राहत समाग्रीको दुरुपयोग, मान्छेलाई गुन्द्री बाख्रालाई ब्ल्यांकेट !

काठमाडौं,चैत २० । भूकम्पपीडितलाई संघसंस्थाहरुले गरेको सहयोगको अनुगमन गर्न मार्मिङ गाउँ विकास समितस्थित त्याङथली पुगेका प्रमुख जिल्ला अधिकारी गाकर्णमणि दुवाडी गाउँमा एउटा दृश्य देखेपछि आश्चर्य चकित बने । मानिसभन्दा पशुका लागि राम्रो देखेपछि उनी अचम्मित भएका अाजको राजधानी दैनिकमा समाचार छ ।

संघसंस्थाले भूकम्प लगत्तै निर्माण गरिदिएको अस्थायी टहरामा बाख्रा बाँधिएको थियो । बेलुकी बाख्रा राख्नको लागि व्यवस्थित नै थियो । बाहिर भने ब्ल्यांकेटले बारेर बाख्रालाई हावाहुरीबाट जोगाइएको थियो ।

जस्ताको अस्थाई टहरामा बाख्रालाई जोगाउन ब्ल्यांकेटले बारेको मात्रै होइन, नजिकै रहेको मान्छेलाई बस्न निर्माण गरिएको अस्थायी टहरोमा भने गुन्द्रीले बारिएको थियो ।

प्रमुख जिल्ला अधिकारी अधिकारी र संघसंस्थाको प्रतिनिधि तयस्ता दृश्य देखेपछि छक्क पर्‍यो । स्थानी भने  भन्दै थिए, सरकार र संघसंस्थाले हामीलाई सहयोग गरेनन् बरु प्रचार मात्र गरे ।संघसंस्थाले आफूखुसी त्रिपाल, जस्ता, ब्ल्यांकेट लगायतका राहत समाग्री वितरण गर्दा कतै समानको दुरुपयोग भएकेा छ भने कतै भूकम्पपीडितको स्थिति नाजुक बनेको छ ।

 

माओवादी आन्दोलन पूर्ण रुपमा एकताबद्ध हुन्छ– दाहाल

१ बैशाखा,  काठमाडौं ।
एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले मुलुकलाई नयाँ चरणमा पुर्याउन र आर्थिक समृद्धिमा अघि बढाउने महत्वपूर्ण अवसरलाई कार्यान्वयन गर्न सबै देशभक्त शक्ति एकजुट हुनुपर्ने बताउनुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सहिद परिवार समाज र राज्यद्वारा बेपत्ता योद्धा परिवार समाजको संयुक्त प्रशिक्षण भेलालाई आज सम्बोधन गर्दै उहाँले सबै खाले बाधा व्यवधानलाई छिचोलेर अगाडि बढ्ने र जनताको भावनालाई सम्मान गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

माओवादीमा विश्वास गर्ने शक्तिहरुबीचको एकता प्रक्रिया छिट्टै लक्षित उद्धेश्यमा पुग्ने विश्वास उहाँले ब्यक्त गर्नुभयो ।

सशस्त्र द्वन्दका बेला मृत्यु भएका तथा वेपत्ता भएकाहरुका सपना पूरा गर्न आफु प्रतिवद्ध भएको पनि अध्यक्ष दाहालले बताउनुभयो ।

नेपाल बिरुद्ध वक्तव्यबाजी गर्ने युरोप र भारतको नेपाल सरकारद्धारा बिरोध

१९ चैत, काठमाडौं ।
नेपाल सरकारले ब्रसेल्समा सम्पन्न युरोपेली संघ र भारतको १३ औ शिखर बैठक पछि जारी संयुक्त बक्तव्यमा उल्लेखित नेपाल सन्दर्भमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

परराष्ट्र मन्त्रालयले आज प्रेस बिज्ञप्ति जारी गरि संबिधान निर्माण र जारी एउटा देशको आन्तरीक मामिला भएको स्पष्ट गरेको छ ।

युरोपेली संघ र भारतको संयुक्त बक्तव्यले नेपाली जनताको भाबनामा ठेस पुर्याएको मात्र नभई राष्ट्रसंघीय वडापत्र र अन्तराष्ट्रिय कानूनको समेत उल्लंघन गरेको बिज्ञप्तिमा जनाइएको छ ।

नेसपाको राष्ट्रिय महाधिवेशन जनकपुरमा शुरु

२६ चैत, जनकपुर ।
नेपाल सद्भावना पार्टीको छैठौं राष्ट्रिय महाधिवेशन आज देखि जनकपुरधाममा शुरु भएको छ ।

तीन दिनसम्म चल्ने महाधिवेशनको उद्घाटन पार्टीका राष्ट्रिय अध्यक्ष अनिल कुमार झाले गर्नु भयो ।

महाधिवेशनमा १ सय १ निर्वाचन क्षेत्रवाट ८ सय ९२ जना प्रतिनिधि र १ सय २५ जना पर्यवेक्षक गरेर १ हजारको सहभागिता रहेको छ ।

चैत्र २८ गतेसम्म चल्ने त्यस राष्ट्रिय महाधिवेशनवाट केन्द्रीय अध्यक्ष सहित ३० जना केन्द्रीय सदस्यको चयन हुनेछ ।

