नेपाल प्रहरीले सार्वजनिक खरिद ऐन छलेर शान्ति मिसनका लागि चार थान आर्म्ड पर्सनल क्यारियर (एपीसी) खरिद प्रक्रिया अघि बढाएको छ। कारोबार दैनिकमा समाचार छ।

चीनको नोरिन्को कम्पनीमार्फत सुडानस्थित एफपीयू मिसनमा एपीसी पुुर्याउन प्रहरी प्रधान कार्यालयले सार्वजनिक खरिद ऐन २०६४ बाहिर हुने गरी अनुमति माग्दै गृह मन्त्रालयमा पत्र पठाएको हो।

एपीसी खरिद गर्न नेपाल एजेन्ट उमेश श्रेष्ठमार्फत सिंगापुरको कम्पनीले १६ करोडको टेन्डर पाएको थियो। उक्त कम्पनीले सम्झौताअनुसार काम गर्न नसकेपछि सम्झौतामै उल्लेख उत्पादक कम्पनी नोरिन्कोमार्फत एलसी खोल्न प्रस्ताव गरिएको प्रहरीले जनाएको छ।

सिंगापुरको कम्पनीलार्य सुडानी बैंकले प्रतीतपत्र खोल्न अस्वीकार गरेपछि एक वर्षयता एपीसी खरिद हुन सकेको छैन। उक्त सम्झौता बदर नगरी प्रहरीले चिनियाँ कम्पनीमार्फत एलसी खोल्ने प्रस्ताव गृहमा पठाएको हो ।

प्राय: चहलपहल देखिने पर्यटन मन्त्रालय बिहीबार साढे १ बजे नै सुनसान भयो। पर्यटनमन्त्रीदेखि सचिव, सहसचिव र उपसचिवका कार्यकक्षमध्ये कतिपयका ढोकामा ताला थियो भने केहीमा चुकुल मात्र लागेको थियो। कतिपय कोठाका ढोका खुलै भए पनि कार्यकक्षमा कर्मचारी थिएनन्। नयाँ पत्रिका दैनिकमा समाचार छ।

केही अधिकृत र तल्लो तहका कर्मचारी भने कार्यालयमा थिए। करिब सवा दुई बजे प्राविधिकतर्फका एक उपसचिव र एक शाखा अधिकृत मन्त्रालयको गेटमा भेटिए। भेटिनासाथ उनीहरूमध्ये एकले ठट्यौली पारामा भने, ‘मन्त्रालयमा कोही छैन भन्ठान्नुभएको होला, अड्डा सम्हाल्न हामी बसेका छौँ।’

उनीहरू खाजा खाएर फर्किएका थिए। पर्यटन मन्त्रालय र सार्क सचिवालयको संयुक्त आयोजनामा दुई दिनसम्म चल्ने सार्कस्तरीय ग्रामीण पर्यटन कार्यशालामा भाग लिन उच्चपदस्थ कर्मचारी ललितपुरको गोदावरीस्थित एक तारे होटेलतिर लागेपछि मन्त्रालय रित्तिएको हो। मन्त्रालयका मात्र होइन, नेपाल पर्यटन बोर्ड, पर्यटन विभाग, नेपाल नागरिक उड्डयन प्राधिकरणलगायत निकायका उच्चपदस्थ अधिकारीसमेत आवासीय कार्यशालाका लागि गोदावरी पुगेका छन्।

होमस्टेमा गर्ने कार्यक्रम होटेलमा सारियो

मन्त्रालय स्रोतका अनुसार ग्रामीण पर्यटनसँग सम्बन्धित भएकाले कार्यक्रम उपत्यकाबाहिरका होमस्टेमा गर्ने तयारी थियो । त्यसका लागि दुई सदस्यीय समिति बनाएर अध्ययन थालिएको थियो। समितिले लमजुङको घलेगाउँ, नवलपरासीको अमलटारी र बर्दियाको डल्ला होमस्टेमध्ये एक स्थानमा कार्यशाला गर्न उपयुक्त हुने प्रतिवेदन बुझाएको थियो। पछि मन्त्रालयले वर्षालाई कारण बनाएर तारे होटेलमा कार्यशाला गर्ने निर्णय गरेको हो।

