक ससुरालीको हेपाई र बुढि र छोराको सपना बोकेर हिडेका फडिन्द्र यसमा प्रमुख रुपमा देखिएका छन् । उच्च कुलघरान की श्रीमती उनको इमान्दार र लगनशिलता देखेर उनीसँग जिवन बिताईरहेकी हुन्छीन ।

फडिन्द्र भने पैसा पचाउने की सरकारलाई फिर्ता गर्ने दुविधामा हिड्दा हिड्दै उनलाई साथदिने छिमेकी पसले रविन्द्रसिंह बानियाँ उनको ब्यथापनि उस्तै छ उनि पनि फेन्सी पसलमा धेरै कमाई नहुने, भाडा तिर्न नसकेर घरपेटीको कचकच सहन नसकेर तनावमा नै बसेको हुन्छन । उनलाई साथ दिन पुग्छन्, अर्को व्यापारी रबिन्द्र झा (मुन्ना) ।

सिनेमा हेर्दा सिनेमामा कुनै पक्ष कमजोर भएके जस्तो भने देखिदैन् । सिनेमामा केहि डाईलगहरु भने दोहोरिएका छन् । सिनेमाको कथाबस्तु पैसाकै वरिपरि घुमेको छ । सिनेमामा कलाकारहरुलाई पैसाले दिएको तनावलाई देखाईएको छ ।

सिनेमाको सुरुवातमा त्यति मनोरञ्जन नभएपनि सिनेमा बग्दै जांदा रमाईलो थपिदै जान्छ । सिनेमालाई हरेक दृश्टिकोणमा बुझ्न सकिन्छ । सिनेमाले प्रहरी प्रशासन माथि पनि केहि संदेश दिन खोजेको छ । सिनेमामा प्रहरी पनि पैसाकै पछाडि दौडाईएको छ ।

सिनेमाका दृश्य हेर्दा भन्दा पनि कथाबस्तु लाई हेर्दा बढि रमाईलो दिन्छ । पैसाले मानिसको जिबनमा आउने उतार चढाव, सम्बन्ध, इमान्दारिता र साथलाई रमाईलो ढंगले प्रस्तुत गरिएको छ । सिनेमामा पात्रलाई दुख, कष्ठ परिरहेपनि दर्शकलाई भने भरपुर मनोरञ्जन दिन्छ । सिनेमामा केहि दृश्यलाई लामो समयसम्म देखाईएको छ ।

सिनेमाको ट्रेलर हेर्दा बर्षाको डिभोर्स हुने चर्चा चलेको भएपनि त्यसमा वेग्लै रहस्य लुकेको छ र विषयबस्तु के हुन्छ भन्ने कौलुहलता हुदै जानेछ । सिनेमाले दोश्रो सिक्वेन्स बनाउनु पर्ने गरि कथालाई टुड्ग्याएको हो कि भन्ने भन पर्छ। यसमा भने सिनेमा निर्माताले के गर्छन त्यो, केहि समय प्रतिक्ष्या गर्नै पर्ने हुन्छ।

जात्रामा वर्षा र प्रेक्षासँगै विपीन कार्की, रविन्द्रसिंह बानियाँ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रविन खतिवडा, कमलमणि नेपाल, प्रियंका झा, भोलाराज सापकोटा, निलकाजी शाक्य, साजन थापा मगर, सुरेश कार्की, सफर पोखरेल लगायतको अभिनय रहेको छ। रविन्द्रसिंह जात्राको कार्यकारी निर्माता हुन् भने सिंगे लामा र यादव पौडेल निर्माता हुन्।

एकपटक लिखित परीक्षा पास गरेपछि तीनपटक ट्रायल दिने मौका

२५ कात्तिक,काठमाडौं ।

यातायात व्यवस्था विभागका सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लागि सजिलो नियम ल्याउने भएको छ । ट्रायलमा फेल भएर हैरानी परेका लागि यो नियम उपयुक्त हुने भएको छ । मंसिर १ गतेदेखि सवारी लाइसेन्सका लागि परीक्षा फारम वितरण सुरु गर्न लागेको विभागले अब एकपटक लिखित परीक्षा पास गरेपछि ३ पटकसम्म ट्रायल दिने मौका पाइने नियम जारी गर्न लागेको हो । यसभन्दा अघि ट्रायलमा फेल भएपछि फेरी लिखत परिक्ष दिनुपर्ने नियम रहेको थियो ।

