भारतीय किर्तिमान तोड्दै टुँडिखेलमा बाचन भयो बुद्ध बचन (भिडियो सहित)

काठमाडौं ।

राजधानी काठमाडौंको टुँडिखेलमा भगवान गौतमबुद्धको बचन धम्मपद बाचन गरेर ७५ हजार बढी नेपालीले नयाँ रेकर्ड कायम गरेका छन् ।

विश्व कीर्तिमान बनाउने प्रयास स्वरुप प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्ड समेत समेत सहभागी भएको कार्यक्रममा एकसाथ बुद्ध बचन बाचन गरिएको थियो ।

पूर्वपर्यटनमन्त्री आनन्द पोखरेलका अनुसार ७५ हजार आधिकारिक पास लिएर सहभागी भएका थिए । त्यति नै मानिस पास नलिई प्रवेश गरेको भन्दै उनले भने, डेढ लाखले एकसाथ बुद्धबचन बाचन गरेका छन् ।’

यसलाई गिनिज बुद्ध अफ दि वर्ल्ड रेकर्डले मान्यता दिन बाँकी छ ।

‘धेरै मानिस एकै ठाउँमा जम्मा भएर एकसाथ पढेको’ रेकर्ड अहिले भारतको नाममा छ । भारतको आर्ट अफ लिभिङ फाउन्डेसनले ४६ हजार ६६० जनालाई राखेर कविता बढेर यो रेकर्ड बनाएको थियो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले बुद्ध नेपालको लुम्बिनीमा जन्मेको सत्यतामा भ्रम नछर्न विश्व समुदायलाई आग्रह गरे ।

अझै पनि कतिपय शैक्षिक संस्थाले बुद्धको जन्मबारे भ्रम श्रृजना गर्ने काम गरेको भन्दै उनले विश्वका सबै सरकार, देश र विश्वविद्यालयलाई अब अलमलमा नपर्न आग्रह गरे ।

सुपरसिक्स सपना । नेपाल जिम्वाबेविरुद्ध भिड्दै ( लाईभ ! )

काठमाडौं ।

विश्व क्रिकेट क्वालिफायर प्रतियोगिताको सुपर सिक्स सपना बुन्दै जिम्माबे पुगेको नेपाली टोलि आइतबार आयोजक देश बिरुद्ध उसकै घरेलु मैदानमा भिड्दैछ ।

नेपाली समय अनुसार अपरान्ह सवा १ बजेबाट सुरु हुने खेलको यसै पेजमा लाईभ हेर्न सक्नुहुनेछ । तुलनात्मक रुपमा नेपालभन्दा बलियो ठानिएको जिम्बावे पछिल्लो समय लयमा रहेको नेपाली टोली र उदियमान नेपाली खेलाडी देखेपछि झस्किएको बताइन्छ ।

नेपालले पहिलो खेल भोलि टेस्ट मान्यताप्राप्त तथा लगातार पछिल्ला ९ विश्वकपमा सहभागीता जनाएको जिम्बाब्वेविरुद्ध उसकै भूमिमा खेल्दैछ ।

कुनै पनि टेस्ट राष्ट्रविरुद्ध नेपाली राष्ट्रिय टिमको भिडन्त यो दोस्रो हो । यसअघि टी २० विश्वकपमा नेपालले बंगलादेशविरुद्ध खेलेको थियो ।

भोलिको खेलले नेपालको दिशा निर्धारण गर्न सक्छ । जिम्बाबेलाई स्तब्ध तुल्याउन सके नेपालसँग अरु राष्ट्रहरु तर्सिनेछन् । नतिजा जिम्बाब्वेको पक्षमा गए नेपालको यात्रा कठिन हुने चिरञ्जीवी पौडेलले अनलाइनखवरमा समाचार लेखेका छन् ।

नेपाली टिमको उच्च मनोबल

डिभिजन २ मा गरेको प्रदर्शन र अभ्यास म्याचमा यूएईविरुद्धको जितले नेपाली टिम उच्च मनोबलमा छ ।

डिभिजन-२ का खेलहरुमा नेपालले अत्यन्त कठिन परिस्थितिबाट जित निकाल्न सफल भएको थियो । त्यसले नेपाली खेलाडीमा बलियो आत्मविश्वास जगाएको छ ।

फाइनलमा नेपाल यूएईसँग पराजित भयो । तर, त्यसमा पनि नेपालले सजिलै हार मानेको थिएन । यूएईले दिएको कठिन लक्ष्यमा नेपाल ७ रन मात्रले चुकेको थियो ।

त्यही यूएईलाई तीन दिन अगाडिको अभ्यास खेलमा नेपालले मिठो जवाफ फर्कायो । २९ ओभरमा घटाइएको खेलमा नेपालले ५ विकेट र चार बल बाँकी रहँदा लक्ष्य पुरा गरेको थियो । नेपालले दोस्रो अभ्यास म्याच पनि खेल्न पाएको भए अझ राम्रो हुन्थ्यो तर, हङकङविरुद्धको म्याच ‘वासआउट’ भयो ।

नजर नेपालको ब्याटिङमा

नेपाली ब्याटिङमा सिनियर र जुनियर ब्याट्सम्यानहरुको गजब संयोजन छ । त्यसो त प्रतियोगितामा सबैभन्दा भविश्यवाणी गर्न नसकिने ब्याटिङ लाइनअप नेपालकै देखिन्छ ।

टिममा पारस खड्का, शरद भेषावकर र ज्ञानेन्द्र मल्लको खेलाडीहरुको त्रिशक्ति छ । उनीहरुमध्ये भरलाग्दा ओपनिङ ब्याट्सम्यान ज्ञानेन्द्र मल्लको पछिल्लो खराब र्फम नेपालका लागि चिन्ताको विषय बनेको छ ।

नेपाली ब्याटिङका एक खम्बा मानिएका उनले राम्रो सुरुवात दिलाउन नसके नेपाली टिम चाँडै दवावमा पर्नेछ । त्यसैले उनी र्फममा फर्किनु नेपालका लागि अति महत्वपूर्ण हुन्छ ।

अर्कोतर्फ कप्तान पारस खड्का लयमा छन् । उनी डिभिजन २ प्रतियोगिताभरी सबैभन्दा बढि रन बटुल्ने र सबैभन्दा बढि छक्का हान्ने ब्याट्सम्यान थिए । फाइनलमा यूएईविरुद्ध उनले उत्कृष्ट शतक हानेका थिए, तर त्यो नेपाललाई जिताउन पर्याप्त भएन ।

