अश्मीले उचालिन मिस नेपाल–२०१६ को ताज

२६ चैत, काठमाडौं ।
सन् २०१६ को मिस नेपाल उपाधि अश्मी श्रेष्ठले उचालेकी छिन् । १८ प्रतिस्पर्धीलाई पछि पार्दै अस्मि मिस नेपाल– २०१६ घोषित भएकी हुन् ।

अस्मिलाई सन् २०१५ की मिस नेपाल इभाना मानन्धरले ताज पहिर्‍याइ दिएकी दिइन् ।

दी हिडेन ट्रेजरको आयोजनामा भएको २१ औं मिस नेपाल विजेता अश्मिले आगामी मिस वर्ल्डमा नेपालको तर्फवाट सहभागी हुने अवसर पाउनेछिन् । मिस नेपाल उपाधि सँगै उनले दर्जन बढी पुरस्कार समेत पाएकी छिन् ।

यस्तै मिस नेपाल फस्ट रनर अपको उपाधि रोशनी खत्रीले जितिन् भने मिस नेपाल सेकेन्ड अनर अप वर्षा लेखी भइन् ।

यस पटक मिस नेपाल छनौटको लागि काठमाडौंबाहिर धरान, विराटनगर, चितवन, बुटवल र पोखरामा समेत अडिसन गरिएको थियो ।

रक्षक नै भक्षक ! प्रहरी नै अपहरण र फिरौती असुल्दै

१५ चैत, काठमाडौ । नागरिकको जीउधनको सुरक्षा गर्ने प्रहरी आफैँले सर्वसाधरण नागरिलाई अपहरण गरी फिरौती असुल्ले धन्दा चलाइरहेका छन भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ ।

१० वर्षदेखि प्रहरी सेवामा रहँदै आएका एक प्रहरी जवानले प्रहरी आचरण र नियमविपरित यस्तो धन्दा सञ्चालन गर्द आएको पाइएको आजको राजधानी दैनिकमा समाचार छ ।

प्रहरी जवान अरविन्द सिंहको यस्तो धन्दा उनी पक्राउ परेपछि मात्रै बाहिर आएको हो ।

अपराधिक मानसिकताका व्यक्तिहरुसँग मिलेर अपरहण तथा शरिर बन्धक बनाई फिरौती लिएको प्रमाणका आधारमा हाल उनी पर्सा प्रहरीको हिरासतमा छन ।

पर्सा प्रहरी प्रमुख एपी राजुबाबु श्रेष्ठले प्रहरी जवान सिंहलाई पर्साको झौवागुठी गानिस ६ घर भई हाल वीरगञ्ज उपनगरपालीका १९ बस्ने २७ वषिर्य राजुकुकार शाह कानुलाई अपरहणगरी फिरौती लिएको अभियोगमा पक्राउ गरिएको जानकारी दिए ।

आफ्नै श्रीमतीको हत्या

२१ चैत, बनेपा ।
काभ्रेपलाञ्चोकमा एक श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

गएराति धारिलो हतियार प्रहार गरी जिल्लाको पनौती नगरपालिका वडा नं १३ स्थित पस्थलीका ३४ वर्षीय रामशरण थापाले २८ वर्षीया श्रीमती सम्झना थापाको हत्या गरेका हुन् ।

प्रहरीका अुनसार रामशरणले हँसिया र बन्चरो प्रहार गरी हत्या गरेका हुन् ।

गएराति गाउँमा सप्ताह चलिरहेको मौकामा उनले श्रीमतीको हत्या गरेको र घटनाको जानकारी आज बिहानमात्रै प्रहरीलाई गाउँलेले दिएका थिए ।

सो घटनामा संलग्न थापा घरमा नै बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । उनका दुई छोरा छन् ।

निषेधीत क्षेत्रमा सरकारी धर्नाकारी !

