सत्तासीन एमालेलाई संसदमा माओवादीले दिएन साथ, कांग्रेससँग नजिक्कियो !

काठमाडौं । आपराधिक कार्यमा पक्राउ पर्ने सांसदको पद निलम्बन नहुने भएको छ । यस्तो अभियोगमा पक्राउ परे सर्वसाधारण जेल जाने भए पनि सांसद भने पदमा आसीन हुन पाउने भएका छन् ।
फौजदारी अभियोगमा पक्राउ पर्ने सांसदको पद यथावत् रहने व्यवस्थासहित प्रतिनिधिसभा र राष्ट्रियसभाका नियमावली मस्यौदा समितिबाट शनिबार पारित भएका छन् । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।
०७० को संसद् नियमावलीमा तीन वर्षभन्दा बढी फौजदारी अभियोगमा पुर्पक्षका लागि थुनामा रहने सांसदको पद स्वतः निलम्बनको व्यवस्था थियो । तर, यसपटक माओवादी केन्द्र, कांग्रेस र मधेसकेन्द्रित दलले जननिर्वाचित सांसद पद स्वतः निलम्बन हुन नसक्ने भन्दै समितिमा अडान राखेका थिए ।

सत्तासीन एमाले मात्र निलम्बनको पक्षमा उभिएको थियो । निलम्बनको विपक्षमा बहुमत सांसद देखिएका कारण यस्तो व्यवस्था गर्नुपरेको समिति सभापति एवं एमाले सांसद कृष्णभक्त पोखरेलले बताए । तर, फौजदारी अभियोगमा पुर्पक्षका लागि थुनामा रहेको सांसदले सेवासुविधा नपाउने व्यवस्था नियमावलीमा गरिएको उनको भनाइ छ । ‘सांसदको हैसियतमा कुनै पनि काम गर्न पाउँदैनन्’, उनले भने,‘पद मात्र निलम्बन नहुने हो ।’

सत्तासीन माओवादी केन्द्रले साथ नदिएका कारण सांसद पद निलम्बन हुने कि नहुने भन्ने विवाद मतदानबाट टुंग्याउने अवसर समितिलाई नमिलेको एमाले सांसदले बताए । ‘माओवादी केन्द्र नै निलम्बनको विपक्षमा उभिएपछि प्रस्ताव पारित हुने अवस्था देखिएन’, एमालेका एक सांसदले भने, ‘यस्तो कुरा मतदानबाट विफल हुनुभन्दा कम्प्रोमाइजका लागि सभापतिज्यूले नै अर्को विकल्पमा सहमति जनाउनुभएको हो ।’

समितिमा माओवादी केन्द्रका नेता देव गुरुङले निलम्बनको विपक्षमा कडा अडान लिएका थिए । ‘सांसद पक्राउ पर्दैमा पद निलम्बन हुन सक्दैन’, उनले भने, ‘सांसद पक्राउ परे सेवा–सुुुुविधा रोक्न सकिन्छ । तर, पद निलम्बन गर्नु हुँदैन ।’ १० बर्से माओवादी सशस्त्र द्वन्द्वताकाको फौजदारी अभियोगमा माओवादी केन्द्रका सांसद मुछिन सक्ने भएका कारण गुरुङले निलम्बनको विपक्षमा कडा अडान राखेको समितिका सदस्यको अनुमान छ । माओवादी केन्द्रका सांसद अग्नि सापकोटालगायत केही सांसदको मुद्दा अदालतमा विचाराधीन छ । केहीविरुद्ध भने सत्य निरूपण तथा मेलमिलाप आयोगमा उजुरी छन् ।

कांग्रेस सांसद पनि निलम्बनको विपक्षमा उभिएका थिए । राजपाका लक्ष्मणलाल कर्णले कर्मचारी र सांसद पद समान नभएकाले थुनामा रहेका सांसदको पद निलम्बन गर्न नहुने अडान राखेका थिए । कैलाली–१ बाट जिते पनि फौजदारी अभियोगमा थुनामा रहेका राजपाका सांसद रेशम चौधरीको पद निलम्बन हुन सक्ने भयका कारण कर्णले समितिमा यस्तो अडान लिएको सदस्यहरूको भनाइ छ । ‘आज रेशमजी होला, भोलि अर्को कुनै होला,’ कर्णले भने, ‘जनताबाट निर्वाचित प्रतिनिधि पक्राउ पर्दैमा सांसद पद निलम्बन हुन सक्दैन ।’ अदालतबाट दोषी ठहर भए मात्र सांसद पद निलम्बन हुने उनको भनाइ छ ।

राष्ट्रियसभा नियमावलीमा पनि फौजदारी अभियोगमा पक्राउ पर्ने सांसदको पद निलम्बन नहुने व्यवस्था छ । राष्ट्रियसभा नियमावली मस्यौदा समितिमा कांग्रेसका राधेश्याम अधिकारी र सुरेन्द्र पाण्डे निलम्बनको विपक्षमा थिए । कांग्रेसले अडान लिएपछि सांसदको निलम्बन नगरी सेवा–सुविधा नपाउने व्यवस्था नियमावलीमा गरिएको थियो ।

दीर्घकालीनभन्दा पनि एक/दुई वटा मुद्दा हेरेर समितिले निर्णय गरेको पूर्वसभामुख दमननाथ ढुंगानाको भनाइ छ । ‘विधायिकाको इच्छा निलम्बन नगर्ने भन्ने देखियो’, उनले भने, ‘यो निर्णय जनताको अघि उभिएको छ ।’ आरोप लाग्दैमा कोही पनि दोषी ठहर नहुने भएकाले सांसद पद निलम्बन गर्न नहुने संविधानविद् चन्द्रकान्त ज्ञवालीको तर्क छ । आइतबार बस्ने पहिलो बैठकमै दुवै सदनका नियमावली पेस गर्ने तयारी भइरहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

