राष्ट्रपति भण्डारीलाई नेकपा अध्यक्ष प्रचण्डले भेटेर यसो भने

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले भेट गरेका छन्।

राष्ट्रपति भण्डारीले नेकपा अध्यक्ष प्रचण्डले आइतबार बिहान भेटेका हुन्। प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओली उपचारका क्रममा सिंगापुरमा रहेका बेला प्रचण्डले राष्ट्रपतिलाई भेटेका हुन् । राष्ट्रपति भवनमा राष्ट्रपति र प्रचण्डको भेटवार्ता भएको हो । भेटबारे प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले भने, ‘भेट नभएको धेरै समय भएको थियो। खास विषय केही थिएन। समसामयिक कुराकानीका लागि भेट गर्नुभएको हो।’

राष्ट्रपति र प्रचण्डको भेटवार्ता एक घण्टा बढी भएको थियो।

प्रधानमन्त्री ओली भेट्न सिंगापुर हिँडेका एनआरएनए अध्यक्ष भट्टलाई बिमान चढ्न दिइएन

काठमाडौ ।  सिंगापुर जान लागेका गैर-आवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष भवन भट्ट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइका छन्।

सिल्क एयरको फ्लाइट नम्बर एसएलके ४१३ (कल साइन एमआई ४१३) बोइङ विमानबाट शनिबार राति १० बजे सिंगापुर जान लागेका उनी विमानमा बसिसकेको अवस्थामा फर्काइएका हुन्।

एनआरएनए अध्यक्ष भट्ट र शुभदिन अनलाइनका सञ्चालक सनत न्यौपानेलाई अधिक मद्यपान गरिएको भन्दै सबै प्रक्रिया पूरा गरी विमानमा बसिसकेको अवस्थाबाट फर्काइएको विमानस्थल प्रहरी स्रोतले बतायो।
ad

उनीहरुले मद्यपान गरी अभद्र व्यवहार गरेपछि एयरलाइन्सले उनीहरुसहित उडान गर्न नसक्ने बताउँदै फर्काएको स्रोतको दाबी छ।

टोलीमा सहभागी शुभदिन अनलाइनका सञ्चालक न्यौपानेले आफूहरु विमानमा चढिसकेको अवस्थाबाट फर्काइएको स्वीकारे। प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न सोतर्फ जान लागेका आफूहरुलाई सिल्क एयरलाइन्सले अभद्र व्यवहार गरेको उनको आरोप छ।

आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लाइभ जोडिएका उनले भने, 'दिनभर सँगै रहेका हामी प्रधानममन्त्रीको स्वास्थ्य अवस्था बुझ्न सिंगापुर जाने तय गर्‍यौं र फ्लाइट बुक गरेका थियौं। साथमा त्यहाँ बिजनेस गर्ने बारेको केही मिटिङ समेत थियो,' उनले भने, 'तर, हामीलाई सिल्क एयरलाइन्सबाट अभद्र व्यवहार गरियो। विमानमा बसिरहेको अवस्थामा हामीलाई निकालियो।'

उनले सो क्रममा आफूहरुले मद्यपान गरेको समेत स्वीकारेका छन्। 'हामी दिनभरजसो विजनेस मिटिङमा थियौं। विजनेस मिटिङमा कुन किसिमको मद्यपान गरिन्छ भन्ने कुरा जगजाहेर नै छ। त्यो नकार्न मिल्दैन,' उनले अघि थपे, 'हामी चेक-इनबाट भित्र छिर्‍यौं। हामीलाई बोर्डिङ पास पनि दिइयो। सोपश्चात् इमिग्रेसन र सेक्युरिटी पास गरेर हामी विजनेस लाउन्जमा गएर बस्यौं। बीचमा प्रि-बोर्डिङमा पनि सुरुमा बोर्ड गर्न मिल्दैन भनियो र लगत्तै मिल्छ भनेर अगाडि पठाइएको थियो। तर, सिटमा बसिसकेपछि एयरलाइन्सका पाइलट आएर तपाईंहरुलाई साथमा लग्न नसक्ने बताए।'

