BUDGET FOCUSED ON COUNTRY’S PROSPERITY: MINISTER RAI

Minister for Information and Communications Sherdhan Rai has said the government brought such budget that has focused people's aspiration and prosperity.

Speaking at a programme in Butwal today, Minister Rai said the budget was prepared based on country's prosperity, so there was no point in making negative comments about it.

Also the Spokesperson of the government, Minister Rai further argued that government has fully abided by the fiscal discipline.

Problems can not be solved merely by objecting to the constitution and burning its copies, he said, urging the agitating Madhesi parties to join the talks table.

विदेशी शिक्षा बारे जानकारी दिने दशौं बृहद शैक्षिक मेला जेठ २७ देखि

काठमाडौ, जेठ १७ । स्तरीय विदेशी शिक्षा र शैक्षिक सस्थाबारे जानकारी दिदै आएको नेपाल शैक्षिक परामर्श संघले आगामि जेठ २७ देखि ३० गतेसम्म राजधानीमा दशौं बृहद शैक्षिक मेलाको आयोजना गर्ने भएको छ । संघले सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर विश्व ग्लोबल भिलेजको रुपमा परिवर्तित भईरहेको बर्तमान परिवेशमा नेपाली विद्यार्थीहरुलाई स्वदेशी एवम विदेशी शिक्षा प्रणाली तथा प्राप्त योग्यताको भावी सम्भावना एवम अवसर जस्ता विषयमा प्रर्याप्त सूचना प्रवाह गर्नुका साथै शैक्षिक सस्थाहरु, विश्वविद्यालयहरु र त्यहाँ प्राप्त हुन सक्ने छात्रबृत्ति, सुविधा एवम गुणस्तरीय शिक्षाको विषयमा नेपाली विद्यार्थी र अभिभावकलाई जानकारी दिने उद्देश्यले मेलाको आयोजना गर्न लागिएको जानकारी दिईयो ।

नेपाल र विदेशका २२५ शैक्षिक सस्थाहरुको स्टल रहने मेलामा भारत, चीन, बंगलादेश, जापान, फ्रान्स, अमेरिका, बेलायत, न्यूजिल्याण्ड, अष्ट्रेलिय, आयरल्याण्ड, नर्वे, फिनल्याण्ड, मलेसिया, जर्मन, रुस र डेनमार्क लगायतका कलेज र विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरु सहभागिता रहने संघका अध्यक्ष प्रकाश पाण्डेले जानकारी दिए ।

उनले मेलामा विभिन्न मुलुकका शैक्षिक स्थितिसहित अमेरिका, अष्ट्रेलिया, यूरोपीयन यूनियन, न्यूीजल्याण्ड हार्य कमिसन र अमेरिकाले भिषा लगायतका विषयमा गरेको नयाँ ब्यवस्थाको विषयमा समेत जानकारी गराईने बताए ।

भुपु सैनिक संघको पाँचौ महाधिवेशन जेठ २१ गतेबाट काठमाडौमा

काठमाडौ,जेठ १७ । नेपाली काग्रेसको भातृ संगठनको रुपमा रहेको नेपाल भुपु सैनिक संघको पाँचौ राष्ट्रिय महाधिवेशन आगामि जेठ २१गतेदेखि तीन दिनसम्म काठमाडौमा हुने भएको छ ।

संघले सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर सो कुराको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा संघका अध्यक्ष नारायणप्रसाद कोइरालाले महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिदै जेठ २१ गते अपरान्ह १ बजे काग्रेस मुख्यालय सानेपामा सभापति शेरबहादुर देउवाले महाधिवेशनको उद्घाटन गर्ने बताए ।

महाधिवेशनको दोस्रो दिन आर्थिक र सांगठनिक प्रतिवेदनमा छलफल गरेर तेस्रो दिन नयाँ नेतृत्व चय गर्ने कार्यक्रम रहेको छ । त्यसकोलागि ६० जिल्ला सहित बेलायतसहित विभिन्न स्थानमा रहेका शााखाहरुबाट प्रतिनिधिहरु आउने क्रम जारी रहेको पत्रकार सम्मेलनमा कोइरालाले जानकारी दिए ।

संघमा नेपाली, बेलायती र भारतीय सेनामा आबद्ध भुपु सैनिक र तीनका परिवार गरी २ लाख ५० हजार सदस्य रहेका छन ।

‘निजामती कर्मचारी संगठनमा नेतृत्व कसले प्रदान गर्ने भन्ने कुनै पनि विवाद छैन’- मोहनकुमार घिम

