NHRC draws Govt. Attention

The National Human Rights Commission (NHRC) has drawn the government's attention urging it to carry out works as per the letter and spirit of the Supreme Court verdicts related to the road expansion.

The constitutional human rights body drew the government's attention citing the State violated the rights of the local people who are affected by the road expansion carried out in the Kathmandu Valley in contravention of even the Supreme Court's directives and stay orders.

The NHRC also appealed to the bodies concerned to ensure that an individual's dignity of life and the right to shelter is respected.

SAARC Cabinet secretaries meeting kicks off

A two-day meeting of the SAARC cabinet secretaries has kicked off in the capital today. While inaugurating the meeting, Prime Minister KP Sharma Oli stressed on making public service prompt and effective for the economic prosperity of the SAARC region.

He also accentuated on collective efforts for eradicating poverty, illiteracy, famine and backwardness from the region to maintain economic prosperity and good governance.

PM Oli said that the SAARC needs more efforts to meet the peoples' aspirations as it has completed three decades' journey, adding that its support should be strengthened and increased.

Prime Minister Oli stressed on investing more budget on infrastructure development and connectivity in communication sectors from the SAARC development fund.

In another context PM Oli said that our constitution is the best one in the world as it has ensured the peoples' rights and the provision of inclusiveness.

Similarly, Chief secretary Dr Somlal Subedi said that the public service sectors should be made prompt, effective and service oriented.Likewise, SAARC secretary general Arjun Bahadur Thapa   said that the SAARC has achieved notable success on eradicating poverty, regional development, prevailing peace and prosperity in the region during its three-decade journey.

Chief Secretaries from its member state, high officials and monitors are attending the meeting. The meeting is scheduled to hold serious discussions on issues of reformation of governance system in the region identifying common problems and resolutions as well.

नुवाकोटमा बालुवा खानीमा पुरिएर तीन मजदुरको मृत्यु, ठेकेदार फरार-प्रहरी रमिते

२७ जेठ, त्रिशुली ।
अबैध रुपमा सञ्चालन हुदै आएको बालुवा खानीमा बालुवा लोड गर्ने क्रममा ढिस्कोमा पुरिदा नुवाकोटको खङ्गभञ्याङ गाँउ विकास समिति तीन जनाको मृत्यु भएको छ ।

अबैध रुपमा सञ्चालनमा रहेका खानीमा बालुवा लोड गरिरहेको समयमा खसेको ढिस्कोमा पुरिएर नुवाकोट दाङसिङ गाविस वडा नम्बर ४ फर्सिबोटे टोलका ३३ वर्षका गंगेसिंह तामाङ र १८ वर्षका प्रकाश तामाङ र खङ्गभञ्याङ गाविस वडा ९ मैरीटारका २२ वर्षका शंकर राईको घटनास्थलमा नै मृत्यु भएको छ ।

खङ्गभञ्याङ गाविस वडा नम्बर ९ मैरीटार स्थिती गैरीखोल्सो भन्ने स्थानमा सञ्चालन हुदै हाएको अबैध बालुवा खानीमा बा।३ ख ९७०९ नम्बरको गाडीमा बालुवा लोड गर्ने क्रममा माथीबाट आएको ढिस्कोमा पुरिदा“ गाडीका चालक गंगेसिंह सहचालक प्रकाश र मजदुर शंकर राईको मृत्यु भएको नुवाकोट प्रहरीले जनाएको छ । गाडीका चालक गंगेसिंह र सहचालक प्रकाश एकै हजुरबुबाको नातीहरु अर्थात ठूलोबाउ/काकाबाउको छोरा रहेका छन् । घटना भएको समयमा ढिस्कोमा पुरिएर पनि दुई जनाले ज्यान बचाउन सफल हुनुभभएको छ ।

बालुवा लोड गर्न प्रयोग गरिएको अर्को गाडी बा।३ ख ९१२७ नम्बरको आइचरका चालक नुवाकोटको तुप्चे गाविस वडा नम्बर ६ का जयन्त दर्जी र सह–चालक तारुका गाविस वडा नम्बर ६ का महेन्द्र परियारलाई बालुवाको ढिस्कोले पुरिएपनि पन्छाएर बाच्न सफल भएको बताउनुभएको छ ।

