धादिंग ।

नवलपुर युनाईटेड फुटबल क्लब ए ले प्रथम ईन्द्रावती गाउँ पालिका जिल्ला स्तरिय फुटबल प्रतियोगिताको उपाधि हात पार्न सफल भएको छ ।

ईन्द्रवती गाउँ पालिकाको ऐँसेलुखर्क मैदानमा सम्पन्न फाईनलमा नवलपुर युनाईटेडले नवलपुर युवा क्लबलाई १/० गोल अन्तरले पराजित गर्दै उपाधि हात पार्न सफल भएको थियो ।

प्रथम भएको ईन्द्रवती युनाईटेडले १ लाख ५१ हजार रुपैँया प्राप्त गरेको थियो ।

दोस्रो भएको ईन्द्रवती युवा क्लबले १ लाख १ हजार रुपैँया पुरस्कार प्राप्त गरेको थियो ।

यसैगरि प्रतियोगितामा तेस्रो भएको गोल्मादेवी युवा क्लबले ५१ हजार रुपैँया प्राप्त गरेको थियो ।

प्रतियोगितामा १४ वटा क्लबको सहभागिता रहेको थियो ।

धुनिवेशी गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि क्लबले हात पारेको छ ।

धादिङ्ग धुनिवेशी मा सम्पन्न फाईनलमा बछलादेवी युवा क्लबले लिखु क्लबलाई ३/० गोल अन्तरले पराजित गरको थियो ।

प्रथम भएको बछलादेवी युवा क्लबले १ लाख र दोस्रो भएको लिखु युवा क्लबले ५० हजार रुपैँया पुरस्कार प्राप्त गरेका थिए ।

काठमाडौं ।

अन्तराष्ट्रिय फुटसल प्रतियोगितामा गरिएको पहिलो सहभागिताको पहिलो चरणबाट बाहिरिएको नेपाली राष्ट्रिय फुटसल टोली बिहिबार काठमाडौँ फर्कदैँ छ ।

ईरानको टिबरिजमा जारी ए यफ सी फुटसलको पहिलो चरणका तिन वटै खेलमा नेपाल पराजित भएको थियो ।

मंगलबार साँझ भएको तेस्रो खेलमा नेपाल तुर्कीमिनिस्तान संग ९÷३ गोलको विशाल अन्तरले पराजित भएको थियो ।

खेलमा नेपालले २ गोलको अग्रता लिए पनि पछि अन्य खेलमा भैmँ गोलको बोझ बोक्न पुगेको थियो ।

नेपाल पहिलो खेलमा उज्वेविस्तान संग १४÷१ र दोस्रो खेलमा किरगिस्तान संग ५÷१ गोल अन्तरले पराजित भएको थियो ।

नेपालले ३ खेलमा जम्मा २८ गोल खाएको थियो भने ५ गोल हानेको थियो ।

नेपालको यो पहिलो अन्तरायष्ट्रिय प्रतियोगिता भएकाले यस नतिजा पछि अबका खेलका लागि कस्तो प्रकारको तयारी गर्नु पर्ने हो त्यस बारेमा भने निकै गम्भिर भएर सोच्नै पर्ने हुन्छ ।

काठमाडौं । संविधानसभा र रूपान्तरित व्यवस्थापिका–संसद्को चारवर्षे कार्यकालमा चार सरकार गठन हुँदा मुलुकले १७८ मन्त्री पायो ।ती सरकारमध्ये कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाले सबैभन्दा सानो २४ सदस्यीय मन्त्रिपरिषद् बनाए । कांग्रेसकै सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान मन्त्रिपरिषद् इतिहासकै जम्बो ६४ सदस्यीय छ ।, यो खबर आजको नयाँ पत्रिकामा छ ।

अन्तरिम संविधानअनुसार गठन भएको ५९९ सदस्यीय संविधानसभासहितको संसद्बाट चार वर्षको अवधिमा प्रत्यक्ष निर्वाचित ९९ सांसद मन्त्री भएका छन् । समानुपातिकतर्फका ७१ जना सांसद मन्त्री भएका छन् । संविधान जारी हुनुअघिको सुशील कोइराला नेतृत्वको सरकारमा आठजना गैरसांसद मन्त्री भए । तर, नयाँ संविधानमा मन्त्री बन्न सांसद हुनैपर्ने प्रावधान राखिएकाले त्यसपछिका सरकारमा प्रत्यक्ष र समानुपातिकबाट आएका सांसद मन्त्री भएका छन् ।

मन्त्रिपरिषद्बाट मनोनीत २४ सांसदमध्ये एमालेका अग्नि खरेल एकपटक मन्त्री भएका छन् । चार सरकारमध्ये सोमबार मात्रै कांग्रेस प्रवेश गरेका तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार सुशील कोइराला नेतृत्वको सरकारपछि निरन्तर तीनपटक उपप्रधानमन्त्री बनेका छन् । त्यस्तै, राप्रपा नेपाल हुँदै राप्रपा भएका कमल थापा पछिल्ला तीन सरकारमा उपप्रधानमन्त्रीसहित सहभागी भएका छन् ।

चार वर्षका चार प्रधानमन्त्री

सुशील कोइराला

२७ माघ २०७० देखि २३ असोज २०७२
दुई उपप्रधानमन्त्रीसहित २४ सदस्यीय मन्त्रिपरिषद्

केपी ओली

२४ असोज २०७२ देखि १८ साउन २०७३
६ उपप्रधानमन्त्रीसहित ४४ सदस्यीय मन्त्रिपरिषद्

पुष्पकमल दाहाल प्रचण्ड

१९ साउन २०७३ देखि २२ जेठ २०७४
चार उपप्रधानमन्त्रीसहित ५० सदस्यीय मन्त्रिपरिषद्

शेरबहादुर देउवा

२३ जेठ २०७४ देखि अहिलेसम्म
चार उपप्रधानमन्त्रीसहित ६४ सदस्यीय मन्त्रिपरिषद्

चार वर्षमा को–को भए मन्त्री ?

