वेपत्ता आयोगको कार्यशैली प्रति द्वन्द्व पीडितहरु असन्तुष्ट

बर्दिया ।

बेपत्ता पारिएको अन्तराष्ट्रिय दिवसको अवसरमा गुलरियामा भदौ १४ गते भएको कार्यक्रममा द्वन्द्व पीडितका परिवारहरुले वेपत्ता आयोगको कार्यशैलीले आफुहरुलाई निराश बनाएको बताएका छन् । बेपत्ता दिवस शान्ति ¥याली र अन्र्तक्रिया गरी मनाइएको हो ।

आयोगले पाएको पहिलो चरणको समयमा पाएको जिम्मेवारी शुरुवात नै गर्न नसकेको पछिल्लो पटक पाएको थप समय पनि केही पनि नगरी बिताउन थालेको गुनासो पीडित परिवारले गरे । द्वन्द्वको समयमा राज्य पक्षबाट पति वेपत्ता पारिएकी राजापुर नपा ११ की रविना चौधरीले भनिन्, ‘आयोगले पीडित परिवारको उजुरी लिसकेपछि गाउँघरमै आए अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाई सार्वजनिक गरी न्याय र परिपुरण दिने कुरा गरेको थियो, खै अहिलेसम्म केही पनि भएको छैन, यसले हामीलाई निरास बनाएको छ ।’

कार्यक्रमका सहभागिहरुले सरकारले पीडित परिवारहरुलाई १० लाख राहत दिएर अन्य न्यायको बाटो बाट पन्छाउन खाजेको आरोप पनि लगाए । साथै राजनितिक सहमतीको नाममा द्वन्द्वका घटनाहरुको पीडितलाई न्याय र दोषीलाई कानुनी कार्वाहीको दायरामा नल्याउन चलखेल भइरहेको भन्दै त्यसो हुन नदिन पीडित परिवार निरन्तर सचेत भई आवाज उठाई रहन पर्ने कुरामा नागरीक समाज, मानवअधिकारकर्मी र कानुन विद्धहरुले सुझाव दिएका थिए ।

द्वन्द्व पीडित समिति बर्दियाका अध्यक्ष भागिराम चौधरीले आयोगको अहिलेसम्मको कार्यसम्पादन मुल्याङ्कन गर्दै पीडितहरुको न्यायका लागि आवाज उठाउन सहयोग गर्ने सबै सरोकारवालाहरुको सुझाव लिएर वकालतका लागि योजना बनाएर अगि बढ्ने बताए ।

बर्दिया जिल्लाबाट वेपत्ता आयोगमा २ सय ६६ जना पीडितका परिवारले उजुरी दिएका छन् । कार्यक्रम द्वन्द्वपीडित समिति, नागरिक समाज सञ्जाल, ईन्सेक, आई।सी।जे, नेपाल रेडक्रस, बर्दिया बार एसोशिएसन एकाई, कर्मशिल नेपाल लगाएत संस्थाको आयोजनामा भएको थियो ।

पहिरोले मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ ।

गएराति पानी परेसंगै झरेको पहिरोले मेची राजमार्ग अवरुद्ध बनेको छ ।

मेची राजमार्ग अन्तर्गत ताप्लेजुङ–पाँचथर सडक खण्डको फुङलिङ नगरपालिका ८ को दोखुको धुसेनि भिर देखि बहानन्दे सम्मको विभिन्न स्थानमा पानी परेसंगै सडक माथीदेखि झरेको पहिरोले सडक अवरुद्ध  भएको हो ।

हाल पहिरोले अवरुद्ध सडक सडक डिभिजन कार्यालयको स्काभेटरले पहिरो  पन्छाउने काम सुरु गरेकाले मध्यान्न सम्ममा सडक खुल्न सक्ने सडक डिभिजन कार्यालयका सुपरभाईजर नविन उप्रेतिले बताउनुभयो ।

सडक अवरुद्ध भएपछि बिहानैदेखि ताप्लेजुङबाट पाँचथर, ईलाम, झापा हुँदै विभिन्न स्थानमा जाने यात्रुवहाक सवारीसाधन बीच बाटोमानै रोकिएका छन् ।