काठमाडौं,चैत २६ ।  राज्यबाट तलब लिएर जनताको सेवा गर्न निजामती सेवामा बसेका केही कर्मचारी आधिकारिक ट्रेड युनियनको चुनाव हुन नदिने कसरतमा छन् ।  राजनीतिक पार्टीले जस्तो समानुपातिक समावेशी चरित्रको ट्रेड युनियन निर्वाचन गराउन उनीहरुले माग गरेका हुन्। विभिन्न ट्रेड युनियनको सट्टा एउटै आधिकारिक ट्रेड युनियनका लागि सरकारले बैशाख १० मा निर्वाचन मिति घोषणा गरिसकेको छ । तर, राजनीतिक दलसम्बद्ध ट्रेड युनियनमा अाबद्ध  निजामती कर्मचारी एेनविपरीत माग राख्दै चुनाव गर्न नदिन सिंहदरबारभित्रै धर्ना बसेका छन्।
 
निजामती कर्मचारीका हकहितभन्दा राजनीति बढी भएकाले निजामती ट्रेड युनियनको आवश्यकताबारे बहस हुनुपर्ने बताउँछन् पूर्वमन्त्री लालबाबु पण्डित। ट्रेड युनियन आधिकारिक हुनुपर्ने उनको भनाई छ । नागरिक दैनिकमा समाचार छ – आधिकारीक ट्रेड युनियनले कामभन्दा हरेक कार्यालयमा दलगत युनियन खोलेका छन्।  ट्रेड युनियनले कामभन्दा बढी राजनीति गरिरहेको पण्डितले बताए। उनी भन्छन्–‘सिंहदरबारभित्र धर्ना छ भन्ने समाचार आउँछ तर सिंहदरबार निषेधित क्षेत्र हो। यस्तो गलत कुरालाई कसैले पनि साथ दिनु हुँदैन।’

 

समय नपुग्दै चिरिन्छन् सेरोगेट आमाको कोख !

काठमाडौं,चैत २९ । सर्वोच्च अदालतले सरोगेसी सेवामा रोक लगाएपछि सरकारले गर्भमा रहेका र जन्मिसकेका शिशुको भविष्यबारे निर्णय गरिसकेको छ तर अस्पतालले समय नपुग्दै शल्यक्रियाको जोखिम उठाइरहेको छ । अस्पतालले बच्चा जन्मिने परिपक्व समय नपुग्दै शल्यक्रिया गरेर सरोगेट दम्पतीलाई शिशु बुझाउन थालेका छन् । उनीहरुले गर्भाधान भएको सात महिना नपुग्दै सम्बन्धित सरोगेट आमाको गर्भबाट शिशु निकालेर हस्तान्तरण गर्न लागेका  आजको नागरिक दैनिकले जनाएको छ ।

एक अष्ट्रेलियन दम्पतीले एक भारतीय महिलामा २०७२ साउन ३ गते भ्रुण प्रत्यारोपण गरेको थियो । काठमाडौं प्रमुख सरोगेसी सेवाप्रदायक अस्पताल ग्रान्डी सिटी क्लिनिकले २०७२ माघ १४ मा शल्यक्रिया गरेर जुम्ल्याहा शिशु जन्माएको छ जुन गर्भ रहेको ६ महिना ७ दिन मात्र हो ।

अर्को एक अस्ट्रेलियन जोडीले २०७२ साउन १७ गते भारतीय आमासँग कोखा भाडामा लिएकोमा त्यही अस्पतालबाट सातौ महिनामा शल्यक्रियाबाट शिशु जन्माइएको थियो । गर्भाधानको छैंटौं, सातौँ र आठौँ महिनामा शल्यक्रियामार्फत शिशु दिइएका धेरै घटना सार्वजनिक भएका छन् ।

गृह मन्त्रालय र अध्यागमन विमागले गत कात्तिक १२ मा जन्मिसकेका र सर्वोच्चले आदेश दिनुअघि गर्भवती भइसकेका सरोगेट आमाबाट भविष्यमा जन्मने शिशुलाई विदेशी दम्पतीले घर लैजान पाउने निर्णय गरे । अदालतको निर्णयअघि गर्भाधान भएका आमाहरुको हकमा ९ महिनासम्म पर्खिने निर्णयसमेत भएको थियो ।

 

पार्टी एकताको मुख्य बाधक वैद्य भएको बादलको आरोप

काठमाडौं, चैत २७ । क्रान्तिकारी माओवादीका महासचिव रामबहादुर थापाले चिराचिरामा विभाजित माओवादीलाई एउटै घटका ल्याएर पार्टी एकीकरण गर्न अध्यक्ष मोहन वैद्य नै बाधक बनेको आरोप लगाएका छन् । अध्यक्ष वैद्यका कारण आफूहरुको राजनीति सकिएको विश्लेषणमा पुगेका थापा पक्षका ५७ जना केन्द्रीय सदस्यले हस्ताक्षर अभियानसमेत अगाडि बढाएका आजको अन्नपूर्णमा समाचार छ ।