तीनपटक उपप्रधानमन्त्री हुने

१. विजयकुमार गच्छदार

२.कमल थापा

दुईपटक उपप्रधानमन्त्री हुने

कृष्णबहादुर महरा

तीनपटक मन्त्री हुने

प्रेमबहादुर सिंह

दुईपटक मन्त्री हुनेहरू
जनार्दन शर्मा

गोपाल दहित

जितेन्द्र देव

दिलनाथ गिरी

विक्रम पाण्डे

दीपक बोहरा

गिरिराजमणि पोखरेल

सुनीलबहादुर थापा

दुईपटक राज्यमन्त्री हुनेहरू

जनकराज चौधरी

यसोधाकुमारी लामा

सुमित्रा थरुनी

कुन्तीकुमारी शाही

विराज विष्ट (एकपटक राज्यमन्त्री, एकपटक सहायकमन्त्री)

एकपटक उपप्रधानमन्त्री हुनेहरू

वामदेव गौतम

प्रकाशमान सिंह

भीमबहादुर रावल

सिपी मैनाली

चित्रबहादुर केसी

टोपबहादुर रायमाझी

गोपालमान श्रेष्ठ

विमलेन्द्र निधि ९एकपटक उपप्रधानमन्त्री, एक कार्यकाल मन्त्री०

एकपटक मन्त्री हुनेहरू

डा रामशरण महत

नरहरि आचार्य

महेश आचार्य

चित्रलेखा यादव

डा। मीनेन्द्र रिजाल

राधा ज्ञवाली

एनपी साउद

डा. नारायण खड्का

महेन्द्रबहादुर पाण्डेय

खगराज अधिकारी

भीम आचार्य

लालबाबु पण्डित

दलबहादुर राना

कर्णबहादुर थापा

हरिप्रसाद पराजुली

पुरुषोत्तम पौडेल

निलम केसी खड्का

विष्णु पौडेल

दीपक बोहरा

गिरिराजमणि पोखरेल

अग्निप्रसाद सापकोटा

शक्तिबहादुर बस्नेत

एकनाथ ढकाल

सत्यनारायण मण्डल

अग्नि खरेल

सोमप्रसाद पाण्डे

रामकुमार सुब्बा

रामजनम चौधरी

हरिबोल गजुरेल

शेरधन राई

शान्ता मानवी

रेखा शर्मा

गणेशमान पुन

उमेशकुमार यादव

आनन्दप्रसाद पोखरेल

विश्वेन्द्र पासवान

शिवलाल थापा

डा. प्रकाशशरण महत

बालकृष्ण खाण

सूर्यमान गुरुङ

गौरीशंकर चौधरी

दलजित श्रीपाइली

जयदेव जोशी

हितराज पाण्डे

सुरेन्द्रकुमार कार्की

धनीराम पौडेल

अजयशंकर नायक

केशवकुमार बुढाथोकी

रोमी गौचन थकाली

सीतादेवी यादव

जीवनबहादुर शाही

दीपक गिरी

नवीन्द्रराज जोशी

शंकर भण्डारी

गगन थापा

हृदयराम थानी

अर्जुननरसिंह केसी

रमेश लेखक

फरमुल्लाह मन्सुर

प्रभु साह

यज्ञबहादुर थापा

सञ्जय गौतम

रामकृष्ण यादव

राजेन्द्रकुमार केसी

भीमसेनदास प्रधान

अम्बिका बस्नेत

मोहनबहादुर बस्नेत

वीरबहादुर बलायर

मीनबहादुर विश्वकर्मा

महेन्द्र यादव

गिरिराजमणि पोखरेल

टेकबहादुर बस्नेत

शिवकुमार मण्डल

महेन्द्रबहादुर शाही

आशा कोइराला

सन्तकुमार थारू

जितेन्द्र देव

मिथिला चौधरी

रेशम लामा

ज्ञानेन्द्रबहादुर कार्की

विक्रम थापा

जयन्त चन्द

एकपटक राज्यमन्त्री हुनेहरू

टेकबहादुर गुरूङ

गिरिबहादुर केसी

मेघराज नेपाली

निषाद मो. मुस्ताक आलम

विक्रमबहादुर थापा

दिनेशचन्द्र यादव

दामोदर भण्डारी

बलबहादुर महत

नरदेवी पुनमगर

मञ्जुकुमारी चौधरी

दीपनारायण साह

सीताराम महतो

तारामान गुरुङ

सुरेन्द्रराज आचार्य

सुवर्ण ज्वारचन

इन्द्रबहादुर बानियाँ

दिलीप खवास गच्छदार

दीपक खड्का

कञ्चनचन्द्र बादे

मिठु मल्ल श्रीप्रसाद जबेगू

सत्यनारायण भगत

राधिका तामाङ

धनमाया विक

दीर्घराज भाट

परशुराम तामाङ

उदयशमशेर राणा

डिल्लीबहादुर चौधरी

तेजुलाल चौधरी

चम्पादेवी खड्का

मोहम्मद जाकिर हुसेन

रामसिंह यादव

श्यामकुमार श्रेष्ठ

शम्भुलाल श्रेष्ठ

कर्णबहादुर विक

छमबहादुर गुरुङ

गोमा कुँवर ओङ्दी शेर्पा

सीता गुरुङ

सरिता प्रसाईं

शेषनाथ अधिकारी

नरबहादुर चन्द अब्दुल

रज्जाक गद्दी

तप्तबहादुर विष्ट

अमरसिंह पुन

दिलमान पाख्रिन

कमला शर्मा

भास्कर भद्रा

कान्ता भट्टराई

सुशील श्रेष्ठ

एकपटक सहायक मन्त्री हुने

दिनेश श्रेष्ठ

गैरसांसद सात मन्त्री, एक राज्यमन्त्री

राधा ज्ञवाली

महेन्द्रबहादुर पाण्डेय

खगराज अधिकारी

लालबाबु पण्डित

दलबहादुर राना

हरिप्रसाद पराजुली

निलम केसी खड्का

गिरिबहादुर केसी (गैरसांसद राज्यमन्त्री)

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले हिन्दुहरुको दोस्रो ठूलो चाड तिहारको अवसरमा बढी विद्युत खपत गर्ने उपकरण नचलाउन ग्राहक वर्गमा अनुरोध गरेको छ । तिहारमा विद्युतको माग बढी हुने हुँदा उत्सव बत्ती, बढी क्षमताका बत्ती, हिटर, राइस कुकर, ओभन, आइरन, इन्डक्सन हिटर, पानी तान्ने मोटरलगायतका उपकरण नचलाई आपूर्ति नियमित गर्न सहयोग पुर्याउन अनुरोध गरिएको हो ।

