निर्वाचन गर्ने ओलीको तयारीले कांग्रेस झस्कियो 

काठमाडौं,चैत ३० । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले नै स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन गराउने प्रस्ताव एमालेको बैठकमा गरेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस झस्किएको छ ।
एमाले केन्द्रीय कमिटिको सोमबारेको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीको राजनीतिक प्रतिवेदनमाथि समूहका नेताले धारणा राख्ने क्रममा स्थानीय निर्वाचन गराउने प्रस्तावमा एकमतसमेत देखिएको आजको कारोबार दैनिकमा जगन्नाथ दुलालले समाचार लेखेका छन् ।

‘ वर्तमानत सरकारको नेतृत्वमा तीनवटै तहको निर्वाचन सम्पन्न गर्ने गरी तयारीको कामलाई अघि बढाउने, तत्काल स्थानीय नियकाको निर्वाचन गर्ने ध्यान केन्द्रीत गर्ने’ ओलीको प्रतिवेदनमा भनिएको छ ।
कांग्रेसका सभापति शेरबहादुर देउवा निकट केन्द्रीय सदस्य बालकृष्ण खाँणले कांग्रेस पनि स्थानीय निर्वाचनको पक्ष्धर भएको बताए । यद्यपि, चुनावका लागि राष्ट्रिय सहमति जुट्नसपर्ने र त्यस्तो सहमति जुटाउन कमजोर धरातल भएको अहिलेको सरकारले नसक्ने उनको दावी छ ।

शाहिद अफ्रिदीले गरे कप्तानबाट  राजिनामा

एजेन्सी,चैत २१ ।  पाकिस्तानी टी-२० क्रिकेट टिमका कप्तान शाहिद अफ्रिदीले कप्तान पदबाट राजिनामा गरेका छन् । आईतवार आफुखुसी नै एक विज्ञप्ती जारी गर्दैपद त्यागको घोषणा गरेका हुन् ।  आफूखुशी कप्तान पद छोडेको जानकारी दिँदै कप्तान अफ्रिदीले आफूलाई गरेको सहयोगका लागि पाकिस्तानीलाई धन्यवाद दिएका छन् । उनले आफू अझै पनि पाकिस्तानका लागि क्रिकेट खेल्न इच्छुक रहेको भन्दै भविष्यमा पनि सपोर्ट गर्न फ्यानहरुलाई आग्रह गरेका छन् ।

पर्शुरामको बिदाइ

काठमाडौं, चैत १५ ।  अस्ट्रेलियाको सिड्नीमा हुने अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा सहभागी हुने कराते खेलाडी पर्शुराम बाँस्तोलालाई सोमबार बिदाइ गरियो । पर्शुराम प्रशिक्षक रहेको स्कुल अक्षराकी रमा भट्टराई (अन्जु), अक्षराका खेलकुद शिक्षक सुमन तिमल्सिना, युरो किड्सकी संयोजक लीना श्रेष्ठलगायतले उनलाई बिदाइ गरे । त्यस अवसरमा पर्शुरामलाई नगद ५० हजार रुपैयाँ पनि प्रदान गरिएको थियो ।

अप्रिल १५ देखि १७ तारिखसम्म सञ्चालन हुने प्रतियोगितामा सहभागी हुन पर्शुराम अप्रिल १२ तारिख सिड्नी प्रस्थान गर्दैछन् ।

ओलीको बोली-‘देशको एकता,विकास र समृद्धीका लागि सरकार प्रतिवद्ध’ 

काठमाडौं,चैत २२ । प्रधानमन्त्री के.पी.शर्मा ओलीले सरकार देशको एकता,विकास र समृद्धीका लागि प्रतिवद्ध रहेको बताउनुभएको छ । नेकपा एमालेका नेता रामनाथ ढकालको प्रथम स्मृती दिवशका अवशरमा पाटी केन्द्रिय कार्यलय धुम्बाराहीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सरकारका बारेमा अनेक खाले हल्ला फिंजाउने कुरालाई सरकारले वेवास्ता गर्ने बताउनुभयो ।‘वास्तविक समस्याको समाधान गर्न सरकार तयार छ तर नक्कली समस्या सृजना गरेर त्यसबाट लाभ लिन खोज्नेलाई सरकारले पराजित गर्छ’ प्रधानन्त्री ओलीले भन्नुभयो ।

सरकारले स्वाभिमानलाई बचाएर काम गर्नेृ कुरामा कुनै शंका नगर्न प्रधानमन्त्री ओलीले सबैलाई आग्रह् गर्नुभएको छ ।  संविधान निर्माणका लागि स्वर्गिय नेता ढकालको ठुलोभूमिका रहेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले संविधानको उपभोग गर्न नपांउदै ढकालको मृत्यूले आफूलाई दुःखी बनाएको बताउनुभएको छ । 
‘रामनाथ जीले हामीलाई छोडेर गए पनि वहांको बिचार  र भावनालाई बोकेर हिड्ने थुप्रै नेता कार्यकर्ता एमाले छन्’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘जसले गर्दा वहांका बिचार व्यबहारमा लागु गर्न  र सपनालाई पुृरागर्न एमाले सक्षम छ । ’
 