आज बिहान साढे ९ बजेको समयमा सगै पुगेका दुई वटा आइचरमा पालैपालो बालुवा लोड गरी काम सकेर बाहिर निस्कने समयमा ढिस्को खसेर घटना हुन पुगेको ढिस्कोमा पुरिएर पनि बाच्न सफल हुनुभएको बा ३ ख ९१२७ गाडीको चालक जयन्त दर्जीले बताउनुभएको छ ।

बालुवाका ढिस्कोमा पुरिएर पनि चुतयाइपूर्वक ज्यान बचाउन भएका नुवाकोटका तारुका गाविस वडा नम्बर ६ का महेन्द्र परियारले बालुवा लोड गरी गाडी खानीबाट बाहिरिने क्रममा बाथिबाट आएको ठूलो ढिस्कोले आइचरको पछाडीतर्फको भाग पुरेको बताउनुभएको छ ।

उहाँले बालुवाको ढिस्कोको पुरेको आइचरको अगाडी तर्फ रहनुभएका महेन्द्रले ढिस्को आएको जानकारी पाएलगत्तै भाग्न सफल भएकाले ज्यान जोगिएको बताउनुभएको छ ।

घटना भएको जानकारी पाएलगत्तै उद्धारको लागी पुग्नुभएका खङ्गभञ्याङ मैरीटारका स्थानीय तथा क्युक भोलिण्टियरका स्वंय सेवक दिपक ठकुरीलेले मृत्यु भएका मध्ये गाडकिा चालक विकास भनिने गंंगेसिंहको उद्धार गरेपनि औषधी उपचार पु¥याउन नसक्दा बचाउन नसकेको बताउनुभएको छ ।

घटनापछि उद्धारको क्रममा माथिबाट बालुवा आएकाले समयमै उपचार गर्न नसक्दा पुरिएकाहरुलाई उद्धार गर्न ढिलाई भएको क्युक भोलिण्टियरका स्वंय सेवक तथा स्थानीय युवा दिपक ठकुरीलेले बताउनुभएको छ ।

बालुवाको ढिस्कोले पुरिएपछि गंगेसिंह तामाङको तत्कालै उद्धार गरिएपनि बचाउन नसकेको र अन्य दुई जनाको स्काभेक्टर प्रयोगगरी शव निकालिएको घटनास्थलमा उद्धारको लागी पुग्नुभएका प्रहरी नायव उपरीक्षक ऋषिराम कंडेलले जानकारी दिनुभएको छ । बालुवाको ढिस्कोभित्र नै पुरएकाहरुलाई स्काभेक्टरको सहयोगमा अपरान्ह साढे १२ बजेमात्र शव निकालिएको थियो ।
घटना भएको बालुवाखानी नियमनकारी निकायमा दर्ता नै नगरी सञ्चालन गर्दै आएका खङ्गभञ्याङका पुस्कर र राजु अधिकारी घटनापछि फरार भएका छन् ।

अबैध रुपमा सञ्चालित बालुवा खानीमा बालुवा बोक्न प्रयोग गरिएको बा।३ ख ९७०९ को गाडी धनीलाई प्रहरीले पक्राउ गरेको छ । मैरीटार लगायतका स्थानमा रहेका बालुवा खानी दर्ता नगरी सञ्चालन हुदै आएको बालुवाखानी ठेकेदारले आफूखुसी सञ्चालन गरी विक्री गर्दै आएकाले व्यवस्थित बनाउनुपर्ने स्थानीयले बताएका छन् । अबैध रुपमा खानी सञ्चालन हुदै आएकाले व्यवस्थितको अभाव, सुरक्षित अपनाउने विधि, उत्खननको लागी हुनुपर्ने चेतनाको कमीको कारण जोखिमयुक्त रहेको खानीमा दुर्घटना भएको मैरीटारका स्थानीययुवा दिपक ठकुरीले बताउनुभएको छ ।

नुवाकोटको विभिन्न स्थान तथा नदी र खोलाहरुमा अबैध रुपमा सञ्चालन भएका निर्माण सामाग्रिको उत्खनन तथा खानी सञ्चालकहरुले जोखिम बढाउदै आएका छन् । अबैध रुपमा सञ्चालनमा रहेका खानी व्यवस्थापनको लागी नियमनकारी निकायको मौनताले जोखिमपूर्ण दुर्घटनाहरु बढ्दै गएको भन्दै स्थानीयहरुले सुरक्षा व्यवस्थान खानी सञ्चालनको नियमनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।