जाँचका क्रममा आफूहरुमाथि ब्रेथलाइजर (मद्यपान गरे/नगरेको जाँच गर्ने यन्त्र)समेत नलगाइएको उनले स्पष्ट पारेका छन्।

उनले सबै प्रक्रिया पूरा गरेर उडानका लागि विमानमा बसेको अवस्थामा फर्काउनुपर्ने के कारण हुनसक्छ भनेर प्रश्न समेत गरेका छन्। उनले एयरलाइन्सले आफूहरुमाथि दुर्व्यवहार गरेको र आग्रह साँधेको समेत आरोप लगाएका छन्।

न्यौपानेले सिल्क एयरको यस्तो कार्यले 'नेपाल भ्रमण वर्ष २०२०'लाई समेत प्रभाव पार्ने दाबी गरेका छन्।

सो सम्बन्धमा सिल्क एयरलाइन्सबाट भने आधिकारिक रुपमा हालसम्म केही बताइएको छैन। (तस्बिर- भवन भट्टको फेसबुक)

रविसहित ३ जनालाई अदालत लगियो, मुद्दा दर्ता गर्न सरकारी वकिलले फाइल अध्ययन गर्दै

चितवन । पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्नका लागि दुरुत्साहन गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित ३ जना विरुद्ध मुद्दा दर्ताका लागि प्रहरीले अनुसन्धानको फाइल जिल्ला सरकारी वकिलको कार्यालयलाई सुम्पेको छ।

जिल्ला न्यायाधिवक्ता यदुनाथ शर्माका अनुसार आइतबार बिहान प्रहरीको अनुसन्धान फाइल आइपुगेको छ। त्यसको थप अध्ययन गर्ने काम भइरहेको उनले बताए। सरकारी वकिलको कार्यालय तीन जनाको बयान र अन्य प्रमाणहको रुजु गर्दै सम्भव भएसम्म आजै मुद्दा दायर गर्ने तयारीमा रहेको शर्माले बताए।

१० दिनको म्याद अदालतबाट दुई पटक गरी पाएको र सो अवधिमा प्रहरीबाट भएको अनुसन्धानको सवै विवरण सरकारी वकिल कार्यालयलाई सुम्पिएको छ।
ad

चितवनको हिरासतमा रहेका रवि लामिछाने, 'रुकु' भनिने अस्मिता कार्की र युवराज कँडेललाई भने प्रहरीले जिल्ला अदालत पुर्‍याएको छ। जिल्ला अदालतमा मुद्दा दर्ता हुन सक्ने भएपछि रविका कानुन व्यवसायीहरु समेत चितवन पुगेका छन्।

उनी विरुद्ध मुलुकी संहिताको आत्महत्याका लागि दुरुत्साहन गरेको आरोपमा मुद्दा दायर हुनेछ। उक्त अभियोगमा ५ वर्षसम्म कैद वा ५० हजार रुपैयाँसम्म सजाय हुने व्यवस्था छ।

आरोपपत्र दायर भएका उनीहरुको बारेमा थुनछेक बहस हुनेछ। थुनछेक बहसका लागि आजै सुनुवाई माग गर्ने तयारी रवि पक्षका कानुन व्यवसायीले गरेका छन्। रविलगायत तीनै जना आजै हिरासतमुक्त हुनका लागि आजै बयान गराई थुनछेक बहस हुनुपर्नेछ। त्यसो हुन नसकेमा उनीहरु न्यायिक हिरासतमा बस्नुपर्ने हुन्छ।

कार्यक्रम 'सिधा कुरा जनतासँग'का प्रस्तोता लामिछाने, सोही कार्यक्रममा आवद्ध कँडेल र कार्की पत्रकार शालिकराम पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको आरोपमा हिरासतमा छन्। पत्रकार पुडासैनीको गत साउन २० मा चितवनको नारायणगढ बसपार्कस्थित होटल कंगारुमा शव भेटिएको थियो।

श्रीमतिले गरिन श्रीमानको हत्या, साढे ४ लाखमा श्रीमान मार्न अरु केटा समेत खोजेको भेट्टियो