पुग्ला त बोली । उर्जामन्त्री भन्छन् -‘बैशाखदेखि ३ देखि ५ घण्टासम्ममात्रै लोडसेडिङ’

काठमाडौं, चैत्र २७ । उपप्रधान एवम् उर्जामन्त्री टोपबहादुर रायमाझीले नयाँ वर्ष २०७३ (बैशाख) मा लोडसेडिङ् आधारभूत रुपमा अन्त्य हुने र ०७४ सालमा पूर्णरुपमा अन्त्य हुने घोषणा गरेका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री रायमाझीले लोडसेडिङ् अन्त्य गर्ने सवै पूर्वाधार पूरा भैसकेकोले आगामी नयाँ वर्षवाट यसको प्रभाव देखिने उद्घोष गरेका हुन् ।
 
उनले भने,‘उर्जा संकट निवारण गुरुयोजनाअनुसार द्रुत गतिमा काम भैरहेकोले आगामी २०७३ सालमा दैनिक ४ देखि ५ घण्टासम्ममात्रै लोडसेडिङ् हुने ठोकुवा गर्दछु, मैले बलियो जग हालिसकेको छु, सरकार परिवर्तन भएपनि केही असर पर्दैन, काम अघि बढ्छ ।’

आयोजित साक्षात्कारमा मन्त्री रायमाझीले विभिन्न अपठ्यारो परिस्थितिको बावजुद पनि आफूले उर्जा क्षेत्रमा आमूल परिवर्तन ल्याएको दाबी गर्दै अब मुलुकले आगामी दिनमा उर्जाको समस्या भोग्नु नपर्ने बताए । उनले भने,‘हामी केही वर्षमै विद्युत उत्पादन गरेर निर्यात गर्ने सामाथ्र्य राख्नेछौं ।’
उनले उर्जा क्षेत्रको विगत १ सय ५ वर्षे लामो ईतिहास अत्यन्तै कमजोर रहेको उल्लेख गर्दै पूरानोलाई क्रमभंग गरेर नयाँ गुरुयोजनाहरु सूचारु गर्न आफूले उल्लेखनीय काम गरेको दाबी गरे ।

उनले भने,‘उर्जा क्षेत्रको संकट निवारणका लागि उर्जा दशकको रुपमा मैले विभिन्न विशेषज्ञहरुसँग परामर्श गरेर वैज्ञानिक र वस्तुवादी कार्ययोजना ल्याएको छु, यसले उर्जा क्षेत्रमा उथलपुथल ल्याउँछ ।’
उर्जा क्षेत्रको विकासको लागि विभिन्न ठाउँमा सञ्चालित आयोजनाहरुलाई समेत समायावधिमै समाप्त गर्न आपूmले आवश्यक पहलकदमी चालिसकेको जानकारी दिँदै उनले भने,‘निर्माणधिन सबै आयोजनाहरुलाई समयमै पूरा गर्न मैले आदेश दिसकेको छु।’
ठूला आयोजना अन्र्तगतका बुढीगण्डकी, नौमुरे, नलसिंहगाढ, अपर अरुण, सुनकोशी लगायतका हाईडा«ेप्रोजेक्ट समेत चाँडै निर्माण कार्य अगाडि बढ्ने मन्त्री रायमाझीले जानकारी दिए ।
भारतबाट आउने भनिएको ६ सय मेगावाट विद्युत्त ढल्केवर र अन्य ठाउँमा सव–स्टेशनको अभावका कारण आउन नसकेको बताउँदै त्यो पनि चाँडै आउने उनको दाबी छ । उनले क्रस ब्रोडर टा«न्समिसन लाईनको काम समेत तिव्र रुपमा अघि बढिरहेको बताउँदै छिट्टै चीन र भारतसँग विद्युत आदान–प्रदान हुने जानकारी दिए ।
ट्रान्समिसन लाईनको समस्याका कारण पूर्वी तराई र काठमाडौं उपत्यकावीच सन्तुलन कायम गर्न असहज भएको कारण उपत्यकामा दैनिक ११ घण्टा लोडसेडिङ् हुने गरेको मन्त्री रायमाझीले स्पष्ट पारे ।
अहिले ओलीको विकल्प छैन
फरक प्रसंगमा मन्त्री रायमाझीले ओली नेतृत्वको सरकारले स्थानीय निर्वाचन र संसदीय निर्वाचन गराएरमात्रै सत्ता हस्तान्तरण गर्ने दाबी गरे । उनले भने,‘यो सरकार ढल्ने सम्भावना नै छैन, यसले आफ्नो कार्यकाल पूरा गरेरै छाड्छ ।’
वर्तमान सरकार ढाल्न एमाओवादी अध्यक्ष नै लागिपरहेका छन नि भन्ने सञ्चारकर्मीको जिज्ञासमा मन्त्री रायमाझीले भने,‘यो मिथ्या हो, यो वामपन्थीको सरकार हो, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र सभामुख वामपन्थीको छ, मुलुक वामपन्थीमय बनेको छ, यो अवस्थामा अध्यक्ष प्रचण्ड पनि सरकार परिवर्तन गर्ने पक्षमा हुनुहुन्न, त्यसैले अहिले ओलीको विकल्प छैन ।’
उनले ओलीकै नेतृत्वमा सहभागी भएर संविधान कार्यान्वयन गर्न प्रतिपक्षी दल काँग्रेस र मधेशवादी दलहरुलाई समेत आग्रह गरे् ।
कमल थापाको असन्तुष्टिले केही फरक पार्दैन
संघीयता कार्यान्वय गर्न बनेको संघीय आयोगवारे सरकारकै उपप्रधानमन्त्री कमल थापाको असन्तुष्टिले कुनै फरक नपर्ने भन्दै उनले भने,‘‘ सरकारमै बसेर असन्तुष्टी व्यक्त गर्नुको कुनै तुक छैन तर परिवारमा त कहिले असन्तुष्टि हुन्छ, यो कुरा त ऋषि धमलाजी स्वयम्लाई थाहा छ, त्यसैले हामी सरकारमा पनि धेरै दल छौं, असन्तुष्टि हुनु स्वभाविक हो ।’
बावुराम भट्टराई नेतृत्वको नयाँ शक्तिमा आफू कुनै पनि हालतमा नजाने ठोकुवा गर्दै उनले भने,‘नयाँ नेपालमा नयाँ पार्टीहरु जन्मिन्छन्, तर आजको दिनमा एमाओवादी सवै हिसावले राष्ट्र विकासको पहेदार भएकाले म यही पार्टीमै बसेर जनताको सेवा गर्छु ।’