साँझको समयमा बढी विद्युत खपत गर्ने उपकरणको प्रयोग गर्दा ट्रान्सफर्मर तथा फिडर लाइन ओभरलोड भइ ट्रीप हुन सक्ने भएकाले साँझ ५ बजेदेखि राती १० बजेबाहेकको समयमा चलाउन सकिने प्राधिकरणले जनाएको छ ।

साँझमा विद्युतको बढी माग भएको समयमा यस्ता उपकरण चलाउँदा सबस्टेसन एवं ग्रीड प्रणालीमा समस्या आएर आपूर्ति नै बन्द हुनसक्ने हुँदा उपकरणको न्युन प्रयोग गरेर सहयोग पुर्याउन प्राधिकरणले आग्रह गरेको छ ।

गतवर्ष लक्ष्मी पूजाको दिन विद्युतको माग १४ सय ४४ मेगावाट पुगेको थियो । यसपटक माग बढेर १५ सय मेगावाटभन्दा माथि पुग्ने प्राधिकरणको अनुमान छ ।

काठमाडाैं । समानुपातिक सांसदका लागि हतारमा सूची बुझाएका दलहरूले अधिकांश नाम फेरबदल गर्दै निर्वाचन आयोगमा बुझाउने भएका छन् । कांग्रेस, एमाले, माओवादी केन्द्रसहित प्राय: सबै दलले बुझाएको सूची ‘डमी’ मात्र भएको नेताहरूले प्रतिक्रिया दिएका छन् ।

एमाले अध्यक्ष केपी ओलीसहित मुख्य नेताहरू प्रत्यक्षबाट प्रतिनिधिसभाका लागि चुनाव लड्दै छन् । ११ जना स्थायी समितिका सदस्यमध्ये ५ जना समानुपातिकतर्फ उम्मेदवार भएका छन् । अाजको कान्तिपुरमा खबर छ-आयोगमा आइतबार बुझाइएको समानुपातिक सूचीमा स्थायी समिति सदस्यहरू मुकुन्द न्यौपाने, अमृत बोहरा, डा. पुष्प कँडेल, सोमनाथ प्यासी र केशव बडाल रहेको पार्टी स्रोतले कान्तिपुरलाई जनायो । अन्य नाम बुझाइए पनि स्थायी समितिले पास नगरेकाले व्यापक फेरबदल हुने भएको छ । ‘केही वरिष्ठ नेताहरूबाहेक अन्य नामका सन्दर्भमा सोमबारदेखि नै छलफल सुरु भएको छ । पार्टीले चाँडै अन्तिम नामावली तयार पार्नेछ,’ पार्टीका एक सचिवले भने ।

कांग्रेसका पनि शीर्षदेखि अधिकांश केन्द्रीयस्तरका नेता प्रत्यक्षबाटै चुनाव लड्ने भएका छन् । कांग्रेस सभापतिसमेत रहेका शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइरालासहित अधिकांश केन्द्रीय सदस्य प्रत्यक्षमा लड्दै छन् । यसअघि समानुपातिकबाट उम्मेदवार रहेकाहरू पनि धेरैजसो प्रत्यक्षमै चुनाव लड्ने भएका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिले अपवादबाहेक यसअघिका समानुपातिक सांसदलाई उम्मेदवार नबनाउने निर्णय लिएको थियो । यस्तो अपवादमा धेरैजसो महिला नेत्री परेका छन् ।

कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला भने यसपटक समानुपातिक उम्मेदवारमा छन् । झापा ३ बाट चुनाव लड्ने ठानिएका सिटौला राप्रपासँगको गठबन्धनपछि समानुपातिकमा बस्ने भएका हुन् । राप्रपाको प्रभाव रहेको उक्त निर्वाचन क्षेत्रमा राप्रपाका महामन्त्री राजेन्द्र लिङदेन चुनाव लड्ने सम्भावना छ । सिटौलासहितको नाम समानुपातिकमा राखेर कांग्रेसले आयोगमा सूची पेस गरेको छ । ती नाममा हेरफेर गरिने पार्टी नेताहरूले जनाएका छन् । आयोगले बन्दसूचीमा रहेका समानुपातिकका नाम कात्तिक १२ भित्र संशोधन गर्ने सीमा तोकेको छ । आइतबार बुझाइएका बन्दसूची सच्याउन, संशोधन गर्न र नाम फिर्ता लिन, दाबीविरोधजस्ता विभिन्न प्रक्रिया पूरा गरेपछि आयोगले मंसिर ३ गते अन्तिम रूप दिनेछ ।

कांग्रेसमा यसअघि रुपन्देही ३ बाट झिनो मतले चुनाव जितेका बालकृष्ण खाँड यसपटक समानुपातिक उम्मेदवारमा छन् ।

आफू चुनाव हाँक्नका लागि समानुपातिकमा बसेको खाँडले बताए । पार्टी कोषाध्यक्ष सीतादेवी यादवसमेत यसपटक समानुपातिकमा छिन् । उनी सिरहा ३ बाट यसअघि निर्वाचित थिइन् । केन्द्रीय सदस्य सुजाता कोइराला, महालक्ष्मी उपाध्याय डिना यसपटक पनि समानुपातिकमै परेका छन् । डिना राप्रपासँगको गठबन्धनकै कारण समानुपातिकमा गएकी हुन् । ‘अझै प्रत्यक्षमै चुनाव लड्ने इच्छा छ, लबिङ पनि गरिरहेकी छु,’ उनले भनिन्, ‘समानुपातिकमा बस्ने रहर छैन ।’ उपाध्याय यसअघिका दुवै चरणमा समानुपातिकबाट सांसद भएकी थिइन् ।

केन्द्रीय सदस्यहरू कुलबहादुर गुरुङ, दिलेन्द्र बडु, किशोर राठौर, बहादुर लामा, पार्वती डीसी चौधरी, मानबहादुर विश्वकर्मा, सीता गुरुङ, पुष्पा भुसाल, लक्ष्मी परियार र सुजाता परियार पनि समानुपातिकमा छन् । कुलबहादुर गुरुङ, मानबहादुर विश्वकर्मा, सुजाता परियार, लक्ष्मी परियार र सीता गुरुङले अघि पनि समानुपातिकबाट सुविधा लिइसकेका हुन् । चौधरी र लामा दोस्रो संविधानसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचित हुन् ।