साना दलको आपत्ति

प्रतिनिधिसभा नियमावलीमा फौजदारी अभियोगमा पुर्पक्षका लागि हिरासतमा रहेका सांसदको पद निलम्बन नहुने व्यवस्था राखिएकोमा साना दलले आपत्ति जनाएका छन् । विवेकशील साझा पार्टीले फौजदारी अभियोग लागेका सांसदको पद निलम्बन हुनुपर्ने माग गरेको छ ।

विवेकशील साझाले शनिबार जारी विज्ञप्तिमा फौजदारी मुद्दामा अभियोगपत्र दायर भई थुनामा रहेका सांसदको पद निलम्बन हुने गरी कानुनी व्यवस्था सुनिश्चित गर्न माग गरिएको छ ।

‘जघन्य अपराध, गम्भीर र नैतिक पतन देखिने फौजदारी कसुरमा थुनामा रहँदासमेत सांसद पद निलम्बन हुनु हुँदैन भनी केही दल र सांसदको दबाबप्रति विवेकशील साझा पार्टी गम्भीर आपत्ति प्रकट गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि आपराधिक गतिविधिमा संलग्न सांसदको पद निलम्बन नहुने गरी गर्न लागिएको कानुनी व्यवस्थाको विरोध गरेको छ । राप्रपा अध्यक्ष कमल थापाले सुशासनको मान्यता कमजोर पार्ने गरी हुन लागेको व्यवस्थाप्रति आपत्ति जनाएका छन् । ट्विटमा भनेका छन्, ‘यस्ता कानुनी व्यवस्थाले राजनीतिमा आपराधिक प्रवृत्तिलाई प्रोत्साहित गर्ने यस्तो व्यवस्था खारेज गर्न राप्रपा आग्रह गर्दछ ।’

डा उपेन्द्र देवकोटाको यस्तो दैनिकीः ‘आशाको दियो निभेको छैन’

काठमाडौं । आफैंले स्थापना गरेको बाँसबारीस्थित न्यूरो अस्पतालको दोस्रो तलाको ‘होप’ वार्डको एउटा कोठामा सोफा अगाडि खुट्टा फैलाएर बस्न सहज हुनेगरी साना टेबुल राखिएका छन् । अगाडि उपचार सहायताका विभिन्न उपकरण तयारी अवस्थामा छन् । वरिष्ठ स्नायू विशेषज्ञ डा उपेन्द्र देवकोटासँगै सोफामा लहरै बसेका छन्, पत्नी डा मधु, छोरीहरु मेघा, बसुधा र मन्जरी ।

बेलायतमा आफ्नो उपचार सम्भव नभएपछि बाँकी जीवन नेपालमै विताउने अठोटसहित फर्किएका डा उपेन्द्र देवकोटालाई भेट्न अस्पतालमा दिनहुँ आफन्त र शुभेच्छुकको भीड लाग्ने गरेको छ । उनी अस्पतालको सोही वार्डमा बसेर आफन्त र चिकित्सा सेवामार्फत आफूले जीवन दिलाएकाहरुसँग पीडा भूल्दै आत्मविश्वास बटुलिरहेका छन् ।

शुभेच्छुकसँग नातासम्बन्धदेखि उनीहरुसँग जोडिएका घटना कोट्याउन भूल्दैनन् डा देवकोटा । शुभेच्छुकहरुको सदासयताले उनलाई आफ्नो जीवनमा कुनै चमत्कार (मिराकल) हुने आशाको दियो निभ्न दिएको छैन ।

६ महिनासम्म उपचार गरी अघिल्लो शनिबार बेलायतबाट स्वदेश फर्किएपछि डा देवकोटाको दैनिकी यसरी नै बित्दै आएको छ ।

यस्तो दैनिकीमा शनिबार उनका अगाडी एउटा विशेष पात्रको प्रवेश भयो । तीन पात्र हुन गोरखा पालुङटारकी १३ बर्षीया बालिका राधिका बस्नेत ।

राधिका देखेपछि डा केहीबेर टोलाए । उपचारका लागि बेलायत जानुअघि उनले गत मंसिर १ गते राधिकाको ब्रेन ट्यूमरको शल्यक्रिया गरेका थिए ।

उनी त्यसपछि शल्यक्रिया छिरेका छैनन् । ‘अब म सायद विरामीको सेवामा फर्किन पाउने छैन’ डा देवकोटाले यसअघि नै भनिसकेका छन् । (नागरिक दैनिक)

मोदीलाई चार भाषामा अभिनन्दन, वाचन मैथिलीमा

जनकपुरधाम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा प्रदान गरिने अभिनन्दनपत्र चार भाषामा तयार गरिँदैछ। नेपाली, मैथिली, हिन्दी र अंग्रेजी भाषमा लेखिएका अभिनन्दनपत्र जनकपुर उपमहानगरपालिका प्रमुख लालकिशोर साहले मोदीलाई एक समारोहबीच प्रदान गर्नेछन् ।

सो क्रममा मैथिली भाषामा लेखिएको अभिनन्दन वाचन गरिने साहले बताए । बैशाख २८ बिहान भारत, बिहारको राजधानी पटनाबाट मोदी प्रदेश २ को अस्थायी राजधानी जनकपुर आउन लागेका हुन् ।

कुनै पनि मुलुकका प्रधानमन्त्रीलाई सम्भवतः पहिलोपटक काठमाडौंबाहिर नेपालका प्रधानमन्त्रीले स्वागत गर्न लागेका छन् । मोदीलाई स्वागत गर्न काठमाडौंबाट जनकपुर आउने प्रधानमन्त्री केपी शर्मा ओली नागरिक अभिनन्दन सामारोहमा भने सहभागी हुने छैनन् । (नागरिक दैनिक)