 

पशुसंग किन यौन सम्पर्क राखिन्छ ?

मानिसले पशुमाथि गर्ने बलात्कारलाई पाशविक क्रियाकै रुपमा लिइन्छ ।

तर दुनियामा कोही मानिसहरु यस्ता यौन पिपाशु हुन्छन् जसले जनावरहरु पनि छाड्दैनन् आफ्नो यौन प्यास मेटाउन । अमेरिकाको उत्तरपूर्वी फ्लोरिडामा हुने पशुकरणीका घटनामा बाख्रो नै सबैभन्दा बढि तारो हुने गरेको पाइएको छ ।

यसै विषयमा स्थानीय क्यारिभेल पत्रिकाले फिचर पनि प्रकाशित गरेको थियो । रिपोर्टमा शरोन क्रुज पिसिना नामकी एक महिलाले आफ्नो घरका ३ वटा बाख्रामाथि धेरै पटक लगातार बलात्कार भएको खुलासा गरेकी छिन् । बाख्रा करणीमा फ्लोरिडा निकै बदमान छ ।

सन् २००७ मा ४८ वर्षका एक पुरुषले फ्लोरिडाको मोसी हेडमा बाख्रामाथि बलात्कार गरेका थिए । बलात्कारपछि उनले बाख्राको हत्या गरे । त्यसपछि फ्लोरिडामा पशु करणीलाई यौन अपराध घोषित गरेर अवैध ठहर गरियो ।

ती पुरुषमाथि भने पशु चोरीको आरोपमा ११ महिना २९ दिनको जेल सजाय तोकिसकिएको थियो । बढ्दो पशु करणीसँगै एउटा प्रश्न उठेको उठ्छ, आखिर मानिसले पशुसँग किन सेक्स गर्छ ?

फोरेन्सिक विज्ञहरुका अनुसार यी १० थरीका मानिसहरु पशुकरणीमा संलग्न हुन्छन्

ह्युमन एनिमल रोल प्लेयर्स :  जसले जनावरसँग कहिल्यैपनि सेक्स गरेका हुँदैनन् । तर सेक्सको मामिलामा भड्किएसँगै उनीहरु जनावरप्रति आकषिर्त हुन्छन् ।

रोमान्टिक पाशविक : यस्ता मानिसहरु जनावरलाई पालेर राख्छन् र उनीहरु मनोयौनिकता तर्फ रुची राख्दछन् । तर करणी भने गर्दैनन् ।

अस्थीर कल्पनाशील व्यक्ति :  यस्ता मानिसहरु त्यस्ता हुन् जुो पशुसँग सहवासको कल्पना गर्छन् तर कहिल्यै गर्दैनन् ।

पशुमै हराउने :  यस्ता मानिसहरु पशुहरुलाई यौन मनोभावनाले स्पर्श गर्दछन् । पशुहरुलाई आलिंगन गर्छन् । पशुहरुको यौनांग पनि छुन्छन् तर सेक्स गर्दैनन् ।

अन्धभक्त मानिस :  यिनीहरु पशुहरुलाई हरेक कोणबाट हेर्छन् । कहिलेकाहीँ कामूक नजरबाट नाप्दछन् । पशुहरुबीचमै हुने यौनक्रिडाका बेला पनि उनीहरु बढि नै सक्रिय हुन्छन् ।

यौन पिपासु : उनीहरु पशुसँग सेक्स गर्छन् र सेक्स मात्र होइन पशुलाई पीडा पनि दिन्छन् ।

मौकापरस्त :  उनीहरु यौन सम्बन्धको मामिलामा सामान्य हुन्छन् तर मौका मिल्नासाथ पशुसँग पनि सेक्स गर्न पछि पर्दैनन् ।

