१६ चैत, चितवन । चितवनमा सोमबार अपराह्न आएको हावाहुरीका कारण केराखेतीमा ठूलो क्षति पुगेको छ । चितवनको रत्ननगरसागै चैनपुर, पिठुवा, पदमपुरलगायत क्षेत्रमा रहेका केरा बगानमा हावाहुरीले ठूलो क्षति पुर्याएको चितवन केरा उत्पादक सङ्घका अध्यक्ष विष्णुहरि पन्तले जानकारी दिनुभयो । उहाँको आफ्नै केरा बगानमा समेत क्षति पुगेको छ । चैनपुरमा रहेको ९ विगाहा क्षेत्रमा लगाएको केराको आधा भन्दा बढी ढलेर नष्ट भएको पन्तले बताउनुभयो । अन्य दर्जनौं केरा किसानले क्षति भएको भनेर जानकारी दिएकाले विवरण सङ्कलन हुन नसकेको उहाँले बताउनुभयो । आज विवरण सङ्कलन गरिने पन्तको भनाइ छ । केरा व्यवसायीको बैठक बसी तथ्याङ्क सङ्कलनका लागि जिल्ला कृषि विकास कार्यालय संग समन्वय गरेर आज अनुगमन गर्ने उहाँले बताउनुभयो । केरा किसान यज्ञ सुवेदीले पनि आफ्नो नोक्सानी भएको बताउनुभयो । चितवनको चैनपुरमा रहेको १२ विगाहाको प्लटमा करिब २/३ हजार जति केरा ढलेको भन्दै उहाँले यो हावाहुरीले नराम्ररी प्रभावित पारेको बताउनुभयो । जिल्लामा सबै भन्दा बढी केरा खेती उहाँको छ । बर्से्नि यहाँ हावाहुरीले केरामा क्षति गर्दै आएको छ । छ वर्ष अघि ‘एक गाउ एक उत्पादन’ कार्यक्रम अन्तर्गत चितवनमा केराखेतीलाई प्रवद्र्धन गरिएपछि रु ६० करोड लगानी भइसकेको छ । जिल्लामा २०४७ साल देखि केरा खेती सुरु भएको थियो । २०५१ साल देखि व्यावसायिक केराखेती सुुरु भएको चितवनमा पछिल्लो तथ्याङ्कमा दुई हजार २ सय विगाहा जमिनमा खेती गरिएको छ । किसानले झापाली मालभोग र विलियम हाइब्रिड जातको केरा लगाउदै आएका छन् । उत्पादित केरा काठमाडौं, बुटवल, पोखरा र नारायणगढ बजारमा खपत हुन्छ । जिल्लामा रहेका केरा कृषक मध्ये १२० जनाले मात्रै बिमा गरेकाले बिमा नगर्नेले क्षतिपूर्ति पाउन सक्दैनन् र अघिल्लो वर्ष चितवनमा कुल ४४ हेक्टरमा रहेको केराखेती नोक्सान हुादा रु दुई करोड ३८ लाख क्षति भएको थियो ।
संसदको पुरानै नियमले न्यायाधीश नियुक्तिको प्रयास
काठमाडौं,चैत २९ । प्रमुख दलहरुवीच संसदको पुरानै नियमावलीमा रहेको प्राबधानअनुसार न्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाउने विकल्पबारे छलफल सुरु भएको छ। नयाँ नियमावली तत्काल बन्ने अबस्था नभएकाले भइरहेकै नियमावली टेकेर नियुक्तिको प्रक्रिया अघि बढाउने विषयमा दलहरुबीच सहमति खोज्न छलफल सुरु भएको हो।
उक्त नियमावलीमा सिफारिस भएका नमलाई संसदीय सुनुवाइ विशेष समितिले ३५ दिनभित्र रायसहितको प्रतिवेदन बुझाउनु पर्ने, उक्त अबधिभित्र सुनुवाइ नभए नियुक्ति गर्न बाधा नपर्ने या स्वतः सिफारिस भएको मानिने व्यवस्था छ।
