चक्का जाममा अलपत्र परेका यात्रुका लागि प्रहरीको निःशुल्क बस (रुटसहित)

काठमाडौं,जेठ १३ । यातायात व्यवसायीले गरेको चक्काजामका कारण अलपत्र परेका यात्रुका लागि नेपाल प्रहरीले  निः शुल्क बस सञ्चालन गरेको छ । यातायात ब्यवसायीले जरिवानाको दर उच्चरुपमा वृद्धी गरिएको भन्दै विहीबार चक्काजाम गरेका छन् । नेपाल प्रहरीले यी दुई रुटमा चलेका निःशुल्क बस सेवाको सदुपयोग गर्न अनुरोध गरेको छ-

रुट नं. १

नक्साल, जयनेपाल, पुतलीसडक, माइतीघर, थापाथली, पुल्चोक, जावलाखेल, एकान्तकुना, बल्खु, कलंकी, रविभवन, कालिमाटी, त्रिपुरेश्वर, नागस्थान, न्युरोड गेट, जमल, महेन्द्र शालिक, दरवारमार्ग, जयनेपाल सिनेमाहल हुँदै नक्साल ।

रुट नं. २

नक्साल, लोत्सेचोक, ज्ञानेश्वर, रातोपुल, गौशाला, एयरपोर्ट, सिनामंगल, कोटेश्वर तीनकुने, नयाँ बानेश्वर, माइतीघर, थापाथली, त्रिपुरेश्वर, नागेस्थान, न्युरोड गेट, जमल, लैनचौर, लाजिम्पाट, पुलिस एकेडेमी, नारायण गोपाल चोक, पुलिस एकेडेमी, बालुवाटार हुँदै नक्साल ।

फुटबलर विमल घर्तीकी बहिनी मृत अवस्थामा फेला

नवलपरासी,जेठ १३  । नेपालका स्टार स्टाइगर विमल घर्ती मगरकी बहिनी मनिषा घर्तीमगर मृत अवस्थामा फेला परेकी छिन् । नवलपरासी बर्दघाट–८ पञ्चनगरमा रहेको आफ्नै घरमा मनिषा मृत भेटिएको प्रहरीले जनाएको छ ।  घर्तीकी आमा काम विशेषले बुटवल गएको बेला उनी घरमा एक्लै रहेकी थिइन् ।

प्रहरीले प्रारम्भिक जानकारी अनुसार उनको घाँटीमा कालो दाग भेटिएको र अन्य विषयमा अनुसन्धान भइरहेको छ ।   यो हत्या नै वा अरु नै भन्ने विषयमा अनुसन्धान भइरहेको नवलपरासीका डिएसपी अर्जुन रानाभाटले जानकारी दिएका छन् । यतिबेला विमल घर्तीमगर भने बेल्जियममा रहेका छन् ।

ट्राफिक जरिवानाको बिरोध: बन्दकर्ताको निशानामा सेनाको स्कुल बस

काठमाडौं,जेठ १३ ।  ट्राफिक जरिवाना रकम बढेको बिरोधमा चक्का जामको आयोजना गरेका व्यवसायीले नेपाली सेनाको सैनिक स्कुल बसमा तोडफोड गरेको छ ।  बन्दकर्ताले चाबहिल चोकमा बा २ ख २२४७ नम्बरको सैनिक बसमा ढंगामुढा र तोडफोड गरेका हुन् । उनीहरुले राजधानीको सुकेधारामा बा १ ज १५९९ नम्बरको ट्याक्सी, टेकुमा ना १ ज ८४१३ नम्बरको टाटासुमो र टेकुमा बा २ ज २००० नम्बरको ट्याक्सी तोडफोड गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले राजधानीको गौशाला, बालाजु, ललितपुरका विभिन्न स्थानमा  जबर्जस्ति बन्द गराउदै हिड्ने १५७ जनालाई  नियन्त्रणमा लिएको छ । नियम उल्लंघन गर्ने सवारीको कारबाहीका लागि ट्राफिक प्रहरीले बढी शुल्क लिन लागेको विरोधमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले गरेको बन्दले काठमाडौं उपतयका लगायत देश भरको जनजीवन प्रभावित भएको छ।

आज किन चलेन माओवादी बन्दमा चल्ने कनकमणिको ‘साझा यातायात’ ?