जनकपुर । महोत्तरीकी एक महिलाले आफ्नै श्रीमानको हत्या गराउन पेशेवर अपराधीलाई साढे ४ लाख रुपैयाँ दिएको खुलेको छ । महोत्तरीको बर्दिबास नगरपालिका ३ गौरीडाँडाका ३६ बर्षीय सरोज भनिने श्रवण थापाको हत्याका लागि श्रीमती पूजाले पेशेवर अपराधीलाई साढे ४ लाख रुपैयाँ दिएको प्रहरीले पत्ता लगाएको हो ।

गत असार ३१ गते श्रवणको हत्या गरेको अवस्थामा बीपी राजमार्ग अन्तर्गत बर्दिबास नगरपालिका–३, मूर्तिपार्क नजिकै शव फेला परेको थियो । इलाका प्रहरी कार्यालय, बर्दिबासका प्रमुख डीएसपी निशान थापाले पूजाले श्रीमान्को हत्या गराउन पूजाले आफ्नी बहिनीमार्फत पेशेवर अपराधी बोलाएको खुलेको बताए ।

श्रवणको हत्या गर्नेहरुलाई पक्राउ गरी सार्वजनिक गर्न शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा महोत्तरीका प्रहरी प्रमुख उपरीक्षक श्यामकृष्ण अधिकारीले पूजाले नै श्रवणको हत्या गराएको खुलेको जानकारी दिए । पूजा पक्राउ परेपछि यसबारे थप खुल्ने प्रहरीको भनाइ छ ।

श्रवणको हत्यामा संलग्नको अभियोगमा प्रहरीले ४ जनालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ । सर्लाहीको धनकौल गाउँपालिका ३ हरकटवाका २७ बर्षीय प्रमोद सिंह, वडा नम्बर २ का २७ बर्षीय मुकेश साह, रौतहटको गढीमाई नगरपालिका ६ बखरी टोलका ३३ बर्षीय श्रीनारायण महरा र ४६ बर्षीय टिआई सहनीलाई शुक्रबार सार्वजनिक गरिएको हो । गत असार ३१ गते श्रवणको हत्या गरेको अवस्थामा बीपी राजमार्ग अन्तर्गत बर्दिबास नगरपालिका–३, मूर्तिपार्क नजिकै शव फेला परेको थियो ।

रकमको कारण हत्या :
फरार रहेकी पूजाको खोजी भइरहेको डीएसपी थापाले बताए । थापाका अनुसार श्रीमान्ले पूजालाई कुटपिट, गालीगलौज गर्ने गरेका कारण हत्या गराएका हुन् । यद्यपी रकमको बिषय पनि यससँग जोडिएको हुन सक्ने प्रहरीको आशंका छ । श्रवणको हत्या भएको केही दिनअघि श्रवणले आफ्नो जग्गा बिक्री गरेका थिए । उक्त रकम पूजाले आफ्नै साथमा राखेकी थिइन् । यो रकम श्रवणको हातमा नजाओस् भन्नका लागि पनि हत्या गरेको हुन सक्ने भन्दै प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।

जनप्रतिनिधिलाई तलब किन दिएको भन्दै रोक्नको लागी सर्वोच्चले चासो देखायो

काठमाडौ । सर्वोच्च अदालतले ६ वटा प्रदेशसभालाई स्थानीय तहका जनप्रतिनिधिलाई मासिक रुपमा पारिश्रमिक पाउने गरी कानुन बनाउनुको कारण सोधेको छ । शुक्रबार सर्वोच्चको संवैधानिक इजलासले प्रदेश १ बाहेकका अरु प्रदेशसभालाई स्थानीय तहका जनप्रतिनिधिले मासिक तलब पाउने गरी कानुन बनाउनुको कारण सोधेको हो ।

नेपालको संविधानमा स्थानीय तहका जनप्रतिनिधिले सुविधामात्र पाउने उल्लेख भए पनि ती प्रदेशसभाले संविधान उलंघन गरी पारिश्रमिक नै पाउने व्यवस्था गरेको भन्दै अधिवक्ता लोकेन्द्र ओलीले रीट दायर गरेका थिए । उक्त रीटमाथि प्रारम्भिक सुनुवाई गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको संवैधानिक इजलासले ती प्रदेशसभा र ६ वटै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयसँग लिखित जवाफ माग गरेको छ ।