अर्का अनुभवी ब्याट्सम्यान शरद भेषवाकर पछिल्लो केही समययता स्थिर प्रदर्शन गर्दै आएका छन् । मध्यक्रममा उनी वरिपरी युवा खेलाडीहरु छन् । त्यसैले उनले सम्हालिएर ब्याटिङ गर्दै युवा ब्याट्सम्यानहरुलाई आफ्नो सट खेल्न चान्स दिनुपर्नेछ ।

दिपेन्द्र सिंह ऐरी, आरिफ सेख, रोहितकुमार पौडेल, दिलिप नाथ जस्ता युवा खेलाडीहरु छन् । उनीहरुमध्ये दिपेन्द्र सिंह ऐरीबाट नेपालले ठूलो आशा लिएको छ । डिभिजन २ प्रतियोगितामा उनी खासै लयमा देखिएनन् । तर, यूएईविरुद्धको अभ्यास म्याचमा ४१ रन हानेर उनले आफ्नो र्फम फर्काउन खोजेका छन् ।

तल्लो मध्यक्रममा ब्याटिङ गर्ने आरिफ र रोहित पौडेलले डिभिजन २ प्रतियोगितामा नेपाललाई ठूलो शक्ति प्रदान गरेका थिए । नेपाल उनीहरुको यही र्फमको निरन्तरता चाहन्छ । १५ वषिर्य रोहितले गजबको परिपक्वता देखाएका छन् र उनलाई भविष्यका ब्याटिङ स्टारका रुपमा हेर्न थालिएको छ ।

नेपाली टिम सम्भावित ओपनिङ ब्याट्सम्यान दिलिप नाथले आक्कलझुक्कल आफ्नो क्षमता देखाए पनि आफूलाई प्रमाणित गर्न अझै सकेका छैनन् । तर विकेटकिपर पनि भएको हिसाबले नेपालसामु उनीबाट ओपनिङ गराउनुको विकल्प छैन ।

चिन्ता फास्ट बलिङको

नेपाली टिमको सबैभन्दा कमजोर कडी यतिबेला देखिएको छ फास्ट बलिङ । डिभिजन २ मा सोमपाल कामी र करण केसीलाई नेपालले स्ट्राइकिङ फास्ट बलरका रुपमा उतारेको थियो ।

तर, उनीहरुमध्ये करण केसीको बलिङ पुरै फ्लप रह्यो । उनले न विकेट लिन सके, न रन रोक्न । बरु ब्याटिङको बलमा उनले क्यानाविरुद्धको निर्णायक म्याच जिताए । तर, ब्याटिङको प्लस प्वाइन्टले गर्दा मात्रै नेपालले उनलाई टिममा राख्छ कि ललित भण्डारीको बारेमा सोच्छ, हेर्न भोली नै थाहा हुनेछ ।

अर्का फास्ट बलर सोमपाल कामीमा विकेट लिने क्षमता भए पनि उनको प्रदर्शनमा एकरुपता देखिएको छैन । कतिपय अवस्थामा उनी निकै खर्चिला सावित हुन सक्छन् र नेपाललाई चाहिएको बेला उनीबाट विकेट ननिस्कन सक्छ ।

नेपालका तेस्रो फास्ट बलरको रुपमा कप्तान पारस खड्काले खेल्ने छन् । तर ब्याटिङमा जस्तो बलिङमा उनको भर गर्न सकिँदैन । यद्यपि उनी प्राय किफायति रहन्छन् ।

स्पिनरमाथि भर

यो प्रतियोगितामा नेपालले सोचेजस्तो नतिजा निकाल्नका लागि नेपालको सबैभन्दा ठुलो हतियार भनेको स्पिन बलिङ नै हो । त्यसो त जिम्वाबेको पिच सामान्यतया फास्ट बलिङ  फ्रेन्ड्ली हुन्छ । तर, आईसीसीका अनुसार यो प्रतियोगितामा ‘स्पिन’ ठूलो फ्याक्टर हुन सक्छ ।

नेपालका बसन्त रेग्मी र सन्दिप लामिछाने प्रतियोगिताकै सम्भावित उत्कृष्ट स्पिन जोडी हुन् । सन्दिपको विषयमा धेरै भन्नै पर्दैन, जसले पछिल्लो समय आइपीएल र क्यारेबियन लीगमा समेत स्थान बनाएर विश्व क्रिकेटको ध्यानआकृष्ट गरेका छन् । अर्कोतर्फ बसन्त अनुभव र क्षमताका खानी हुन् । जस्तोसुकै पिचमा पनि यी दुईविरुद्ध विपक्षी ब्याट्सम्यानहरुले खुलेर खेल्न कठिन हुनेछ ।

नेपालसँग अनुभवि स्पिनर शक्ति गौचन पनि छन् । तर उनले डिभिजन २ प्रतियोगितामा एउटा म्याच पनि पाएनन् । यस प्रतियोगितामा पीचको अवस्था हेरेर तीन जना स्पिनर खेलाइए उनले मौका पाउन सक्छन्, अन्यथा बेन्चमै बसेर रमाउनुपर्नेछ । चौंथो स्पिनरका रुपमा लिइएका ललित राजभण्डारीले मौका पाउन झन् कठिन छ ।

जिम्बाब्वे कति बलियो ?

जिम्बाबेको कुरा गर्दा विश्व क्रिकेटको एउटा शक्ति राष्ट्र नै थियो, जसले पछिल्लो समय आफ्नो पुरानो साख बचाउन सकेको छैन । एक दिवसीय मान्यता प्राप्त १२ राष्ट्रहरुको सूचीमा अहिले यो ११ स्थानमा छ । जिम्बाबेभन्दा पछाडि आयरल्यान्ड मात्र छ ।

हालै मात्र यूएईमा अफगानिस्तानविरुद्ध खेलेको ५ म्याचको श्रृंखला जिम्बाव्वेले १(४ ले सुम्पेको थियो । शारजहाँमा भएको अन्तिम खेलमा जिम्बाबे ३३ ओभरभित्र ९५ रनमा अलआउट भएको थियो ।

जिम्बाब्वेको ब्याटिङका प्रमुख हतियार मध्यक्रमका विकेटकिपर ब्याट्सम्यान ब्रेन्डन टेलर हुन् । उनी वर्ल्ड क्लास ब्याट्सम्यान मानिन्छन् । उनले विश्वका शक्तिशाली टिमहरुविरुद्ध पनि उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेका छन् ।

टेलर केही समय टिमबाट बाहिर थिए तर, पुनरागमनपछि उनले राम्रो लय समातेको देखिन्छ । गत जनवरीमा उनले श्रीलंकाविरुद्ध अर्द्धशतक हानेका थिए भने अफगानिस्तानविरुद्ध १२५ रन हान्दै शारजाहमा जिम्बाबेलाई सिरिजको एक मात्र म्याच जिताएका थिए । उनले अहिलेसम्म ९ सतक हानिसकेका छन् ।