काठमाडौं,जेठ १३ । ट्राफिक नियम उल्लङ्घन गरेपछि लाग्ने शुल्क बढाएको भन्दै यातायात व्यवसायीले वृद्धि गरेको जरिवाना फिर्ता गर्न माग गर्दै सार्वजनिक यातायात बन्द गरेका छन् । आज विभिन्न यातायात व्यवसायी र मजदुरहरुले उपत्यकामा सवारी साधन चलाएका छैनन् । मोटरसाइकल र कार नीजि सवार साधन सडकमा कुदिरहेका छन्। ट्राफिक प्रहरीले शुल्क २५ देखि २०० सम्मलाई जेठ १ गतेदेखि लागू हुनेगरी ५०० देखि एक हजार ५०० सम्म पु¥याएको भन्दै चोकचोकमा सवारीसाधन थन्क्याएर चक्काजाम गरेका हुन् । नेपाल यातायात मजदुर संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र अखिल नेपाल क्रान्तिकारी मजदुर संघ लगायतका ८ वटा संस्था संयुक्त रुपमा जेठ १३ गते मुलुकभरका आफ्ना सवारीसाधन ग्यारेजमा थन्क्याएर सडकमा उत्रिएका हुन्।

काठमाडौँ उपत्यकामा अत्यावश्यक सवारीसाधनबाहेक अरू कुनै पनि भाडाका सार्वजनिक सवारीसाधन चलेका छैनन् । २०७२ असोज १४ गते ट्राफिक ऐन संशोधन गरी ट्राफिक नियम उल्लङ्घन गर्नेलाई यही जेठ १ गतेदेखि लागू हुनेगरी ट्राफिक जरिवाना वृद्धि भएको थियो । माओवादी बन्दका बेला र प्रहरी र प्रमुख जिल्ला अधिकारीसहितको ‘स्कटिङ’मा चलाउँने साझा यातायात यति बेला भने राजधानीमा गुमनाम अवस्थामा रहेको छ । विशेष सेवा सुविधा सहित सञ्चालनमा आएको महानगर यातायात पनि आज चलेकको छैन् । गृहले मंगलबार सार्वजनिक सवारी बन्द गरे कारवाही गर्ने चेतावनीसहित विज्ञप्ति निकालेको थियो ।

भाडाका सार्वजनिक सवारी साधनलाई पूर्ण रुपमा बन्द गरे पनि निजी सवारी साधनहरू भने सञ्चालनमा छन् । चक्काजाम बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म कायम हुने जनाएको छ । ट्राफिक प्रहरीले नियम तोड्ने सवारीलाई जेठ १ गतेदेखि न्युनतम् ५ सयदेखि अधिकतम १५ सयसम्मको जरिवाना लगाउन सक्ने नियम लागू गरेको थियो । त्यसको बिरोधमा ब्यबसायीले बन्द घोषणा गरेको हो ।

ट्राफिक प्रहरीले वृद्धि गरेको जरिवाना फिर्ता गर्न माग गर्दै सार्वजनिक यातायात बन्द

कठमाडौं,जेठ १३ ।  ट्राफिक प्रहरीले वृद्धि गरेको जरिवाना फिर्ता गर्न माग गर्दै यातायात मजदुर व्यवसायीले आज  सार्वजनिक यातायात बन्द गरेका छन् ।  आज विभिन्न यातायात व्यवसायी र मजदुरहरुले उपत्यकामा सवारी साधन चलाएका छैनन् । मोटरसाइकल र कार नीजि सवार साधन  सडकमा कुदिरहेका छन्। गृह मन्त्रालयले सार्वजनिक यातायात बन्द नगर्न चेतावनी जारी गरेपनि त्यसको बेवास्ता गर्दै यातायात बन्दको घोषणा गरेका हुन् । नेपाल यातायात मजदुर संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र अखिल नेपाल क्रान्तिकारी मजदुर संघ  लगायतका ८ वटा संस्था संयुक्त रुपमा जेठ १३ गते मुलुकभरका आफ्ना सवारीसाधन ग्यारेजमा थन्क्याएर सडकमा उत्रिएका हुन्।