काठमाडौंमा हावाहुरीले मोटरसाइकल उडायो, हुरीले उडाएको ईट्टाले लागेर एकको मृत्यु

१५ चैत, काठमाडौं ।
आज अपरान्ह उपत्यकामा चलेको भिषण हावाहुरीका कारण उपत्यकामा १५ बढी व्यक्ति घाइते हुनुका साथै करोडौं रुपैयाँको क्षति भएको छ ।

प्रहरीका अनुसार काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा भएका क्षतिको विवरण यस्तो छ ।

त्रिचन्द्र अगाडी मोटरसाइकललाई हावाहुरीको बेगले उडाउन खोज्दा अनियन्त्रित भई मोटरसाईकलबाट लडी बर्ष ३० को अंशु ढंगोल र बर्ष २५ की रजिना महर्जन घाईते भई उपचार भईरहेको

काडाघारी सनसिटी अगाडी वा २ ज ३४६ नं को ट्याक्सीको सीसा फुटेको

स्वयम्भु स्तुपा छेउमा ईटाले लागी बर्ष ३५ की बिमला मगरको मनमोहन अस्पतालमा १९ : २० बजे मृत्यु र वर्ष २३ की भावना बडु घाईते भई उपचार भईरहेको

मध्ये बानेश्वर मोटरसाइकलबाट लडी बर्ष २२ को निसान श्रेष्ठ र बर्ष २२ की सानु श्रेष्ठ घाईते भई उपचार भईरहेको

ललितपुर ठेचो बस्ने वर्ष २९ कि बिना श्रेष्ठ हात र खुट्टा मा सामान्य चोट

६० सिपाडोल ८ बस्ने बर्ष २३ को प्रताप बस्नेत दाँया खुट्टाा र तिघ्रा काटेको अवस्थामा उपचार भईरहेको

छालिउ बस्ने बर्ष ६५ को सानु प्रसाद बल घरको ढोकामा ठोकीएको बोल्न सक्ने भक्तपुर अस्पतालमा उपचार भइरहेको

भक्तपुर बस्ने बर्ष४० को गणेश खत्रि घाईते भई उपचार भईरहेको

हुरीको कारण काठमाडौं त्रिचन्द्र क्याम्पस अगाडि रुख ढल्दा २ जना घाइते भएकोले उपचारको लागि वीर अस्पताल पठाइएको छ ।

त्यस्तै स्वयम्भू स्तुपाको इँटा खस्दा घाइते भएका १ जनाको मनमोहन अस्पतालमा उपचार भइरहेको छ ।

काँडाघारीको सनसिटीबाट एउटा ट्याङकी खसेर ट्याक्सीको शिशा फुट्दा १ जना घाइते भएका छन् ।

पुरानो बानेश्वरमा लडेर १ जना घाइते भएकोले उपचारको लागि भरोसा अस्पताल बानेश्वर पठाइएको छ ।

टेकु पुल नजिकको विजुलीको पोल ढलेको छ भने रत्नपार्कमा रुख ढलेर बाटो अबरोध भएको छ ।

यसैगरी ललितपुर शंखमुल पुल नजिकको विजुलीको पोल ढलेको छ ।

भक्तपुर बालकोटमा बिजुलीको पोल ढलेर १ जना घाइते भएकोले उपचारको लागि नागरिक अस्पताल गठ्ठाघर पठाइएको छ ।

आउटसोर्सिङमार्फत नियुक्त गर्ने कर्मचारीलाई सरकारले तोकेको तलब सुविधा दिन निर्देशन

२६ चैत, काठमाडौं ।
व्यवस्थापिका संसद, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले श्रमिक तथा कामदारलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई निर्देशन दिएको छ ।

समितिले पारिश्रमिक तथा अन्य सामाजिक सुरक्षालगायतका विषयमा समेत प्रष्ट रुपमा नीतिगत व्यवस्था गर्न श्रम तथा रोजगार मन्त्रालयलाई निर्देशन दिएको छ ।

जापानी संसदमा बिरोधका बिच टीपीपी सम्झौतामाथि बहस

२४ चैत, टोकियो ।
विपक्षी दलहरुको चर्को बिरोधका बिच जापानी संसदले प्यासिफिक रिम फ्री सम्झौता र त्यसका कानुनहरु बारे छलफल अघि बढाएको छ ।