केन्द्रीय सदस्यहरूमध्ये यसअघि समानुपातिकमा रहेका अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने यसपटक सुनसरी ४ बाट चुनाव लड्ने सम्भावना छ । अर्का केन्द्रीय सदस्य प्रकाशशरण महत काठमाडौं ५ र मीनेन्द्र रिजालले मोरङ २ बाट चुनाव लड्ने तयारी गरेका छन् ।

महन्थ ठाकुर समानुपातिक सूचीमा

राष्ट्रिय जनता पार्टीले अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरको नाम एक नम्बरमै राखेर समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । राजपका ६ जना अध्यक्षहरूमा ठाकुरको नाम मात्र प्रतिनिधिसभाको समानुपातिकतर्फको बन्दसूचीमा समेटिएको छ ।

पार्टी स्रोतका अनुसार ठाकुरले आफ्नो स्वास्थ्यका कारण र अन्यले पनि अवसर पाउनुपर्ने भन्दै चुनावमा नउठ्ने इच्छा नेताहरूसँग राखेका थिए । उनले समानुपातिकतर्फबाट पनि आफूलाई उम्मेदवार नबनाउन भने पनि पार्टीले उनलाई समानुपातिकतर्फको सूचीमा राखेको छ ।

पार्टी उपाध्यक्ष वृषेशचन्द्र लालका अनुसार जनताबीच गएर मधेसको मुद्दा बुझाउने र पार्टीका पक्षमा मत माग्न जिल्लाजिल्ला घुम्ने उद्देश्यले ठाकुर चुनावमा उठ्न नचाहेका हुन् । उनलाई सर्लाहीको ४ र महोत्तरीको ३ निर्वाचन क्षेत्रबाट चुनावमा उठ्न आग्रह आएको थियो । ‘प्रत्यक्षतर्फ नउठ्ने र समानुपातिकबाट पनि सांसद नबन्ने उहाँले इच्छा राख्नुभएको हो । उहाँले आफूलाई मधेसका मुद्दामा मात्रै काम गर्ने गरी केन्द्रित गर्न खोज्नुभएको छ,’ लालले भने, ‘तर, पार्टीले उहाँलाई समानुपातिकतर्फको सूचीमा राखेको छ ।’

कांग्रेसमा रहँदा ०४८, ०५१ र ०५६ को संसदीय निर्वाचनमा ठाकुर सर्लाहीको तत्कालीन निर्वाचन क्षेत्र ५ बाट विजयी भएका थिए । कांग्रेस छाडेर मधेस राजनीतिमा होमिएयता उनी दुई पटक ०६४ र ०७० मा भएको संविधानसभा निर्वाचनमा सर्लाहीको तत्कालीन निर्वाचन क्षेत्र नम्बर ६ बाट दुवै पटक पराजित भएका थिए ।

राजपाले ठाकुरबाहेक पार्टी महासचिव चन्दा चौधरी, पछिल्लो पटकका समानुपातिक सांसद अकबाल अहमद, वरिष्ठ नेताहरू रामनरेश राय र निर्जला राउतलगायतलाई समानुपातिकको बन्दसूचीमा राखेको छ ।

पार्टी महासचिव मनीष सुमनले पार्टीको शीर्ष तहमा रहेका अधिकांश नेतालाई प्रत्यक्षतर्फबाट उठाउने नीति पार्टीले लिएको बताए ।

उनी स्वयं सप्तरी २ बाट प्रदेशसभा निर्वाचनमा उठ्ने तयारीमा छन् । सुमनका अनुसार पार्टीले प्रदेश नम्बर ४ बाहेक सबै प्रदेशमा समानुपातिकतर्फबाट उम्मेदवार बनाएको छ । प्रतिनिधिसभामा समानुपातिकतर्फको १ सय १० वटै सिटका लागि उम्मेदवारको सूची आयोगमा बुझाएको छ । पार्टीका अन्य अध्यक्षहरू राजेन्द्र महतो, महेन्द्र यादव, शरतसिंह भण्डारी, अनिल झा र राजकिशोर यादव तथा दोस्रो तहका नेताहरू वृषेशचन्द्र लाल, लक्ष्मणलाल कर्ण, सर्वेन्द्र शुक्ल, जितेन्द्र सोनललगायत नेता प्रत्यक्षबाट चुनावमा उठ्नेछन् ।

सुमनका अनुसार स्थानीय चुनावमा उम्मेदवार भएकालाई समानुपातिकको सूचीमा समेटिएको छैन । त्यस्तै यसअघि समानुपातिकबाट सांसद भएकालाई सकभर बन्दसूचीमा राखिएको छैन । संघीय समाजवादी फोरमले सहअध्यक्ष राजेन्द्र श्रेष्ठ र उपाध्यक्ष रेणु यादवसहितका केही वरिष्ठ नेतालाई समानुपातिकको सूचीमा राखेको छ । उपेन्द्र यादव, अशोक राई, रामसहाय यादव र लालबाबु राउतलगायत नेता प्रत्यक्षबाट उम्मेदवार हुनेछन् । पार्टी उपाध्यक्ष लालबाबु राउतले प्रतिनिधिसभाको समानुपातिकतर्फको १ सय १० वटै सिटमा र ७ वटै प्रदेशका लागि समानुपातिक उम्मेदवारी दिइएको बताए ।

काठमाडौं । एमाले–माओवादीको वाम गठबन्धनले मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको चुनावी घोषणापत्र तयार पारेको छ। गठबन्धन निर्माण कुनै पनि राजनीतिक शक्तिविरुद्ध परिलक्षित नभएको बताए पनि घोषणापत्रमा भने एमाले–माओवादीले सत्तारुढ कांग्रेसमाथि आरोपैआरोप लगाएका छन्। गठबन्धनले कांग्रेस नेतृत्वले अहिलेको संविधानको अन्तरवस्तु, मूलमर्म र भावनालाई आत्मसात् गर्न र सही ढंगले कार्यान्वयन गर्न नसक्ने भन्दै कांग्रेसमाथि चुनावी अभियानक्रममा आक्रामक रूपमा प्रस्तुत हुने तयारी गरेको छ।