न्याय परिषदले गत फागुन १८ मा सर्वोच्चका न्यायाधीशका लागि ११ जनाको नाम चयन गरी संसदीय सुनुवाइका लागि संसदमा पठाएको थियो। तर संसदमा सुनुवाइ समितिकै गठनबारे प्रमुख दलहरुबीच कुरा नमिली नियमावली बन्न नसक्दा उक्त सिफारिस अड्किएको छ। यसअघि हिजो संवैधानिक परिषदले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सुशीला कार्कीलाई नियुक्त गर्न सिफारिस गरेको थियो। कान्तिपुर दैनिकमा समाचार छ।
बिस्केटको लिङ्गो ढालियो, रथ जुधाईयो
१ बैशाख, काठमाडौं ।
भक्तपुरमा आठ रात नौ दिन सम्म मनाईने बिस्केट जात्राको आज पाँचौ दिन बिस्केट जात्राको प्रमुख मानिने लिङ्गो आज साँझ ५ बजे ढालिएको छ ।
हिजो साँझ ७ बजे भेलुखेल स्थित ल्यासिंखेलमा उठाईएको लिङ्गो तान्त्रिक विधिअनुरूप पुजाअर्चना गरी आज लिङ्गो ढालिएको हो ।
भक्तपुरको प्रसिद्घ बिस्केटको लिङ्गो जात्रा हेर्नाले सुख, समृद्घि, सहकाल आउनुका साथै शत्रु नाश हन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भन्ने गरिएको छ ।
२०७३ साल शुभारम्भ
१ बैशाख, काठमाडौं ।
बिक्रम सम्बत २०७२ समाप्त भई आज देखि २०७२ साल प्रारम्भ भएको छ ।
यस अबसरमा नेपालीहरु एक आपसमा शुभकामा आदान प्रदान गर्दे नयां बर्ष मनाई रहेका छन् ।
….
पूर्वी नेपालमा बसोबास गर्ने आदिवासी समुदायको मुख्य पर्व सिरुवा नयाँ वर्षको सुरुवातसंगै आजबाट सुरु भएको छ ।
झापा,मोरङ,सुनसरी लगायतका जिल्लाहरुमा बसोबास गर्ने राजवंशी, गन्गाई, ताजपुरिया, धिमाल, थारु, लगायतले वैशाख १ देखि तीन दिनसम्म सिरुवा पर्व विशेष रुपमा मनाउने गर्छन् ।
यसैगरि राजधानीमा रहेका सुदूरपश्चिमवासीले नव वर्ष विसं २०७३ लाई ‘बिसु महोत्सव’का रुपमा विविध सांस्कृतिक कार्यक्रमका साथ मनाएका छन् ।
सुदूरपश्चिम लोक संस्कृति मञ्च नेपालद्वारा आज काठमाडौंमा आयोजित कार्यक्रममा पञ्चे बाजाको तालमा ढाल र तरबारसहित नाँचिने महाभारतकालीन ‘भो नाच’, प्रसिद्धि कला समूहको ‘छलिया नृत्य’, ‘देउडा सामूहिक खेल’, ‘देउडा गायन’, ‘गढवाली नृत्य’, ‘ठाडो भाका’, ‘अञ्जली नृत्य’, ‘भयाउरे नृत्य’लगायत पस्तुत गरिएको थियो ।
मञ्चका अध्यक्ष तथा नेकपा 'एमाले' का केन्द्रीय सदस्य झपटबहादुर रावलले एक अर्कामा माया प्रेम र सद्भाव कायम राख्न यस्ता कार्यक्रम गरिराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
धरान पिण्डेश्वर धाममा विश्वकै अग्लो त्रिशुल बन्ने
२६ चैत, काठमाडौं ।
धरान पिण्डेश्वर धाममा विश्वकै अग्लो त्रिशुलको निर्माण गरिने भएको छ ।
विश्व हिन्दु परिषद नेपाल धरानले मन्दीर परिषरमा अष्ठ धातुले निर्माण गरिएको १५० फिट अग्लो त्रिशुल निर्माण गर्न लागेको हो ।