नियमित यौन पिपासुः यस्ता मानिसहरु पशुसँग सेक्स गर्न बढि मन पराउँछन् । उनीहरुलाई मानिससँग सेक्स गर्दा भन्दा पशुसँग सेक्स गर्दा बढि आनन्द आउँछ ।

हिंश्रक :  यस्ता मानिसहरु सेक्सका दौरान पशुको हत्या पनि गर्दछन् । पशु मरिसकेपछि समेत पशुमाथि सेक्स गर्न छाड्दैनन् ।

एक्सक्लुसिभ पाशविक :  यस्ता मानिसहरु केवल पशुसँग मात्र सेक्स गर्दछन् । मानिससँग गर्दैनन् ।

एजेन्सीको सहयोग/अनलाईनखवरबाट साभार

नेपाल बिरुद्ध बोल्ने भारत र ईयुलाई काँग्रेस र मधेशी मोर्चाको साथ

२१ चैत, काठमाडौं ।

भारत र युरोपेली युनियन 'ईयु'ले संयुक्त विज्ञप्तिमार्फत नेपालको संविधानबारे प्रतिकूल टिप्पणी गरेको भन्दै सरकार र वाम दलबाट तीब्र आलोचना भइरहँदा प्रमुख पतिपक्षी नेपाली कांग्रेस र मधेसी मोर्चा विज्ञप्तिको समर्थनमा देखिएका छन् ।
 
नेकपा मालेका अध्यक्ष एवं उपप्रधानमन्त्री सीपी मैनालीले भारत र र्इयुको टिप्पणी र व्यवहारलाई नेपालीमाथिको हस्तक्षप बताएका छन्।
 
तर सर्वाधिक मतद्वारा नेपाली कांग्रेस केन्द्रीय समिति सदस्य चुनिएका डा। शेखर काइरालाले नेपाली सार्वभौमिकतालाई पुनःपरिभाषित गर्नुपर्ने अडान लिएका छन् ।

कांग्रेसका अन्य नेताहरूबाट भारत र ईयुको संयुक्त वक्तव्यबारे आधिकारिक प्रतिक्रिया नआएपछि पार्टी नेता रामचन्द्र पौडेलसँग सम्पर्क गर्दा उनले यसबारे सभापति शेरबहादुर देउवासँग सम्पर्क गर्न आग्रह गरे।
 
'पार्टीको आधिकारिक धारढण सभापति देउवाबाटै आउँछ,' उनले भने । पौडेलको मौनता र कोइरालाको अभिव्यक्तिले भारतीय कूटनीतिक तहबाट अनौपचारिक रुपमा ‘नेपालको सार्वभौमसत्ताबारे बहस आवश्यक छ,’ भन्ने अभिव्यक्तिको अनुमोदन गर्छ।
 
उता सत्ता गठबन्धनमै रहेको गैरवाम शक्ति राप्रपाले भारत-इयु टिप्पणीको आलोचना गरेपनि सरकारको प्रतिक्रिया आवश्यकताभन्दा बढी भएको बताएको छ ।
 
आन्दोलनरत मधेसी मोर्चाका नेता एवं सद्भावना अध्यक्ष राजेन्द्र महतोले भने संविधान निर्माणमा भारतको उपेक्षा गरेबापत नेपालले खेप्नुपर्ने स्वभाविक प्रतिक्रिया ब्रसेल्सबाट आएको बताएका छन् । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ।

बारको चुनावमा फर्जी मतदाता !

काठमाडौं,चैत २२ । नेपाल बारको शनिबार सम्पन्न निर्वाचनमा अर्कैको नाममा फर्जी भोट हाल्न मतदान केन्द्र पुगेको आरोपसहित ती व्यक्तिमाथि कारबाहीको माग राखेर बार महासचिव सुनलिकुमार पोखरेलले आइतबार प्रहरीसमक्ष किटानी जाहेरी दिएका छन् ।

पुनरावेदन अदालत पाटन बार एकाइको नक्कली परचयपत्र बनाएर गुल्मी लिम्घा घर भई हाल काठमाडौं बस्ने सागर ज्ञवालीले सर्वोच्च अदातलको पछाडि रहेको सिंहदरबारतर्फको ३ नम्बर बुथमा फर्जी मत खसाउने प्रयास गरेको दाबी जाहेरीमा गरिएको आजको अन्नपूर्णमा समाचार छ ।

पाटन बारमावामपन्थी निकट प्रगतिशील समूहको वर्चस्व छ । बास्तविक मतदाता रहेका अधिवक्ता शैलेशकुमार अर्यालको कानुनव्यवसाइी प्रमाणपत्र बनाएर ज्ञवालीले मत खसाउने दुस्प्रयास गरेको भन्दै जाहेरीमा कारबाही माग गरिएको छ ।

 