रिटमा अधिवक्ता ओलीले प्रदेश २, प्रदेश ३, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशले स्थानीय तहका जनप्रतिनिधिलाई तलब दिने गरी बनाएको कानून खारेज गर्न माग गरेका छन् । रिट निवेदकका तर्फबाट शुक्रबार सर्वोच्चमा वरिष्ठ अधिवक्ताहरु डा. गोविन्द गौतम र गोपालकृष्ण घिमिरे, अधिवक्ताहरु पंकजकुमार कर्ण, सुदीप पौडेल, विनोद फुयाल, आरसी गौतम, अमितकुमार कर्ण, सन्तोष भण्डारी, वीरेन्द्र गौतम, राजु शाक्यले बहस गरेका थिए ।

संवैधानिक इजलासले अन्तरिम आदेशबारे छलफल गर्न विपक्षीलाई पनि छलफलमा बोलाएको छ ।

सांसदको घरमा बम पड्काएको अभियोगमा विप्लव समूहका तीन नेता पक्राउ

बुटवल । नेत्रविक्रम चन्द विप्लव समूहका रुपन्देही जिल्ला जनसरकार उपप्रमुखसहित ३ जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका-११ का ५० बर्षीय बिक्रम यादव, रुपन्देहीको गैडहवा गाउँपालिका-६ का ४३ बर्षीय रुदल यादव र सियारी गाउँपालिका-४ का ६३ बर्षीय विष्णुप्रसाद तिवारी (मुकेश) रहेका छन् ।

पक्राउ परेका बिक्रम यादव विप्लव समूहका जिल्ला जनसरकार उपप्रमुख हुन् भने रुदल यादव प्रादेशिक जनसरकार सदस्य हुन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश-५ का प्रदेशसभाका प्रमुख सचेतक भूमिश्वर ढकालको घर र गाडीमा बम विष्फोट गराएको अभियोगमा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

गत साउन ३१ गते राति रुपन्देही सैनामैना नगरपालिका-८ शान्तिटोल स्थित ढकालको निवासमा विष्फोटन र आगजनी भएको थियो । जिल्ला प्रहरी प्रवक्ता डीएसपी धर्मराज भण्डारीको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुमाथि रुपन्देही गैडहवा गाउँपालिका-२ सानो धुपहीस्थित एनसेल टावरमा साउन १५ गते आगजनी र बम विष्फोटमा समेत संलग्न रहेको अभियोगमा उनीहरुविरुद्ध मुद्धा दर्ता भइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ३ घाइते

अछाम । अछाममा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लको बान्नीगढी जयगढ गाउँपालिका-३ का ३७ वर्षीय अशोक परियार, सोही गाउँपालिकाको वडा नम्बर ४ बस्ने ३८ वर्षीय कालु सिंह आउजी र बैतडीको डिलाशैनी गाउँपालिका-३ का २२ वर्षीय लालबहादुर बोहरा रहेको अछाम प्रहरीले जनाएको छ।

दुर्घटनामा बान्नीगढी जयगढ गाउँपालिका-४ का तर्कराज तिमिल्सेना, कैलालीको घोडाघोडी नगरपालिका-७ का सवारी चालक २७ वर्षीय जन्जिर चौधरी र धनगढी उपमहानगरपालिकाका २४ वर्षीय घनश्याम चौधरी घाइते भएका छन्। उनीहरुको बयालपाटा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

बुधवार राति अछामको मुजाबगरबाट जयगढ जादैं गरेको से.१ज ९९५ नम्बरको जीप जयगढ माझेठाना सडकखण्ड अन्तर्गत सुकिबाग डिल्लीबजार नजिक दुर्घटना भएकोे हो। जीप सडकबाट करिब २ सय मिटर तल खसेकोे छ। दुर्घटनाको कारण भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