तीन वटा विश्वकप खेलेका उनले २०१५ को विश्वकपमा क्रमशः ४०, ४७, ३७, ५०, १२१ र १३८ रन ठोकेका थिए । उनको १३८ रन भारतविरुद्ध थियो ।

भोलिको खेलमा टेलरलाई रोक्नु नेपालका लागि प्रमुख चुनौति हो । उनीविरुद्ध नेपालको स्पिन बलिङ हेर्न लायक विषय हुनेछ ।

तर, यसको अर्थ अरु ब्याट्सम्यानहरु काबिल छैनन् भन्ने होइन । नेपाल सतर्क हुनुपर्ने अन्य ब्याट्सम्यानहरुमा ओपनर हेमिल्टन मासाकाद्जा र अलराउन्डर सिकन्दर राजा हुन् । मासाकाद्जाले ओडीआईमा पाँच शतक र ३२ अर्द्धशतक हानेका छन् । पपुवा न्यूगिनीविरुद्ध अभ्यास म्याचमा उनले अर्द्धशतक हानेका थिए । यसैगरी पाकिस्तानी मुलका ब्याटिङ अलराउन्डर सिकन्दर राजाले ३ शतक र ११ अर्द्धशतक हानेका छन् ।

बलिङको कुरा गर्दा २७ वर्षीय तेन्दाई चतारा जिम्बाबेका प्रमुख बलर मानिन्छन । उनले अहिलेसम्म ५० ओडीआई खेलेर ६८ विकेट लिएका छन् । अर्का घातक बलर हुन् कप्तान ग्रेम क्रिमर । ३१ वर्षीय क्रिमर लेगब्रेक फाल्छन् । उनले अहिलेसम्म ९० ओडीआई खेलेर एक सय ९ विकेट लिएका छन् ।

आईसीसीले म्याच प्रिभ्यूमा लेखेको छ, ‘भोलिको म्याचमा जिम्बाबे ‘फेभरेट’ हो । तर, नेपालले सरप्राइज रिजल्ट निकाल्न सक्छ ।’

यथार्थ पनि यही हो ।

प्रधानन्यायाधीशलाई महाअभियोग लगाउन डा.केसीको दस दिने अल्टिमेटम

काठमाडौं । प्रधानन्यायाधीश गोपाल पराजुलीलाई तत्काल महाअभियोग लगाई कारबाही गर्न त्रिविका वरिष्ट चिकित्सक प्राडा गोविन्द केसीले सरकारलाई दस दिने अल्टिमेटम दिएका छन् । प्रधानन्यायाधीश पराजुलीले पदबाट राजीनामा नदिए यही फागुन २९ गतेदेखि पुनः सत्याग्रह सुरु गर्ने डा केसीले घोषणा गरेका हुन ।

न्याय सम्पादनमा भ्रष्टाचार गरेको व्यक्तिलाई महाअभियोग लगाएर हटाउनुको विकल्प नभएको डा केसीले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस्तै, चिकित्सा शिक्षा सम्बन्धी न्यायिक जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गरी दोषी ठहर्‍याईएका पदाधिकारीलाई पनि कारबाही गर्न डा। केसीको माग छ । चिकित्सा शिक्षा अध्यादेशलाई यथाशीघ्र ऐनमा परिणत नगरे विरोधका अन्य कार्यक्रम ल्याउन बाध्य हुने विज्ञप्तिमा उल्लेख छ ।

सर्वोच्चलाई चुनौति !’हामिले मनोनयन गरेर राष्ट्रपतिले स्विकृत गरेका सांसद कसैले रोक्न सक्दैन’-ओली

काठमाडौं ।

आफुहरुले स्विकृत गरेर राष्ट्रपतिले स्विकृत प्रदान गरेका तीनजना सांसदको शपथ रोक्न सर्वोच्च अदालतले आदेश दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसको कडा प्रतिवाद गरेका छन् ।

सर्वोच्च अदालतप्रति कडा टिप्पणी गर्दै ओलीले राष्ट्रिय सभामा सिफारिस गरिएका तीनजनाको नाम अघि नबढाउन सर्वोच्चले दिएको अन्तरिम आदेशप्रति आक्रोश पोखेका हुन् ।

संसद सचिवलयमा एमाले र माओवादी केन्द्रका सासंदहरुलाई शनिबार संयुक्त निर्देशन दिँदै उनले राष्ट्रिय सभामा तीनजनाको मनोनयन कसैले राक्ने नसक्ने बताए ।

उनले आइतबारसम्म तीनजना मनोनयनको विषय किनारा लागिसक्ने पनि जिकिर गरे। 'हामीले सिफारिस गरेर राष्ट्रपतिले मनोनयनको विषयमा प्रश्न उठाउनु पर्ने नै थिएनु, उनले भने, 'राष्ट्रपतिबाट जे निर्णय गर्नु भएको छ त्यही अन्तिम हुन्छ ।’

उनले पाँच वर्षको अवधिलाई 'विकास वर्षु बनाउने घोषणा गरे । प्रधानमन्त्री ओलीले पाँच वर्षमा देशले विकास र समृद्धिले फड्को मार्ने बताए ।

प्रतिपक्षसँग सुमधुर सम्बन्ध राखेर अघि बढ्ने प्रतिबद्धता पनि उनले जनाएका छन् । आफुले प्रतिपक्षलाई उदार, फराकिलो र जिम्मेवारीपूर्वक सम्मान गर्ने पनि ओलीले बताए । ओलीले काँग्रेसतर्फ संकेत गर्दै भने ‘हामी प्रतिपक्षसँगै मिलेर अगाडि बढ्न चाहन्छौ ।'

देउवा सरकारको पालामा प्रहरीको मोण्ट वाण्टेड रहेका नवराज सिलवाल सांसद सपथ खान पुगे

काठमाडौं ।

शेरबहादुर देउवा सरकारको समयमा प्रहरीको खोजी सूचीमा रहेको सांसद नवराज सिलवाल संसद भवन नयाँबानेश्वर पुगेका छन् ।

एमाले र माओवादी केन्द्रका सांसदहरुको संयुक्त प्रशिक्षणमा सहभागी हुन सिलवाल संसद भवन पुगेका हुन् । सांसदहरुलाई एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष प्रचण्ड लगायतले प्रशिक्षण दिने कार्यक्रम छ ।

नेपाल पाकिस्तान सम्वन्ध विस्तार प्रयास आउँदैछन् अमेरिकासँग नझुक्ने पाकिस्तानी प्रधानमन्त्री

काठमाडौं ।

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिन पाकिस्तानी प्रधानमन्त्री शाहीद खाकान अब्बासी दुईदिने नेपाल भ्रमणमा आउने भएका छन् ।