पत्रकारको चुनावमा नुवाकोटमा सिण्डिकेट विरुद्धमा मत जायर

नुवाकोट, २२ बैशाख । नेपाल पत्रकार महासंघ प्रदेश निर्वाचनमा नुवाकोटका पत्रकारले सिण्डिकेटको बिरूद्वमा मत जायर गरेका छन् । प्रदेस पदाधिकारीको लागी भएको निर्वाचनमा नुवाकोटमा निर्वाचन प्रतिनिधि सहित कुल मतदाता १३८ रहेकोमा कुल खसेको मत ६२ मात्र रहेको थियो । जसको गणनाको क्रममा प्रताप विष्टले २९ मात्र पाएका हुन भने उनका प्रतिद्धन्द्धी गिरिजाप्रसाद अधिकारी ३३ ले मत पाएका छन् ।

पत्रकार महासंघको निर्वाचनमा एमाले समर्थित चौतारी, काँग्रेस समर्थित युनियन र माओवादी केन्द्र समर्थित सेन्टरले सिण्डिकेट लादेर विष्ट अध्यक्ष रहेको प्यानला खडा गरी सर्वसम्मतको प्रयास गरेको थियो । सिण्डिकेट प्रथा गलत रहेको भन्दै पत्रकार मार्फत हुने सिण्डिकेट झन घातक रहेको भन्दै अधिकारीले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका थिए ।

नुवाकोटमा  सिण्डिकेट मार्फत प्रदेस सदस्यमा परेकाहरु समेत मतदानमा सहभागी
नभएपछि सिण्डिकेटको विरुद्धमा मतदान गर्ने पत्रकारहको सङ्ख्या धेरै पाइएको
हो ।
नुवाकोटमा काँग्रेस समर्थित युनियन, एमाले समर्थित चौतारी र
माओवादी केन्द्र समर्थित सेन्टरका जिम्मेवार पदाधिकारीले नै आफ्नो संगठनमा
आबद्ध रहेका सदस्यलाई सिण्डिकेटको विरुद्धमा जानु पर्ने भन्दै गिरिजाप्रसाद
अधिकारीलाई मत माग्ने तथा आफूले पनि दिएका थिए ।

नयाँ बसपार्कबाट समितिका सबै काउन्टर खाली गराउन सरकारको निर्देशन

काठमाडौं । सरकारले नयाँ बसपार्कमा रहेका समितिका सम्पूर्ण काउन्टर खाली गराउन निर्देशन दिएको छ । बसपार्क व्यवस्थापनको जिम्मेवारी लिएको लोत्से बहुउद्देश्यीयलाई काउन्टरहरु खाली गराउन निर्देशन दिइएको हो।
अत्यावश्यक सेवमा हड्ताल गरेर सरकारलाई असहयोग गरेका समितिहरुको काउन्टर बसपार्कबाट हटाउने निर्णय भएको  र निर्णयअनुसार अब नयाँबसपार्कभित्र कम्पनीका बसहरुको मात्रै काउन्टर सञ्चालन हुनेछ ।

लोत्सेले काउन्टर खाली गराउन बसपार्कमा सुरक्षाको प्रत्याभूति माग गरेपछि सरकारले प्रहरीलाई निर्देशन दिइसकेको जनाएको छ। यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले काउन्टरहरु कम्पनीलाई दिएर व्यवस्थित गरिने जानकारी दिए।

के हो सिन्डिकेट प्रणाली? यसरी अन्त्य हुँदै छ थोत्रा गाडीको युग

काठमाडौं । यातायात व्यवसाय सञ्चालन गर्दै गर्दा व्यसायीहरूले आ-आफ्नो क्षमताअनुसार देशभर सिन्डिकेट कायम गरेका छन्। अप्रत्यक्ष रूपमा सिन्डिकेट लादिएको छ। सार्वजनिक यातायातलाई दर्ता गरेपछि यातायात व्यवस्था विभागबाट रुट अनुमति लिनुपर्छ। सोही रुट अनुमति लिने सिलसिलामा व्यवसायीहरूले सिन्डिकेट कायम गर्छन्।

‘रुट परमिट नलिई सवारी गुडाउन पाइँदैन, रुट परमिटका लागि ठूलै रकमको चलखेल पनि भइरहेको हुन्छ,’ यातायात व्यवस्था विभागका निर्देशक तुल्सीराम अर्याल भन्छन्, ‘हामीले कम्पनी ऐनअनुसार दर्ता गरेर नाफा कमाउन भनेका छौँ।’ सरकार र व्यवसायीहरूको अन्तरविरोधलाई हेर्दा व्यवसायीहरू कम्पनी ऐनअनुसार दर्ता हुन तयार नभएका होइनन्, यो कार्यविधि लागू हुनेबित्तिकै आफूहरूको एकाधिकार तोडिन्छ भन्नेमा व्यवसायीहरूलाई ठूलो डर छ।

पहिले विभागबाट रुट परमिट लिनका लागि स्थानीय समितिहरूको सिफारिस लिनुपर्ने हुन्थ्यो। सोही ठाउँमा रहेका पुराना यातायात समितिले नयाँलाई असहयोग गर्थे। सिफारिस गर्नै पर्ने अवस्था आएमा मोटो रकमको बार्गेनिङ हुन्थ्यो। अहिले विभागले समितिहरूको सिफारिस नचाहिने, कम्पनी ऐनअनुसार दर्ता भएर आएमा सडक र गाडीको अवस्था हेरेर सोझै रुट परमिट दिइने बताएको छ। यही विषयमा व्यवसायीहरूको असहमति देखिन्छ।

‘समितिको सिफारिसअनुसार परमिट पाउने अवस्था भएमा पुरानाले नयाँलाई सिफारिस नदिने, आफ्ना थोत्रा गाडी मात्रै सडकमा गुडाउने, नयाँ लागानीकर्तालाई रोक्न खोज्ने गर्छन्,’ अर्यालले भने, ‘यसरी उनीहरूले सिन्डिकेट कायम गरेका छन्।’ जिल्लाको हकमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा यातायात समिति हुन्छ। उक्त समितिमा पनि यातायात व्यवसायीहरू हुन्छन्।