भूकम्प पीडितलाई भारतले दियो २ अर्ब ४५ करोड ८८ लाख

काठमाडौ । भारतले भूकम्पपछिको पुनर्निर्माणका लागि २ अर्ब ४५ करोड ८८ लाख ५० हजार रुपैयाँ नेपाललाई उपलब्ध गराएको छ ।  पाँचौं नेपाल भारत संयुक्त आयोगको बैठकमा नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका विदेशमन्त्री एस जयशंकरको उपस्थितिमा नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई सो रकमको चेक बुधबार हस्तान्तरण गरेका हुन् ।

प्राधिकरणका प्रवक्ता तथा सहसचिव पीताम्बर घिमिरले भारत सरकारले पुनर्निर्माण गरिरहेको गोरखा र नुवाकोटको ५० हजार निजी आवास पुनर्निर्माणका लागि सो रकम हस्तान्तरण गरेको जानकारी दिए । भारतले २०७२ को भूकम्पपछिको पुनर्निर्माणका लागि १ खर्ब सहयोग गर्ने घोषणा गरेको थियो । जसमा २५ अर्ब अनुदान र ७५ अर्ब ऋण रहेको छ । भूकम्प गएको चार वर्षपछि भारतले सो रकम हस्तान्तरण गरेको हो ।

२५ अर्ब अनुदानअन्तर्गत निजी आवास पुनर्निर्माणका लागि १० अर्ब, शिक्षा क्षेत्रको पुनर्निर्माणका लागि ५ अर्ब, अस्पताल पुनर्निर्माणका लागि ५ अर्ब र सम्पदा पुनर्निर्माणका लागि ५ अर्ब रुपैयाँ खर्च हुनेछ । भारतले गोरखा र नुवाकोटका ५० हजार निजी आवासको पुनर्निर्माणका लागि प्रतिबद्धता जनाएको थियो ।

ती जिल्लामा भारत सरकारको प्रोजेक्ट म्यानेजमेन्ट कन्सल्टेन्ट (पीएमसी) का रूपमा गोरखामा संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) र नुवाकोटमा परियोजना सेवाका लागि संयुक्त राष्ट्रसंघको कार्यालय (यूएनओपीएस)ले पुनर्निर्माणको काममा सघाउ पु¥याइरहेका छन् । भारतले हस्तान्तरण गरेको सहयोग रकम अब अर्थ मन्त्रालय हुँदै स्रोत भर्ना हुने जनाएको छ । यस्तै, नेपाल भारत संयुक्त आयोगको बैठकमा बुधबार नै भारत सरकारले निर्माणाधीन हुलाकी सडकको निर्माण सम्पन्न गर्न १ अर्ब ३० करोड रुपैयाँ उपलब्ध गराएको छ ।

यसअघि, भारतले नेपालको पुनर्निर्माणका लागि पहिलो किस्ताबापत २ अर्ब १० करोड रुपैयाँ र दोस्रो किस्ताबापत १ अर्ब ६० करोड उपलब्ध गराएको थियो । गत जेठमा अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडालाई नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले भूकम्पपछिको पुनर्निर्माणका लागि दोस्रो किस्ताबापतको चेक हस्तान्तरण थिए । यो खबर आजको राजधानी दैनिकबाट लिइएको हो।

सोलुखुम्बुको केन्द्र बनाएर भूकम्पको धक्का

काठमाडौ । सोलुखुम्बुको गोलीलाई केन्द्रबिन्दु बनाएर ४ म्याग्नीच्यूटको भूकम्पको धक्का महशुुस गरिएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार विहान ७ बजेर ७ मिनेटको अवस्थामा लिखुपिके गाउँपालिकाको गोलीलाई केन्द्रविन्दु बनाएर ४ म्याग्नीच्यूटको भूकम्प धक्का महशुस गरिएको हो ।

भूकम्पका कारण सोलुखुम्बु, ओखलढुंगा र रामेछापका केही स्थानमा सामान्य धक्का महशुस भएको छ । क्षतिको विवरण नआएको प्रमुख जिल्ला अधिकारी बेदनिधि खनालले बताए ।

बिहीबारको भूकम्प २०७२ सालको पराकम्प नभएको भूकम्पमापन केन्द्रका प्राविधिक सहायक राजेश शर्माले बताए ।