पाकिस्तान नेपाल सम्वन्ध विस्तारको प्रयास स्वरुप पाकिस्तानी प्रधानमन्त्री अब्बासी नेपाल आउन लागेको समाचार सार्वजनिक भएको छ । प्रधानमन्त्री अब्बासी दुई दिने भ्रमणका लागि नेपाल आउन लागेका खवर सार्वजनिक भएपछि नेपाल र पाकिस्तानबिच सम्वन्ध विस्तार हुन लागेको भन्दै भारतीय मिडियाले यसलाई प्राथमिकता दिन थालेका छन् ।

उनी नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाइ दिन आउन लागेको बताइएको छ । भ्रमणका क्रममा सार्क शिखर सम्मेलनबारे छलफल हुने अनुमान छ ।

अमेरिकामै विश्वविद्यालय पढेका त्यहीँ केही समय जागिरसमेत खाएका पाकिस्तानी प्रधानमन्त्री अब्बासी राष्ट्रवादी नेता मानिन्छन् । उनले गत वर्ष प्रधानमन्त्री बनेदेखि नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सामना गरिरहेका छन् । उनै अब्बासीको नेपाल आगमनले हाल निश्त्रिmय अवस्थामा रहेको दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन ९सार्क० ले त्राण पाउने अनुमान लगाउनु अन्यथा हुनेछैन ।

तर, योभन्दा अगाडि के भन्न सकिन्छ भने तत्कालीन राजा महेन्द्रले २०१७ सालपछि प्रगाढ बनाएको पाकिस्तान९नेपाल सम्बन्धलाई पुनर्ताजगी गर्ने अवसर आधा शताब्दिपछि केपी ओलीले पाउन लागेको अनलाईन खवरमा समाचार प्रकाशित छ ।

संयोगचाहिँ के परेको छ भने राष्ट्रवादको मामिलामा अब्बासी र केपी ओलीको ‘केमेष्ट्री’ लगभग मिल्दोजुल्दो प्रकारको देखिन्छ ।

अमेरिकामा पढे, ६ पटक सांसद बने

कराँचीमा जन्मिएका ६० वर्षीय शाहीद खाकान अब्बासी गतसालको अगष्टदेखि पाकिस्तानी प्रधानमन्त्री बनेका हुन् । राजनीतिमा उनी सन् १९८८ देखि नै संलग्न थिए ।

राजनीतिमा आउनुअघिसम्म उनी अमेरिका र मध्यूर्वका विभिन्न देशमा प्रोफेसनल इञ्जिनियरका रुपमा कार्यरत थिए । रावलपिण्डी क्षेत्रबाट पाकिस्तानको संसदमा ६ पटक निर्वाचित अब्बासीले अमेरिकाको जर्ज वाशिंटन विश्वविद्यालयबाट उच्च शिक्षा अध्ययन गरेका छन् ।

त्यसो त एक समय काठमाडौंदेखि कराँचीसम्म पाकिस्तान इन्टरनेशनल एयरलाइन्स ९पीआइए० को नियमित उडान हुने गरेको थियो । सोही पीएआईएको प्रमुखका रुपमा पनि अब्बासीले केही समय जिम्मेवारी सम्हालेका थिए । प्रधानमन्त्री बन्नुअघि उनले पेट्रोलियम एवं प्राकृतिक शंशाधन मन्त्रीको अनुभव संगालेका थिए ।

४५ दिनका लागि प्रधानमन्त्रीको चिठ्ठा !

नवाज सरिफकै पार्टीका नेता रहेका अब्बासीलाई प्रधानमन्त्री पद ४५ दिनका लागि ‘चिठ्ठा’ मा परेको हो ।

तत्कालीन प्रधानमन्त्री नवाज सरिफले २९ जुलाई २०१७ मा राजीनामा दिए । र, उनले आफ्नो उत्तराधिकारीका रुपमा आफ्नै परिवारका सदस्य एवं पञ्जावका मुख्यमन्त्री शेहबाज सरिफलाई प्रधानमन्त्रीका रुपमा अघि सारे । तर शेहबाजले केन्द्रीय संसदको सदस्य नभएका कारण सपथग्रहण गर्न पाएनन् । त्यसपछि नबाजको पार्टीले अब्बासीलाई ४५ दिनका लागि प्रधानमन्त्री बनायो ।

यसवीचमा नवाजले प्रधानमन्त्री बनाउन चाहेका शेहबाजले लाहोरमा नवाजले खाली गरिदिएको सीटमा संसदको चुनाव लडे । र, प्रधानमन्त्रीका लागि योग्य बने । तर, यसवीचमा नवाजले यो सोचे कि शेहबाजले पञ्जावको मुख्यमन्त्रीबारे सोचुन् र अब्बासीले प्रधानमन्त्रीमै निरन्तरता दिउन् ।

सत्तारुढ दलका नेता नवाजको सोचाइमा आएको परिवर्तनसँगै ४५ अब्बासीले अब आगामी जूनमा हुने आम निर्वाचनसम्मै पाकिस्तानको प्रधानमन्त्री पद सम्हाल्नेछन् ।

अब्बासीले १ अगस्त २०१७ मा संसदमा प्रधानमन्त्रीको चुनाव जिते । र, उसै दिन सपथग्रहण गरे । अब्बासीले पाकिस्तानको २८ औं प्रधानमन्त्रीमा संसदबाट निर्वाचित भएकै दिन भनेका थिए९ म ४५ दिन प्रधानमन्त्री बनौं वा ४५ घण्टा, कुर्सी न्यानो बनाउनमात्रै म यहाँ आएको होइन ।

नभन्दै अब्बासीले अहिलेसम्म आरामले कुर्सी तताउन पाएका छैनन् । पाकिस्तानलाई विश्वजगतबाट अलग९थलग बनाउने ट्रम्प प्रशासनको रणनीतिको सामना गर्नेक्रममा उनी रसिया र चीनसँगको सम्बन्ध विस्तारमा सक्रिय छन् । अरब राष्ट्रहरुसँग पनि उनी सघन सम्पर्कमा छन् । र, उनी अहिले नेपाललाई प्राथमिकतामा राखेर काठमाडौं आउँदैछन् ।

अमेरिका विरोधी विदेश नीति

जतिबेला अब्बासी पाकिस्तानको प्रधानमन्त्री बने, त्यसबेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानमाथि ‘राज्य संरक्षित आतंकवाद’को आरोप लगाइरहेका थिए ।

प्रधानमन्त्री बनेपछि अब्बासीले आफ्नो पहिलो विदेश भ्रमण अमेरिकापरस्त मानिएको साउदी अरेबियाबाट गरे । उनले त्यहाँका राजकुमार मोहम्मद बिन सलमानसँग नयाँ अमेरिकी रणनीतिबारे छलफल गर्नुका साथै कतिपय दुई देशीय सहमति गरे ।