प्रमख जिल्ला अधिकारीले रुट परमिटलगायतका विषयमा व्यसायीसँग छलफल गर्छन्। महान्यायाधीवक्ता कार्यालयका सहन्यायाधीवक्ता सञ्जीव रेग्मी २०४९ सालमा बनेको ऐनको पूर्ण कार्यान्वयनका लागि सरकार अहिले तयार भएको तर व्यवसायीले विरोध गरेको बताउँछन्। ‘रुट परमिटका विषयमा आफूहरूको स्थान हट्नेबित्तिकै सिन्डिेकट हट्छ भन्ने कुरा व्यवसायीले बुझेका छन्,’ रेग्मीले भने, ‘नजानिँदो तरिकाले थोत्रा गाडीहरू सडकमा गुडाउन पाऔँ, कसैसँग प्रतिस्पर्धा गर्न नपरोस् भन्ने उनीहरूको माग हो।’

यसरी एउटा कुनै समितिले राजमार्ग नै ‘होल्ड’ गरेपछि अप्रत्यक्ष सिन्डिकेट कायम भएको थियो। अब सबै सवारीसाधन कम्पनी ऐनअनुसार दर्ता हुनेबित्तिकै सरकारले नयाँ कम्पनीहरू निरन्तर दर्ता गर्नेछ। ‘नयाँ आउनेले सुविधासम्पन्न ठूला बस ल्याए भने पुरानाले प्रतिस्पर्धा गर्न सक्नुपर्छ, होइन भने व्यापार त घटिहाल्छ,’ रेग्मीले भने, ‘कम्पनी ऐनअनुसार दर्ता हुनेबित्तिकै थोत्रा गाडी युग समाप्त हुने सम्भावना हुन्छ।’ कम्पनी ऐनअनुसार दर्ता भएपछि मात्र रुट परमिट व्यवसायीहरूले विरोध गरे पनि सरकार निर्णयबाट पछि नहट्ने देखिन्छ। व्यवसायीहरूले विरोधका लागि विरोध मात्रै गरेको सरकारी पक्षको भनाइ छ। आफूहरूसँग छलफल नगरी कार्यविधि ल्याइएको भन्दै व्यवसायीले आन्दोलन गरेका छन्।

‘उनीहरूले विरोधका लागि विरोध गरेका हुन्, राज्यका निकायहरूले कसरी कामकारबाही गर्ने भन्ने विषयमा व्यवसायीलाई सोध्ने कुरा पनि हुँदैन,’ विभागका निर्देशक अर्यालले भने। असार मसान्तसम्म पुरानै व्यवस्थाअनुसार सवारीसाधन गुड्न पाउँछन्। सरकारले असार मसान्तपछि नवीकरण नगर्ने निर्णय गरेको हो। त्यो बेलासम्म कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता हुनुपर्ने सरकारले जनाएको छ।

निर्देशक अर्यालका अनुसार कम्तीमा पाँचवटा सवारी हुनेले यातायात प्रालिका रूपमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गर्न पाउँछ। एउटै व्यक्तिसँग पाँचवटा गाडी नभएमा मिलेर कम्पनी दर्ता गर्न पनि सकिन्छ। त्यो पनि हुन नसकेमा घरेलु तथा साना उद्योग कार्यालयमा व्यवसाय दर्ता गर्न सकिने यातायात व्यवस्था विभागले जनाएको छ। ‘दर्ता हुनेबित्तिकै सबै सवारीसाधन करको दायरामा आउँछन्,’ अर्यालले भने, ‘व्यवसायीहरूले अहिले १० खर्बको लगानी छ भन्छन्, तर त्यो न्यून मात्रै कर तिर्छन्।’

अर्यालका अनुसार अहिलेसम्म एक सय २१ वटा यातायात व्यवसाय मात्रै कम्पनी ऐनअनुसार दर्ता भएका छन्। कम्पनी ऐनअनुसार दर्ता भएपछि विभागले बल्ल रुट परमिट दिने भएको छ। कम्पनी ऐनअनुसार दर्ता हुनेबित्तिकै बाटोमा गुड्दै गर्दा कसैले क्षति पुर्‍याएमा क्षतिपूर्तिका लागि सहजसमेत हुने सहन्यायाधिवक्ता रेग्मी बताउँछन्। ‘अर्को समितिको गाडी सडकमा गुड्यो भने गुण्डाहरू प्रयोग गरेर तोडफोड गर्ने, अवरोध गर्नेसम्मका गतिविधि हुने गरेका छन्, ’ रेग्मीले भने, ‘कम्पनीमा दर्ता हुनेबित्तिकै सवारीधनीले क्षतिपूर्तिका लागि सहज रूपमा कानुनी कारबाही प्रारम्भ गर्न पाउँछन्।’

कम्पनी पनि आफैँमा व्यक्ति हुने भएकोले त्यसलाई कसैल पनि अवरोध गर्न नपाइनेसमेत उनले बताए। कम्पनी ऐनअनुसार दर्ता हुनेबित्तिकै परमिट लिएर पूर्वका व्यवसायीले पश्चिममा र पश्चिमका व्यवसायीले पूर्वमा समेत निर्वाध रूपमा गाडी चलाउन पाउनेछन्। कुनै एउटा समितिले राजमार्ग नै होल्ड गर्ने अवस्थासमेत हट्नेछ। अहिले बीपी राजमार्ग पूर्वमा गाडी गुडाउने अरिनकाेले अरू समितिलाई अवरोध गर्छ। पश्चिम नेपालमा एकाधिकार कायम गरेको पश्चिमाञ्चल बस व्यवसायी समितिले अरू साना समितिहरूलाई अवरोध गर्छ।