गृहले मंगलबार सार्वजनिक सवारी बन्द गरे कारवाही गर्ने चेतावनीसहित विज्ञप्ति निकालेको थियो । भाडाका सार्वजनिक सवारी साधनलाई पूर्ण रुपमा बन्द गरे पनि निजी सवारी साधनहरू भने सञ्चालनमा छन् । चक्काजाम बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म कायम हुने जनाएको छ ।  ट्राफिक प्रहरीले नियम तोड्ने सवारीलाई जेठ १ गतेदेखि न्युनतम् ५ सयदेखि अधिकतम १५ सयसम्मको जरिवाना लगाउन सक्ने नियम लागू गरेको थियो । त्यसको बिरोधमा ब्यबसायीले बन्द घोषणा गरेको हो ।

सशस्त्रले ५० हजार बराबर अबैध कपडा बरामद

पप्पु गुरुङ्, १३ जेष्ठ / दोधारा चाँदनी, कञ्चनपुर  । कञ्चनपुरको दोधारा चाँदनीबाट सशस्त्र प्रहरीले रु. ५० हजार बराबरको अबैध बरामद गरेको छ् । तस्करहरुले आज बिहान करिब ५ बजे दोधारा चाँदनीको महाकाली झोलुङ्गे पुल नजिक महेन्द्रनगर लग्दै गर्दा बिभिन्न प्रकारको लेडिज सुट, ब्लाउज, पेटिकोटको कपडा बरामद गरेको सशस्त्र सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीका प्रहरी निरिक्षक शंकर सिंह धामीले बताउनुभएको छ् । सशस्त्र प्रहरीको गस्ति टोली देखेपछि तस्करहरु कपडा छाडेर भोगेको प्रहरीले जनाएको छ् । आजै बरामद अबैध कपडालाई भन्सार कार्यालय गड्डा चौकी बुझाईने सशस्त्र प्रहरीले बताएको छ् ।

किन बढ्यो प्रधानमन्त्रीको पार्टीभित्रै असन्तुष्टि ?

काठमाडौं,जेठ १३ । नेपालका असन्तुष्टि

१. केन्द्रीय कमिटीका निर्णय कार्यान्वयन भएनन्

गत ४ वैशाखमा सम्पन्न केन्द्रीय कमिटी बैठकले विभाग गठन, प्रादेशिक संगठन कमिटी बनाउने र सरकार–पार्टीबीच समन्वयका लागि छुट्टै संयन्त्र गठन गर्ने निर्णय गरेको थियो ।

एक साताभित्र विभाग गठन गरी तल्लो तहसम्म सर्कुलर पठाउने निर्णय भए पनि डेढ महिना बित्न लाग्दा अहिलेसम्म ३१ मध्ये २२ वटा विभाग मात्रै गठन भएका छन् । स्थायी समितिले प्रदेश कमिटी बनाउने निर्णय गरे पनि कस्तो कमिटी बनाउनेबारे औपचारिक छलफलसमेत भएन ।

‘केन्द्रीय कमिटीले निर्णय गरेको एक महिना १० दिन बित्यो, तर किन कार्यान्वयन भएन् ?, किन संयन्त्र बनेन ? तीन दिनभित्र जारी गर्न सकिने सर्कुलर किन कार्यकर्ताबीच पुगेन ?, त्यो त हाम्रो हातमा छैन,’ मदन भण्डारी अध्ययन केन्द्रले गरेको राष्ट्रिय भेलामा सचिव योगेश भट्टराईले भने ।

२. संस्थागत निर्णय र परामर्श हुँदैन भेलामा नेता नेपाल र वरिष्ठ नेता झलनाथ खनाल दुवैले पार्टीमा स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटीका बैठक औपचारिकतामै सीमित हुने गरेको आरोप लगाएका छन् । ‘आवश्यक परामर्श त परै जाओस्, स्थायी समितिमा कसैले विरोधमा बोल्ने धृष्टता गरिहाल्यो भने कर्के नजरले हेरिन्छ,’ नेपालले असन्तुष्टि पोख्दै भने, ‘गुट चलाउनेको हातमा पार्टी गएको छ, पार्टी चलाउनेहरूचाहिँ चाउरिएर बस्नुपरेको स्थिति छ ।’