पाठशालाको मदिरा -कृष्ण कट्टेल

अब नानीहरुलाइ
पाठशालामा सपना बाढ्न छोड्नुपर्छ
पगिता काल्पनिक बच्चनका
सुइहरु घोपेर
कलिला मस्तिष्कलाइ
मताउन छोड्नुपर्छ

ऐँसेलुघारीमा हुर्किएका
निर्दोष खाली दिमागलाइ
प्रयोगशाला बनाएर
पुग्नै नसकिने दुनियाँको
दन्ते कथा सुनाएर हो
आजभोलि गाउँ रित्तिएको
पाखो उजाडिएको

सुनेको भरमा सपना बोकेर
आधा उमेर भौतारिएका
मेरा गाउँका मेस्सी रोनाल्डोहरु
आजभोलि अरबतिर
जीवन पढिरहेका छन् ।

मेरा गाउँका माओ लेनिन र गान्धीहरु्
युङ्ग,फ्रायड र कार्ल माक्र्सहरु
मदिराले पखालिरहेका छन्
दिमागभरी बोकेका पगिता सपना

ब्रमाण्डमा लुकेका सत्य भेट्छु भन्ने
मेरा गाउँका निल आर्मस्ट्रङहरु
आफुभित्रको मान्छे भेट्न नसकेर
निर्जीव जीवन बाचिरहेका छन्

कहिलेकाहि मनले बटुलेका आँट
र मस्तिष्कले देखाएको बाटो पनि
यी पैतालाहरु पुग्न नसक्दा
परिस्थितीको दास बनेर
हल्लिनु पर्दोरहेछ
नसोचेको रंगमञ्चमा ।

पाठशालादेखि
हृदयले बोकेको सपना
सपनाकै दुनियाँमा छोडेर
यथार्थको कोक्रोमा
हल्लिरहने यो जीन्दगीलाइ
खै किन पटक पटक ऐठन गरिरहन्छ
छोडिगएका सपनाहरुले

त्यसैले
नानीहरुलाइ सिकाइनुपर्छ अब
माटोमा मुटु रोपेर
अक्सिजन फलाउन
पिलाउनुपर्छ प्यास सुहाउँदो पानी
बोकाउनुपर्छ आँट सुहाउँदो भारी
तवमात्र ताराहरु भेटिनेछन्
हाम्रै टोल – टोलमा ।।

तिर्सनाको बुढाथोकीको हट भिडियो सार्वजनिक (भिडियो सहित)

काठमाडौं ।

सामाजिक सञ्जालमा उत्तेजक तस्वीर हालेर चर्चामा आइरहने हट मोडल तिर्सना बुढाथोकीको नयाँ म्युजिक भिडियोमा  झनै हट अवतार देखिएकी छिन् ।

दर्जनौ म्युजिक भिडियोमा काम गरिसकेकी तिर्सना धार्निको ज्यान मार्फत झनै हट रुपमा देखापरेकी हुन् । रक्षा म्युजिकले बजारमा ल्याएको भिडियोमा तिर्सनालाई गोपाल ढकाल छन्दे सँग हट अवतारमा  देख्न सकिन्छ ।

भागिरथ चलाउने र टिक पुनको स्वर दिएको उक्त गितमा लय  भागिरथ चलाउनेकै  रहेको छ । शब्द बल बहादुर घर्ती र चन्द्र बस्नेतको रहेको छ ।

भिडियो

१ लाख ७१ हजार भूकम्प पीडितलाई ५० हजार उपलब्ध गराउन निर्देशन

२७ जेठ,काठमाडौं ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले १ लाख ७१ हजार ६ सय ७७ भूकम्पपीडित परिवारहरुलाई पहिलो किस्ताको अनुदान रकम वितरण थाल्ने भएको छ ।  पहिलो किस्ताको अनुदान रकम वितरणका लागि बैंकमार्फत वितरण गर्न संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गत रहेको केन्द्रीय आयोजना कार्यान्वयन इकाईलाई निर्देशन दिएको छ ।  नेपाल बैंकर्स एशोसियसन, डेभलपमेन्ट बैंकर्स एशोसियसन र नेपाल फाइनान्सियल इन्स्टिच्यूसन एशोसियसनसँग जेठ १४ गते भएको समझदारी पत्र अनुसार प्राधिकरणले केन्द्रीय आयोजना कार्यान्वयन इकाईलाई स्थानीय स्तरमा जिल्ला विकास समिति मार्फत सेवा प्रदायक बैंकहरुसँग समन्वय गरी अनुदान वितरणको कार्य अघि बढाउन निर्देशन दिएको हो ।