दुईदिने कार्यक्रम, ३७ लाख बजेट

सरकारी कर्मचारीसहितका पाहुनाका लागि बिहीबार होटेलमै बास बस्ने व्यवस्था मिलाइएको छ। शुक्रबार मात्र नगरकोटस्थित बास्तोला होमस्टे भ्रमण गराउने कार्यक्रम तय गरिएको छ। मन्त्रालय स्रोतका अनुसार कार्याशालाका लागि करिब ३७ लाख रुपैयाँ बजेट छुट्याइएको छ। त्यसमध्ये पर्यटन मन्त्रालयले १० लाख रुपैयाँ व्यहोर्नेछ। बाँकी बजेट भने सार्क सचिवालयको हो।

२१ जेठ, टोकियो ।
सामान्य घटनाबाट सुरु जापानको एक घटना अहिले विश्वव्यापी समाचार बन्न पुगेको छ । घटना हो चकचके बच्चालाई सजाय दिन आमाबाबुले जंगलमा बच्चा छाडेको र छिनभरमै बेपत्ता भएको ।

घटना यतीमै सिमित रहेन । यही घटनाका कारण ५ दिनदेखी जापानका सयौं सैनिक जंगलमा बच्चा खोजिरहेका छन् । त्यती मात्र हैन बच्चा खोज्नकै लागि आधा दर्जन हेलिकोप्टर प्रयोग गरिएको छ तै पनि ति बालक भेटिएका छैनन् ।

कसरी भयो यस्तो घटना ?

बेपत्ता बालक ७ बर्षका हुन् । उनको नाम यामातो तानुका हो । होकाइदो प्रान्तको जंगलबाट हराइरहेका बालक आमा बाबुसँगै जंगल क्षेत्रमा रहेको पार्क घुम्न गएका थिए । घटना गत शनिवारको हो ।

घुमेर फर्कने क्रममा यामातोले अन्य गाडी र झ्यालबाट ढुंगा र अन्य साना फोहोरका टुक्राले हाने ।
पटक पटक त्यसो नगर्न भन्दा पनि बालकले नमानेपछि उनका बाबु आमाले उसनलाई सजाय दिन भन्दै गाडीबाट निकालेर सडक किनार छाडे ।

बाबु आमाले जहाँ आफ्नो छोरोलाई छोका थिए । सो ठाउँ एकदमै घना जंगल क्षेत्र रहेको छ । बच्चालाई सजाय दिन भन्दै छाडेर केही पर करिव ५ सय मिटर पर पुगेर ५ मिनेट जति उनिहरु फर्कीए । तर दुर्भाग्यको कुरा । सजाय दिन छाडेको छोरा त्यहाँ भेटिएनन् ।
उनिहरुले झण्डै एक घण्टा धुईपत्तो खोजे । त्यहाँ चल्ने अन्य गाडीहरुलाई रोकेर समेत रोइ कराई गरेर सोधखोज गरे । तर कतै भेटिएनन् । र अन्तत उनिहरु प्रहरीकोमा पुगे र बच्चा यात्राका क्रममा हराएको झुटो रिपोर्ट लेखाए ।

प्रहरीले रिपोर्ट अनुसार खोज्न तत्काल प्रहरी टोलि पठायो । तर बच्चा भेटिएनन् । त्यसपछि प्रहरीले शंका लागेर उनका बाबुआमासँग सोधपुछ गर्दा खास कुरा खुल्यो बच्चालाई सजाय दिन भनेर जंगल बिच छाडिएको घटना ।

त्यसपछि प्रहरीले एक विशेष टोली नै खटाएर खोजविन थाल्यो । उक्त दिन राती अबेर सम्ममा झण्डै दुई सय विशेष उद्दारद्धलका सदस्य सहितको टोलि घना जंगलमा खोजिका लागि छिर्यो । शनिवार सहित आइतबार, सोमबार र मंगलबार दिन रात खोज्दा पनि नभेपछि बुधवार थप विशेष टोली सँगै प्रहरीले हेलिकोप्टर समेत परिचालन गरेर बच्चाको खोज तलास गर्यो तर केही पत्तो लाग्न नसकेपछि प्रहरीले सेना सहितको विशेष टोलिमा झण्डै ७ सय सुरक्षाकर्मी जंगल क्षेत्रमा खटाएको छ ।

जापानी इतिहाँसमै एक बालकको उद्दार र खोजिका लागि यति धेरै सुरक्षाबल लगाएर खोजबिन भइरहेको जापानी सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । तर यतिधेरै सैनिक र प्रहरी एवं हेलिकोप्टर र खर्च गरेपनि बालकको अवस्था बिहिबार साँझ सम्मपनि केही पत्तो लाग्न सकेको छैन ।