३. दशौँ महाधिवेशनलाई लक्षित गरेर सदस्यतामा धाँधली नेता नेपालले दशौँ महाधिवेशनलाई लक्षित गरेर संस्थापनले संगठित सदस्यता वितरण र सरुवामा मनपरी गरेको आरोप लगाएका छन् ।

नयाँ पत्रिका दैनिकमा समाचार छ।

राज्यको ढुकुटीबाट मादल किन्छन् सांसदहरु

काठमाडौं,जेठ १३ । संसदीय क्षेत्र विकास कार्यक्रमका नाममा सांसदलाई दिइँदै आएको अबौँ बजेट दुरुपयोग भएको आरोप लगाउँदै पूर्वअर्थमन्त्रीहरुले आउँदो बजेटमा यस्तो रकम विनियोजन नगर्न सुझाव दिएका छन् ।

पूर्वअर्थमन्त्री तथा तत्कालीन एमाओवादी नेता वर्षमान पुनले निर्वाचन क्षेत्र विकासका नाममा सांसदलाई दिइन रकम रोक्नुपर्ने बताए । ‘विकासका नामा सांसदले पाउने रकम जथाभावी खर्च हुँदा एकातिर नेताहरु बद्नाम हुँदै गएका छन् भने अर्कोतिर त्यो बजेजबाट खासै उपलब्धि हात लागेको देख्न सकिएको छैन ।’ उनले भने ।

यसैवीच नागरिक दैनिकले आज सम्पादकीय लेख्दै राज्यको ढुकुटीको दोहर गरि सांसदहरुले सांसद कोषको पैसाबाट मादल किनिदिने जस्ता क्षणिक कार्यक्रमहरुमा सांसदहरु लाग्न नहुने उल्लेख गरेका छन् । महत्वपूर्ण आयोजनाका निमित्त राज्यका ढुकुटी प्रयोग हुनुपर्ने भन्दै नागरिकले सम्पादकीय लेखेको छ ।

प्रभावशाली नेताको क्षेत्रमा अर्बौं बजेट रकमान्तर

काठमाडौं,जेठ १३ । आगामी आर्थिक वर्षको बजेट निर्माण गर्न ढोका थुनेर बसेका अर्थमन्त्री र सचिवले ठूलो मात्रामा आफ्नो जिल्ला तथा क्षेत्रमा चालू आर्थिक वर्षको बजेट रकमान्तर गरेका छन् । बजेट पारदर्शीतामा सरकारले हरेक महिनाको अन्त्यमा रकमान्तर भएको बजेट सार्वजनिक गर्नुपर्ने भएपनि अर्थ मन्त्रालयले चैत र वैशाख महिनामा भएको रकमान्तर रकम सार्वजनिक गरेको छ । आजको अन्नपूर्णमा समाचार छ ।

‘आगामी बजेटमा आफ्नो जिल्लामा ठूलो रकम बजेट पार्ने तयारीमा रहेका मन्त्री र सचिवले चालू वर्षमै आफ्नो क्षेत्रमा रकमान्तर गरेका छन् ।’अर्थ स्रोतले भन्यो । रकमान्तर गरिएको विषय वेवसाइटमा राखेर सार्वजनिक गर्ने गरिए पनि विरोध हुने भएकोले यसलार्य सार्वजनिक नगरिएको स्रोतले जानकारी गरायो । स्रोतका अनुसार प्रभावशाली नेता तथा मन्त्री र नेताका जिल्लामा पछिल्लो दुई महिनामा १० अर्ब रुपैयाँ जतिको रकमान्तर भएको छ ।

हैदरावादसँग पराजित हुँदै कोलकोता आइपिएलबाट बाहिरियो

एजेन्सी,जेठ १३ । कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटबाट बाहिरिएको छ । बुधबार राति भएको एलिमिनेटरमा सनराइजर्स हैदरावादसँग २२ रनले पराजित हुँदै कोलकाता प्रतियोगितबाट बाहिरिएको हो । विजयी भएको हैदरावादले फाइलन प्रवेशका लागि पहिलो क्वालिफाएरमा पराजित भएको गुजरात लाइन्ससँग दोस्रो क्वालिफाएर खेल्नेछ।