विद्रोहको तयारीमा वामदेव,संस्थापन छाड्ने मनस्थितिमा

काठमाडौं,चैत २२ । पार्टीको नवौं महाधिवेशनमा खुलेर अध्यक्ष केपी शर्मा ओलीतर्फ लागेका उपाध्यक्ष वामदेव गौतम समूह संस्थापन पक्षसँग असन्तुष्ट बनेको छ। झन्डै एक दर्जन केन्द्रीय सदस्य भएको गौतम समूह संस्थापनको साथ छाड्ने मनस्थितिमा पुगेको छ। अध्यक्ष ओलीसँग भएको सहमति कार्यान्वयन नभएको भन्दै उपाध्यक्ष गौतम अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँग असन्तुष्ट बनेको उनी निकट स्रोतले बतायो।
 
पछिल्लो समय उपाध्यक्ष गौतम अध्यक्षको साथ छोडेर मध्यमार्गी जस्तै देखिएका छन्। गत साता बसेको स्थायी समिति बैठकमा समेत उनले संस्थापन पक्षलाई साथ दिएनन्। पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष र संस्थापन पक्षबीच विभागमा राख्ने नामका विषयमा विवाद हुँदा उनले मध्यमार्गी बाटो अपनाउँदै सवैलाई समेटर लैजान सुझाव दिएका थिए।
 
नवौं महाधिवेशन अघिसम्म तत्कालीन अध्यक्ष झलनाथ खनालका पक्षमा रहेका गौतम त्यसयता भने अध्यक्ष ओली पक्षमा लागेका थिए।संसदीय दलको निर्वाचन हुँदा पनि गौतमले खुलेरै ओलीको समर्थन गरेका थिए। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ।

इएल क्लासिकोः फेरि एकपटक रोनाल्डो भर्सेज  मेस्सी

एजेन्सी,चैत १९ । स्पेनिस क्लब बार्सिलोनाले शनिबार राति ला लिगा रियल मड्रिडको सामना गर्दैछ । रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले क्लब सम्हालेपछि हुन लागेको यो पहिलो एल क्लासिको लागि विश्वले नै महत्वपूर्णको साथ हेरेको छ ।  आफ्नै घरेलु मैदानमा रियाललाई आतिथ्यता दिँदा बार्सिलोना स्पष्ट जीतको खोजीमा मैदान उत्रदै छ । 

३९ खेलमा अपराजित रहेको बार्सिलोनालाई  रियल म्याड्रिडले हराउन सके ला लिगाले रोमाञ्चक मोड लिनेछ ।  बार्सिलोनामा लियोनल मेसी, लुईस सुआरेज र नेइमारजस्ता विश्वकै उत्कृष्ट खेलाडी छन् । तर तीनै खेलाडी भर्खरै मात्र आ–आफ्नो देशका लागि विश्वकपको छनोट खेल खेलेर फर्किएका छन् । तर, डिफेण्डर म्याथुले यो सिजनका बाँकी खेलहरु गुमाउने भएका छन् । बार्सिलोनाको गोलकिपर ब्राभो भन्दा अगाडि डिफेन्स लाइनमा जोर्डी अल्बा, ड्यानी अल्भेस, जेरार्ड पीके र मासेरानो हुनेछ । 

अनुभवी खेलाडीका साथ बार्सिलोना उच्च मनोबलको साथ मैदान उत्रने छन् ।  बार्सिलोनाले खेल जितेमा प्रशिक्षकको परीक्षामा जिनेदिन जिदान फेल हुनेछन् । च्याम्पियन्स लिगमा रियाल म्याड्रिडले एएस रोमालाई हराएपछि जिनेदिन जिदानमाथिको दबाब कम भएको । तर स्पेनिस ला लिगामा रियाल म्याड्रिड बार्सिलोनाभन्दा निकै पछि छ । 

क्रिष्टियानो रोनाल्डो ,बेल तथा लुकास भाजक्वेज जस्तो ठूला हतियारको साथ मैदान उत्रन लागेको रियलपनि  बार्सिलोनालाई चुनौती दिने दाउमा रहेको छ । 

रियल मड्रिडको गोलपोष्ट नाभासले सम्हाल्नेछन् भने डानिलो, रामोस्, पेपे र मार्सेलोले डिफेन्स लाइन सम्हाल्नेछन् भने मिडिफिल्डमा टोनी क्रुज र लुका मोडरिक हुनेछन् । फवार्ड लाइनमा भने बेलसँगै करिम बन्जिमा र  रहनेछन् । 

रियाल र बार्सिलोनाबीचको खेललाई रोनाल्डो र मेस्सीको भिडन्तको रुपमा लिईन्छ । 
रियाल म्याड्रिडले यस सिजन घर बाहिर राम्रो खेलेको छैन् । बेनिटेज प्रशिक्षक छदाँ नै रियाल घरबाहिर कमजोर देखिएको थियो र जिदानको प्रशिक्षणमा पनि यो क्रम जारी छ । 
 

चलचित्र ‘राहदानी’ हेरेपछि किन रोए कृषिमन्त्री गजुरेल ?