एमाले उपाध्यक्ष वामदेव गौतम, माओवादी वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलगायत दुवै पार्टीका नेता सम्मिलित कार्यदलले घोषणापत्रलाई अन्तिम रूप दिएको हो। कार्यदलले तयार पारेको घोषणापत्र पार्टी एकता संयोजन समितिले एकपटक अध्ययन गरेपछि सार्वजनिक गरिने नेताले बताएका छन्। ‘चुनावी घोषणापत्र तयार पार्ने काम करिब सकेका छौं,’ कार्यदलमा रहेका माओवादी वरिष्ठ नेता श्रेष्ठले भने, ‘अब छिट्टै दुवै पार्टीका अध्यक्षसहित नेताले हेरेपछि सार्वजनिक गर्छौं।’ कम्युनिष्टको नेतृत्वमा परिवर्तन र उपलब्धि !

कम्युनिष्टकै नेतृत्वमा सामाजिक न्याय र समृद्धि !’ भन्ने चुनावी नारा घोषणापत्रमा तय गरेका नेताहरूले नेपालको राजनीतिमा परमुखी, बाह्य शक्तिकेन्द्रमुखी प्रवृत्ति देखिएको र चरम सत्तालोलुपता र भ्रष्टाचार बढेको कारण देशलाई त्यस्तो प्रवृत्तिबाट मुक्त बनाउन पनि गठबन्धन आवश्यक भएको उल्लेख गरेका छन्। ५५ वर्षसम्म फरक स्कुलिङबाट अगाडि बढेका दुई प्रमुख वामपन्थी पार्टी एकै हुने संकल्पसहित निर्वाचन तयारीमा जुटेपछि कांग्रेसले यी दुई पार्टीले ‘अधिनायकवाद’ जन्माउन खोजेको आरोप लगाइरहेका बेला घोषणापत्रमा भने उनीहरूले आफूहरूले कुनै त्यस्तो अधिनायकवाद जन्माउने ध्येय नराखेको प्रष्ट पारेका छन् ।

कांग्रेसप्रति तिखो आलोचना

गठबन्धनले कांग्रेसको वर्गचरित्र यथास्थितिवादी र भ्रष्टाचारको पर्यायवाचीजस्तै भएको भन्दै खरो आलोचना गरेको छ। कांग्रेसले लोकतन्त्रलाई आफ्नो सुविधाको वस्तु मात्रै ठानेको आरोप पनि गठबन्धनले लगाएको छ। कांग्रेसलाई अन्य कुनै पार्टीसँग चुनावी तालमेल वा एकता गर्न सुझाउँदै गठबन्धनले कांग्रेसले त्यस्तो एकता गरे आफूहरूले स्वाभाविक र सहज रूपमा लिने बताएको छ। ‘हामी चाहन्छौं, कांग्रेसले आफूलाई सम्हालोस्, सच्याओस्, लोकतन्त्रवादी पार्टीका रूपमा क्रियाशील भई लोकतान्त्रिक मूल्य(मान्यताका आधारमा जिम्मेवारपूर्ण ढंगले प्रतिस्पर्धामा सामेल होस्,’ घोषणापत्रमा भनिएको छ।

कुन पार्टी कस्तो ?

कांग्रेस

यथास्थितिवादी, भ्रष्टाचारको पर्यायवाची । बचेखुचेको उदार समान्तवर्ग र राष्ट्रिय पुँजीपतिवर्गको प्रतिनिधि । संविधानको अन्तर्वस्तु, मूलमर्म र भावनालाई आत्मसात् गर्न नसक्ने । कैयौं राष्ट्रघाती सन्धि(सम्झौता गरेका कारण स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्न नसक्ने । राष्ट्रिय स्वाधीनताको सवालमा ढुलमुले। राप्रपा समूह 'प्रतिगामी, दक्षिणपन्थी, निरंकुश राजतन्त्रात्मक पञ्चायती व्यवस्थामा सत्ताभोग गर्ने पञ्चहरूको पार्टी। मूलतः अवशेषका रूपमा रहेको सामन्तवर्गको कट्टरपन्थी हिस्साको प्रतिनिधि। गणतन्त्र र संघीयताविरोधी तथा राजतन्त्र र एकात्मक सत्ताको पक्षपाती।

राजपा

राष्ट्रिय आत्मसमर्पणवादी । सामन्तवादका अवशेष र दलाल पुँजीपतिवर्गको प्रतिनिधि। राष्ट्रिय आत्मसमर्पणवादी एवं दलाल नीतिको पक्षपोषक। गरिब तथा श्रमिकमुखी सामाजिक (आर्थिक रूपान्तरणको विरोधी । राष्ट्रिय स्वाधीनता, राष्ट्रहित एवं राष्ट्रिय एकता कमजोर पार्न सक्रिय। संघीय समाजवादी राजपाको प्रवृत्तिभन्दा पृथक् । मधेसलाई मुख्य कर्मथलो बनाउँदै देशका अन्य भागमा पनि संगठित हुने कोसिस गरिरहेको पार्टी । मिल्ने मुद्दामा सहकार्य गर्न सकिने । अन्य शक्ति ध्रुवीकरण र सहकार्यमा ल्याउनुपर्ने शक्ति। साना कम्युनिष्ट जडसूत्रीय संकीर्णतावादी, आत्मकेन्द्रित गुटबन्दी प्रवृत्तिका। ती प्रवृत्तिको आलोचना गर्दै एकता, ध्रुवीकरण र सहकार्यमा ल्याउन प्रयत्न गर्नुपर्ने शक्ति। आजको अन्नपूर्ण पोष्ट समाचार छ ।

काठमाडौं ।

संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्मा नेपाल बिजयी भएको छ ।

नेपालले एसिया प्यासिफिकको तर्फबाट उमेदबारी दिएकोमा सबैभन्दा बढी मत ल्याएर बिजयी भएको हो ।

एसिया प्यासिफिकको लागि नेपाल सहित कतार, पाकिस्तान, अफगानिस्तान र मलेसिया प्रतिस्पर्धामा थिए ।