परिषदले शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गरेर पूर्व प्रशिद्ध धाम पिण्डेश्वरमा अष्ठ धातुले निर्माण गरिने १५० फिट उचाईको महारुद्र त्रिशुल स्थापना गर्ने जानकारी दिएको हो ।
त्रिशुल निर्माण समितिका अध्यक्ष देबराज अधिकारीले ५ करोड ३० लाख अनुमानित लागतमा एक वर्ष लगाएर निर्माण गरिने सो त्रिशुल ६० जमिन मुनी र ९० फिट जमिन माथि हुने जानकारी दिए ।
त्रिशुलकालाागि आवश्यक अष्ठधातु मानिसहरुले घरमा राखेको तामा पित्तल लगायतका धातुलाई सहयोगको रुपमा संकलन गरेर पुरा गरिने जानकारी दिदै उनले बाँकी आवश्यक रकमसमेत जनश्रमदान र सहयोगबाट जुटाईएने बताए ।
त्यसैगरी परिषदले आगामि फागुन २१ गतेदेखि पिण्डेश्वर अष्ठदशा महापुराण ज्ञान महायज्ञ लगाईने छ । सो यज्ञमा १४ अञ्चलका १८ प्रसिद्ध पण्डितहरुले पुराण बाचन गर्ने छन । जसमा २१ हजार १ सय ११ रुपैया तिरेर संकल्प गराईने छ । सो संकलित रकमसमेत त्रिशुल निर्माणमा लगाईने छ ।
त्यसैगरी पण्डितहरुले बाचन गर्ने १८ पुराणलाई पण्डितहरुद्धारा नै लेखाएर एउटै किताबको रुपमा तयार पारेर बिमोचन समेत गराउने कार्यक्रम रहेको अधिकारी जानकारी दिए ।
संवैधानिक परिषद्को बैठक बिनानिष्कर्ष टुङ्गियो
२६ चैत, काठमाडौं ।
भावी प्रधानन्यायाधीश चयनका विषयमा छलफल गर्न बसेको आजको संवैधानिक परिषद्को बैठक बिनानिष्कर्ष टुङ्गिएको छ ।
नेपाली काँग्रेसको संसदीय दल कार्यसम्पादन समितिको निर्वाचनका कारण दलका नेता शेरबहादुर देउवा अनुपस्थित भएपछि परिषद् बैठक बिनानिष्कर्ष टुङ्गिएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्नि खरेलले अर्को बैठक आउँदो आइतबार बस्ने जानकारी दिनुभयो । उमेर हदका कारण प्रधानन्यायाधीश कल्याण श्रेष्ठ आगामी वैशाख १ गतेदेखि अवकाश पाउँदै हुनुहुन्छ ।
नेपालको संविधानअनुसार संवैधानिक परिषद्ले प्रधानन्यायाधीशको नाम सिफारिस गरेपछि राष्ट्रपतिबाट नियुक्त गरिन्छ ।
पौडेल पक्षका नै एक आपसमा लड्न थालेपछि देउवाको सोच, पौडेललाई चोट
काठमाडौं,चैत १९ । नेपाली काँग्रेसको १३ औं महाधिवेशन सकिएको एक महिना पनि नपुग्दै हुन लागेको संसदीय दलको निर्वाचनमा रमाइलो दृश्य देख्न पाइने भएको छ । सभापति शेरबहादुर देउवाले संसदीय दलको नेतामा उम्मेदवार बन्ने घोषणा गरिसकेका छन् । सभापतिमा पराजित भए पनि रामचन्द्र पौडेलले पनि त्यसका लागि आफूलाई तयार पारिसकेका छन् ।
रमाइलो त के छ भने पौडेल समूहबाटै थप दुई जना उम्मेदवार बन्ने देखिएका छन् । डा. रामशरण महत र प्रकाशमान सिंहले पनि उम्मेदवार बन्ने इच्छा देखाएका छन् । सधैं रामचन्द्रलाई छाड्न सकिँदैन भन्दैै महत र सिंहले संसदीय दलको नेता बन्ने इच्छा राखेको बताइन्छ । यस्तै, सभापतिमा पराजित अर्का उम्मेदवार कृष्णप्रसाद सिटौला पनि मैदानमा उत्रने तयारीमा छन् ।