आमाबाबु आम नजरमा अपराधी

होसेइ युनीभर्सिटीका प्रोफेसर भन्छन् बच्चालाई दिएको यो सजाय सजाय होइन अपराध हो । यस्तै आम भनाईसँगै जापानका चर्चीत सोसल साइटहरु ट्विटर, फेसबु, लाइन, गुगल प्लस लगायतका चार दिन यता बच्चाका आमाबाबु बिरुद्ध तिखा टिप्पणीहरु सुरु भएका छन् ।

एक बालकलाई उसले गरेको सामान्य बाल व्यवहार नबुझेर घना जंगलमा छाड्नु अपराध भएको भन्दै सार्वजनिक रुपमै बालकका आमाबाबुमाथि गम्भिर अपराधमा मुद्दा चलाउनुपर्ने मागहरु उठ्न थालेका छन् ।

पछिल्लो समय बालबालिकालाई सजायका नाममा दिइने गम्भिर अपराधका घटना बढिरहेका बेलामा भएको यो घटनाले जापानमा बालअधिकारको अवस्थाका बारेमा झल्काएको कतिपयले टिप्पणी समेत गरेका छन् ।
अघिल्लो महिना मात्र एक आमाले आफ्नो प्रेमीसँग लागेर आफ्नै बच्चालाई सजाय दिन तातो पानि खन्याइदिएको घटना जापानभर हप्तौंसम्म चर्चामा रहेको थियो ।

कहाँ गए त ७ बर्षका बालक ?

प्रहरीले स्पष्ट नभनेपनि बच्चालाई जंगलि जनावरले लगेको हुनसक्ने मुख्य शंकामा राखेर खोजविन थालेको छ ।
जंगलि जनावरहरु समेत पाइने सो जंगल क्षेत्रमा भालुहरु धेरै पाइने गर्छ । सो जंगल नजिका वस्तिमा समेत भालुको आक्रमणबाट बेलाबेलामा केही व्यक्तिको निधन भएको घटनालाई समेत आधार बनाएर जापानी सञ्चार माध्यमहरुले भालुको आक्रमणमा परेको आशंका गरेका छन् ।

भालुले बच्चालाई लगेको भन्ने आधार बनाएर खोजविन गरेपनि प्रहरीको अनुसन्धान टोलिले बच्चा हराएको समय आसपास सो क्षेत्रमा भालु आएको कुनै त्यस्तो डोब वा अन्य त्यस्तो संकेत फेला नपरेको बताएको छ ।

भालुले आक्रमण गरेको भए बच्चाको रगत वा अन्य निसान जंगलमा भेटिनसक्ने भएपनि अहिलेसम्म बच्चा वा अन्य ठुला जनावरको कुनै त्यस्तो प्रमाण त्यस क्षेत्रमा नपरेको प्रहरीले बताइरहेको छ ।

केहीले बच्चा छाडेको समयबिच केही गाडिहरु सो क्षेत्र भएर गुडेकोले कसैले बच्चालाई लगेको विश्वास समेत गरेका छन् । तर जापान सहित विश्वभर यो समाचार फैलिसक्दा समेत बच्चा लगेको भए कसैले कतै खवर नगर्नु आश्चर्यको विषय बनेको छ ।

बालकका बाबु आमाको भनाई समेतलाई हेर्दा बालक चलाख र बोल्न र बुझ्ने खालको भएकाले कसैले लगेको भएपनि उनले आफ्नो र परिवारका बारेमा राम्रोसँग बताउन सक्छन् । तर कसैले लगेको भए खवर आउनुपर्नेमा कतै यस बारेमा जानकारी नआएकाले यो संभावना न्यून रहेको प्रहरीले बताएको छ ।

मुख्य त जंगली जनावर भालु बढी पाइने सो जंगलमा बालकमाथि भालुकै आक्रमण भएको मुख्य आधार बनाएर ऐतिहाँसिक खोजि कार्य गरिरहेको जापानी सुरक्षा दल शुक्रबार पनि बिहानै देखी यही खोजमा लाग्दैछ । बुधवार र बिहिबार पानी समेत परेपछि खोजविनमा भेटिनसक्ने जंगलका त्यस्ता निशानहरु मेटिने ठान्दै उद्दार अझै लम्बिने ठानेको सुरक्षा निकायले थप सुरक्षाकर्मी र हेलिकोप्टर सहित शुक्रबार खोजि अघि बढाउँदैछ ।
आशा गरौं बालकलाई प्रहरीले सकुशल उद्दार गरेको समाचार आज सुन्न पाइनेछ ।