पाँचमध्ये चार मुलुक मात्र यो पदमा जाने हुनाले एक मुलुक फालिने थियो जसमा देशहरुको समर्थको आधारमा नेपाल बिजयी हुने पहिलेनै आँकलन गरिएको थियो ।

खाडीमा देखिएको पछिल्लो तनावले कतार र मलेसियालाई बेफाइदा हुने विश्लेषण गरिएको थियो । तर कतारले आफूलाई दोस्रो पोजिसनमा राख्न सफल हुँदै सदस्यमा बिजयी भएको छ ।

निर्वाचनमा नेपालले एक सय ६६, दोस्रोमा कतारले एक सय ५५ र तेस्रोमा पाकिस्तान १ सय ५१ र चौथोमा अफागानिस्तानले एक सय ३० मत ल्याएर दुई वर्षका लागि सदस्यमा बिजयी भएको छ ।

आसियान मुलुक मलेसिया भने एक सय २९ मतले पाँचौ भएर सदस्य हुनबाट चुकेको छ । सार्कका तीनै मुलुक नेपाल, पाकिस्तान र अफगानिस्तान यसको सदस्य बन्न सफल भएको छ ।

कूटनीतिक लविङसँगै नेपालको सुध्रदो राजनीतिक अवस्था र नेपालप्रति मित्र राष्ट्रको माया र सदभाव यसको लागि महत्वपूर्ण भूमिका खेलेको ठानिएको छ ।

यो नेपालले सुरक्षा परिषदको अस्थायी सदस्यमा जितेजस्तो नभए पनि पछिल्लो समय खस्कदो कूटनीतिक अवस्थामा यो जितले नेपाललाई नेपालको शाख बढेको ठानिएको छ ।

नेपालले यसअघि सन् १९९५ देखि २००० सम्म, २००४ देखि २००६ मा सदस्य रहेको थियो भने १९९९ देखि २००० सम्म नेपाल यसको उपाध्यक्ष रहिसकेको छ ।

मानव अधिकारको विषयमा पटक पटक कुरा उठेपछि अघिल्लो सरकारको पालामै यसमा नेपालले उमेदवारी दिने निर्णय लिएको थियो ।

नेपालको मानवअधिकार प्रतिको प्रतिवद्धता अन्तराष्ट्रिय समुदायसमक्ष राख्ने यो फोरम हो ।

उक्त परिषद ४७ सदस्यीय हुन्छ । त्यसमा अफ्रिकी देशबाट १३, एसिया प्यासिफिबाट १३, पूर्वी युरोपबाट ६, पश्चिम युरोपबाट ७, ल्याटिन अमेरिका र क्यारवियनबाट ८ गरि कुल ४७ रहनेछ । यसको कार्यकाल तीन वर्षको लागि हुनेछ ।

काठमाडौं ।

गैर आवासिय नेपाली संघ एनआरएनए को अध्यक्षमा भवन भट्ट बिजयी भएका छन् ।

काठमाडौंमा भएको एनआरएनए आठौं विश्व सम्मेलनबाट निर्वाचन मार्फत भट्ट आगामी दुई बर्षे कार्यकालको लागि बिजयी भएका हुन् ।

निवर्तमान उपाध्यक्ष रहेका भवन भट्टले अध्यक्षका दावेदार जमुना गुरुगंलाई पराजित गरेका छन् ।

गोरखामा जन्मिएका भट्ट एनआरएन अभियानमा सुरुवातदेखि सक्रिय रहँदै आएका थिए ।

जापानमा एनआरएनको समन्वयन समिति गठन देखि एनअराएनए जापान अध्यक्ष हुँदै एनआरएनएको कोषाध्यक्ष र दुई कार्यकाल उपाध्यक्ष सम्हालिसकेका भट्ट अध्यक्ष बन्न सफल भएका हुन् ।

सन् २००३ स्थापना भएको एनआरएनएको निर्वाचनमा पहिलो पटक प्यानलगत आधारमा चुनाव भएको हो ।

को को भए बिजयी ?

खसेको १७८८ मतमध्ये भट्टले ११ सय १७ मत प्राप्त गरे भने गुरुङले मात्र ५ सय ८४ मत ल्याएकी छन् ।

त्यसै गरी २ जना निर्वाचित हुने उपाध्यक्षमा कुमार पन्त र कुल आचार्य निर्वाचित हुनुभएको छ भने महिला उपाध्यक्षमा सपिला राजभण्डारी निर्वाचित भएकी छिन् ।

उपाध्यक्षमा अमेरिकाबाट उम्मेदवारी दिएका तीनैजना पराजित भएका छन् । महासचिवमा डाक्टर बद्री केसी, सचिवमा जानकी गुरुङ र डीबी क्षेत्री, कोषाध्यक्षमा हिक्मत कार्की र सहकोषाध्यक्षमा सोम सापकोटा निर्वाचित भएका छन् ।

महिला संयोजकमा भूमादेबी लिम्बु निर्वाचित भएकी छिन् भने युवा संयोजकमा सुदन थापा निर्वाचित भएका छन् ।

त्यसै गरी युरोप क्षेत्रीय संयोजकमा ६ जना उम्मेदवारमध्ये बेल्जियमका शिव बरुवाल विजयी भएका छन् । युरोप क्षेत्रीय उपसंयोजकमा गोविन्द गौतम र एकराज गिरी निर्वाचित भएका छन् । युरोप क्षेत्रीय महिला संयोजकमा बेलायतकी संगीता मरहठ्ठा विजयी भएकी छिन् ।

अमेरिका क्षेत्रीय संयोजकमा अमेरिकाका गौरीराज जोशी विजयी भएका छन् । अमेरिका क्षेत्रीय उपसंयोजकमा अमेरिकाकै नवीन शेरचन विजयी भएका छन् । यसैगरी, क्षेत्रीय महिला उपसंयोजकमा अमेरिकाकी संगीता लम्साल शिवाकोटी निर्विरोध निर्वाचित भएकी छिन् ।

ओशिनिया क्षेत्रीय संयोजकमा अष्ट्रेलियाका धर्मराज अधिकारी विजयी भएका छन् । ओशिनिया क्षेत्रीय महिला उपसंयोजक प्रिती शर्मा विजयी भएकी छिन् ।