सो स्थानमा गत वर्ष भदौ १७ गते राति पहिरो जाँदा सडकनै बगाउँदा नयाँ ट्राकबाट सडक सञ्चालन हुँदै आएको छ । गत सालको पहिरो गएदेखि पटक—पटक पहिरोले सडक अवरुद्ध हुदै आएको छ ।

क्यान्सर रोग पत्ता लगाउन सकिने सेवा कोशी अन्चल अस्पतालमा पनी

बिराटनगर ।

विराटनगर स्थित कोशी अन्चल अस्पतालवाट अव क्यान्सरको सहज रुपले चेकजाच गर्न सकिने भएको छ ।  क्यान्सर विरामीहरुको  रगतमा हुुने परिवर्तन   परिक्षणगरी  प्रारम्भिक अवस्था र क्यानसर भए नभएको वारे  सहज रुपले जानकारी पाउन सकिने भएको हो

।अस्पतालले भिडयो इण्डोस्कोपी–इकोकोडियोग्राफी तथा सिएलआइए मे्शिनद्धारा हार्मोन तथा टिउमर मार्करसेवा संचालनमा ल्याएपछी  क्यान्सरका  विरामीहरुले  प्रारम्भिक सेवा पाउने भएका छन ।

करिव ३२ लाख रुपैयाको लागतन अस्पतालले उपकरण खरिद गरी सेवा संचालनमा ल्याएको अस्पतालका मेडिकल सुुपरिटेन्डेन डाक्टर रोशन पोखरेलले वताउनुुभयो ।

उपकरण संचालनमा आएपछी क्लिया प्रविधिवाट टयुुमर तथा शरिरमा भएका गाठाहरु जाच गरेर क्यान्सर छ छैन सहजै जानकारी  हुुने डाक्टर पोखरेलको भनाई छ ।

यसवाहेका सो उपकरणवाट इण्डस्कोपी मार्फत मुुख र मलद्धारवाट पेटका सवै भाग हेर्न सकिने भएकाले विरामी उपचार सहज रुपले हुुने जनाइएको छ । उक्तसेवाको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डाक्टर रामेश्वरलाल करुवाले उद्घाटन गर्नुु भयो । अस्पताले स्वास्थ्य मन्त्रालयलाई सेवाका लागी माग गरेको थियो । सो उपकरणवाट उपचारका लागी  अस्पतालमा दैनिक १० देखी १२ जना सम्म विरामी आउने गरेका छन । उपकरणको प्रयोगवाट एक मिनेटमा विरामीको रोग पतालगाउन सकिने डाक्टर करुवाको भनाई छ ।

उपकरण संचालनका लागी तिनजना डक्टर परिचालन गरिएको छ । अस्पतालले सो उपकरणको चेकजाचमा वाहिरभन्दा ५० प्रतिशत छुुटमा सेवा दिने जनाएको छ ।  वाहिरभन्दा ५० प्रतिशत छुुटमा सेवा दिनेगरी अस्पतालले  व्यवस्था मिलाइएको डा पोखरेलको भनाई छ ।

यस अघिपनी अस्पतालमा इण्स्कोपी सेवा संचालनमा थियो । स्पतालले २०४१ सालदेखी इण्डसकोपी सेवा संचालनमा ल्याएको हो काठमाण्डौपछी विराटनगरमा इण्डोस्कोपी सेवा संचालनमा आएको डा पोखरेलले वताउनुुभयो । । सो उपकरण पुुरानो भएपछी अस्पतालले नया प्रविधिको इण्डस्कोपी सहितको  मेशिन खरिद गरेको जनाएको छ । पुुर्वाञ्चलकै सवैभन्दा ठुुलो सो अस्पतालमा पुुर्वका १६ वटा जिल्ला सहित भारतवाट समेत उपचारका लागी विरामी आउने गरेका छन ।

‘निर्वाचन समयमै हुन्छ ढुक्क हुनुस्’-प्रधानमन्त्री

धनगढी ।

प्रधानमन्त्री शेर बहादुर देउवाले प्रतिनिधी सभा र प्रदेश सभा सदस्य निर्वाचन तोकिएकै समयमा हुने बताउनु भएको छ ।