२० जेठ, इलाम ।
इलामको पशुपतिनगरमा रहेको भन्सार कार्यालयको राजस्व असुली लक्ष्यभन्दा १५ लाख बढि असुली गरेको छ ।

कार्यालयले चालु आव २०७२/०७३ मा ८६ लाख ५० हजार राजस्व असुली गर्ने लक्ष्य राखेकामा चालु आवको वैशाख महिनासम्ममा ९५ लाख ५४ हजार नौ सय ४४ राजस्व सङ्कलन गर्न सफल भएको हो ।

कार्यालयले आव ०७१/७२ को यही अवधिमा ७५ लाख १० हजार आठ सय ९६ मात्र राजस्व सङ्कलन गरेको थियो ।

कार्यालयले भन्सार जाँचपासमा कडाइ गर्दै सरोकारवालासँग राजस्वका बारेमा अन्तक्र्रिया, छलफल कार्यक्रम तथा चोरी निकासी नियन्त्रण गरेका कारण भन्सार असुली बढेको भन्सार अधिकृत प्रकाश पोखरेलले बताउनुभयो ।

२१ जेठ, काठमाडौं ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० स्तरीय ग्रामीण पर्यटन कार्यशाला बिहीबार काठमाडौंमा सुरु भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सार्क सचिवालयद्वारा संयुक्त रुपमा आयोजित कार्यशालाको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले उद्घाटन गर्नुभयो ।

मन्त्री पोखरेलले ग्रामीण पर्यटनको मुख्य आधार घरबास पर्यटन भएको र यसले नेपालको मात्र नभएर दक्षिण एसियाकै आर्थिक क्रियाकलाप बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

उहाँले दिगो पर्यटन विकासका लागि नेपाल सरकारले सन् २०१६ घुमफिर वर्षका रुपमा घोषणा गरिसकेको र कार्बनविहीन पर्यटनमार्फत दक्षिण एसियाकै आर्थिक विकासमा मद्दत पुग्ने बताउनुभयो ।

कार्यशालाले सार्क राष्ट्रका ग्रामीण पर्यटनमा गरिएका प्रयास, आ–आफ्ना देशको अनुभव आदानप्रदान गरी सार्क राष्ट्रबीचको आपसी सम्बन्धलाई बलियो बनाएर आर्थिक विकासमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

सार्क सचिवालयका निर्देशक रीता धितालले ग्रामीण पर्यटनसम्बन्धी सार्कस्तरीय कार्यशालाले ती देशको आर्थिक विकासमा महत्वपूर्ण सहयोगका पुग्ने बताउनुभयो ।

पर्यटन मन्त्रालयका सचिव प्रेमकुमार राईले नेपालमा धेरै महत्वपूर्ण सांस्कृतिक तथा ऐतिहासिक सम्पदा रहेको र विश्वकै आकर्षण गन्तव्यमा नेपाल रहेको बताउनुभयो ।

२० जेठ, मुगु ।
मुगु जिल्लाका बिभिन्न बन क्षेत्रमा पाईने यार्सा संकलन गर्न करान भेगका भोटेहरु घरमा ताला लगाई उच्च हिमाली भेगका पाटन तिर लागे पछि यहाँका भोटे बस्ती सुनसान भएका छन् ।

महत्वपूर्ण बुटीको रुपमा रहेको यार्सा संकलनलाई प्रमुख पेशाको रुपमा लिदै आएका भोटे जातीहरु बाल बच्चा सामान सहिद पाटन हिँडेपछि करान भेगका बिभिन्न १४ ओटा भोटे बस्तीहरु हाल सुनसान भएका हुन् ।

२० जेठ, भैरहवा ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले रोजगारीको प्रलोभन देखाएर मानव बेच बिखनका लागि भारत लैजादै गरेका ९ जना बालकको भैरहवाबाट उद्धार गरेको छ ।

चितवनका ७ र गोर्खाका २ बालकलाई सीमानाका बेलहीया हुदै भारत तर्फलैजादै गरेको अवस्थामा भैरहवा बसपार्कबाट हिजो बालकहरुको उद्धार गरीएको प्रहरीले जनाएको छ ।

प्रहरीलेउनीहरुलाई भारत तर्फ लैजादै गरेका गोर्खा मनकामना ३ का दिल बहादुर बिकलाईपनि प्रकाउ गरेको छ ।