साउदीबाट फर्केलगत्तै अब्बासीले राष्ट्रिय सुरक्षा परिषदको बैठक बोलाएर ट्रम्पको आरोप खारेजीको घोषणा गरे । अमेरिकाले पाकिस्तानलाई बलीको बोको बनाउन खोजेको उनले प्रतिक्रिया दिए ।

संयुक्त राष्ट्र संघको ७२ औं महासभामा भाग लिन प्रधानमन्त्री अब्बासी सन् २०१७ को सेप्टेम्बरमा अमेरिका गए । त्यहाँ उनले उपराष्ट्रपतिसँग भेटेर आफ्नो देशमाथि ट्रम्प प्रशासनले लगाएका आरोपहरुको खण्डन गरे ।

राष्ट्रसंघको महासभामा गएका बेला अब्बासीले इरान र टर्कीका राष्ट्रपतिहरुसँग बेग्लाबेग्लै साइड लाइन भेटवार्ताहरु गरे, जुन भेटवार्ता निकै अर्थपूर्ण थिए ।

त्यस्तै गत डिसेम्बरमा सांघाइ को९अपरेशन अर्गनाइजेसनको समिटमा भाग लिन अब्बासी रसिया गए । जहाँ उनले रसियाका प्रधानमन्त्रीसँग भेटवार्ता गरे । त्यहीँ उनले चिनियाँ प्रधानमन्त्रीसँग पनि भेटवार्ता गरे । यी भेटहरु पनि अमेरिकाका लागि टाउको दुखाइका विषय बने ।

डिसेम्बरको दोस्रो साता जेरुसेलममा आयोजित अर्गनाइजेन अफ इस्लामिक को९अपरेशसनको आपतकालीन बैठकमा पाकिस्तानी प्रधानमन्त्री अब्बासीले सहभागिता जनाए, जुन ट्रम्प प्रशासनका लागि अर्को चुनौतीको विषय बन्यो ।

यसै क्रममा डिसेम्बर २९ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानलाई दिँदै आएको २२५ मिलियन डलर बराबरको सैन्य सहायता रोक्ने घोषणा गरे । जसको प्रधामनमन्त्री अब्बासीले सहजै सामना गरे ।

दक्षिण एशियामा भारतपछिको दोस्रो आणविकब राष्ट्र पाकिस्तान यतिबेला विस्तारै अमेरिकी ध्रुवबाट चिनियाँ ध्रुवतिर सिफ्ट हुन थालेको अवस्था छ । पाकिस्तानमा चिनियाँ प्रभाव र लगानी बढिरहेको छ । र, नेपाल पनि केपी ओलीको नेतृत्वमा चिनियाँ ध्रुवतिर ढल्केको भारतीय पक्षले आरोप लगाइरहेको अवस्था छ ।

यहीबेला पाकिस्तान र नेपालवीचको सम्बन्ध उच्चस्तरीय भ्रमणकै लेभलमा दोहोरिनुले महेन्द्रकालीन दुई देशीय सम्बन्धको झल्को दिएको छ ।

नेपाल पाकिस्तान सम्बन्ध

पाकिस्तान र नेपालवीचको कूटनीतिक सम्बन्ध सन् १९६२ बाट औपचारिकरुपमा सुरु भएको हो । पाकिस्तानले सन् १९६३ तिरै चित्तगोंगमा नेपाललाई व्यापार र पारवहनको पहुँच दिने निर्णय गरेको थियो । हाल त्यो भूभाग बंगलादेशमा पर्छ ।

सन् १९६३ मा पाकिस्तानी प्रधानमन्त्री अयुव खानले नेपाल भ्रमण गरेका थिए । त्यसपछि धेरैवटा उच्चस्तरीय भ्रमणहरु आदान९प्रदान भए । तर, ०४६ सालको परिवर्तनपछि नेपालले पाकिस्तानसँगको सम्बन्धलाई कम ध्यान दियो र भारतमुखी विदेशनीतिमा बढ्ता केन्द्रित भयो । नेपालको भूराजनीतिक अवस्थाले पनि सीमाना जोडिएको भारतसँगको निर्भरता बढायो ।

अहिले दक्षिण एशियाली साझा फोरम सार्क थला परिराखेको अवस्था छ । उरी आक्रमणपछि भारतले पाकिस्तानलाई बाइकट गर्न खोज्दा सार्क सम्मेलन रोकिइरहेको अवस्था छ ।

यस्तो बेलामा पाकिस्तानी प्रधानमन्त्री अब्बासीको नेपाल भ्रमण केवल ओलीलाई बधाइ दिने कार्यमा मात्रै सीमित नरही सार्कलाई सक्रिय बनाउने बारेमा पनि नेपाल र पाकिस्तानका सरकार प्रमुखहरुले सार्थक कुराकानी गरे भने यो दक्षिण एशियाकै लागि फलदायी भ्रमण हुन सक्ने देखिन्छ ।

नेपाल र पाकिस्तानवीचको सम्बन्ध सार्क फोरममा मात्रै नभई आर्थिक र सामाजिक क्षेत्रमा पनि छ । पाकिस्तानको लाहोरमा चिकित्साशास्त्र, अन्तरराष्ट्रिय सम्बन्ध एवं मासकम्युनिकेशन पढ्न जाने नेपालीहरु पनि छन् ।

भारत र पाकिस्तानवीच क्रिकेट म्याच हुँदा नेपाली दर्शकहरुले प्रायः पाकिस्तानी टोलीको सपोर्ट गर्ने गर्छन् । त्यसैगरी भारतले नेपालमाथि नाकाबन्दी लगाएका बेला पाकिस्तानीहरुले नेपालको पक्षमा सहानुभूति प्रकट गरेका थिए । यसले पनि नेपाल र पाकिस्तानवीचको सम्बन्ध कूटनीतिकमात्रै नभएर भावनात्मक रहेको स्पष्ट हुन्छ ।

मधेसी सांसदको मातृभाषा भन्दा हिन्दी मोहबढि,कसले कुन भाषामा लिँदैछन् सपथ ?