पौडेल पक्षका नै भनिएका नेताहरु नै एक आपसमा लड्न थालेपछि संसदीय दलको निर्वाचनमा पनि शेरबहादुर देउवाले नै बाजी मार्ने देखिएको छ । सानोचित्त भएका पौडेललाई सधैं बोकेर हिँड्न नसकिने भन्दै सिंह र महत पनि विपक्षमा देखिएपछि सरकारमा जाने र चौथोपटक प्रधानमन्त्री हुने अवसर देउवाका लागि जुट्ने देखिएको छ ।
पछिल्लो दिनमा एमालेभित्र पनि सरकारको विषयमा असन्तुष्टि फैलिएको छ । सरकारले काम गर्न नसकेको भन्दै एमालेमा माधव नेपाल पक्षले केपी ओलीको विकल्प खोज्नुपर्ने आवाज उठाउँदै आएका छन् । एमाओवादीभित्र पनि सरकारको काम प्रभावकारी नभएको भन्दै आलोचना बढिरहेका बेला संसदीय दलको निर्वाचनमा देउवाको विजय सरकार परिवर्तनको विकल्प बन्ने अवस्था देखिनेछ । आजको जनआह्वान साप्ताहिकमा खबर छ ।
दोधारा चाँदनीका हात्ती पिडितहरुका लागी राहत बितरण गरिने
पप्पु गुरुङ्, १९ चैत्र, कञ्चनपुर । दोधारा चाँदनीका हात्ती पिडितहरुका लागी राहत बितरण गरिने भएको छ् । दोधारा चाँदनी नगरपालिकाको कार्यालयबाट आर्थिक वर्ष २०७२/०७३ मा बिनियोजित रकम मध्ये रु. ३५ हजार ५ सय रकम बराबरको राहत दोधारा चाँदनी नगरपालिका वडा नं. ३, बडवाल टोलका दलित बस्तीलाई राहत बितरण गरिने दलित नगर समन्वय समिति दोधारा चाँदनीले जनाएको छ् । बिगतका दिनहरुमा भारतिय जंगली हात्तीको बथान गाँउमा पसेर थुप्रै दलित परिवारको घर भत्काउनुको साथै खेतवारीमा लगाईएको अन्नवाली नष्ट गर्दै आएको बताउदै बडवाल टोलका ३० घर धुरीका लागी राहत बितरण गर्न लागिएको राहत बितरण समितीका संयोजक भक्त बहादुर सुनारले जानकारी दिनुभएको छ् । प्रति परिवार २० किलो चामल, १ लिटर खाने तेल, १ किलो नुन, १ किलो दाल गरि जम्मा रु. ३५ हजार बराबरको राहत बितरण गर्न लागिएको समितिले जनाएको छ् । “चाँडै बितरण गर्ने तयारीमा छौ” राहत बितरण समितीका संयोजक भक्त बहादुर सुनारले भन्नु भयो । दोधारा चाँदनीनगरपालिका बडुवाल टोलका स्थानियहरुले लगाएका बर्षै पिच्छे बाली नाली लाई भारतिय जंगलबाट आएका हात्तीको बथानले खाएर तथा उधनेर नष्ट गर्दै आएपनि सरकारले क्षतीपुर्ती लगाएत राहत समेत नदिएको गुनासो स्थानियहरुले गर्दै आएका छन् । गृहमन्त्रालय तथा युएनडिपी को साझेदारीमा संचाललित सशस्त्र हिंसा न्युनिकरण तथा सामुदायिक सुरक्षा सबलिकरण परियोजना अन्तर्गत दोधारा चाँदनी नगरपालिकामा गठित नगरस्तरिय सामुदायिक सुरक्षा समितीले कञ्चनपुरको दोधारा चाँदनीले हात्ती पिडित क्षेत्रमा आज १५ थान सर्च लाईट तथा सोलर प्यानल सहित आधुनिक सायरन जडान गरे पछि भारतिय जंगलबाट गाँउ भित्रिएको हात्तीको बथानलाई धपाउन सरल भएको स्थानिय महाबिर क्षेत्रीले बताउनुभएको छ् ।