पक्राउ परेका बिक बिरुद्ध प्रहरीले मानव बेच बिखन तथा ओसार पसारको मुद्धा चलाउने तयारी गरेको छ ।

२० जेठ, काठमाडौं ।
व्यवस्थापिका–संसद्को बैठकमा नेपाली काँग्रेसका प्रदीप गिरीले सत्तापक्षले प्रस्तुत गरेको बजेटमाथि प्रतिपक्षी दलले दिएको सुझावलाई आत्मसात् गरेर सच्याउने प्रचलन रहेकाले केही पक्ष सुधार गरेर जान सुझाव दिनुभयो ।

सोही दलका गगनकुमार थापाले बजेटले सांसदलाई रु तीन करोड ५० लाखको हाकिम बनाएको भन्दै खानेपानी र सडक बाँड्दै हिँड्ने प्रवृत्ति गलत रहेको र वितरण गर्ने प्रणालीले मुलुकलाई कहीँकतै नलैजाने बताउनुभयो ।

नेकपा 'एमाले'का राजेन्द्रप्रसाद पाण्डेले भने बजेटले कृषि क्षेत्रलाई विशेष जोड दिएकाले गलत र हावादारी भन्नु पूर्णत दृष्टिदोष हो भन्नुभयो ।

एमाले कै गङ्गालाल तुलाधारले बजेटले एक गाउँ एक चिकित्सकको अवधारणा अगाडि सारेर जनताप्रतिको जिम्मेवारी प्रस्तुत गरेको र ठूला पूर्वाधारको काम अगाडि बढाएकाले त्यसले सकारात्मक प्रभाव पार्ने उल्लेख गर्नुभयो ।

सांसद कर्णबहादुर विकले शान्ति प्रक्रियालाई सम्पन्न गर्ने सन्दर्भमा आएका केही कार्यक्रम सकारात्मक भए पनि पुँजीगत खर्च नहुने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताउनुभयो ।

नेकपा 'माओवादी केन्द्र' का राधिका तामाङले कागजपत्रमा सीमित हुने बजेटको कुनै अर्थ नरहेको उल्लेख गर्नुभयो ।

काँग्रेसका महेन्द्र यादवले बिपी कोइरालाको नाम बजेटमा नरािखएकामा आपत्ति प्रकट गर्नुभयो । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको पनि नेता बिपी भएकाले उहाँको नाम बजेटमा छुटाइनु पूर्णत गलत रहेको बताउनुभयो ।

सांसद डिल्लीप्रसाद काफ्ले, मिलनकुमारी राजवंशी, मीना पुन, सीमाकुमारी विक, लक्ष्मण राजवंशी, रामकुमार राई, यशोदाकुमारी लामा, नगेन्द्र कुमाल, पद्मनारायण चौधरी, लीलादेवी श्रेष्ठ, वीरबहादुर बलायर, सुशीला नेपाल, योगेन्द्र चौधरी, दुलारी हरिजन, कमलप्रसाद पङ्गेनी, प्रेमबहादुर आले, निशाकुमारी साह, योगेन्द्र तामाङ घिसिङ, राजेन्द्रकुमार केसी, आदित्यनारायण कशौधन, राजीवविक्रम शाही, जनार्दन ढकाल, ममता गिरी, केदाप्रसाद सञ्जेल लगायत हुनुहुन्थ्यो । व्यवस्थापिका–संसद्को अर्को बैठक यही जेठ २१ गते बिहान ११ बजे बस्नेछ ।

२० जेठ, काठमाडौं ।
निजामती कर्मचारीको हिजो सम्पन्न आधिकारिक ट्रेड युनियनको निर्वाचनमा नेकपा ९एमाले० निकट नेपाल निजामती कर्मचारी सङ्गठन पहिलो भएको छ ।

प्रमुख निर्वाचन अधिकृत गीताप्रसाद तिमिल्सिनाले सङ्गठनले ४४ प्रतिशत मत प्राप्त गरी पहिलो भएको जानकारी दिनुभयो ।

यस्तै, नेपाली काँग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियन 'सङ्घ' ले ३४ प्रतिशत मत ल्याई दोस्रो, नेकपा माओवादी केन्द्रनिकट नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीले १० प्रतिशत मत ल्याई तेस्रो र मधेसी दल निकट नेपाल मधेसी निजामती कर्मचारी मञ्च ७ प्रतिशत मत प्राप्त गरी चौथा भएका छन् ।