बाग्लुङ भेगमा गाडी गुडाउने धौलागिरीले अरू सानालाई अवरोध गर्छ। ‘कानुनी रूपमा नभए पनि डिफ्याक्टो (व्यवहारिक) तरिकाले व्यवसायीहरूले आ-आफ्नो ठाउँमा सिन्डिकेट कायम गरेका थिए,’ सहन्यायाधिवक्ता रेग्मीले भने, ‘अब चाहिँ थोत्रा गाडी र सिन्डिकेटको अन्त्य हुने सम्भावना बढेको छ।’
-thahakhabar.com

सिन्डिकेट आन्दोलनका मुख्य नाइके सिटौलासहित एक सय पक्राउ

काठमाडौं । प्रहरीले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलालाई पक्राउ गरेको छ । रिपोर्टस क्लब, भृकुटीमण्डपको कार्यक्रममा आउने क्रममा उनलाई काठमाडौं प्रहरी परिसरको सादा पोशाकको टोलीले पक्राउ परेको हो ।
सिटौलालाई महानगरीय प्रहरी बृत्त सिंहदरबारमा राखिएको परिसरका प्रहरीले जनाएको छ । उनी सिडिन्केट पक्षमा जारी व्यवसायीको आन्दोलन प्रचार–प्रसार समितिका संयोजक हुन् । उनी माओवादी निकट व्यवसायी हुन् ।
सिण्डिकेट माग गर्दै यातायात बन्द गराएको आरोपमा उनी पक्राउ परेका हुन् । यसअघि गृहमन्त्री रामबहादुर थापा बादलले सेवा रोक्ने देशभरका यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न निर्देशन दिएका थिए ।
यस्तै गृहमन्त्रीको निर्देशन पछि विभिन्न क्षेत्रका ७ जना यातायात व्यवासयी पक्राउ परेका छन् ।

सेवा ठप्प पार्ने यातायात व्यवसायीका पदाधिकारीलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं । सिन्डिकेट कायम राख्न आन्दोलनमा उत्रिएका यातायात व्यवसायीका पदाधिकारीलाई पक्राउ गर्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निर्देशन दिएका छन् । जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गर्दै अत्यावश्यक सेवा सञ्चालन ऐनअनुरुप कारवाही गर्न निर्देशन दिएका हुन् ।

सरकारले केही दिन अघि अत्यावश्यक सेवामा हड्ताल निषेध गर्नेगरी राजपत्रका सूचना निकालेको छ । सर्वसाधारणको दैनिक जीवनका अत्यावश्यक सेवा क्षेत्रमा बन्द, हडताल गर्न नपाउने भन्दै गृह मन्त्रालयले बैसाख ११ गते राजपत्रमा सूचना जारी गरेको थियो। उक्त सूचनामा यातायात क्षेत्र लगायत १८ सेवामा अत्यावश्यक सेवा ऐन अन्तर्गत हडताल र बन्द निषेध क्षेत्र घोषणा गरेको थियो।

सरकारले यातायातको सिन्डिकेट खारेज गर्न जिल्ला प्रशासनमा दर्ता रहेका यातायात व्यवसायी समिति नवीकरण नगर्ने निर्णय गरेपछि व्यवसायीहरु आन्दोलनमा उत्रेका हुन्। उक्त आदेश अनुसार सरकारले अत्यावश्यकीय वस्तुमा हडताल गरेकोमा व्यवसायीलाई तत्काल पक्राउ गरी थुनामा राख्न सक्नेछ। उनीहरुलाई ६ महिना देखि ५ वर्षसम्म जेल सजाय हुन सक्छ।

विमानस्थलबाट हुने सुन तस्करीका विषयमा यस्तो छ भुजुङ गुरुङको सनसनीपूर्ण बयान

काठमाडौं । सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा पक्राउ परेका २९ मध्ये ६ जना अभियुक्तको बिहिबार जिल्ला अदालत मोरङमा बयान भएको छ। तस्करी समूहमा आबद्ध प्रमुख व्यक्तिहरुको बयान सकिएको हो। सुन प्रकरणा मुछिएका राप्रपाका नेतासमेत रहेका भुजुङ गुरुङले बयानको क्रममा यस्तो खुलासा गरेका हुन् ।

२०४०/०४५ सालबाट सुन तस्करीमा संलग्न भएको बताउने गुरुङले साढे ३३ किलो सुनमा मोहन कुमार अग्रवालको लगानी रहेको पनि खुलाएका छन् । गत चुनावमा मनाङबाट राप्रपा नेपालका तर्फबाट उम्मेदवार समेत रहेका भुजुङ गुरुङ चुनावपछि पशुपतिशम्शेर राणाको पार्टीमा छन् । उनलाई पशुपतिशम्शेर राणाले संरक्षण गर्दै आएको राप्रपाका नेताहरु बताउँछन् । मनाङकै भएको नाताले दीपक मनाङे र भुजुङबीच राम्रो सम्बन्ध रहेको जानकारहरु बताउँछन् ।

विमानस्थलबाट हुने सुन तस्करीका विषयमा यस्तो छ भुजुङ गुरुङले दिएको सनसनीपूर्ण बयान :

मलाई यकिन मिति याद भएन, वि.सं. ०४०/४५ सालतिर म थाई एयरबाट विदेश जाने र नेपाल र्फकने क्रममा चिनजान भएका थाई एयरलाईन्सका कर्मचारीहरु गोपालकुमार श्रेष्ठ र निजको साथी ताहाचल बस्ने बसन्तप्रसाद विजुक्षेसँग काठमाडौंमा भेट भयो ।

निजहरुले पहिलेदेखिनै सोल्टि होटेल छेउको ग्रयाण्ड होटेलको गोयल भन्ने साहुजीलगायतका मानिसहरुसँग मिली सुनको कारोवार गर्ने गरेका र निजहरुको ग्रयाण्ड होटेलको गोयल भन्ने साहुजी लगायतका अन्य साथीहरुसँग मनमुटाव भएको कुरा थाहा पाई हामी एक आपसमा भेटघाट हुँदा हामीहरु मिलेर सुनको कारोवार गर्ने सल्लाह भई सो कारोबार गर्न थाल्यौ ।

