२७ जेठ, रौतहट ।
रौतहटको धरहरी गाविसस्थित जयकिसान उच्च माविमा विद्यालय ब्यवस्थापन समितिको निर्वाचनमा गएराती भएको दुईपक्षिय झडपमा चारजना घाईते भएका छन ।

झडपमा गम्भिर घाईते धरहरी १ का टँईट पण्डित र सम्भु साहलाई राती नै उपचारको लागि एम्बुलेन्सबाट बिरगंज पठाईएको प्रहरीले जनाएको छ ।

सामान्य घाईते प्रेमपुर गोनाही २ का चिनिलाल यादव र फागु साह कलवारको जिल्ला अस्पताल गौरमा उपचार भईरहेको छ ।

कुल मतदान नौसय ९१ मध्ये २१ वटा मतदाता नामावलीमा चिन्ह लाग्न छुटेकाले एकपक्षले मतदान बदर हुनुपर्ने मागसहित अडान गरेपछि झडप भएको थियो ।

मतपेटिकाहरु सदरमुकाम गौरस्थित कर्मचारी मिलन केन्द्रमा राखिएको र बिहान १० बजेदेखी गणना शुरु हुने जनाइको छ ।

व्यवस्थापन समितिको अध्यक्ष पदका लागि हृदय नारायण साह, रामबाबु चौधरी र रामेश्वर साह प्रतिस्पर्धामा हुनुहुन्छ ।

23.12¡ÆC