हिजो सम्पन्न निर्वाचनमा कर्मचारी संगठनले खसेको कुल मतमध्ये २१ हजार १ सय २७, काँग्रेस निकट कर्मचारी युनियन 'संघ' ले १६ हजार २ सय ५९, माओवादी निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतिले ५ हजार २९, नेपाल मधेसी निजामती कर्मचारी मञ्चले ३ हजार ५ सय ६१ र राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द«ले १५ सय २९ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

देशभरमा ५५ हजार ३ सय २९ मतदाता रहेकोमध्ये ४९ हजार ९५ मत खसेको थियो । त्यसमध्ये १५ सय १ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।

२० जेठ, काठमाडौं ।
सरकारले सामाजिक सुरक्षा विकास समितिको कार्यकारी निर्देशकमा डा गुणराज लोहनीलाई तोक्ने निर्णय गरेको छ ।

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयअन्तर्गतको समितिमा खुल्ला प्रतिस्पर्धाबाट छनोट नभएसम्मका लागि डा लोहनीलाई कार्यकारी निर्देशक तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री शेरधन राईले जानकारी दिनुभयो ।

छोटो समय बसेको मन्त्रिपरिषद् बैठकमा नेपाली सेनाका अधिकृतहरुको कायम मुकायम गर्ने र केही पदावधि थप गर्ने सामान्य छलफल भएको थियो ।

बैठकका थोरै मात्र एजेन्डा रहेको र नेकपा माओवादी केन्द्र सम्बद्ध मन्त्रीहरु पोलिटब्युरो बैठकका कारण अनुपस्थित रहेकाले अन्य महत्वपूर्ण निर्णय नभएको सञ्चारमन्त्री राईले बताउनुभयो ।

२० जेठ, काठमाडौं ।
नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ‘यो दशक फेरी नयाँ क्रान्तिको दशक बन्न संम्भव रहेको बताउनुभएको छ । उहाँले सहमति र एकता विना कुनै कुरा पनि हासिल गर्न नसकिने भन्दै सिंगो राष्ट्र एकिकृत गर्ने समय आएको बताउनुभयो ।

काठमाडौं ३ नं. प्रदेशको प्रशिक्षण कार्यक्रमा अध्यक्ष दाहालले माओबादीबीच फुट आएको जनताले मन नपराएको बताउनुभयो ।

माओवादी केन्द्रको महाधिवेशन आयोजक समिति जम्बो

नेकपा 'माओवादी केन्द्र' ले महाधिवेशन आयोजक समिति हालसम्मकै ठूलो बनाएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पोलिटब्युरोको बैठकले एक हजार ९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाएको हो ।

बैठकले ९९९ जना मनोनयन गरेको छ भने बाँकी एक सय जना पछि थपिने माओवादी केन्द्रले जनाएको छ ।

पार्टी एकता प्रक्रियामा नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेकपा माओवादी र नयाँ शक्ति अभियानको ठूलो हिस्सा समावेश हुने भन्दै महाधिवेशन आयोजक समितिमा थप एक सय सदस्य खाली राखिएको माओवादीले जनाएको छ ।

यस्तै बैठकले ८५ सदस्यीय स्थायी समिति २५५ सदस्यीय पोलिटब्युरो बनाइएको प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।

समिति महाधिवेशनसम्मका लागि मात्र भएको र महाधिवेशनमा अध्यक्षदेखि सबै सदस्य निर्वाचित हुनुपर्ने भएकाले हाल ठूलो वा सानो हुनुले केही प्रभाव नपार्ने प्रवक्ता भुसालले बताउनुभयो ।

बैठकले देशव्यापी रुपमा प्रशिक्षण कार्यक्रम चलाउने र पार्टीको एकता प्रक्रियालाई जनस्तरसम्म पु¥याउने निर्णयसमेत गरेको छ ।

२० जेठ, काठमाडौं ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सरकार परिवर्तनको कुरा अहिले जनताले सुन्न पनि नचाहेको बताउनुभएको छ ।

आफ्नै निवास भक्तपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष बिजुक्छेले सरकार बदल्ने खेलमा अहिले लाग्ने बेला नभएको धारणा राख्नु भयो ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार ढले फेरि प्रधानमन्त्री पदका लागि खिचातानी सुरु हुने बताउँदै उहाँले यसले विदेशी चलखेल बढ्ने बताउनु भयो ।