एकपटक दिइएको लिखित परीक्षा उत्तीर्ण गरेकाले अब त्यसको ९० दिनभित्र ३ पटक लिखित परीक्षा पाउने गरी सवारी तथा व्यवस्था नियमावली संशोधन गरिएको छ । यो संशोधित व्यवस्थाअनुसार प्रयोगात्मक परीक्षा ट्रायल दिँदा फेल भएकाले १ महिनापछि फेरि ट्रायल दिन पाउने भएका छन् । यातायात व्यवस्था विभागका प्रवक्ता डा। टोकराज पाण्डको अनुसार मंसिरदेखी अब एकपटक लिखित परीक्षा दिएपछि ट्रायलमा फेल भएपनि ३ पटकसम्म आफुलाई प्रमाणित गर्ने अवसर मिल्नेछ ।

प्रधानमन्त्री भन्छन्-‘लगानी बृद्धि गरेर विज्ञान प्रविधिलाई उत्पादनसँग जोडौं’

२५ कार्तिक, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी बृद्धि गरेर विज्ञान प्रविधिलाई उत्पादनसँग जोड्नुपर्ने बताएका छन् ।

विश्व विज्ञान दिवसका सन्दर्भमा माओवादी केन्द्रसम्वद्ध नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनले काठमाडौंमा आयोजना गरेको नेपालमा वैज्ञानिक अन्वेषणः सम्भावना र चुनौति विषयक विचार गोष्ठीमा बोल्दै प्रधानमन्त्रीले भने ‘विज्ञान प्रविधिको विकास आजको अनिवार्य आवश्यकता हो । विज्ञान र प्रविधिको विकासका क्षेत्रमा राज्यले लगानी बढाउनुपर्छ । हाम्रो बजेट अनुत्पादक र अन्धविश्वासका क्षेत्रमा खर्च भइरहेको छ, हामीले यसलाई बदल्नुपर्छ । लगानी बृद्धि गरेर विज्ञान र प्रविधिलाई उत्पादनसँग जोडौं । यसका लागि सरकारले प्रविधि र अन्वेषणको क्षेत्रमा उत्साहवद्र्धक लगानी गर्न तयार छ ।’

प्रधानमन्त्रीले विज्ञान प्रविधिलाई उपयोगभन्दा उत्पादनसँग जोड्नुपर्नेमा जोड दिँदै भने  ‘हाम्रो प्रविधिको पहुँच उपभोगमा सीमित हुनु हुँदैन । हाम्रो प्रविधिलाई उत्पादनसँग जोड्नुपर्छ । कृषि र पर्यटनको क्षेत्रमा प्रविधिको प्रयोगद्वारा हामीले समृद्धि हासिल गर्न सक्छौं । त्यसका लागि सबैले प्रविधिलाई उत्पादनसँग जोड्नेबारे सोचौं ।’

प्रधानमन्त्रीले राज्यले विज्ञान र अन्वेषणको क्षेत्रमा लगानी नगर्ने र विज्ञान मन्त्रालयको मन्त्रीले हिनताबोधको अनुभूति गरुञ्जेल विज्ञानको विकासले प्रगति हासिल गर्न नसक्ने बताए ।

कार्यक्रममा सांसद रबिन्द्र अधिकारीले विज्ञान र प्रविधिले राजनीतिक सपनाहरुलाई सार्थकतामा बदल्ने बताए ।

विचार गोष्ठीको प्रधानमन्त्रीले रोबर्टद्वारा उद्घाटन गरेका थिए भने विभिन्न क्षेत्रका वैज्ञानिकहरुले प्रविधिको विकास र अवस्थाबारे अलग–अलग कार्यपत्र प्रस्तुत गरेका थिए ।

सभामुखको कार्यकक्षमा प्रधानमन्त्री र ओलीबिच के कुरा भयो ?

२६ कार्तिक, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबार स्थित सभामुखको कार्यकक्षमा आज अपरान्ह भएको भेटबार्तामा संबिधान संशोधन प्रस्ताबका बारेमा दुबै नेताबीच सकारात्मक छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोबिन्द आचार्यले जानकारी दिएका छन् ।

दुई नेताबीच नेपाली कांग्रेसका सभापति शेरबहादर देउबा समेत तीनै पार्टीका नेताहरु बसेर संबिधान संशोधनका बिषयमा छलफल गरी अघि बढ्ने सहमति भएको प्रेस सल्लाहकार आचार्यको भनाई छ ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web