प्राधिकरण र तीन वटा बैकर्स एशोसियसनबीच भएको समझदारीपत्र अनुसार अनुदान रकम वितरणका लागि प्राधिकरण र ५३ वटा बैंकबीच छुट्टाछुट्टै सम्झौता भइसकेको छ । प्राधिकरणले जिल्ला समन्वय उपसिमितिलाई स्थानीय आवश्यकता अनुसार बैंकहरुबाट प्राप्त क्षेत्रगत विभाजनको सूचीमा आपसी समझदारीबाट गाविस तथा नगरपालिकाहरु एवं घरधनीहरुको संख्यामा आवश्यक परेमा समायोजन गर्न समेत गर्न सक्ने व्यवस्था गरेको छ ।

बैंक र अनुदान पाउने सूचीमा परेका थप घरधनीको क्षेत्रगत विभाजन गरी अनुदान रकम वितरणलाई प्रभावकारी बनाउन लागी परेको छ । अनुदान रकम वितरणका लागि प्राधिकरणले यस अघि नै संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा रहेको केन्द्रीय आयोजना कार्यान्वयन इकाईलाई १२ अर्ब ४४ करोड ६८ हजार रुपैयाँ निकासा गरिसकेको छ । इकाईमार्फत विभिन्न जिल्ला विकास समितिहरुलाई गत वैशाख २६ गते रकम निकासा भइसकेको छ ।घीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा रहेको केन्द्रीय आयोजना कार्यान्वयन इकाईका अनुसार २०७३ साल चैत्र २५ गतेसम्म अनुदान पाउने सूचीमा परेका ६४ हजार ३ सय २० घरधनीसँग अनुदान सम्झौता भइसकेको छ ।

भूकम्प अति प्रभावित उपत्यका बाहिरका ११ जिल्लामा ७ लाख १७ हजार ७ सय १८ घरधनीको सर्भेक्षण गरिएको थियो । त्यस मध्ये ५ लाख ३३ हजार ४ सय ५४ घरधनीको नाम अनुदान पाउने सूचीमा परेको छ छ । क्षतिको मापदण्डभित्र नपरेका १ लाख ८४ हजार २ सय ६४ घरधनीको नाम अनुदान पाउनेको सूचीमा समावेश भएको छैन । सर्भेक्षणका क्रममा घरको क्षतिलाई १,२,३,४ र ५ तहमा राखिएको थियो । घरको धेरै क्षति भएका ३,४ र ५ तहमा परेकाहरुलाई मात्र अनुदान पाउने सूचीमा राख्ने व्यवस्था छ । क्षतिको १ र २ मा परेका घरहरुको मर्मत गरी बस्न सकिने भएकाले सूचीमा नपरेका हुन् ।

पर्नु पर्ने घरधनीहरु नपरेको भएमा गुनासो प्रणाली मार्फत सम्बोधन गरिने व्यवस्था मिलाइसकिएको छ । हालसम्म २८ हजार भन्दा बढी गुनासाहरु प्राप्त भई छानविनको क्रममा रहेका छन् । वास्तविक भूकम्प पीडित भएको पाइएमा अनुदान प्राप्त गर्ने घरधनी अनुसारकै सुविधा उपलब्ध गराउने व्यवस्था छ ।

अनुदान पाउने सूचीमा नाम नपर्नु पर्ने घरधनीहरुको नाम परेको र झुटा विवरण पेश गरी अनुदान रकम रकम लिएको पाइएमा प्रचलित कानून बमोजिम सरकारी बाँकी सरह असुल उपर गर्ने व्यवस्था छ ।

एक लाख ७१ हजार भूकम्प पीडितलाई ५० हजार उपलब्ध गराउन निर्देशन

काठमाडौं ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले १ लाख ७१ हजार ६ सय ७७ घरधनीहरुलाई पहिलो किस्ताको अनुदान रकम वितरणका लागि बैंकमार्फत वितरण गर्न संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गत रहेको केन्द्रीय आयोजना कार्यान्वयन इकाईलाई निर्देशन दिएको छ ।