शालिकराम मार्न बाध्य बनाउने रवीले अनुसन्धान प्रभावित बनाउदै प्रहरी विरुद्ध स्टाटस लेखे

चितवन । नुवाकोटको बेलकोटगढी नगरपालिका–३ कुमरीका पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका टिभी कार्यक्रम प्रस्तोता रवि लामिछानेले आफू प्रहरीभित्रै असुरक्षित रहेको भन्दै प्रहरीबाट भइरहेको अनुसन्धान नै प्रभावित बनाउने गरेर फेसबुकमा स्टाटस लेखेका छन् । बुधबार साँझ श्रीमती निकिता पौडेलको फेसबुकमार्फत् स्टाटस लेख्दै लामिछानेले यस्तो बताएका हन्।

शालिकराम पुडासैनीको मोबाइलमा भेटिएको भिडियो सुसाइड नोटमा रवि लामिछाने अर्का पत्रकार युवराज कँडेल र अस्मिता कार्की नाम उल्लेख गरेको भिडियो बाहिरिएपछि प्रहरीले उनीहरू तीनै जनालाई साउन ३० गते पक्राउ गरेको थियो।  चितवन जिल्ला अदालतले उनीहरू तीनै जनाको नाममा पक्राउ पूर्जी जारी गरेपछि पक्राउ सुरुमा ५ दिनको हिरासतमा रहेका थिए। अदालतले पुनः थप ५ दिन प्रहरी हिरासतमा नै राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

रविकी श्रीमती पौडेलले आजै महानगरीय अपराध महाशाखा टेकु पुगेर प्रहरीसँग भएको पुडासैनीको भिडियो सुसाइड नोट अनधिकृत रुपमा बाहिर पुर्‍याएको भन्दै विद्युतीय कारोबार ऐनमार्फत् सजाय मागदाबी गर्दै उजुरी गरेकी थिइन्। तर प्रहरीले सो उजुरी दर्ता नगरेपछि रविले पौडेलको फेसबुक मार्फत आफ्नो अपराध लुकाउने र प्रहरीको अनुसन्धान प्रभावित बनाउने गरेर स्टाटस लेखेका हुन् ।

रवीबाट आत्महत्या गर्न बाध्य बनाएका शालिकको सूसाइड नोटका प्रमाणमा चितवन प्रहरीले गरिरहेको अनुसन्धान समेत प्रभावित बनाउदै उनले आफ्नो श्रीमतिको फेसबुकबाट झन समर्थकलाई आन्दोलनमा उचाल्न र हिंसात्मक गतिविधि भड्काउने शैलीको स्टाटस लेखेर अपराध लुकाउन चाहेको देखिएको छ ।

हेरौं रविको स्टाटस जस्ताको तस्तै  :

नुवाकोटका भूकम्पपीडितले दुई करोड १७ लाख पैसा लिएनन

विदुर । नक्कली भूकम्पपीडितले रकम धमाधम फिर्ता गर्न थालेका छन् । स्थानीय पूर्वाधार तथा अनुदान व्यवस्थापन आयोजनाका अनुसार असार मसान्तसम्म १० करोड ८६ लाख रुपैयाँ फिर्ता भएको छ । रकम फिर्ता गर्ने क्रम जारी रहेको आयोजनाले जनाएको छ । अहिलेसम्म १ हजार ९ सय ३९ जनाले रकम फिर्ता गरिसकेका छन् ।

पहिलो किस्ता बुझेर रकम फिर्ता गर्ने १३६ जना छन् । त्यस्तै दोस्रो किस्ता बुझ्ने २ र तेस्रो किस्ता बुझेका १ जनाले रकम फिर्ता गरेका हुन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार पहिलो किस्ताका रूपमा पीडितलाई ५० हजार दिइन्छ । दोस्रो किस्ताका रूपमा डेढ लाख र तेस्रो किस्ताका रूपमा १ लाख पाउने व्यवस्था छ । त्यस्तै दोहोरो भुक्तानी लिएर फिर्ता गर्नेको संख्या १ हजार ७ रहेको छ ।