आज धनगढी बिमानस्थलमा पत्रकारहरुसग कुरा गर्दै प्रधानमन्त्री देउवाले भन्नुभयो मुलुक निर्वाचनमय भएको छ, निर्वाचन सयमै हुन्छ ढुक्क हुनुहोस्।

प्रधानमन्त्री देउवाले महाकाली नदीमा चार लेनको पुल निर्माणपछि यस क्षेत्रका समग्र बिकासका फड्को मार्ने उल्लेख गर्नुुहुदै पंचेश्वर जलबिद्युत आयोजनाको काम अघि बढ्ने बताउनु भयो ।

संचारक्रर्मीको जिज्ञासमा काग्रेस सभापति समेत रहनु भएका प्रधानमन्त्री देउवाले आवश्यकता अनुसार अन्य दलहरुसंग चुनावी तालमेल हुन सक्ने बताउनु भयो ।

ट्रिपरले एम्बुलेन्सलाई ठक्कर दिंदा एक महिलाको मृत्यु, ४ जना घाईते

बारा ।

बाराको निजगढ नजिक पूर्वपश्चिम महेन्द्र राजमार्गमा ट्रिपरले एम्बुलेन्सलाई ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ भने अन्य चारजना घाईते भएका छन् ।

हेटौंडाबाट विरामी वोकेर कोल्हवी तर्फ जाँदै गरेको ना ४ च १७७७ नम्बरको एम्बुलेन्सलाई निजगढबाट पथलैया तर्फ आउँदै गरेको ना ३ ख ९२८० नम्बरको ट्रिपरले विहिबार बिहान करीव ११ बजे निजगढ नजिक पर्ने उनासी पुलमा ठक्कर दिंदा सो दुर्घटना भएको हो।

एम्बुलेन्समा सवार कोल्हवी नगरपालिका २ की ६६ वर्षिया चन्द्रबन्दना मैनालीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले जनाएको छ ।

दुर्घटनामा कोल्हवी नगरपालिका २ का ६७ वर्षिय बासुदेब मैनाली, ३० वर्षिया कमला मैनाली, सिर्जना मैनाली र एम्बुलेन्स चालक हेटौंडा ५ का उद्धव घिमिरे घाईते भएका छन् । घाईते सबैलाई उपचारका लागि वीरगञ्ज पठाईएको छ ।

दुर्घटनामा संलग्न ट्रिपरका चालक फरार रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रहरी नीरिक्षक रितेन्द्र सिंहले जानकारी दिनुभयो ।

मैत्रीपूर्ण भलीवल । दोस्रो खेलमा पनि नेपाल विजयी

काठमाडौं ।

नेपाल र बंगलादेशको राष्ट्रिय भलिबल टोलीबीच बुधबार भएको दोश्रो तथा अन्तिम मैत्रीपूर्ण खेलमा नेपाल ३–२ ले विजयी भएको छ ।

लगनखेलस्थित नेपाली सेनाको सैनिक तालिम तथा प्रशिक्षण केन्द्रमा भएको खेलमा बंगलादेशले पहिलो र तेश्रो तथा नेपालले दोश्रो र चौथो सेट जितेपछि १५–१५ को अन्तिम सेट खेलाईएको थियो ।

पाँचौ सेटमा नेपालले १५–८ को जित हात पारेको थियो ।

नेपालले दोश्रो र चौथो सेट २५–२३ र २५–२२ मा जितेको थियो भने बंगलादेशले पहिलो र तेश्रो सेट २५–१९ र २५–२० मा जितेको थियो ।

यस अघि मंगलबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई ३–१ ले जितेको थियो ।

सेयर बजारको परिसुचक १६०० अंकभन्दा तल

काठमाडौं ।

सेयर बजारको परिसुचक १६०० अंक तल झरेको छ । साउनदेखि बढेको बजार फेरि घटेर १६०० अंक तल आएको हो ।