काठमाडौं । मधेसामा नेपाली भाषाप्रतिको मोहभंग उत्कर्षमा पुगेको छ । हिन्दीभाष प्रतिको मायाप्रेम बढ्दै गएको छ । प्रतिनिधि र राष्ट्रिय सभाका सांसदले सपथका लागि ८ भाषा रोजेका छन् ।

कतिपयले मातृभाषा रोजेका छन् भने अधिकांसको रोजाईमा परेको छ हिन्दीभाषा । विभिन्न सांसदले आफूले चाहेको भाषामा सपथ लिन संसद सचिवालयमा निवेदन दिएका छन्। संसद सचिवालयले मातृभाषामा सपथ लिन चाहने सांसदलाई फागुन १८ गतेसम्म जानकराी गराउन समय दिएको छ। हालसम्म ४० भन्दा बढी सांसदले मातृभाषामा सपथ लिने जानकारी गराएका हुन्। सपथको व्यहोरासमेत सम्बन्धित सांसदले अनुवाद गरेर संसद सचिवालयाई दिनुपर्ने हुन्छ।

हिन्दीमा अनिलकुमार झा, प्रमोद शाह, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण, अमृता अग्रहरी, रानी मण्डल, सरिता गिरी र चन्दा चौधरीले सपथ लिँदैछन्। अवधीमा मुअम्मद इस्तियाक राइले सपथ लिँदैछन्। त्यस्तै भोजपुरीमा प्रदीप यादव, रामबाबुकुमार यादव, रामसहायप्रसादय यादव, हरिनारायणप्रसाद रौनीयार र अकवाल मियाँले सपथ लिँदैछन्। थारु भाषामा गंगा चौधरी सत्गौवा, शान्ता चौधरी र रेशमलाल चौधरीले सपथ लिँदैछन्। त्यस्तै तामाङ भाषामा हितबहादुर तमाङले सपथ लिँदैछन्।

मैथिलीमा उपेन्द्र यादव, उमाशंकर अरगरिया, चन्द्रकान्त चौधरी, दुलारीदेवी खत्वे, सुरेशचन्द्र दास, शरतसिंह भण्डारी, राजकिशोर यादव, महन्थ ठाकुर, रेणुकुमारी यादव, दिलकुमारी, मातृका यादव, इन्दुकुमारी शर्मा र मिनाक्षी झाले सपथ लिँदैछन्।

बज्जिका भाषामा महिन्द्रराय यादवले सपथ लिँदैछन्। उनले भने जेष्ठ सदस्यको हैसियतमा राष्ट्रपति समक्ष सपथ लिनेछन्। यादवको सपथ २० गते दिउँसो १ बजे हुनेछ।

सन्दीपको छलाङ,क्यारेबियन प्रिमियर लिगको लागि नेभिसले भित्रायो

काठमाडौं  । नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सिपिएल) टि – ट्वान्टी क्रिकेट खेल्ने भएका छन् । सन्दिपले सेन्ट किट्स नेभिस पेट्रियट्सबाट यो सिजनको सिपिएल क्रिकेट खेल्ने भएका छन् ।

सिपिएल क्रिकेटको लागि बिहिबार राति लण्डनमा सार्वजनिक गरिएको अन्तिम ड्राफ्टमा सन्दिप परेका हुन् । पहिलो पटक सिपिएल क्रिकेटको ड्राफ्टमा परेका सन्दिपलाई नेभिस पेट्रियट्सले ५ हजार अमेरिकी डलरमा क्लबमा भित्राएको हो । योसँगै सन्दिप सिपिएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका छ । पेट्रियट्समा सन्दिपले वेष्ट इन्डिजका क्रिस गेल, कार्लोस ब्राथवेट, जिम्बाबेका ग्रेम क्रिमर जस्ता खेलाडीसँग नेट शेयर गर्ने छन् ।

वेष्ट इण्डिज क्रिकेट बोर्डले आयोजना गर्ने सिपिएल क्रिकेट आगामी ८ अगस्टदेखि सुरु हुने छ । सिपिएल क्रिकेटमा यो सिजन ६ टोलीको सहभागिता रहेको छ । यो सिजनको सिपिएल क्रिकेटको लागि २२७ जना विदेशी खेलाडी पहिलो ड्राफ्टमा रहेका थिए ।

यो बर्ष सन्दिप दोस्रो ठुला प्रतियोगिताको लागि छनोट भएका हुन् । यसअघि सन्दिप यसै सिजनको लागि इन्डियन प्रिमियर लिग (आईपिएल) मा आबद्द भएका थिए । आईपिएलको अक्सनबाट सन्दिपलाई दिल्ली डेयरभिल्सले २० लाख भारुमा किनेको थियो ।

यू – १९ क्रिकेट टोलीमा पुर्व कप्तानसमेत रहेका सन्दिप हाल आइसीसी विश्वकप छनोटको लागि नेपाली टोलीसँग जिम्बाबेमा रहेका छन् । यो बर्ष निकै उत्कृष्ट बलिङ गरिरहेका सन्दिपले नामिबियामा सम्पन्न आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु मा सर्वा्धिक १७ विकेट लिदै म्यान अफ दि सिरिज समेत बनेका थिए ।

स्पेनिस ला लिगा लिडर बार्सिलोना बराबरीमा रोकियो

एजेन्सी – स्पेनिस ला लिगा फुटबलमा शिर्ष स्थानको बार्सिलोना बराबरीमा रोकिएको छ । बिहीबार राति भएको खेलमा बार्सिलोना रेलिगेसन जोनको टोली लास पाल्माससँग १ – १ गोलको बराबरीमा रोकिएको हो ।

लास पाल्मासको घरेलु मैदानमा भएको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा बार्सिलोनाले अंक बाडेको हो । २१ औं मिनेटमा लियोनल मेस्सीको गोलमा बार्सिलोनाले अग्रता लिए पनि ४८ औं मिनेटमा क्यालेरीले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरीमा पुर्याए । यो नतिजासँगै बार्सिलोनाको अपराजित यात्रा ३३ खेलसम्म पुगेको छ ।
यो बराबरीसँगै बार्सिलोनाले २६ खेलबाट ६६ अंक जोडेको छ । बार्सिलोना दोस्रो स्थानको एथ्लेटिको मड्रिडभन्दा ५ अंकले अघि रहेको छ । लास पाल्मास २० अंक जोडेर लिगको पुछारबाट तेस्रो स्थानमा छ ।

कसरी मनाए शीर्ष नेताले होली ?