चार वर्षअघि वैद्य पक्षका नेता कार्यकर्ताको राजधानीको बौद्धमा भएको राष्ट्रिय भेलाद्धारा एमाओवादीबाट अलग भएको क्रान्तिकारी माओवादी अहिले आएर आफूहरुको राजनीति स्वतः अन्त्य हुन लागेको निष्कर्षमा पुगको छ । पार्टी महासचिब थापाले आफनो समुहको राजनितिकि ‘क्रान्तिकारी न त संसदवादी ‘ भन्दै रमजनिति बचाउन पनि एमाओवादी संग एकताको बिकलप नभएको दाबी गरेका छन् ।

 

अशोक राई भन्छन्-‘बाबुराम कसरी नयाँ शक्ति भए ?’

१९ चैत, काठमाडौं ।
संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राईले नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराइमा नाटीय चरित्र रहेको आरोप लगाएका छन् । राजधानी दैनिकमा समाचार छ ।
 
'हिजो उहाँ आफैँले संविधान जारी गर्नुभयो, अनि अहिले मधेसी आदीबासी जनजातिको अधिकार नभएको संविधानमा हस्ताक्षर गरेर मैले गल्ती गरे भन्नुहुन्छु, राईले भने 'उहाँहरु सात प्रदेशलाई नै सुदृढ गर्ने भन्नुहुन्छ, यही संविधान कार्यान्वयन गर्ने भन्नुहुन्छ भने यो कसरी नयाँ शक्ती हो ।'
 
सात प्रदेश र नयाँ संविधानमा उत्पीडित समुदायको पक्षमा नरहेकाले नै आफू आन्दोलनमा उत्रिएको राईले बताए।

एसएलसी परिक्षा सुरु, परिक्षार्थीलाई सफलताको शुभकामना

१८ चैत, काठमाडौं ।
यस वर्षको प्रवेशिका परिक्षा एसएलसी बिहान ८ बजेदेखि देशैभर एकसाथ सुरु हुँदै छ ।

परीक्षामा देशभरबाट कुल ६ लाख १५ हजार ५ सय ५३ जना परिक्षार्थी सामेल हुने परिक्षा नियन्त्रण कार्यालय, सानोठिमिले जनाएको छ ।

कूल परीक्षार्थी मध्ये नियमिततर्फ ४ लाख ५२ हजार ८ सय ८१ र पूरकतर्फ १ लाख ५९ हजार ४ सय १७ जना परिक्षार्थी रहेको परिक्षा नियन्त्रक कृष्ण प्रसाद काप्रिले टपनेपालन्युजडटकमलाई जानकारी दिनुभयो  ।

यसैगरि प्राविधिकतर्फ ३ हजार २ सय ५५ जना परिक्षार्थी सामेल हुँदैछन् । परिक्षाका लागी १ हजार ९ सय ४३ केन्द«को व्यवस्था गरिएको छ ।

आजदेखि सुरु हुने परिक्षा चैत्र २९ गतेसम्म सञ्चालन हुने र परिक्षाको नतिजा तीन महिनाभित्र  प्रकाशित गरिसकिने परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

एसएलसी परिक्षालाई मर्यादित र शान्तिपूर्ण बनाउन विद्यार्थि, अभिभावक, शिक्षक र राजनीति दलका प्रतिनिधि लगायत सम्बद्ध सबैसँग परिक्षा नियन्त्रण कार्यालयले आग्रह समेत गरेको छ ।

गुण्डा नाइके राजु गोर्खाली समूहको कब्जामा सञ्चय कोषको भवन

काठमाडौं,चैत १९ । राजधानीको मुटु सुन्धारामा रहेको कर्मचारी सञ्चय कोषको भबन गुण्डा नाइके राजु गोर्खाली समूहले कब्जा गरेको छ । सुन्धारास्थित सञ्चय कोषको व्यापारीक भबन ‘काठमाडौं मल’ मा गुण्डा नाइके गोर्खाली समूहले टेण्डर हाल्दा सबैभन्दा बढी बिड गरी कब्जा गर्न सफल भएको हो । सञ्चय कोषले मासिक ९६ लाख न्यूनतम मूल्य राखी बोलपत्रको आव्हान गरेको थियो । गत शुक्रवार ११ वटा फर्मले टेण्डर बिड गरेका थिए ।