यसरी सुनको कारोवार गर्ने क्रममा म, गोपालकुमार श्रेष्ठ, बसन्तप्रसाद बिजुक्षे मिलेर संयुक्त लगानीमा हङकङबाट सुन किनेर बैंकक हुँदै थाई एयरलाइन्समार्फत नेपालमा उक्त सुन ल्याएर काठमाडौंका सुन पसलहरुमा बेचबिखन गर्न थाल्यौं ।

उक्त सुन खरिदका लागि हामीले नेपाली रकम संकलन गरी सो नेपाली रकम हङकङमा रहेका नेपालीहरूका नेपालमै रहेका आफन्तहरुलाई दिने र हङकङबाट सो रकमको सोधभर्नावापत हङकङ डलर लिएर हङकङमा सुन किन्ने र सो सुन नेपालमा ल्याएर पुनः नेपालस्थित विभिन्न सुन पसलहरुमा बिक्री गर्ने गरेका थियौं ।

यसरी सुनको कारोवार गर्ने क्रममा काठमाडौंमा चिनजान भएका एमके भन्ने मोहनकुमार अग्रवाल, पवन अग्रवाललगायत लाई हङकङबाट ल्याएको उक्त सुन दिने गरेका थियौं । हामीले उक्त सुन निजहरुलाई दिएपछि उनहरुले को-कसलाई दिने गरेका थिए, मलाई थाहा भएन ।

सन १९९० (बिसं.०४८) भन्दा अगाडि बसन्तप्रसाद बिजुक्षेले थाई एयरलाइन्सको काम छाडेपछि तत्कालका लागि हामीले सुनको कारोवारमा केही असहजत महशुस गरी सुनको कारोवार बन्द गरी हामीहरु अन्य व्यवसाय गरी बस्यौं ।

सन् २०१३ (बि.सं.०६९) देखि हुनुपर्छ म, गोरे भन्ने चूडामणि उप्रेती, मेरो सालो नाता पर्ने डेबिटर डा.भन्ने छिरिङ वाङ्गेल घले, एमके भन्ने मोहनकुमार अग्रवाल लगायतका मानिसहरुवीच भेटघाट तथा छलफल भई पुनः सुन तस्करी गर्ने योजना बनाइयो ।

योजना मुताविक मैले गोपालकुमार श्रेष्ठलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाडौंमा र निजको घरमा समेत गएर निजसँग समेत सल्लाह गरी सुन तस्करीको कारोबार गर्ने निर्क्यौल भयो ।

एयरपोर्टबाट के कसरी सुन बाहिर निकाल्ने भनी निजसँग सल्लाह गर्दा निज गोपालकुमार श्रेष्ठले प्लेनको ट्वाइलेटमा फोहोर फाल्ने डस्टविनमार्फत सुन लुकाएर थाई एयरका सरसफाइ गर्ने कर्मचारीहरुले बाहिर निकाल्ने र उक्त सुन ग्यारेज हुँदै बिमानस्थल बाहिरसम्म लिएर जाने भनी योजना बनाई सोही मुताविक सुन तस्करीको कारोबार गर्न थाल्यौं ।

यसरी सुनको तस्करी गर्ने क्रममा एमके भन्ने मोहनकुमार अग्रवाल र निजका तीनजना मैले नाम थाहा नपाएका दाजुभाइहरु, पवन अग्रवाल, दरबारमार्गस्थित आरके डायमन्डका साहुजी राजेन्द्र शाक्य पनि सो कारोबारमा संलग्न रहेका थिए ।

सुन तस्करीका लागि एमके भन्ने मोहनकुमार अग्रवालले नेपाली रकमको व्यवस्था गर्ने र सो रकम बैंकक र दुबईमा रहेका नेपालीहरुका नेपालमा रहेका आफन्तहरुलाई दिई सो रकम वापतको सोधभर्ना बैंकक र दुबईमा लिने र कहिलेकाहीँ हाम्रो आफ्नो रकम लगानी गरी बैंकक र दुबईबाट सुन किनेर थाई एयरलाइन्समार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा ल्याउन थाल्यौं ।

त्रिभुवन विमानस्थलमा त्यहाँ थाई एयरलाइन्सका कर्मचारीहरु गोपालकुमार श्रेष्ठ, दोराम खत्री, वीरेन्द्रमान श्रेष्ठलगायतका मानिसहरुको संलग्नतामा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बाहिर ल्याएर पहिले गोपालकुमार श्रेष्ठ, एलबी मगर भन्ने लालबहादुर मगर र वीरेन्ऽमान श्रेष्ठले मेरो घरमा आएर सुन दिने गरेका थिए ।

यसबीचमा मेरो पार्टनर मेरो साला नाता पर्ने डेविटर डा.भन्ने छिरिङ वाङ्गेल घले र मेरो केही मनमुटावसमेत भएको साथै लामो समयसम्म मेरो घरमा निजहरुले सामान लिएर आउँदा प्रहरी तथा अन्य मानिसहरुले समेत शंका गर्ने डरले मैले गोपालकुमार श्रेष्ठ र वीरेन्ऽमान श्रेष्ठलाई अबदेखि मेरो घरमा नआउनू, तर मेरो मान्छेले भनेको स्थानमा गएर सामान छाड्नु भनें ।

त्यसपछि निजहरुले म, मेरो साला नाता पर्ने डेविटर डा.भन्ने छिरिङ वाङ्गेल घले, गोरे भन्ने चूडामणि उप्रेतीलगायतको सरसल्लाहमा मेरो साला नाता पर्ने डेविटर डा.भन्ने छिरिङ वाङ्गेल घलेका सवारी चालक मैले भाञ्जा भन्ने गरेको फाल्दुङ गुरुङ भन्ने व्यक्तिले देखाएबमोजिम गोरे भन्ने चुडामणी उप्रेती लगायतले सञ्चालन गरेको अनामनगरस्थित अफिस र हाडीगाउँस्थित गोरेले सुन तस्करी गर्न भाडामा लिएको कोठामा पुर्‍याउन थाले ।