ट्रान्स प्यासिफिकको सहकार्यमा विदेशबाट आयतित हुने सस्ता सामानहरुका कारण किसानहरुलाई पर्न सक्ने प्रभावका बारेमा जापानी संसदहरुले छलफल गर्दैछन् ।

विश्वव्यापी अर्थतन्त्रको ४० प्रतिशत अर्थतन्त्रलाई समेटेर फेब्रुअरीमा जापान, अमेरिका लगायत अन्य १०  देशहरुबीच टीपीपी सम्झौतामा हस्ताक्षर भइसकेको छ ।

जुन १ मा जारी जापानको अधिवेशन सकिने भएकाले त्यसअघिनै यो विषयमा निर्णय गर्न सत्ता पक्षीय पार्टीहरुले बिपक्षीको बिरोधका बिच छलफल अघि बढाएका हुन् ।

जापानी प्रधानमन्त्री सिन्जु आवेले नेतृत्व गरिरहेको सत्तारुढ पार्टीले आगामी संसदको काउन्सलरहरुको निर्वाचनअघि संसदले आवश्यक कानुनी विधेयकहरु पास गर्ने तयारी गरेको छ ।

तर विपक्षी पार्टीहरुले जापानको पाँच मुख्य फार्मको उत्पादनहरु चामल, गाईको मासु र सुँगुरको मासु लगायतका सम्झौताहरु माथि विरोध गर्दै आएका छन् ।

टीपीपी सम्झौता जापानी संसदबाट पास भएमा जापानले खेत, उद्योग अन्य आयातित सामानहरुबाट संकलित हुने रकम मध्ये ९५ प्रतिशत रकम तत्काल हटाउनेछ ।

योजना अनुरुप कृषि, जंगल र माछाबाट प्राप्त हुने ८२ प्रतिशत उत्पादनलाई अस्वीकार गरिने र योजना विना अमेरिका, अष्ट्रेलियाबाट आयातित हुने चामल, गाईको मासुको मुल्य र सुगुरको मासुको मूल्य पनि विस्तारै कम गर्दै लैजाने बताइएको छ ।

जापानी सरकारले त्यो सम्झौताले घरेलु सामानहरुको उत्पादनमा १२२ बिलियन डलरका दरले वुद्धि भएको जनाएको छ भने कृषि, जंगल र माछाबाट हुने उत्पादनमा १३० बिलियनका दरले गिरावट आउने आंकलन गरेको छ ।

विपक्षी पार्टीले कुल राष्ट्रिय उत्पादन 'जीडीपी' मा परेको प्रभावका विषयमा बढी बिरोध जनाउँदै आएको छ ।

त्यो सम्झौतामा अष्ट्रेलिया, ब्रुनाई, क्यानाडा, चिली, मलेसिया, मेक्सिको, न्युजिल्यान्ड, पेरु, सिंगापुर र भियतनामले हस्ताक्षर गरिसकेका छन् ।

राप्रपा नेपालको केन्द्रीय समितिको बैठक वीरगंजमा सुरु,विष्ट गएनन्

काठमाडौं,चैत १८ । राप्रपा नेपालको केन्द्रीय समितिको बैठक आजबाट वीरगंजमा सुरु भएको छ। बैठकमा राप्रपा नेपालले सहअध्यक्ष केशरबहादुर विष्ट चने सहभागि भएका छैनन् । पछिल्लो समय विष्ट थापादेखि असन्तुष्ट छन्।  विष्टले पार्टी सरकारबाट बाहिरिनुपर्ने बताउँदै आएका छन्। 

वैठकले  अध्यक्ष कमल थापाले राजनीतिक कार्यपत्र प्रस्तुत गर्ने  छ ।  थापाको राजनीतिक कार्यपत्रमा भारत र चीन भ्रमणको समिक्षा, पार्टी भित्रको आन्तरिक कलह र मुलुकको पछिल्लो राजनैतिक अवस्था लगायतका विषय समेटिएका छन्। विष्टले पार्टी छाडेर लोकेन्द्रबहादुर चन्दसँग सहकार्य गर्ने मनसाय बनाएका छन्।

जनकपुरकमा एकीकृत शहरी विकासको योजना शुरु, दुई अर्ब लगानी

१ बैशाख, जनकपुर ।
जनकपुर उपमहानगरपालिकामा एशियाली विकास बैंकको ऋण सहयोगमा लागु भएको एकीकृत शहरी विकास आयोजनाको आज देखि काम शुरु भएको छ ।

१ अर्व ९० करोडको लगानीमा जनकपुरधाममा पहिलो चरणमा साढे नौ किलोमिटर ३२ किलोमिटर नला तथा ढलको निर्माण गर्ने योजना रहेको जनकपुर नगरपालिकाका कार्यकारी अधिकृत पूण्य प्रसाद लुईटेलले जानकारी दिनुभयो ।  