काठमाडौं । चलचित्र ‘राहदानी’ हेरेपछि ‘भक्सपप’ दिादादिादै एमाओवादी नेता तथा कृषिमन्त्री हरिबोल गजुरेल भक्कानिए । उनी रोएको दृश्य सामाजिक सञ्जालमा ‘भाइरल’ भयो । कतिले युद्धको प्रसंग कोट्याउादै मन्त्री गजुरेलले ‘स्वाङ’ पारेको भने त, कतिले उनको मानवीय संवेदनाको प्रशंसा गरे । खासमा किन रोए गजुरेल ? जान्न गजुरेलले भने :

बिहीबार राति चलचित्र ‘राहदानी’ हेरेर बाहिर निस्किँदा पत्रकार मित्रले फिल्म कस्तो लाग्यो भन्ने प्रश्न सोध्नुभयो । उत्तर दिँदादिँदै म एक्कासि भक्कानिएँ । चलचित्र हेर्दा नै म निकै भावुक भएको थिएँ, आँखमा आँसुु टलपल भइरहेको थियो । बाहिर निस्किँदासम्म दिमागमा उत्पन्न तरंग कायमै थियो । म एकसुरमा भावुक मुद्रामा निस्किरहेको थिएँ, एक्कासि प्रतिक्रिया मागियो । बोल्ने क्रममा आफूलाई सम्हाल्नै सकिनँ ।
चलचित्रमा नेपाली युवाहरू कुन स्थिति र परिवेशमा बिदेसिन बाध्य हुन्छन्, उनीहरू बिदेसिएपछि उता उनीहरूको र यता परिवारमा कस्तो बेहाल हुन्छ भन्ने कथा थियो । त्यो दर्दनाक दृश्यले मलाई किन पनि छोयो भने मैले खाडीमा गएका वेला आफ्नै आँखाले नेपाली दाजुभाइ तथा दिदीबहिनीको दर्दनाक अवस्था देखेको छु ।
चलचित्रमा बिदेसिने युवाको कथा कृषिसँग पनि जोडिएको थियो । कृषि मन्त्रालय सम्हालिरहेको जिम्मेवार नेताका हैसियतले मलाई त्यो कथाले भित्री मनमा अझ हिर्कायो । त्यसमा एउटा गाई मर्दा पनि एउटा परिवारको आर्थिक अवस्था धराशयी भएको प्रसंग छ । चलचित्र हेर्दा मलाई लाग्यो, एउटा गाईको बिमा मात्र गर्न सकेको भए ती युवा र उनको परिवारको अवस्था त्यति भयावह हुन्नथ्यो कि ?
मलाई ठूलो जिम्मेवारीबोधले किचेको महसुस भयो, हामीले आम युवाका लागि काम गर्न सक्छौँ कि सक्दैनौँ भनेर । कृषि क्षेत्रको विकास हुन नसक्दा लाखौँ युवा बिदेसिनुपरेका पीडाले मलाई झक्झक्यायो । यी सबैले गर्दा चलचित्र जति अघि बढ्यो, मेरो मन भारी हुँदै गयो । र, बाहिर निस्किँदा त्यो आँसु बनेर अभिव्यक्ति भयो । मेरो त्यो आँसु पीडाको अभिव्यक्ति मात्र होइन, जिम्मेवारीबोध पनि हो ।
०००

म रोएको भिडियो सञ्चारमाध्यम र सामाजिक सञ्जालमा पनि खुबै फैलियो । मेरो रुवाइ कुनै बनावटी थिएन । भावना ह्वात्तै बाहिर आयो, म रोएँ । केहीले भन्न सक्छन् सार्वजनिक पदमा भएको मान्छे त्यसरी रुनु हुन्थेन । तर, पीडा सोचे–सम्झेजसरी बाहिर आउँदो रहेनछ । त्यो स्वत:स्फूर्त आउँदो रहेछ । योजना बनाएर बाहिर ल्याइएको चाहिँ बरु बनावटी भयो नि ।
म रोएको दृश्य हेरेका परिवारका सदस्य, आफन्त तथा साथीहरूले बुझ्नुभएको छ । पीडामा आँसु झर्नु स्वाभाविक हो । चाहे त्यो कुनै पदमा बसेको मानिस नै किन नहोस् । पीडामा आँसु नझार्ने, सुखमा खुसी नहुने त मान्छे नै होइन नि † कसैलाई पीडा हुँदा त्यसले संवेदना पैदा गर्छ, त्यस्तोमा आँसु आउनु स्वाभाविक हो । त्यसैले उक्त घटनालाई मेरा परिवारजन र साथीभाइले स्वाभाविक र सकारात्मक रूपमा लिनुभएको छ ।
हो, केहीले यसलाई आफ्नै हिसाबले बुझ्न पनि सक्छन् । त्यसरी बुझ्नेलाई के भन्न सकिन्छ र ? कुनै पीडाले असर नै नगर्ने, संवेदना नै नहुने मान्छे हुन्छ र ? मानव संवेदनाहीन हुन सक्दैन ।