जसमा पहिलो किस्ता बुझ्ने १ हजार ५ सय ९५, दोस्रो किस्ता बुझ्ने ९७ र तेस्रो किस्ता ८ जनाले बुझेको पाइएको छ । आयोजनाका इन्जिनियर सम्रक कर्मचार्यका अनुसार बैंकमा पीडितको नाममा रकम गएर पनि नबुझ्नेको संख्या १ सय छ । जुन रकम फिर्ता भएको उनले बताए । पहिलो किस्ता ८७ र दोस्रो किस्ता १३ जनाको नाममा बैंकमा गएको थियो । ‘अझै रकम फिर्ता हुने क्रम जारी छ,’ उनले भने, ‘सबैभन्दा बढी रकम अति प्रभावित जिल्लाबाट फिर्ता भएको छ ।’

कम प्रभावित जिल्लाबाट अति प्रभावित जिल्लाको तुलनामा कम रकम फिर्ता भएको छ । झुटो विवरण पेस गरेर रकम बुझ्नेलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले फिर्ता गर्न सूचना जारी गरेसँगै नक्कली भूकम्पपीडितले रकम फिर्ता गर्न थालेका हुन् । ‘प्राधिकरणले रकम फिर्ता गर्न ताकेता गरेको र फिर्ता नगरे नियमअनुसार कारबाही गर्ने कुरा सूचनमा उल्लेख गरेको थियो,’ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले भने, ‘पहिला नक्कली भूकम्पपीडितले रकम पाए भन्ने गुनासो आयो, त्यहीअनुसार कडाइ गरिएको हो ।’ उनका अनुसार भूकम्पपीडित कोही नछुटुन् र कोही नदोहोरिउन भन्ने छ ।

अति प्रभावित १४ र कम प्रभावित १७ जिल्लाबाट रकम फिर्ता भएको हो । सबैभन्दा बढी नुवाकोटबाट मात्र २ करोड १७ लाख रुपैयाँ फिर्ता भएको छ । त्यस्तै उपत्यकाका तीन जिल्लामध्ये सबैभन्दा बढी ललितपुरबाट फिर्ता भएको छ ।  ललितपुरबाट १ करोड ३१ लाख रुपैयाँ फिर्ता भएको हो ।

नयाँ बसपार्कको होटलमा महिला र पुरुष मृत भेटिए

काठमाडौ । काठमाडौंको नयाँ बसपार्कमा एक जोडी महिला र पुरुष मृत अवस्थामा भेटिएका छन् ।

बसपार्कको मोरङ पर्वत गेस्ट हाउसको कोठा नं. १११ मा चितवनका ३७ वर्षीय यमबहादुर मगर र मकवानपुरकी ३० वर्षीया सबिता भनिने सबिना बजगाईं मृत भेटिएका हुन् । मगर र बजगाई मंगलबार राति ११ बजे उक्त गेस्ट हाउसभित्र छिरेका थिए।

बुधबार बिहान ढोका ढक्ढक्याउँदा खुलेन। गेस्ट हाउसका कर्मचारीले सामान्य ठानेर फर्किए। चेक आउटको समय हुँदासम्म बाहिर ननिस्किएपछि गेस्ट हाउसका कर्मचारीले ढोका पुन ढक्ढकाएका थिए। तर खुलेन। त्यसपछि प्रहरीलाई खबर गरिएको थियो। ढोका फोरेर हेर्दा अर्धनग्न अवस्थामा सविना ओछ्यानमा र यमबहादुर भुईँमा लडिरहेका थिए।

महाराजगन्ज प्रहरी वृतका प्रमुख डीएसपी फडिन्द्र प्रसाईले मृत्युको कारण तत्काल भन्न नसकिने बताए। ‘चोटपटक केही देखिँदैन। पोस्टमार्टम रिपोर्टले कारण खुल्छ होला’, डीएसपी प्रसाईले भने। प्रहरीका अनुसार दुवै जना विवाहित हुन्। ३० वर्षीया सबिनाका श्रीमान वैदेशिक रोजगारीमा छन्।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web