नेपाल बैंकर्स एशोसियसन, डेभलपमेन्ट बैंकर्स एशोसियसन र नेपाल फाइनान्सियल इन्स्टिच्यूसन एशोसियसनसँग जेठ १४ गते भएको समझदारी पत्र अनुसार प्राधिकरणले केन्द्रीय आयोजना कार्यान्वयन इकाईलाई स्थानीय स्तरमा जिल्ला विकास समिति मार्फत सेवा प्रदायक बैंकहरुसँग समन्वय गरी अनुदान वितरणको कार्य अघि बढाउन निर्देशन दिएको हो ।

प्राधिकरण र तीन वटा बैकर्स एशोसियसनबीच भएको समझदारीपत्र अनुसार अनुदान रकम वितरणका लागि प्राधिकरण र ५३ वटा बैंकबीच छुट्टाछुट्टै सम्झौता भइसकेको छ ।

प्राधिकरणले जिल्ला समन्वय उपसिमितिलाई स्थानीय आवश्यकता अनुसार बैंकहरुबाट प्राप्त क्षेत्रगत विभाजनको सूचीमा आपसी समझदारीबाट गाविस तथा नगरपालिकाहरु एवं घरधनीहरुको संख्यामा आवश्यक परेमा समायोजन गर्न समेत गर्न सक्ने व्यवस्था गरेको छ ।

बैंक र अनुदान पाउने सूचीमा परेका थप घरधनीको क्षेत्रगत विभाजन गरी अनुदान रकम वितरणलाई प्रभावकारी बनाउन लागी परेको छ ।

अनुदान रकम वितरणका लागि प्राधिकरणले यस अघि नै संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा रहेको केन्द्रीय आयोजना कार्यान्वयन इकाईलाई १२ अर्ब ४४ करोड ६८ हजार रुपैयाँ निकासा गरिसकेको छ । इकाईमार्फत विभिन्न जिल्ला विकास समितिहरुलाई गत वैशाख २६ गते रकम निकासा भइसकेको छ ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा रहेको केन्द्रीय आयोजना कार्यान्वयन इकाईका अनुसार २०७३ साल चैत्र २५ गतेसम्म अनुदान पाउने सूचीमा परेका ६४ हजार ३ सय २० घरधनीसँग अनुदान सम्झौता भइसकेको छ ।

भूकम्प अति प्रभावित उपत्यका बाहिरका ११ जिल्लामा ७ लाख १७ हजार ७ सय १८ घरधनीको सर्भेक्षण गरिएको थियो । त्यस मध्ये ५ लाख ३३ हजार ४ सय ५४ घरधनीको नाम अनुदान पाउने सूचीमा परेको छ छ । क्षतिको मापदण्डभित्र नपरेका १ लाख ८४ हजार २ सय ६४ घरधनीको नाम अनुदान पाउनेको सूचीमा समावेश भएको छैन ।

सर्भेक्षणका क्रममा घरको क्षतिलाई १,२,३,४ र ५ तहमा राखिएको थियो । घरको धेरै क्षति भएका ३,४ र ५ तहमा परेकाहरुलाई मात्र अनुदान पाउने सूचीमा राख्ने व्यवस्था छ । क्षतिको १ र २ मा परेका घरहरुको मर्मत गरी बस्न सकिने भएकाले सूचीमा नपरेका हुन् ।

पर्नु पर्ने घरधनीहरु नपरेको भएमा गुनासो प्रणाली मार्फत सम्बोधन गरिने व्यवस्था मिलाइसकिएको छ । हालसम्म २८ हजार भन्दा बढी गुनासाहरु प्राप्त भई छानविनको क्रममा रहेका छन् । वास्तविक भूकम्प पीडित भएको पाइएमा अनुदान प्राप्त गर्ने घरधनी अनुसारकै सुविधा उपलब्ध गराउने व्यवस्था छ ।

भूकम्प पीडितलाई घर बनाउन ९० प्रतिशत छुटमा काठ वितरण सूरु भयो : मन्त्री सापकोटा

काठमाडौं, जेठ २७  । वन तथा भू–संरक्षण मन्त्री अग्नि प्रसाद सोपकोटाले भूकम्प पीडितलाई घर बनाउन सरकारले ९० प्रतिशत छुटमा असारभित्र काठ वितरण प्रक्रिया सुरु भएको बताएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री सापकोटाले भूकम्प पीडितलाई वर्षाबाट जोगाउनका लागि पनि असारभित्र घर बनाउने प्रवन्ध मिलाउन लागिपरेको बताएका हुन् ।