०००

तर, म रोएको त्यो पहिलोपटक होइन । त्यसअघि पनि केही सार्वजनिक अवसरमा मेरा आँसु झरेका छन् । साढे पाँच महिनाअघि कृषि मन्त्रालय सम्हालेपछि मलाई बधाई दिन आफन्तजनले एउटा पारिवारिक जमघटको आयोजना गर्नुभएको थियो । शुभकामना दिँदा केही आफन्तजनले भावुक अभिव्यक्ति दिनुभयो । उहाँहरूले ‘हामीलाई केही चाहिँदैन, जनतालाई राम्रो होस्’ भनेर सुझाब दिएर जिम्मेवारबोध गराउनुभयो । त्यसैवेला मलाई मेरा बुबाआमा हुनुभएको भए भन्ने पनि लाग्यो । यो पदमा पुग्दा मेरा बाआमाले देख्न पाउनुभएको भए भन्ने भावना पनि आयो । उसै पनि माहोल पहिल्यै भावुक भइसकेको थियो । बोल्ने क्रममा म भक्कानिहालेछु ।
आँसु आइहालेछ ।
केही समयअघि विराटनगरमा तिमल्सिना थरका डाक्टर मित्रको अन्त्येष्टिमा गएको थिएँ । ‘ब्रेन ट्युमर’ले उहाँको मृत्यु भयो । म श्रद्धाञ्जली कार्यक्रममा गएको थिएँ । केही बोल्न थालेँ । मेरा आँँखाबाट अनायसै आँसु झरे । मन पनि नमीठो भयो ।
०००

चलचित्र हेरेर निस्किने क्रममा म रोएको दृश्य हेरेर केही मानिस कम्युनिस्टजस्ता कडा दिल भएका मानिस पनि रुन्छन् र भनेजस्तो पनि सुन्छु । कम्युनिस्ट आवश्यक पर्दा कठोर हुन्छन् भने आवश्यक पर्दा नरम पनि । त्यसो हुन नसके त्यो कम्युनिस्ट नै हुन सक्दैन । वास्तवमा कम्युनिस्टहरू मानवीय हुन्छन् । कठोर मात्र हुने वा नरम मात्रै हुने व्यक्ति द्वन्द्ववादी पनि हुँदैन ।
बाहिरबाट हेर्दा नरमजस्तो देखिएर होला, कैयौँ मानिस म कसरी कम्युनिस्ट भएर सशस्त्र संघर्षको नेतृत्व गरेँ होला भन्ने जिज्ञासा राख्छन् । कतिसम्म भने अस्ति भर्खर सचिवले समेत ‘तपाईंजस्तो मानिस कसरी यति र्‍याडिकल बाटोमा लाग्नुभयो’ भनेर आश्चर्य व्यक्त गर्नुभयो । तर, साना–साना घटना वा विषयमा आँसु झर्ने त्यति साहै्र कमलो हृदयको मानिस पनि होइन । बाहिर हेर्दा नरम देखिए पनि आवश्यक पर्दा म कठोर नै हुन्छु ।
जनयुद्धका वेला हामी पटक–पटक भावुक हुन्थ्यौँ, आँसु खसाल्थ्यौँ, रुन्थ्यौँ । तथापि, त्यसवेला परिवेश, अन्यको अभिव्यक्तिले पनि फरक पाथ्र्यो । कहिले निकटको कमरेड बित्दा पनि आँसु खसाल्ने मौका मिल्दैनथ्यो । कहिले अपरिचित कमरेडको सहादतमा पनि आँसु झथ्र्यो । त्यसवेला परिवेशले पनि थप काम गथ्र्यो । कहिलेकाहीँ श्रद्धाञ्जलीसभा गर्दा त्यति धेरै भावुक भइँदैन त कहिले भने माहोल नै त्यस्तो बन्छ र भक्कानिइन्छ । बिहीबार चलचित्रको कथावस्तुका अलावा त्यहाँ अभिव्यक्त भएका विचारले पनि थप भावुक बनायो ।
पार्टी जीवनका क्रममा ०६२ सालमा रुकुमका चुनबाङमा एउटा कार्यक्रममा दर्शकदीर्घामा बसेका हामी सबैजसो नेता खुबै रोएका थियौँ । १० दिनभन्दा लामो केन्द्रीय समिति बैठकपछि कलाकार साथीहरूले एउटा सांस्कृतिक कार्यक्रम देखाउनुभएको थियो । त्यसमा एउटा अपेरा थियो, जसमा एउटा लडाइँ हुन्छ, केही योद्धाहरू सहिद हुन्छन् ।
त्यसबाट सहिदका परिवारजनमा परेको पीडा पनि थियो । एक घन्टा लामो त्यो अपेराले त्यहाँको माहोल यस्तो बनाइदियो कि हामी सबै रोयौँ । त्यो एक प्रकारको आम रुवाइ थियो । त्यसले माओवादी सबैभन्दा नरम हृदयले बनेका मानिसहरू थिए भन्ने देखाउँछ ।
०००