गोपालकुमार श्रेष्ठ र वीरेन्द्रमान श्रेष्ठले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सिधंै मेरो घरमा ल्याउने सुनको कमिसन मैले गोपालकुमार श्रेष्ठलाई उपलब्ध गराउने गरेको थिएँ ।

यसरी सुनको कारोवार गर्ने क्रममा एमके भन्ने मोहन कुमार अग्रवालको सुन ल्याउने मात्र नभएर कहिलेकाहीँ मेरो र डेविटर डा.भन्ने छिरिङ वाङ्गेल घलेको संयुक्त लगानीको र गोरे भन्ने चूडामणि उप्रेतीको लगानी रहेको सुनसमेत ल्याउने गरेका थियौं ।

गोरेको लगानी रहेको सुन गोरे भन्ने चूडामणि उप्रेतीले लिने, मेरो लगानी भएको सुन मेरो सालो नाता पर्ने डेविटर डा.भन्ने छिरिङ वाङ्गेल घले हुँदै मैले प्राप्त गर्ने र एमके भन्ने मोहनकुमार अग्रवालको लगानी भएको सुन गोरे हुँदै निजले प्राप्त गर्ने गर्थ्यौं ।

एमके भन्ने मोहनकुमार अग्रवालले सो सुनको कमिसन बापतको रकम गोरेलाई दिने, गोरेले उक्त रकमबाट आफ्नो टिमको के कति कमिसन कटाएर बाँकी रकम मेरो सालो नाता पर्ने डेविटर डा.भन्ने छिरिङ वाङ्गेल घलेलाई दिने र छिरिङ वाङ्गेल घलेले समेत निजको भागको के कति कमिसन रकम कटाएर मलाई दिएपछि मैले मेरो भागको कमिसन रकम कटाएर बाँकी रकम गोपालकुमार श्रेष्ठलाई दिने गरेको थिएँ ।

गोपालकुमार श्रेष्ठले सो रकम निजको टिमका सदस्यहरुलाई बाँड्ने गरेका थिए । प्रायःजसो सुन तस्करी गर्ने क्रममा सुनको कमिसन बापत मैले प्रतिएक के.जी को नेपाली रकम ४० हजार पाउने गरेको थिएँ । र, सो रकमबाट मैलेप्रति एक के.जी. ५ हजार रुपैयाँ आफूसँग राखी ३५ हजार गोपालकुमार श्रेष्ठलाई दिने गरेको थिएँ । कहिलेकाहीँ सो रकमबाट बिमावापत भनी केही रकमसमेत काटेर मात्र निजलाई रकम दिने गरेको थिएँ ।

यसरी सुन तस्करी गर्ने क्रममा प्रतिमहिना ४/५ पटकदेखि ८/१० पटकसम्म सुन आउने गरेको मलाई थाहा छ ।

सुन तस्करीको क्रम निर्वाध तथा निरन्तररुपमा चलिरहेको थियो र हाम्रो कमाइ पनि भइरहेको थियो । पछिल्लो पटक सन् २०१८ जनवरी २३ तारिक (०७४ माघ ९ गते) एमके भन्ने मोहनकुमार अग्रवालको लगानी रहेको मसमेतले कमिसन प्राप्त गर्ने साढे ३३ केजी सुन बैंककबाट थाई एयरलाईन्स हुँदै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल काठमाडौंसम्म ल्याएपछि सो सुन सानु बन र तक्ले भन्ने पुण्यप्रसाद लामा तामाङले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अनामनगरस्थित गोरे भन्ने चूडामणि उप्रेतीले सञ्चालन गरेको अफिसमा लैजाने क्रममा लुटिएको कुरा मैले जानकारी पाएँ ।

सुन मालिक एमके भन्ने मोहनकुमार अग्रवालको उक्त सुन पत्ता लगाउनैपर्ने दबाव आएसँगै मैले र छिरिङ वाङ्गेल घलेले गोरेलाई उक्त हराएको साढे तेतीस के.जी. सुन जसरी भए पनि पत्ता लगाउनुपर्ने दबाव दिइरहेका थियौं ।

हामीहरुले जे जसरी हुन्छ, हाम्रै ग्रुपका मानिसहरु यसमा संलग्न रहे पनि ज्यान लिनुपर्ने अवस्था आए पनि पछि नहटी सुन पत्ता लगाउनु भनी निर्देशन दिएका थियौं ।

हराएको उक्त साढे ३३ के.जी. सुन नभेटिएमा थाई एयरका एयरपोर्टका कर्मचारीहरुको समूहबाटै हराएको सुनको क्षतिपूर्ती असुल गर्नुपर्ने अवस्था रहेको थियो । त्यसैले एयरपोर्टका थाई एयरका कर्मचारीहरुले समेत यस घटनामा संलग्न जोसुकैलाई जस्तोसुकै यातना दिएर ज्यानै लिनुपर्ने भए पनि पछि नहटी सुन पत्ता लगाईछाड्नु भनी गोरे भन्ने चूडामणि उप्रेतीले भन्दा हामीले थाहा पाएका थियौं ।

हामीलाई सुन मालिक मोहन कुमार अग्रवालले उक्त सुन कसले लगेको छ, जसको समूहका सदस्यबाट गद्दारी भएको भए पनि तिनीहरुलाई सफाया गर्नुपर्ने (ज्यान मार्ने सम्मको) अवस्था आए पनि सफाया गरेर -ज्यानसमेत मारेर) सुन पत्ता लगाउनु भनी हामी सबैलाई दबाव दिइरहेका थिए ।