उनले भने,‘वर्षा सुरु भयो, तर भुकम्प पीडित जनताहरु खुल्ला आकाशमा बसिरहेका छन्, उहाँहरुलाई छानोमा सार्नेगरि सरकारले सम्पूर्ण बन्दोवस्त मिलाएको छ, त्यसको लागि सरकारले काठ वितरण कार्य सुरु गरिसक्यो, अब काठकै कारणले घर बनाउने काममा कुनै बाधा आउँदैन, सरकारले जनताले माँगेजति काठ दिन तयार छ ।’

साक्षात्कारमा मन्त्री सापकोटालो पहिलो चरणमा भूकम्पबाट अति प्रभावित १४ जिल्लामा पूर्नानिर्माणको कार्यलाई तिव्रत दिने बताए । उनले भने,‘पहिलो चरणमा हामी १४ जिल्लामा उक्त कामलाई बढाउँछौं ।’ भूकम्प पीडितलाई वितरण काठमामा तलमाथि नहोस भनेर प्रमुख जिल्ला अधिकारी र जिल्ला वन अधिकृतको संयोजकत्वमा वन पैदावर आपूर्ति समिति समेत गठन भैसकेको मन्त्री सापकोटाले जानकारी दिए ।

मन्त्री सापकोटाले भुकम्प पीडितलाई सरकारले असारभित्रै पाँच लाख उपलब्ध गराउने दाबी गरे । उनका अनुसार तीन लाख अनुदानमा र बाँकी दुई लाख निव्र्याजी पैसा पीडितलाई दिईनेछ । उनले भने,‘सामूहिक जमानीमा तीन लाख अनुदान वितरण अब सूरु गर्छौं ।’

उनले आफूलाई भूकम्प पीडिलाई उचित बासस्थानको व्यवस्था सरकारले अहिलेसम्म पनि किन नगरेको ? भन्दै क्लबका अध्यक्ष ऋषि धमलाले पटक–पटक घच्घचाएको उल्लेख गर्दै भने,‘मैले पहिलेपनि यही मञ्चबाट ९० प्रतिशत छुटमा काठ उपलब्ध गराउँछु भनेर उद्धघोष गरेको थिएँ, आज यही मञ्चबाट भन्दैछु अब वितरण कार्य सूरु हुन्छ ।’

सापकोटाले भुकम्पले ध्वस्त बनाएको संरचनाको पूर्नःनिर्माणको कार्यलाई समेत चुस्तदुरुस्त बनाउन प्राधिकरणका सिईओसँग छलफल भैरहेको जानकारी दिए । उनले स्थानीय निकाय, सामान्य प्रशासन मन्त्रालय लगायतका विभिन्न सम्बन्धित निकायमा समन्वयको अभाव भए आफूले प्रधानमन्त्रीलाई त्यसबारेमा निर्देशन दिन पहल गर्ने समेत स्पष्ट पारे ।

सहमतीय सरकार बन्ने वातावरण भएमात्रै आफ्नो पार्टीका अध्यक्षले नेतृत्व गर्ने स्पष्ट पारिसकेकोले सहमतिय सरकार गठन नभएसम्म केपी ओली नेतृत्वकै सरकार रहने मन्त्री सापकोटाको दाबी थियो । उनले भने,‘काँग्रेस, एमाले र माओवादीवीच सहमतिको सरकार बनाउने विषयमा पहल भैरहेको छ, अहिले नै सरकार कसको नेतृत्वमा बन्छ भन्नु उपर्युक्त हुँदैन् ।’

मन्त्री सापकोटाले संविधान कार्यान्वय र संविधान पछिको मुलुकको कार्यव्यवस्थालाई रुपान्तरण गर्नको लागि पनि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको धारणा राखे । उनले भने,‘प्रमुख राजनीतिक दलहरुवीच एकता भए संविधान कार्यान्वयन गर्न सजिलो हुन्छ, त्यसैले हामीले राष्ट्रिय सहमतिको कुरा गरेका हौं ।’ यद्धपी उनले आफ्नो पार्टी बहुमतीय सरकार बनाउने खेलमा नरहेको दाबी गरे ।