जसमा गोर्खाली समूहले आफ्नो दुई वटा फर्म दर्ता गर्दै सूर्यदिप ग्रुपको नामबाट सबैभन्दा बढि ३ करोड १७ लाख मासिक बुझाउने कबोल गरी टेण्डर हालेर मल हात पार्न सफल भएका हो । गोर्खाली समूहले टेण्डर पारेपछि काठमाडौं मलका व्यापारीहरु त्रसित बनेका छन् । गोर्खाली समूहले सूर्यदिप र्फमबाट ३ करोेड १७ लाख र दोस्रो शिवलक्ष्मी कोजु फर्मबाट २ करोड ७१ लाख मासिक बुझाउने शर्तमा टेण्डर हालेको थियो ।

तर, पहिलो र दोस्रो दुबै छाडेर गोर्खाली समूहले मासिक १ करोड ५१ लाख कबोल भएकोे तेस्रो फर्म सूर्य बिनायक हाउजिङबाट सम्झौंता गर्ने योजना समेत बनाएको खुलेको छ । अन्य फमहरुले भने धेरै कम मूल्यमा टेण्डर हालेका थिए । गोर्खाली समूहले पहिलो र दोस्रो फर्म छाडेर १ करोेड ५१ लाख मूल्यमा टेण्डर हालेको सुर्य बिनायक हाउजिङबाट सञ्चय कोषसँग सम्झौंता गर्र्ने तयारी गरेको मल स्रोत बताउँछ । मासिक डेढ करोड फरक पर्ने भएपछि योजनाबद्ध तरिकाबाट गोर्खाली समूहले दुईवटै फर्मको ५७ लाख बैंक  ग्यारेन्टी जोखिममा राखेर १ करोड ५० लाखमा सम्झौंता गरी सञ्चय कोषलाई बार्षिक २५ करोड घाटा पु-याउने खेलमा लागेको छ ।

स्रोतका अनुसार उक्त तेस्रो फर्म कानून बमोजिम दर्ता नभएका कारण रद्ध हुने तयारीमा छ । सो फर्ममा टेण्डर बिड गर्ने संस्थाको छाप र हस्ताक्षार समेत गरिएको छैन । उक्त फर्म यसअघि काठमाडौं मल भाडामा लिने पम्पी राणा समूहकै हो । राणा कोषको कालो सूचिमा छन् । तेस्रो फर्मबाट काम गर्न गोर्खाली समूह अहिले राजनीतिक र प्रशासनिक लबिङ लागेर मल हत्याउने षड्यन्त्रमा जुटेको छ । गोर्खाली ८ महिना पछि अबकास पाउन लागेका नेपाल प्रहरीका एआईजी विज्ञानराज शर्मासँग बेला बेलामा जोडिने गर्दछन् ।

स्रोतका अनुसार एआईजी शर्माले गोर्खालीलाई संरक्षण दिएका कारण गोर्खाली प्रहरी फन्दामा पर्न सकेका छैनन् । तीन करोड १७ लाखमा उक्त टेण्डर सम्झौंता गर्नलाई तत्काल गोर्खाली समूहलाई तिन महिनाको भाडा ९ करोड ५१ लाख र एक बर्षको बैंक ग्यारेन्टी ३८ करोड गरेर लगभग ५० करोडको जोहो गर्नु पर्ने सञ्चयकोषका एक अधिकृत बताउँछन् । गोर्खालीले उक्त रकम जम्मा गरेको खण्डमा स्रोत खोजिने भएकाले गोर्खालीलाई टेण्डर हत्याउन त्यति सहज भने छैन ।
* न्युज-नेपाल

कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा विजयी

काठमाडौं,चैत २४ ।  नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् ।  देउवाले दोब्बर भन्दा बढी मत ल्याएर  संसदीय दलको नेतामा नेता रामचन्द्र पौडेललाई हराएका हुन् ।  कुल २०६ मत खसेकोमा देउवाले १३९ मत पाएका छन् भने पौडेलले ६७ मत मात्र पाएका छन् । कांग्रेसका २०७ मध्ये २०६ सांसदले दलको नेता चयनका लागि मतदान गरे। दोस्रो संविधानसभा निर्वाचनपछि वि.सं. २०७० माघ १२ मा भएको संसदीय दलको निर्वाचनमा भने देउवा तत्कालिन सभापति सुशील कोइरालासँग पराजित भएका थिए ।