काठमाडौं । दिनहुँ राजनीतिक कार्यक्रममा व्यस्त हुने राजनीतिक दलका नेता पनि होलीका दिन बिहीबार फूर्सदिला नै रहे । कुनै औपचारिक कार्यक्रममा सहभागी नभएका शीर्ष नेताहरुले धुमधामसँग नभए पनि निवासमै सामान्य होली मनाए ।  प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री निवास बालुवाटारमै होली मनाए । उनले पार्टी नेता कार्यकतासँगै शुभेच्छुकलाई टीका लगाइदिएका थिए । होलीमा बिहानै नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंश पुरी प्रधानमन्त्री निवास पुगेका थिए ।

–कांग्रेस सभापति शेरबहादुर देउवाले पनि बुढानिलकण्ठस्थित निवासमै होली मनाए । उनले परिवाका सदस्यका साथै पार्टी नेता कार्यकर्तालाई घरमै अबिर लगाएर सामान्य होली मनाए ।

–माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भने यसपटक होली मनाएनन् । मंसीरमा छोरा प्रकाश गुमाएका दाहाल यति बेला शोकमा छन् । त्यसैले दाहाल दम्पतिले अबिरको टीका पनि लगाएनन् ।

–राजपाका नेताहरुले बबरमहलस्थित पार्टी कार्यालयमा भेला भएर उल्लासका साथ पार्टी नेता कार्यकर्तासँग होली मनाए ।

–संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले निवासमै सामान्य रुपमा होली मनाए, अन्नपूर्ण पोस्टमा खबर छ ।

फोरमको ध्यान ओलीतिर, वाम गठबन्धको ध्यान होलीतिर, दुई तिहाई पुर्‍याउन कसरत

काठमाडौं । एमाले र माओवादी केन्द्र जसरी पनि संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउने प्रयास गर्दै त्यसका लागि संविधान संशोधनको अजेन्डामा सहमति गर्न तयार भएका छन् । बिहीबार एमाले– माओवादी केन्द्र र फोरमबीचको बैठकमा सत्तापक्ष फोरमलाई दुई महत्वपूर्ण मन्त्रालय दिन तयार भएका छन्।  एमाले संविधान संशोधन गर्न र दुई मन्त्रालय दिन तयार भएको फोरमका एक नेताले बताए । तर, फोरमको माग भने उपप्रधानमन्त्रीसहित तीन महत्वपूर्ण मन्त्रालय पाउनुुपर्ने रहेको ती नेताले जनाए ।

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भने उपप्रधानमन्त्री नराख्ने पक्षमा छन् । त्यसैअनुसार उनले आफ्नै पार्टी महासचिव ईश्वर पोखरेल र माओवादी केन्द्रका नेता रामबहादुर थापालाई मन्त्रीमै सीमित गराएका छन्।
एमाले, माओवादी केन्द्र र फोरमबीच बिहीबार सहमति गर्ने तयारी भए पनि वार्ता निर्णायक हुन सकेन । अर्को वार्ता शनिबार हुने र त्यो निर्णायक हुने नेताहरूले बताएका छन् ।  एमालेका नेता सुवास नेम्बाङले फोरम अध्यक्ष उपेन्द्र यादवले होली मनाउन आफू गृहजिल्ला जानुपर्ने बताएपछि अर्को वार्ता शनिबार साँझ बस्नेगरी टुगिंएको जानकारी दिए ।

एमाले र माओवादी केन्दसँग वार्ता सकेपछि यादव बिहीबारै विराटनगर गएका छन् । उनी शुक्रबार सप्तरीमा बस्ने छन् । शनिबार दिउँसो काठमाडौ फर्कने उनको कार्यक्रम छ । फोरम राजनीतिक समिति सदस्य रेखा यादवले ‘वार्ता निकै सकारात्मक’ भएको बताउँदै ‘शनिबारको वार्ता सफल हुने’ दाबी गरिन् । ‘मन्त्रालय बाँडफाँटमा कुरा मिल्छ । मुख्य कुरा प्रदेश सीमांकन हेरफेर नै हो,’ उनले भनिन्।

फोरमलाई सरकारमा ल्याए सरकारको पक्षमा दुईतिहाइ पुग्छ । दुईतिहाइको बलियो सरकार बनेको सन्देश दिन चाहन्छन् एमाले र माओवादी केन्द । प्रतिनिधिसभामा एमाले र माओवादी केन्द्रका १ सय ७४ र  फोरमका १६ जना सांसद छन् ।

यो संख्या जोड्दा १ सय ९० हुन्छ, जुन संख्या दुईतिहाइ बहुमतभन्दा बढी हो । सरकार बनाउन एमाले र माओवादी केन्द्रको करिब दुईतिहाइ बहुमत भए पनि संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउन वाम गठबन्धनले ठूलो मिहेनत गर्नुपछिको मुख्य कारण पनि यही दुईतिहाइ बहुमतको को  सन्देश दिन हो।

त्यसमा पनि फोरमसँग मधेसको ‘सेन्टिेमेन्ट’ जोडिएको छ । प्रदेश नम्बर २ मा सरकार बनाउन फोरम र राजपाले जनादेश पाएका छन् । अन्य प्रदेशका तुलनामा प्रदेश  २ मा एमाले र माओवादीको उपस्थिति कमजोर छ ।

एमाले नेता नेम्बाङ भन्छन्, ‘संघमा सरकार बनाउन एमाले र माओवादी केन्द्रले जनोदश पाएका छन् । प्रदेश २ मा फोरमसहितका पार्टीले जनादेश पाएका छन् । प्रदेशमा सरकार बनाउन जनादेश पाएका पार्टीलाई संघीय सरकारमा पनि ल्याऔं भन्ने हाम्रो नीति हो ।’

फोरम सरकारमा आए सरकारको पक्षमा दुईतिहाइ पुग्ने बताउँदै उनले भने, ‘हाम्रो उद्देश्य मिल्न सक्ने पार्टीलाई सरकारमा ल्याऔं भन्ने नै हो।’

राजनीतिक सहमतिअनुसार निर्माण गरिएको संविधानमा धेरै कमजोरी रहेकाले संशोधन गर्नुपर्ने एमालेको पनि बुझाइ छ । त्यसैले आगामी ५ वर्ष सरकार चलाउन पनि पटकपटक संविधान संशोधन गर्नुपर्ने अवस्था आउन सक्छ ।

त्यसका लागि दुईतिहाइ बहुमत आवश्यक पर्छ । संविधानअनुसार असोज ३ भित्र सरकारले मौलिक हकसम्बन्धी कानुन बनाइसक्नु पर्छ । मौलिक हकसम्बन्धी कानुन  बनाउन नसक्ने स्थिति आए वर्तमान संविधानमा संशोधन गर्नैपर्छ ।

संविधान कार्यान्वयन गर्दै जाँदा अन्य संवैधानिक बाधाअड्चन आउनसक्ने एमाले नेताको बुझाइ छ । त्यसैले पनि एमाले नेतृत्वको सरकार फोरमलाई सरकारमा ल्याएर दुईतिहाइ बहुमत जुटाउन चाहन्छ।

यसैगरी,  फोरमको वैदेशिक नीति सन्तुलित रहेको एमाले बुझाइ छ । चीनसँगको सहज सम्बन्धमा राजपाभन्दा  उपेन्द्र यादव नजिक मानिन्छन् ।

चीन र भारतलाई हेर्ने दृष्टिकोणमा एमाले÷माओवादी केन्द्र र फोरमको अजेन्डा मिल्छ । एमाले र माओवादी केन्द्र फोरमसँग नजिकिनुमा यो पनि प्रमुख कारण रहेको फोरमका नेता बताउँछन् ।