सत्तारुढ दल नेकपा एमालेसँग ९ बुँदे सहमति भएको हुँदा सहमति पालना गर्ने कुरामा एमाले गम्भिर हुनुपर्ने उनको धारणा थियो । यद्धपी मन्त्री सापकोटाले दुई शीर्ष नेता प्रचण्ड र प्रधानमन्त्री ओलीवीच भद्र सहमति भए नभएको भन्ने कुरामा आफू अनविज्ञ रहेको स्पष्ट पारे । ‘भद्र सहमति भनेको अलिखित विषय हो, त्यसैले उहाँहरुको भनाईबाट मात्रै हामीलाई थाहा हुने कुरा हो, यसमा मेरो भन्नु केही छैन, उनले थपे ।

उपत्यकामा आज प्रहरीको निःशुल्क बस (चल्ने रुटसहित)

२७  जेठ,काठमाडौं ।

नेत्रविक्रम चन्द नेतृत्वको माओवादीले गरेको नेपाल बन्दले यात्रुलाई सास्ती भएपछि नेपाल प्रहरीले बिहिबार दुई वटा रुटहरुमा निःशुल्क बस सेवा संचालनमा ल्याएको छ । यात्रुहरुको सुविधालाई ध्यानमा राखी प्रहरीले निशुल्क गाडी सञ्चालनमा ल्याएको हो । सो सुविधा तोकिएको रुटहरुमा बेलुकी ५ बजेसम्म लिन सकिने प्रहरीले जनाएको छ ।

यस्तो छ रुट

रुट नम्बर १– नक्सालबाट पुतलीसडक, माइतीघर, कुपण्डोल, पुल्चोक, जावलाखेल एकान्तकुना , बल्खु, कलंकी, कालीमाटी, त्रिपुरेश्वर सहिदगेट, दरबारमार्ग हुँदै नक्सालसम्म ।

दोस्रो रुटः नक्सालबाट गौशाला, कोटेश्वर, बबरमहल, माइतीघर शहिदगेट, लैनचौर, लाजिम्पाट, नारायणगोपाल चोक हुँदै नक्सालसम्म ।

प्यालेस्टाइनी बन्दुकधारीद्धारा तेल अविव शहरमा आक्रमण

२७ जेठ, एजेन्सी ।
इजरायलको तेल अविव शहरमा प्यालेस्टाइनी बन्दुकधारीले गोली चलाएका छन् ।

उनीहरुले चलाएको गोली लागेर कम्तिमा चार जनाको मृत्यु भएको छ ।

इजरायलको रक्षा मन्त्रालय नजिकै रहेको सरोना मार्केट सपिङ कम्प्लेक्समा बन्दुकधारीले चलाएको गोलीले अन्य ६ जना घाइते भएका छन् ।

घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । तेल अविवका प्रहरी प्रमुखले आक्रमणलाई गम्भीर चरमपन्थी हमलाको संज्ञा दिएको वीवीसीले जनाएको छ ।

रौतहटमा विद्यालय व्यवस्थापन समिति चुनावमा झडप

२७ जेठ, रौतहट ।
रौतहटको धरहरी गाविसस्थित जयकिसान उच्च माविमा विद्यालय ब्यवस्थापन समितिको निर्वाचनमा गएराती भएको दुईपक्षिय झडपमा चारजना घाईते भएका छन ।

झडपमा गम्भिर घाईते धरहरी १ का टँईट पण्डित र सम्भु साहलाई राती नै उपचारको लागि एम्बुलेन्सबाट बिरगंज पठाईएको प्रहरीले जनाएको छ ।

सामान्य घाईते प्रेमपुर गोनाही २ का चिनिलाल यादव र फागु साह कलवारको जिल्ला अस्पताल गौरमा उपचार भईरहेको छ ।

कुल मतदान नौसय ९१ मध्ये २१ वटा मतदाता नामावलीमा चिन्ह लाग्न छुटेकाले एकपक्षले मतदान बदर हुनुपर्ने मागसहित अडान गरेपछि झडप भएको थियो ।

मतपेटिकाहरु सदरमुकाम गौरस्थित कर्मचारी मिलन केन्द्रमा राखिएको र बिहान १० बजेदेखी गणना शुरु हुने जनाइको छ ।