मन्सुर प्रस्तावक,चौधरीको समर्थकमा देउवाद्वारा उम्मेदवारी दर्ता
काठमाडौं,चैत २३ । कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेरवहादुर देउवाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। सिंहदरबारस्थित दलको कार्यालय पुगेर देउवाले दलको नेताका लागि आफ्नो उम्मेदवारी दर्ता गरेका हुन्। देउवाको प्रस्तावकमा सांसद फरमुल्लाह मन्सुर छन् भने समर्थकमा सांसद पद्यनारायाण चौधरी रहेका छन्। निर्वाचन समितिका अनुसार संसदीय दलको नेताको उम्मेदवार बन्न २५ हजार रुपैयाँ शुल्क लाग्नेछ। त्यस्तै चैत २६ गते हुने संसदीय कार्यसमितिका लागि उम्मेदवार बन्न ५ हजार रुपैयाँ शुल्क तिर्नुपर्नेछ। बुधबार बिहान ११ बजेदेखि मतदान हुने भएको छ।
दल कार्यसमितिको निर्वाचन यही चैत २६ गते गर्ने मिति तय भएको छ । उम्मेदवारको पहिलो नामावली प्रकाशन मङ्गलबार १२:३० बजे गरिनेछ । १२:३० बजेदेखि १ बजेसम्म नामावली उपर दाबी विरोध, दोस्रो नामावली प्रकाशन १ बजेदेखि १:३० बजेसम्म, नाम फिर्ता लिने समय १:३० बजेदेखि २ बजेसम्म र अन्तिम नामावली प्रकाशन २ बजेपछि गरिनेछ ।
२०७० साल माघ १२ गते आइतबार भएको संसदीय दलको नेताको निर्वाचनबाट निर्वाचित भएका पार्टीका तत्कालिन सभापति सुशील कोइरालाको निधन भएकाले फेरी निर्वाचन गर्नु परेको हो । दलको नेताको निर्वाचन भने बुधवार भोलि ११ बजेदेखि २ बजेसम्म हुनेछ।
ओली पक्षीय नेताले भने-गुटबन्दीको हल्ला चलाउनेबाटै गुटबन्दी गरिँदैछ
काठमाडौं,चैत २६ । एमाले पोलिटब्युरोमा अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदनमाथि बिहीबार आठ सदस्यले धारणा राखेका छन्। बिहीबार बोल्ने संस्थापन पक्षका नेताहरूले गुटबन्दीको हल्ला चलाउने नै गुटबन्दी गरेको आरोप लगाएका छन्। नयाँ पत्रिका दैनिकमा समाचार छ।
बुधबार बोलेका माधव नेपाल पक्षका नेताले अध्यक्षले पार्टी होइन गुट चलाएको आरोप लगाएका थिए।
संस्थापननिकट सदस्यले अहिले नै दशौँ महाधिवेशन नजिकिए जसरी नीतिगत विषय उठाएर गुटबन्दी भयो भन्दै नेपाल पक्षले हल्लाखल्ला गरेको आरोप लगाएका थिए। उनीहरूले पार्टी विधि र प्रक्रियाभन्दा बाहिर गएर बहस अन्यत्र मोड्दै पार्टी एकता कमजोर तुल्याउन सक्रिय हुन खोजेकोसमेत आरोप लगाएका थिए। बिहीबार बोलेका आठमध्ये पाँच संस्थापन पक्षका सदस्य थिए।
पार्टी एकताबद्ध बनाएर चुनावी तयारी