गत साउन १ गते शेयर बजार मापक सूचक १५८३.५७ अंकमा रहेको थियो ।

साउन २ गते करिब २१ अंकले बढेर १६०४.१५ अंकमा उक्लिएको बजारले त्यपछि लगातार बढेर साउन २३ गते यो वर्षकै सर्वाधिक अंक १६६७.९२ अंक छोएको थियो ।

त्यसपछि सामान्य घटबढ हुँदै बजार पून १६ सय अंक तल आएको हो । बुधबार शेयर बजार १४.५५ अंकले घटेर १५९८.३६ अंकमा झरेको छ । बुधबार शेयर बजार सुरुवात देखि नै घटेको थियो ।

बजारमा गिरावट देखिए पनि कारोबार रकममा भने सुधार देखिएको छ ।

१५५ कम्पनीका १७ लाख ३० हजार कित्ता शेयर ९७ करोड ८३ लाख रुपैयाँमा खरिद विक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

Bijukchhe blames big political parties for pushing country to crisis

Nepal Workers and Peasants' Party Chair Narayanman Bijukchhe has accused the leaders of big political parties of acting under the influence of external forces and pushing the country towards a crisis.

Speaking at a programe today he said  Prime Minister  Deuba's statement during his recent India visit was in the violation of parliamentary norms and values."

He called the government to distribute the relief assistance to the flood victims efficiently.

Oli urges RJPN to demonstrate political character

CPN (UML) Chair KP Sharma Oli has urged the Rastriya Janata Party Nepal ( RJPN) to give up the politics of  vandalism, negation and violence.

Talking to media persons upon his arrival at Tribhuvan International Airport from Thailand he said, "The RJPN should demonstrate political behaviour and establish itself a pure political party."

Likewise he claimed his party as a responsible one which  never acted to a short temperament.

He said the government's decision to hold the elections to the provincial assembly and House of Representatives in two rounds is not appropriate.

Pakistani envoy calls on DPM Mahara

Pakistani Ambassador to Nepal, Mazhar Javed, called on Deputy Prime Minister and Minister for Foreign Affairs Krishna Bahadur Mahara, today.

The Ministry of Foreign Affairs has stated that the matters relating to bilateral relations, mutual interests and cooperation were discussed during the meeting.

On the occasion, the Foreign Minister insisted on the need of connecting both countries via an air route, calling for making initiations from both sides toward that end.

Stating that Nepal and Pakistan have always cordial relations, he stressed the need for taking such relations to a new height.

While the Pakistani Ambassador has said the Pakistani government will  give top priority to the issue of connecting both countries with an air route.

Preservation, construction of public spaces in Kathmandu Valley stressed

Stakeholders  have demanded the earliest implementation of the government's programme for the current fiscal year to allocate ten public spaces in the Kathmandu Valley and one space in each constituency.

They raised their concern over the condition of available public spaces in the Valley being used as dumping sites or parking lots by the Kathmandu Metropolitan City (KMC).

Speakers at a programme organized on preservation of public spaces by Primary Health Care Centre here today also underscored preservation of such spaces for the effective disaster management.

The municipal new building code dictates that at least five percent spaces of the total land should be left unused while constructing a house or any other structures within the KMC.

Presenting a working paper, Suman Maharjan expressed his dismay over the increasing lack of public spaces in the Kathmandu Valley.

Likewise, other participants as Sachin Maharjan and Prakash Maharjan said that many vegetable bazaars in the Valley were placed haphazardly.

Polling centers fixed in Province 2

The Election Commission has fixed 3,578 polling  centers  for the third-round  of elections.

The third phase of elections will be held at 136 local levels of eight districts in Province No. 2. Sarlahi, Saptari, Dhanusha, Mahottari, Rautahat, Siraha, Bara, and Parsa.

Among these districts, Sarlahi has the maximum 20 levels and Mahottari has the least number-15 levels.

Spokesperson at the Election Commission Surya Prasad Sharma has said over 31 thousand human resources including employees and volunteers are being deputed to conduct the elections.

A total of 26 lakh 64 thousand and 950 people are eligible voters for the third phase voting who are electing as many as 6627 their representatives for one metropolitan city, three sub-metropolises , 73 municipalities and 59 rural municipalities.

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web