सबैभन्दा पीडादायी रूपमा आँसु खसेको घटना नेपालको कम्युनिस्ट आन्दोलनका अग्रणी व्यक्तित्व सिन्धुलीका दुर्गा सुवेदीको मृत्युको घटना सुन्दा हो । सायद सबैभन्दा धेरै रोएको पनि त्यही वेला हो । ०३७ सालमा म ललितपुरको नख्खु जेलमा बन्दी थिएँ । परिवारका सदस्य भेट्न आउनुभएको थियो । उहाँहरूले दुर्गा सुवेदीको सहादत भएको खबर सुनाउनुभयो ।
म एक्कासि भक्कानिएछु । म गेटबाट रुँदै फर्केँ र गएर सुकसुकाउँदै ओछ्यानमा ढल्केँ । त्यो दिनभरि मन उदास भयो । राति खाना पनि खाइनँ । सुवेदीसँग मैले दुई–अढाई वर्ष बिताएको थिएँ । निकै निकटता पनि थियो । उहाँ जुनसुकै अवस्थामा पनि सत्यको पक्षमा उभिने नेता हुनुहुन्थ्यो । मलाई उहाँको त्यो स्वभावले साहै प्रभावित पारेको थियो । त्यसैले होला, मलाई असाध्यै पीडा भयो ।
आमाबाबुको मृत्युका वेला पनि म भक्कानिएको थिएँ । बुबाले अन्तिम सास फेर्दा म सँगै थिएँ । तैपनि, बुबालाई आर्यघाट लैजाने वेलासम्म म स्वाभाविक नै थिएँ । तर, दागबत्ती दिने वेला म भक्कानिइहालेँ । अब कहिल्यै देख्न पाउनेछैन भन्ने भावनाले मलाई छपक्कै छोपिहाल्यो । आमाले अन्तिम सास लिँदाचाहिँ म सँगै थिइनँ । केही घन्टापछि पुगेँ । उहाँलाई देख्नेबित्तिकै म भक्कानिइहालेँ ।
धेरै वर्षअघि मेरा एकजना अलि टाढाका दाइको निधन भएको थियो । अन्त्येष्टिमा गएका वेला उहाँसँग बिताएको समयको याद आयो । र, म भक्कानिएछु ।
दु:ख पर्दा रुने, सुख हुँदा हाँस्ने, रमाउने मानवीय स्वभाव नै हो ।

०००

चलचित्र हेर्दा पनि वियोगान्त दृश्यले मलाई भावुक बनाइहाल्छ । तर, त्यस्ता दृश्यले आँसु झार्छ भनेर चलचित्र नै हेर्नचाहिँ छोडिनँ । अहिलेचाहिँ चलचित्र हेर्ने त्यति अनुकूल हुन्न । यही चलचित्रमा धेरै रोएको भन्ने खास सम्झना छैन । तर, चलचित्रको कथाले छोयो भने रोएको आफैँ पनि थाहा पाउँदिनँ । त्यसले मलाई चलचित्रको कथासँग एकाकार गर्छ । चलचित्र हेर्दा राम्रो कथावस्तु छ भने, वास्तविक जीवनसँग जोडिएको छ भने म भावुक हुन्छु । त्यसले छुन्छ ।
पुस्तक पढ्दा मलाई चिनियाँ क्रान्तिकारी युवाको कथा समेटिएको याङ मोको उपन्यास ‘युवाहरूको गीत’ले खुबै छोएको थियो । त्यो उपन्यास पढ्दा कैयौँपटक आँसु नै आयो । त्यसका मुख्य पात्रको जीवनमा आएको उतार–चढावले मलाई खुबै छोएको थियो ।
रुँदा, पीडा अभिव्यक्त गर्दा वरिपरिको माहोलले पनि प्रभाव पार्दो रहेछ । विश्वविख्यात उपन्यासकार चाल्र्स डिकेन्सले भनेजस्तै मलाई आफ्ना आँसुका कारण कुनै लज्जाबोध छैन । अरूका लागि बगेका आँसु कमजोरीको संकेत होइन, यो त शुद्ध हृदयको प्रतिबिम्ब हो । मलाई धेरैजसो अर्काको पीडाले भावुक बनाउँछ, आँसु झार्न बाध्य पार्छ ।
तर, के पनि हो भने कैयाँै त्यस्ता अवस्था छन्, जतिवेला म कठोर पनि भएको छु । एउटा प्रसंग म समय–समयमा सम्झन्छु । भारतमा ‘दरबान’को काम पनि गरेँ । केही समय छाला कारखानामा सेक्युरिटीको काम गरेँ । एक दिन २० रुपैयाँ नभएर उपाचार गर्न पाइनँ । अस्पताल पुगेको म त्यति पैसा नभएकाले त्यत्तिकै फर्केँ । २० रुपैयाँ सापट मागेर मैले भोलिपल्ट उपचार गरेँ । तैपनि, मेरो व्यक्तिगत पीडाले आँसु झरेन ।
तर, जब म देशको परिस्थितिलाई आफ्नो आँखामा देख्छु र त्यसले भावुक हुन्छु, म अत्यन्त दु:खी हुन्छु । त्यतिवेला अनायसै आँसु झर्छ ।
आँसु दु:खको ‘रिलिज’ हो । पीडा भएपछि आँसु आउँछ, जुन स्वाभाविक हो । मन हलुका बनाउँछ, ‘रिलिफ’ गर्छ । 
-नयाँ पत्रिकाबाट
 

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै चैती छठ सम्पन्न

१ बैशाख, जनकपुर ।

मिथिलाञ्चलका विभिन्न जिल्लामा आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ सम्पन्न भएको छ ।  

चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सा लगायत मिथिलाञ्चलभरिको जलाशयमा उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गरियो ।

सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको छ ।

सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web