मध्यपूर्व क्षेत्रीय संयोजकमा कतारका आरके शर्मा विजयी भएका छन् । मध्यपूर्व उपक्षेत्रीय उपसंयोजकमा गोपाल कँडेल र प्रवीण गुरुङ विजयी भएका छन् । क्षेत्रीय उपसंयोजक युवा राजकुमार बस्नेत विजयी भएका छन् ।

एशिया प्रशान्त क्षेत्रीय संयोजकमा किरणविक्रम थापा विजयी भएका छन् । एशिया प्रशान्त क्षेत्रीय उपसंयोजकमा पारसमणि पोखरेल र विनोद कुँबर विजयी भएका छन् । यसैगरी, एशिया प्रशान्त क्षेत्रीय महिला उपसंयोजकमा दक्षिण कोरियाकी जुनु गुरुङ विजयी भएकी छिन् ।

अफ्रिकाको क्षेत्रीय संयोजकमा सुनिल कार्की निर्वाचित भएका छन् । उपसंयोजकमा डा भुवन ढकाल र शिव पौडेल निर्वाचित भएका छन् ।

शनिवारदेखि सुरु भएको एनआरएनएको ८ औ विश्वसम्मेलनको मतदान सोमबार बेलुकादेखि सुरु भएको थियो । मतदान राती साढे ११ बजेसम्म चलेको थियो ।

काठमाडौं ।

आई सी सी विश्व कप लिग क्रिकेट अन्तर्गत नेपाल र हङकङबिचको दोस्रो खेल सोमबार पनि स्थगित भए पछि नेपाल डिभिजन टु मा झरेको छ ।

आईतबार हुनु पर्ने खेल समुन्द्रि आँधिको सम्भावनाका कारण सोमबारका लागि सारिएको थियो ।

सोमबार पनि पानी पर्न नरोकिएकोले खेल स्थगित भए पछि नेपाल र हङकङले समान १÷१ अङ्क बाँडेका थिए ।

हङकङ संग शुक्रबार भएको पहिलो खेलमा नेपाल ८३ रनले पराजित भएको थियो ।

यो पराजय संगै नेपाल संयुक्त अरब ईमिरेट्स् यु ए सी संग हुने दुई वटा खेल अगावै डिभिजन टु मा झर्दै प्रतियोगिताबाट बाहिरिएको छ ।

आई सी सी विश्व कप लिग क्रिकेटमा अहिले सम्मका खेलबाट नेदरल्याण्डस् १८ र पपुवा न्यू गिनी १६ अङ्क सहित विश्व कप छनोटमा प्रवेश गरिसकेका छन् ।

जारी आई सी सी विश्व कप लिगबाट श्रीर्ष ४ राष्ट्रले आई सी सी विश्व कप छनोटमा स्थान बनाउने छन् ।

यसैगरि पाँचौ देखि आठौँ सम्मका राष्ट्र डिभिजन टु मा झर्ने छन् ।

ओमान र क्यानडा भने डिभिजन टु मा उक्लेका छन् ।

जारी प्रतियोगिताबाट डिभिजन टु मा झरेका ४ र भर्खरै डिभिजन टु मा उक्लेका यी दुई राष्ट्रबिच फेरी आई सी सी विश्व कप छनोटमा प्रवेशका लागि सन् २०१८ को प्रारम्भमा प्रतिस्पर्धा हुनेछ ।

यी ६ वटा राष्ट्र मध्येबाट दुई श्रीर्ष राष्ट्र विश्व कप छनोटमा सहभागी हने छन् ।

ए यफ सी फुटसल प्रतियोगिताको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ ।

ईरानको टिबरिजमा सोमबार भएको खेलमा किरगिस्तानले नेपाललाई ५÷० गोल अन्तरले पराजित गरेको थियो ।

आईतबार भएको पहिलो खेलमा नेपाल उज्वेकिस्तान संग १४÷१ गोलको विशाल अन्तरले पराजित भएको थियो ।

यो नेपालको पहिलो अन्तराष्ट्रिय फुटसल प्रतियोगिता हो ।

यो पराजय संंगै प्रतियोगिताबाट बाहिरिए पनि नेपालले तेस्रो तथा अन्तिम खेल मंगलबार तुर्किमिनिस्तान संग खेल्नु पर्ने छ ।

यता फुटबलको सर्वोच्च निकाय फिफाको वरियता क्रममा पुन नेपाल एक स्थान तल झरेको छ ।

जारी अक्टोबर महिनाको वरियतामा नेपाल एक स्थान तल झर्दै १ सय ७६ औँ स्थानमा पुगेको छ ।

सार्क राष्ट्रहरुमा भारत प्रथम, अफ्गानिस्तान दोस्रो, माल्दिभ्स् तेस्रो र नेपाल चौथो स्थानमा रहेका छन् ।

यसैगरि भुटान पाँचौ, बंगलादेश छैठौँ, श्रीलङ्का सातौँ र पाकिस्तान आठौँ स्थानमा रहेका छन् ।

फिफा विश्व वरियतामा जर्मनी प्रथम, ब्राजिल दोस्रो र पोर्चुगल तेस्रो स्थानमा रहेका छन् ।

रुकुम ।

नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमाल रुकुम मुसिकोटमा चलेको रुकुम पर्यटन तथा साँस्कृतिक महोत्सवमा आफ्नो प्रस्तुती देखाएका छन ।

११ दिनसम्म चलको महोत्सवको आज अन्तिम उनले आफ्नो प्रस्तुती देखाएका हुन ।

उनको प्रस्तुती हेर्न गाउँगाउँबाट ठुलो संख्यामा दर्शकहरुको सहभागीता थियो भने रुकुम मुसिकोटमा पुगे लगतै उनलाई भव्य स्वागत पनि गरिएको थियो ।

कार्यक्रममा बोल्दै महानायक हमालले आफ्नो उमेर अहिले पनि २५ बर्ष नै हो जस्तो लाग्ने गरेको बताए । ‘२८ बर्ष त नेपाली चलचित्र क्षेत्रमा नै बिताईसकेको छु’ उनले भने, ‘तर मेरो उमेर अहिले पनि २५ बर्ष नै भो जस्तो लाग्छ, म माथी २५ बर्षकै युवाको जस्तो जोस अझै छ अनी तपाईहरुले पनि मलाई माया गरिरहनु भएको छ ।‘