फोरम महासचिव रामसहाय यादव भन्छन्, ‘फोरमलाई सरकारमा ल्याउन एमाले र माओवादी केन्द्र संविधान संशोधन गर्न तयार छन् । हाम्रो अजेन्डामा उनीहरू सकारात्मक छन् ।,’  फोरम सरकारमा जाने करिबकरिब निश्चित भएको उनले बताए।

फोरमको अजेन्डा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हो । एमाले र माओवादीको पनि प्रत्यक्ष  निर्वाचित कार्यकारी नै हो । फोरमले चुनावी घोषणापत्रमा समाजवाद उल्लेख गरेको छ ।

तर फोरमसँगको वार्तामा यसबारे कुराकानी नभएको एमाले नेता नेम्बाङको भनाइ छ । उनी भन्छन्, ‘हाम्रो उद्देश्य वर्तमान संविधानअनुसार देशलाई समृद्ध बनाउने हो।

त्यस्तै राजनीतिक विचारधारमा पनि राजपाभन्दा फोरम एमाले र माओवादीसँग निकट छ । फोरम अध्यक्ष यादवको राजनीतिक पृष्ठभूमि पनि कम्युनिस्ट नै हो । विगतमा उनी  पहिले एमाले र पछि माओवादीमा आबद्ध थिए । त्यसैले राजपासँग भन्दा यादवसँग सहकार्य गर्न सजिलो हुने एमाले र माओवादी नेताको ठहर छ।

चुनावपछि एमाले अध्यक्ष केपी ओली र फोरम अध्यक्ष यादवबीच पटकपटक वार्ता भएको छ । त्यसैगरी फोरम सरकारमा र राजपा विपक्षमा हुँदा दुवैबीच सहकार्य टुट्न सक्छ ।

प्रदेश २ मा राजपालाई सन्तुलनमा ल्याउनका लागि फोरम प्रभावकारी शक्ति हुन्छ भन्ने एमाले नेताहरुको बुझाइका कारण पनि उनीहरुले फोरमलाई सरकारमा ल्याउन जोड दिँदै आएका हुन् । (नागरिक दैनिकमा समाचार छ ।

अब यस्तो पनि, प्रधानमन्त्री कार्यालयमा छुट्टै मन्त्री

काठमाडौं । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा क्याबिनेट मन्त्री राख्न तयारी थालेको छ। संघीय शासनमा सफलता हासिल गरेका मलेसिया, अस्ट्रेलिया र क्यानडाको सिको गरी प्रधानमन्त्रीलाई सघाउने गरी छुट्टै मन्त्री राख्न गृहकार्य थालिएको मन्त्रिपरिषद् कार्यालयले जनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई चुस्त राख्न तथा केही महत्वपूर्ण जिम्मेवारी दिनेगरी प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालयमा एकजना वरिष्ठ मन्त्री राख्ने भएपछि प्रधानमन्त्री कार्यालयले त्यसको व्यवस्थापन थालेको हो।

सरकारले हालै स्वीकृत गरी कार्यान्वयनमा ल्याएको कार्यविभाजन नियमावली २०७४ मा राष्ट्रिय अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग, सम्पत्ति सुद्धीकरण, जस्ता अनुसन्धानमूलक निकाय तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको मापदण्ड तथा अनुगमन कार्यको जिम्मेवारीसमेत प्रधानमन्त्री कार्यालयमा थपिएको छ। प्रधानमन्त्री कार्यालयका एक सचिवले पनि प्रधानमन्त्री कार्यालयमा एक जना वरिष्ठ मन्त्री राख्ने सम्बन्धमा गृहकार्य भइरहेको जानकारी दिए।

ती सचिवका अनुसार प्रधानमन्त्री कार्यालयको नयाँ सांगठनिक संरचना बनाउँदा पनि मन्त्रिपरिषद् कार्यालय हेर्ने एउटा मन्त्री राख्ने गरी नयाँ संगठन संरचना बनाउन गृहकार्य अन्तिम चरणमा पुर्‍याएको छ।

अहिले विभिन्न मन्त्रालयबाट आउने प्रस्ताव मुख्यसचिवमार्फत सीधै प्रधानमन्त्रीकहाँ पुग्ने गरेको छ। क्याबिनेट मन्त्री आएपछि उनीमार्फत नै प्रस्तावहरू प्रधानमन्त्रीसमक्ष पुग्नेछ। प्रधानमन्त्री कार्यालयको मन्त्रीको रूपमा रहेर जिम्मेवारी बहन गर्ने ती मन्त्रीले क्याबिनेट मन्त्रीको रूपमा समेत काम गर्र्नेछन्।

एक जनामन्त्री आउने निश्चित भएपछि प्रधानमन्त्री कार्यालयले उनका लागि छुट्टै कोठा र निजी सचिवालय बनाउन थालेको छ।

प्रधानमन्त्री कार्यालयका प्रशासन शाखाका एक अधिकारीले प्रधानमन्त्रीलाई सघाउने गरी एक जना वरिष्ठ मन्त्री आउने देखिएकाले सोहीअनुसार कार्यालय व्यवस्थापनको तयारी थालिएको जानकारी दिए।

मलेसियाका तत्कालीन प्रधानमन्त्री डा महाथिर मोहम्मदले प्रधानमन्त्री कार्यालयलाई चलायमान बनाउन आफ्नो कार्यालयमा मन्त्री–उपमन्त्रीसहित १० जनासम्म राखेर उनीहरूलाई राष्ट्रिय आयोजनाको निरन्तर अनुगमन गर्न तथा विकासका नयाँ मोडलहरू तय गर्ने खटाएका थिए।

मोहम्मदको शासनकालमा नै मलेसियाले विकासमा छलाङ मारेको देखेका प्रधानमन्त्री ओलीलाई मलेसियाकै एप्रोचअनुसार अघि बढ्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारीले समेत सुझाव दिँदै आएका छन्।

संघीय मुलुक क्यानडाले पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ६ जनासम्म मन्त्री राखेको इतिहास छ। यस्तै अस्ट्रेलियाली प्रधानमन्त्री कार्यालयमा ६ जनासम्म मन्त्रीले काम गरेका थिए।

‘संघीयता अपनाएर सफल भएका मुलुकको अनुभवलाई नेपालमा लागु गर्ने र मन्त्रिपरिषद् कार्यालयमा एक जना मन्त्री राखेर उनलाई विकास आयोजनाको अनुगमनको निरन्तर जिम्मेवारी दिन हामीले सुझाव दिएका हौं’, कार्यालयका एक सचिवले भने। अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web