जापानमा लिङ्ग जात्रा यसरी मनाईयो (फोटो फिचर)

२५ चैत, टोकियो ।
नेपाली जनमानसमा सुन्दा अलि असहज र अचम्म लाग्ने लिङ्ग उत्सव जापानमा भव्य रुपमा मनाइएको छ ।
 
मौलिक संस्कृतिको रुपमा मनाईंदै आएको लिङ्ग जात्रा सम्पन्न भएको छ । जापानी नागरिक सहित पर्यटकको भिड लाग्ने यो जात्रा भव्य रुपमा मनाइएको छ ।

जापान कानामारा मात्सुरी अर्थात लिंग जात्रा अप्रिल महिनाको पहिलो साता जापानको कावासाकी शहरमा मनाइएको हो ।

परापूर्वकालदेखी मनाउँदै आइएको बताइएको यो उत्सवमा ठूलो आकारको लिङ्ग सहित जात्रा गराउनको लागि मात्र प्रसिद्ध छैन, यो जात्रामा  लिङ्गका बिभिन्न आकारका खाना मिठाइ, लिंग आकारको खेलौना, सामानको ठूलो विक्रि हुनेगर्छ ।

img_7082.jpg

एक दशक अघिसम्म सन्तान उत्पादनको बरदानको लागी र सास्कृतिक रुपमा मात्र मनाईंदै आएको यो पर्व पछिल्लो समय पर्यटकीय र ठूलो मेला सहित व्यापारिक रुपमा विस्तार हुन थालेको छ ।

दक्षिण एसियाली महिला बास्केटबलमा नेपाल र बंगलादेश भिड्दै

काठमाडौं,चैत १६ । नेपाल बास्केटबल संघको आयोजनामा हुने प्रथम दक्षिण एसियाली महिला बास्केटबल च्याम्पियनसिप आजबाट काठमाडौँमा सुरु हुदैछ ।  प्रतियोगिता अन्तर्गत आज दुई खेल हुने छ । पहिलो खेल श्रीलंकाले माल्दिभ्ससंग खेल्ने छ भने दोस्रो खेलमा आयोजक नेपालले बंगलादेशसंग प्रतिस्पर्धा गर्ने छन् ।  त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने प्रतियोगितामा ५ राष्ट्र सहभागी हुनेछन् ।

चार दिनेसम्म चल्ने प्रतियोगिता राउन्ड रोविन लिगका आधारमा हुने भने प्रतियोगिताको शिर्ष टिमले उपाधि जित्ने छ ।  प्रतियोगितामा आयोजक नेपालसहित बंगलादेश, भुटान, माल्दिभ्स र श्रीलंका सहभागी छन् । प्रतियोगितामा जम्मा १० खेल खेलाइने छ । दक्षिण एसियाली महिला बास्केटबल नेपालमै पहिलो पटक हुन लागेको हो । प्रतियोगिता सञ्चालन गर्न ७२ लाख ९८ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।

साइकल मन्त्रीको तडकभडक: २० हजारको सोलार उद्घाटन गर्न ३ लाखको हेलिकप्टर चार्टर ! 

काठमाडौं,चैत १८ । साइकल चढेर चर्चा बटुलेका जनसंख्या तथा वाताबरणमन्त्री विश्वेन्द्र पासवानले अवसर पाउँदा भने हेलिकप्टर चढेर राज्यको लाखौँ रुपैयाँ दुरुपयोग गरेका छन्। आफ्नो मन्त्रालयमा कार्यरत कर्मचारी तथा सुरक्षाकर्मीलाई समेत साइकल चढ्न लगाएका उनी हेलिकप्टर चार्टर गरेर मंगलबार कार्यकर्ता र केही कर्मचारी सहित सिरहाको बेल्हा पुगेका छन्।

२० वाटको सोलार बत्ती उद्घाटन गर्न हेलिकप्टर चार्टर गरेका मन्त्री पासवानको यो कदमलाई मन्त्रालयकै अधिकारीले रुचाएका छैनन्। लाखौं खर्च गरी सोलार बत्ती उद्घाटनमा पुगे पनि १ थान सोलारको मूल्य १० हजार रुपैया पर्छ। मन्त्री पासवानले सिरहामा २ थान सोलार बत्तीको उद्घाटन गरे । २० हजार मूल्यबराबरको सोलार बत्ती जडान गर्ने कार्यक्रममा उनको तडकभडक बढी नै देखिएको मन्त्रालयका अधिकारी बताउँछन् ।

उनीहरुका अनुसार पहिला गाडीमै जाने तयारी भए पनि मन्त्री पासवानकै आग्रहमा हेलिकप्टर चार्टर गरिएको आजको कारोबार दैनिकमा समाचार छ ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web