व्यवस्थापन समितिको अध्यक्ष पदका लागि हृदय नारायण साह, रामबाबु चौधरी र रामेश्वर साह प्रतिस्पर्धामा हुनुहुन्छ ।

नेपाल भारत सुरक्षा बैठकमा भारतले दिएको थोत्रो हेलिकोप्टर छलफलमा

२७ जेठ, नयाँदिल्ली ।
सुरक्षासम्बन्धी नेपाल भारत बैठक आजदेखि नयाँ दिल्लीमा सुरु हुने भएको छ । सैन्य सामग्री खरिद र नेपाली सेनालाई भारतले उपलब्ध गराउने हेलिकप्टरको विषयमा बैठकमा छलफल हुनेछ ।

बैठकमा दुई वर्ष अगाडि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका बेला नेपाललाई दिएको हेलिकप्टर बिग्रिएर प्रयोगमा नआएको विषयमा पनि छलफल हुनेछ ।

भारतले उपहारमा दिएको भन्दै नेपाली सेनाले प्रयोग गर्नेगरि उसले प्रयोग गर्दै आएको सेकेण्डहेण्ड हेलिकोप्टर जुन एकदमै कम प्रयोगमा थियो नेपाललाई दिएको थियो ।

एक अधिकारीका अनुसार त्यो हेलिकप्टर मर्मत गर्ने या त्यसको साटो अर्को लिने विषयमा भारतीय पक्षसँग छलफल हुनेछ । हरेक वर्ष नियमित रूपमा बस्नुपर्ने सुरक्षासम्बन्धी परामर्श बैठक गतवर्ष नेपालको आन्तरिक राजनीतिक परिस्थितिका कारण बस्न सकेको थिएन ।

बैठकको पूर्वसन्ध्यामा नेपाली र भारतीय अधिकारीबीच अनौपचारिक तयारी बैठकसमेत भएको छ । आजको वार्तापछि नेपाली टोलीले भोली भारतीय सेनाका सेनापतिसँग समेत भेटघाट गर्ने कार्यक्रम छ ।

सार्क मुख्य सचिवस्तरीय बैठक आजदेखि काठमाडौंमा सुरु

२७ जेठ, काठमाडौं ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को मुख्य सचिव स्तरीय बैठक आजदेखि काठमाण्डुमा सुरु हुने भएको छ । बैठक भोलिसम्म चल्नेछ । बिहान साढे १० बजेपछि सुरु हुने सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुनेछ ।

मुख्य सचिव तथा मन्त्रिपरिषदका सचिवहरूको सहभागिता रहने बैठकमा सदस्य मुलुकको कर्मचारीतन्त्र भित्रको उत्कृष्ट अभ्यास आदानप्रदान गरिनेछ । बैठकमा सार्क सदस्य राष्ट्रको शासकीय सुधारसँग सम्बन्धित अभ्यास, सुशासन र सार्वजनिक प्रशासनभित्रको क्षमता अभिवृद्धि र उपायका बारेमा छलफल हुनेछ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिव चन्द्रकुमार घिमिरेले बैठकमा नेपालले स्वशासन तथा कार्यसम्पादनमा आधारित प्रोत्साहन प्रणाली गरी दुईवटा विषयको कार्यपत्र प्रस्तुत गर्ने जानकारी दिनुभयो । स्थानीय निकाय नै १५ वर्षदेखि प्रतिनिधिविहीन रहेको अवस्थामा भएको विकास प्रक्रियाबारे नेपालले जानकारी दिनेछ ।

बैठकमा माल्दिभ्स र अफगानिस्तान बाहेक ६ राष्ट्रका सचिवहरुको सहभागिता रहनेछ । बैठकमा नेपालको नेतृत्व मुख्यसचिव डा सोमलाल सुवेदीले गर्नुहुनेछ । नेपाल सार्कको वर्तमान अध्यक्ष रहेकाले सुवेदीले नै बैठकको अध्यक्षता गर्नुहुनेछ ।

बैठकमा मुख्यसचिव सुवेदीका साथमा प्रधानमन्त्री कार्यालयका सचिव घिमिरे, परराष्ट्रका सहसचिव तथा सार्क समेत हेर्ने क्षेत्रीय संगठन महाशाखा प्रमुख मणि भट्टराई, उपसचिव द्रुपदा सापकोटालगायत सहभागी हुनेछन् ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web