कुनै पनि मानिस उमेरले बुढो नहुने भन्दै उमेर ढल्केर पनि युवा जस्तै जोस जाँगर देखाईराख्ने हो भने मान्छे कहिलै बुढो नहुने बताए ।

दर्शकहरुको चर्काे हुटिङ र हौसलाका साथ राजेश हमालले फिल्मी डाईलग शैलीमा भने, ‘सुर्य कहिले पनि पश्चिमबाट उदादैन अनी राजेश हमाल कहिले पनि बुढो हुदैन ।’

राजेश हमाल ‘चट्ट रुमाल’ भन्ने फिल्मी गीतमा आफ्नो प्रस्तुती दर्शकमाझ देखाएका थिए ।

त्यस्तै गायक तिलक परियारले गाएको ‘सगालैका बारिमा तोरी हरियो, लाग्दैन बाडुल्की माया मरियो’ भन्ने स्थानीय टप्पा भाकामा गाईएको गीतमा पनि खुलेरै दर्शकसगै नाँचेका थिए । राजेश हमालको प्रस्तुती बेला सयौ मोबाईलहरु तस्बिर र भिडियोका लागि उनीतिर तेस्रीएका थिए ।

काठमाडौं ।

आगामी मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ यसअघि विभिन्न ५२

विभिन्न ४९ राजनीतिक दलहरुले उम्मेदवारको बन्दसूची निर्वाचन आयोगस्थित समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालयमा पेश गरेका छन् ।

साथै, प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फको प्रदेश अनुसार उम्मेदवारहरुको बेग्ला बेग्लै बन्दसूची समेत निर्वाचन अधिकृतको कार्यालयमा हिजै पेश गरेका छन् ।

प्रदेश नम्बर एकमा २७, प्रदेश नम्बर दुईमा २९, प्रदेश नम्बर तीनमा ३१, प्रदेश नम्बर चारमा २०, प्रदेश नम्बर पाँचमा २७, प्रदेश नम्बर छमा १८ र प्रदेश नम्बर सातमा २० वटा राजनीतिक दलले उम्मेदवारहरुको बन्दसूची पेश गरेको निर्वाचन आयोगका सचिव एवं निर्वाचन अधिकृत बेगेन्द्रराज शर्मा पौंड्यालले जानकारी दिनुभयो ।

दलहरुले आयोगमा पेश गरेका उम्मेदवाहरुको बन्दसूचीलाई असोज ३० गते देखि कात्तिक ५ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयले जाँचबुझ गर्ने सचिव पौंड्यालले बताउनुभयो ।

कानुनी व्यवस्था अनुसार उम्मेदवारको बन्दसूची समानुपातिक प्रतिनिधित्व र समावेशी सिद्धान्तका आधारमा तयार भए नभएको वा अन्य रीत पुगे नपुगेको एकीन गरी त्यस्तो रीत पुगेको नपाइएमा सम्बन्धित दललाई सूची सच्चाउन आयोगले सूचित गर्ने प्रावधान छ ।

समानुपातिक निर्वाचन निर्देशिका अनुसार आयोगले निर्देशन गरे बमोजिम सम्बन्धित राजनीतिक दलहरूले कात्तिक ६ देखि १२ गतेसम्म उम्मेवारको बन्दसूची सच्याई आयोगमा पेश गर्नुपर्ने व्यवस्था छ ।

बुटवल ।

न्यायिक सेवा तथा प्रहरीका कामकारवाहीलाइ छिटो छरीतो, प्रभावकारी, सुरक्षित र भरपर्दो बनाउन रुपन्देहीमा बिद्युतीय प्रत्यक्षिकरण (भिडीयो कन्फरन्स) मार्फत थुनुवाहरुको म्याद थप गर्ने कार्यको सुरुवात गरीएको छ ।

जिल्ला अदालतसंगको सहकार्यमा रुपन्देही प्रहरीले आजदेखि अत्याधुनिक प्रविधिको प्रयोग गर्दै भिडीयो कन्फरन्स मार्फत थुनुवाहरुको म्याद थप गर्ने प्रणालीको सुरुवात गरेको हो ।

नेपाल प्रहरीको केन्द्रिय कार्यक्रम अन्तर्गत देशमै पहिलो पटक रुपन्देहीबाट हिरासतमा राखिएका थुनुवाहरुलाइ जिल्ला अदालतका न्ययधिस समक्ष भिडीयो कन्सफरन्स (बिद्युतीय प्रत्यक्षिकरण) मार्फतनै उपस्थित गराइ उनीहरुको म्याद थप गर्न सकिने कार्यको सुरुवात गरीएको रुपन्देहीका प्रहरी प्रमुख श्याम ज्ञवालीले बताउनु भयो ।

यो प्रणालीमा थुनुवाहरुलाइ म्याद थपकालागि अनलाइन भिडियो कल मार्फत अदालतका न्यायधिश समक्ष उपस्थित गराइन्छ । अनलाइन भिडीयो कलमार्फतनै न्यायधिशले आवश्यक सोधपुछ गर्न सक्नेछन ।

आज एक कार्यक्रमका बिच जिल्ला अदालत रुपन्देहीका न्यायधिश नरिश्वर भण्डारीले जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका लागु औषध मुद्याका ५ जना र चेलीबेटी ओसार पसार मुद्याका एक गरी ६ बन्दिको भिडीयो कन्फरेन्स अर्थात बिद्युतीय प्रत्यक्षिकरण प्रक्रिया मार्फतनै म्याद थप गरी बिद्युतीय प्रत्यक्षिकरण प्रणालीको सुभारम्भ गर्नुभयो ।

यो प्रणाली नेपालमै पहिलो पटक रुपन्देही प्रहरीले सुभारम्भ गरेको रुपन्देहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक डिल्लीनारायण पाण्डेले बताउनु भयो । थुनुवाहरुलाइ म्याद थपकालागि अदालत सम्मै लैजानु पर्दा जनशक्ति अभावका कारण बेलाबखत समस्या हुने, खर्चीलो र सुरक्षा चुनौती हुने समस्या भोग्दै आएको प्रहरीले यो प्रणाली लागुभएपछि ती समस्या हट्ने विश्वास लिइएको छ ।