पहिरोले मेची राजमार्ग अवरुद्ध

भदौ १५, २०७४ मा प्रकाशित | 881 views

ताप्लेजुङ ।

गएराति पानी परेसंगै झरेको पहिरोले मेची राजमार्ग अवरुद्ध बनेको छ ।

मेची राजमार्ग अन्तर्गत ताप्लेजुङ–पाँचथर सडक खण्डको फुङलिङ नगरपालिका ८ को दोखुको धुसेनि भिर देखि बहानन्दे सम्मको विभिन्न स्थानमा पानी परेसंगै सडक माथीदेखि झरेको पहिरोले सडक अवरुद्ध  भएको हो ।

हाल पहिरोले अवरुद्ध सडक सडक डिभिजन कार्यालयको स्काभेटरले पहिरो  पन्छाउने काम सुरु गरेकाले मध्यान्न सम्ममा सडक खुल्न सक्ने सडक डिभिजन कार्यालयका सुपरभाईजर नविन उप्रेतिले बताउनुभयो ।

सडक अवरुद्ध भएपछि बिहानैदेखि ताप्लेजुङबाट पाँचथर, ईलाम, झापा हुँदै विभिन्न स्थानमा जाने यात्रुवहाक सवारीसाधन बीच बाटोमानै रोकिएका छन् ।

सो स्थानमा गत वर्ष भदौ १७ गते राति पहिरो जाँदा सडकनै बगाउँदा नयाँ ट्राकबाट सडक सञ्चालन हुँदै आएको छ । गत सालको पहिरो गएदेखि पटक—पटक पहिरोले सडक अवरुद्ध हुदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web