बैठकमा बोल्ने सबै नेताले राष्ट्रिय संकटका वेला पार्टीलाई एकताबद्ध बनाएर स्थानीय निर्वाचनको तयारीमा गतिशील ढंगले जुट्नुपर्ने धारणा राखेका छन्। ‘सबैजसो साथीहरूले पार्टीलाई एकताबद्ध बनाएर स्थानीय निर्वाचनमा जुट्नुपर्ने धारणा राख्नुभएको छ,’ सदस्य अरुण नेपालले भने, ‘वर्षाअगावै भूकम्पपीडितका लागि सुरक्षित आवासको व्यवस्था गर्न तथा आर्थिक समृद्धिको कार्ययोजनासहित पार्टीलाई अघि बढाउन ध्यानाकर्षण गराइएको छ ।’
प्रदेश कमिटी गठनमा दुई धार
बैठकमा बोल्ने संस्थापननिकट नेताहरूले पार्टीलाई गति दिन विधानको बाधा अड्काउ तत्काल फुकाएर प्रदेश संगठन कमिटी गर्नुपर्ने धारणा राखेका छन्। तर, नेपालनिकट नेताहरूले भने बाधा अड्काउमार्फत कमिटी गठन विधानविपरीत हुने भन्दै विधान अधिवेशनमार्फत बनाइनुपर्ने विषय उठाएका छन्।
एक वर्षको अन्तरालपछि एमाले केन्द्रीय कमिटीको बैठक बस्दै
काठमाडौं,चैत २७ । नेकपा एमालेको पोलिटब्युरोको बैठक आज बस्दैछ । शनिबार पार्टीको पूर्व निर्धारित केन्द्रीय कमिटीको बैठक बस्ने भएको छ। एक वर्षको अन्तरालपछि केन्द्रीय कमिटीको बैठक बस्न लागेको हो। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा केन्द्रीय कमिटीको बैठकको उद्घाटन भई अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिवेदन वितरण गरेपछि पुनःपोलिटब्युरोको बैठकले निरन्तरता पाउने एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपल श्रेष्ठले जानकारी दिए ।
शुक्रवार साँझ बालुवाटरमा भएको पोलिटब्युरो बैठकमा केन्द्रीय कमिटी बैठक सार्न नेता डा विजय पौडेलले प्रस्ताव गरेपनि त्यसलाई बैठकले स्वीकार गरेन। पोलिटब्युरोको बैठक यही चैत २३ गतेदेखि जारी छ। बैठकमा केन्द्रीय विभाग र सल्लाहकार समितिमा मनोनयन, पार्टीको भवन निर्माण, विधान संशोधन, केन्द्रीय निकायका प्रतिवेदनलगायत कार्यसूची छन्। अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधव कुमार नेपाल पक्षबीच पार्टीमा गुटहरु सञ्चालन गरेको लगायत आरोपहरु एकले अर्कालाई लगाउँदै आएका छन्।
७२ सिट क्षमताको बुद्ध एयर ठूलो दुर्घटनाबाट बच्यो, आपतकालिन अवतरण
२६ चैत, बिराटनगर ।
७२ सिट क्षमताको बुद्ध एयरको बिमान ठूलो दुर्घटना हुनबाट जोगिएको छ ।
झापाको भद्रपुर विमानस्थलबाट काठमाडौंका लागि उडेको बिमान विराटनगर विमानस्थलमा आपतकालिन अवतरण गरिएको छ ।
इन्जिनमा समस्या देखिएपछि उडिरहेको बिमानलाई आपतकालिन अवतरण गरिएको हो ।
‘बिमान विराटनगरमा आकस्मिक अवतरण गरिएको र काठमाडौंबाट टेक्निकल स्टाफ अर्को बिमानमार्फत पठाइसकिएको बुद्ध एयर प्रशासनले बताएको छ ।
अधिकाशं सिट बुक भएको बिमानमा कति यात्रु रहेका थिए भन्ने खुलिसकेको छैन ।
24.55¡ÆC