पहिलो संविधानसभा निर्वाचनपछि भने पौडेलले देउवालाई पराजित गर्दै संसदीय दलको नेता चयन भएका थिए । एक महिनाअघि भएको निर्वाचनमा भने पौडेललाई पराजित गर्दै देउवा पार्टी सभापति चयन भएका थिए ।
 

पत्रकारको तलबमै अल्झियो सूचना तथा सञ्चार सम्बन्धी उच्चस्तरिय समिति बैठक

२६ चैत, काठमाडौं ।

सूचना तथा सञ्चार सम्बन्धी उच्चस्तरीय समितिले नयाँ आमसञ्चार नीतिका विषयमा समितिका सदस्यहरुसँग आज छलफल गरेको छ ।

समितिका अध्यक्ष काशिराज दाहालको अध्यक्षतामा सिंहदरवारमा बसेको बेठकमा समितिका सदस्यहरुले नयाँ संविधानको भावना अनुसार आमसञ्चार नीति बनाउनु पर्ने, कार्यान्वयनको पक्षलाई विशेष जोड दिनुपर्ने, भाषिक विकासमा जोड दिनुपर्ने, बैकल्पिक सञ्चारमाध्यमहरुलाई पनि नीतिमा समावेश गर्नुपर्ने लगायतका सुझाव दिनु भएको थियो ।

समितिका अध्यक्ष दाहालले श्रमजिवी पत्रकार ऐन कार्यान्वयनबारे सरोकारवाला एवं सञ्चारमाध्यमसँग समेत सुझाव लिईरहेको बताउनु भयो ।

नयाँसञ्चार नीति बनाउन लागि सरकारले गत माघ २० गते काशिराज दाहालको अध्यक्षतामा प्रेशकाउन्सिलका अध्यक्ष सहित सञ्चार क्षेत्रका विभिन्न संस्थाका प्रतिनिधि सदस्य रहेको उच्चस्तरीय समिति गठन गरेको थियो ।

डोटी जिप दुर्घटना:पद्मकन्या क्याम्पसका तीन प्राध्यापकको मृत्यु

१ बैशाख, धनगढी ।
गए राति डोटीको जिजोमाडौँको खाँडमा भएको जिप दुर्घटनामा आठ जनाको मृत्यु हुनुका साथै अरु सातजना घाइते भएका छन् । दूर्घटनामा मृत्यु हुने अधिकाँश एकै परिवारका रहेका छन् ।

मृत्यु हुनेमा  पद्मकन्या क्याम्पस काठमाडौँंका तीन प्राध्यापक र उनीहरुका परिवारजन र अन्य रहेका छन् ।
 
दुर्घटनामा परी पद्मकन्या क्याम्पसका प्राध्यापक, साहित्यकार एवम्  डोटेली लोक संस्कृतिका अनुसन्धानकर्ता डा जयराज पन्त, उहाँकी पत्नी सहप्राध्यापक गुड्डी पन्त तथा भाइबुहारी सावित्रा पन्तको पनि मृत्यु भएको छ । गुड्डी र सावित्रा दुवै पद्मकन्या क्याम्पसमै  अध्यापनरत हुनुहुन्थ्यो ।    

यस्तै सोही दुर्घटनामा परी डा पन्तका काका पशुसेवा निर्देशनालयका पूर्वनिर्देशक डा गणेशराज पन्त र उहाँका भाइ केशवराज पन्तको समेत मृत्यु भएको छ ।

बाङ्डुग्रीसैनबाट जिजोडामाडौँतर्फ जाँदै गरेको अवस्थामा ना१ज ३२९४ नं को जिप गए राति ९ बजे दुर्घटना भएको हो ।     

दुर्घटनामा जिप चालक डोटी वनलेक गाविसका चेतराज बलायर, हिजोडामाडौँ गाविसकी हरिना टमाटा र ठेगाना खुल्न नसकेकी जानकी ताम्राकारको समेत मृत्यु भएको छ ।

घटनास्थलमा छ जनाको र डडेलधुरास्थित उपक्षेत्रीय अस्पतालमा उपचारका क्रममा दुई जनाको मृत्यु भएको हो ।    

सडकबाट झन्डै पाँच सय मि तल भिरमा खसेर भएको दुर्घटनामा सातजना घाइते भएका छन् ।  

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web