१८ चैत, काठमाडौं ।
यस वर्षको प्रवेशिका परिक्षा एसएलसी बिहान ८ बजेदेखि देशैभर एकसाथ सुरु हुँदै छ ।
परीक्षामा देशभरबाट कुल ६ लाख १५ हजार ५ सय ५३ जना परिक्षार्थी सामेल हुने परिक्षा नियन्त्रण कार्यालय, सानोठिमिले जनाएको छ ।
कूल परीक्षार्थी मध्ये नियमिततर्फ ४ लाख ५२ हजार ८ सय ८१ र पूरकतर्फ १ लाख ५९ हजार ४ सय १७ जना परिक्षार्थी रहेको परिक्षा नियन्त्रक कृष्ण प्रसाद काप्रिले टपनेपालन्युजडटकमलाई जानकारी दिनुभयो ।
यसैगरि प्राविधिकतर्फ ३ हजार २ सय ५५ जना परिक्षार्थी सामेल हुँदैछन् । परिक्षाका लागी १ हजार ९ सय ४३ केन्द«को व्यवस्था गरिएको छ ।
आजदेखि सुरु हुने परिक्षा चैत्र २९ गतेसम्म सञ्चालन हुने र परिक्षाको नतिजा तीन महिनाभित्र प्रकाशित गरिसकिने परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
एसएलसी परिक्षालाई मर्यादित र शान्तिपूर्ण बनाउन विद्यार्थि, अभिभावक, शिक्षक र राजनीति दलका प्रतिनिधि लगायत सम्बद्ध सबैसँग परिक्षा नियन्त्रण कार्यालयले आग्रह समेत गरेको छ ।
16.08¡ÆC