दिल्लीस्थित फिरोज शाह कोटला मैदानमा भएको खेलमा सनराइजर्स हैदरावादले दिएको १ सय ६३ रनको लक्ष्य पछ्याएको कोलकोता पुरै ओभरमा ८ विकेट गुमाउँदै मात्र १ सय ४० रनमा समेटिन पुगेको थियो। कोलकोताका लागि मनिष पाण्डेयले २८ बलमा ३६, कप्तान गौतम गाम्भीरले २८ बलमा २८ तथा सूर्यकुमार यादवले १५ बलमा २३ रन बनाए । हैदरावादका भुवनेश्वर कुमारले तीन विकेट लिए । त्यस्तै मोसेस हेनरिक्सले २ विकेट लिए।

पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६२ रन बनाएको थियो।  उसका युवराज सिंहले ३० बलमा ४४, मोइसिस हेनरिक्सले २१ बलमा ३१ तथा कप्तान डेविड वार्नरले २८ बलमा २८ रन बनाए । हैदरावादका कुलदीप यादवले तीन तथा युशुफ पठान र ज्यासन होल्डरले दुई दुई विकेट लिए । हैदरावादले शुक्रबार हुने दोस्रो क्वालिफाएरमा गुजरात लाइन्ससँग खेल्नेछ । यसअघिनै पहिलो क्वालिफाएरमा गुजरातलाई हराएको बैंलोर फाइनलमा पुगिसकेको छ। फाइलन आइतबार हुनेछ।

मनोहरा यूथ क्लव बिजयी

१२ जेठ, काठमाडौं ।
मनोहरा यूथ क्लब सी डिभिजन लिग फुटबल प्रतियोगिताको बुधबार भएको पहिलो खेलमा विजयी भएको छ ।

सातदोबाटो स्थित एन्फा मैदानमा भएको खेलमा यसै वर्ष सी डिभिजन नक आउटबाट सी डिभिजन लिग चरणमा उक्लिएको मनोहरा यूथ क्लबले सानोगौचरन यूथ क्लबलाई २÷१ गोल अन्तरले पराजित गरेको थियो ।

श्री भगवती क्लब र झम्सिखेल यूथ कलबबिच एन्फा मैदान मै भएको दोस्रो खेल भने गोल रहित बराबरीमा सम्पन्न भएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

नेपाल र चीनका व्यापारीको संयुक्त लगानीमा ३६ अर्बको सिमेन्ट उद्योग स्थापना

१२ जेठ, नवलपरासी ।
चीन र नेपालका सिमेन्ट उत्पादक कम्पनीहरुको करिव ३६ अर्ब रुपियाँ लगानीमा नवलपरासीको बेणिमनिपुरमा देशकै ठूलो सिमेन्ट उद्योग स्थापनाको काम शुरु भएको छ ।

चिनियाँ कम्पनी होङ्सीको ७० प्रतिशत र नेपालको शिवम् सिमेन्टको ३० प्रतिशत लगानी रहेको होङ्सी शिवम् सिमेन्टबाट उत्पादन हुने सिमेन्टले नेपाली बजारको ३० प्रतिशत माग पूरा गर्ने उद्योगले जनाएको छ ।

दैनिक १२ हजार मेट्रिक टन सिमेन्ट उत्पादन क्षमता भएको यस उद्योगले तीन वर्षमा उत्पादन बजारमा ल्याउने होङ्सी शिवम् सिमेन्टका प्राविधिक शिवरत्न अटलले जानकारी दिनुभयो ।

होङ्सी शिवम् सिमेन्टको उत्पादन क्षेत्र नवलपरासीको  बेणिमनिपुरमा बुधबार उद्योग स्थापनाबाट हुने फाइदाका बारेमा जिल्लाका सांसद, विभिन्न राजनीतिक दलका नेता, सरकारी कार्यालयका प्रमुख र स्थानीयवासीहरुसँग छलफल भएको थियो ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web