यो कामका लागि गोरेलाई बरु आफ्नो समूहमा रहेका वा अन्य जो कोही मानिसहरुको सफाया गर्नुपरे सोसमेत गरी जसरी भए पनि उक्त सुन खोज्नु भनी दबाव दिई गोरेलाई उक्त कामको जिम्मेवारी दिएका थियौं । हामीले दिएको आदेशबमोजिम नै गोरेले आफैं र आफ्ना गु्रपका मानिसहरुद्वारा विभिन्न सशंकित व्यक्तिहरुलाई विभिन्न स्थानमा लगी यातना दिने क्रममा सनम शाक्यको ज्यान गएको हो ।- दैनिक नेपाल

मोदीको लागि मुख्यमन्त्री र राजेन्द्र महतो झाडु लिएर सडकमा

जनकपुरधाम । यही वैशाख २८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधाममा गरिने नागरिक अभिनन्दनस्थल बाह्रबिघा रङ्गभूमिमा तीव्रताका साथ कार्य भइरहेको छ ।संघ, प्रदेश र स्थानीय सरकारबाट जानकी मन्दिरदेखि बाह्रभूमिसम्म सौन्दर्यकरणको कार्य युद्धस्तरमा भइरहेको छ । दुई दिनअधि अबिरल वर्षाले बाह्रबिधा जलमग्न भएपछि पानी निकास गरी मञ्च व्यवस्थापन र पण्डाल निर्माणको कार्य अघि बढाइएको छ । त्यस्तै जानकी मन्दिरदेखि बाह्रबिघासम्मका पर्खालमा मिथिला सभ्यता र संस्कृति झल्किने मिथिला कला बनाउने कार्य पनि तीव्र रूपमा भइरहेको छ ।

यसैबीच  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर भ्रमणमा आउने भएपछि बिहीबार यहाँ बृहत सरसफाइ गरिएको छ । प्रदेश सरकार, स्थानीय तहका जनप्रतिनिधि र राजनीतिक दलका नेताहरु सरसफाइमा सहभागी थिए ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतदेखि अन्य मन्त्रीहरुले झाडु बोकेर जनकपुरको जानकी मन्दिर परिसरदेखि बाह्रविघा जाने सडक आसपाससम्म बढारेका हुन् । प्रधानमन्त्री मोदीलाई नागरिक अभिनन्दन गर्ने ठाउँ बाह्रविघाको सरसफाइ गरी मञ्च बनाउने काम सुरु गरिएको छ भने जनकपुर शहरको पनि सफाइ थालिएको छ । सफाइ कार्यक्रममा राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोसमेत सहभागी रहेको थियो ।

सरकारको कठोर कदम:गाडी नचलाउनेको रुट इजाजत एकै दिन खारेज, नयाँलाई एकै दिनमा इजाजत

काठमाडौं ।   सिन्डिकेटको पक्षधरको  दादागिरी विरुद्ध सरकारले कठोर कदम चाल्ने निर्णय गरेको छ । सिन्डिकेट पक्षधर व्यवसायीहरुले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अगुवाइमा शुक्रबार गाडीहरु ग्यारेजमा थन्काउँदै सार्वजनिक यातायात अस्तव्यस्त बनाउने निर्णय गरेपछि सरकारले कठोर कदम चाल्दै एकैदिनमा रुट इजाजत खारेज गर्न सक्ने निर्णय गरेको हो ।

कसैले अत्यावश्यक सार्वजनिक सवारीसाधन विनाकारण रोक्छ भने स्थानीय प्रशासनको सहयोगमा लगत संकलन गरेर त्यसको  तत्काल रुट खारेज गरी नयाँ रुट परमिट खुल्ला गरिने यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले बताए। यातायात व्यवस्था विभागका अनुसार कुनै पनि रुटमा कम्पनी,फर्म वा सहकारीमा दर्ता भएर प्रक्रिया पुर्‍याएर  आए एकै दिनमा अस्थायी रुट दिइनेछ भने स्थायी रुट विभागले अध्ययन गरेर दिने व्यवस्था समेत मिलाएको छ।

यातायात व्यवस्था विभागले चैत १८ गते यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० संशोधन गर्दै सार्वजनिक यातायातको क्षेत्रमा रहेको सिन्डिकेट हटाउने निर्णय गरेको थियो। निर्देशिका मार्फत् सरकारले कम्पनीमा दर्ता भएर यातायात व्यवस्था विभागबाट सेवा पञ्जीकृत गराएपछि रुट दिने निर्णय गरेको थियो। सरकारले असार मसान्तपछि यातायात संघ र समिति दर्ता र नवीकरण नगर्ने निर्णय गरिसकेको छ।

उक्त निर्देशिका एकतर्फी ल्याएको भन्दै यातायात व्यवसायीहरुले चरणवद्ध रुपमा हड्तालको घोषणा गरेका छन्। २१ गते शुक्रबार  ग्यारेजमा गाडी थन्काउने र सरकारलार्इ दवाव दिने र २७ गतेदेखि अनिश्चितकालीन बन्द गरेर सरकारको घुडा टेकाउने भन्दै आन्दोलन आह्वान गरेका छन्।

Nepalese Female also becoming active in the field of Tattoo Art

Kathmandu: Sumina Shrestha, a young lady of Kathmandu is
gradually getting popularity as a tattoo artist. Nowadays, you can find many
people who like to carve tattoos from the hand of Miss Sumina. Her demand is
not only in Nepal but also in other places of the world. Ms. Shrestha, who is
working as a trainer in a tattoo house in Chandmari, India told, " I have
an ability and confidence to draw tattoo on the body of people of any places in
the world as per their behavior and culture".
Among only few female artists working in the field of
tattoos, most of them have left the business due to their household problems
and marital affairs. But Sumina said that she will not quit her job rather she will
attract more women like her in the field so that they can be self-reliant
through this art. Sumina was interested only in painting in her early days. She
has her own experiences in tattoo art. She said, "Tattoo is more difficult
than painting. If you ruin the painting, only the paper will be ruined but one
can never ruin the tattoo because it is carved on the body of person." Ms.
Shrestha who is a plus two graduate in fine arts has interests in sketching and
drawing pictures from Charcoal and water colures.

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web