१) नेपाल निजामती कर्मचारी संगठनको बारेमा केही बताउनु पर्दा ?
नेपाल निजामती कर्मचारी संगठनको स्थापना वि.स. २०४७ सालको प्रजातन्त्रको स्थापनासगै कर्मचारीहरुको हकहित र अधिकार स्थापनाका लागी आन्दोलन बाट निर्मित शक्ति , कर्मचारी ट्रेड यूनियनकोपहिलो र अग्रणी संगठनका रुपमा स्थापित संगठन हो । देशभर विभिन्न १२६ वटा जिल्ला र विभागीय कार्यसमिती सहित ३७००० भन्दा बढि कर्मचारीहरु आबद्ध यस संगठनको स्पष्ट योजना, कार्यदिशा र लक्ष्यहरु रहेका छन । कर्मचारीहरुमा सृजनशिलताको बिकास गर्दै उच्चमनोवल युक्त जनशक्तिले मात्र राज्यको घोषित लक्ष्यहरु प्राप्तगर्न सकिन्छ भन्ने धारणाको शिरोपर गर्दछ ।
कर्मचारीहरुमा समयानुसारको ज्ञान, सीप र क्षमताको बिकासगर्न उचितकार्य वातावरण, उच्चमनोवल, सृजनशिलता र निरन्तर तालिमको महत्वलाई उजागरगर्दै कर्मचारीहरु बिचको विभेदको अन्तको लागी कृयाशिल एकमात्र संगठननै नेपाल निजामती कर्मचारी संगठन हो ।

मोहनकुमार घिमिरे
महासचिव
नेपाल निजामती कर्मचारी संगठन

२) निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचन हुन्छ त ?
निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचन बिगतदुई पटक सम्म हुन सकेन र सरकार मितिसार्न बाध्यभयो । यसमाहाम्राअन्य संगठनका ब्यवस्थापकीय कमि कमजोरीहरु कारकका रुपमा रहेका थिए। ऋब निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचन हुने सवालमा शंका गर्नुपर्ने कुनै पनि बिषयहरु बाँकी रहेनन् त्यसै कारणले अब आधिकारीक ट्रेड युनियनको निवार्चन हुने बिश्वस्त आधारहरु तयार भएका छन ।

३) हिजो किन हुन सकेन, अब कसरी हुन्छ ?
हो,हिजोसम्म निजामती क्षेत्रमा कार्यरत केही ट्रेड युनियनहरुले निवार्चनको केही बिषय खासगरी थ्रेसहोल्डको बिषयमा असहमती रहेको थियो हालआएर यो बिषय सम्बोध नभईसकेको छ त्यस अर्थमाअब निर्वाचन हुने पक्का पक्की भएको छ ।

४) संगठनको चुनावी तयारी कस्तो छ ?
निजामती कर्मचारीहरुमा आधिकारीक ट्रेड युनियन हुनु पर्दछ भन्ने हाम्रो संगठनको माग हो । हामीले सातौ महाधिबेशन बाटै यो मागलाई बुलन्द बनाएका हौ । हाम्रो संगठनले देशका सबै जिल्लाहरु र मन्त्रालयतथा विभागहरुमा संगठनका केन्द्रिय पदाधिकारीको उपस्थितीमा विभिन्न चुनावी कृयाकलापहरु संचालनगर्दै प्रत्येक कर्मचारी मतदाता सम्मपुगेर संगठनका घोषणापत्र कार्यक्रम र संगठनले गरेका कृयाकलाप सहितप्राप्त उपलब्धि सम्बन्धमा अन्र्तकृया छलफल र गोष्ठिहरु सम्पन्न गरेका छौ । राष्ट्रसेवक कर्मचारी संगठन सम्पुर्ण रुपमा र स्वतन्त्रकर्मचारी मिलन केन्द्रको आधाभन्दा ठुलो हिस्सा संगठनमा जिम्मेवारीका साथ आबद्ध गराइएको छ । निर्वाचनमा मात्र नभएर जुन सुकै समयमा कर्मचारीका गुनासो सुनुवाई, पिरमर्कामा निजामती कर्मचारी संगठन दत्तचित्त साथ लागेको छ र प्रत्येक कर्मचारीलाई अनुभुत हुनेगरि आफ्ना कार्यक्रमहरु संचालन गरेका छौ,यि सबै हाम्रातयारी नै हुन ।

५) संगठन भित्र अनेकता छ, त्यसले चुनावमा असर पार्ने र फाईदा लिन सकिने विश्लेशण अरु संगठनहरुले गरेका छन नि ?
संगठन जिबन्तहुने भएकाले त्यहाबिचार र कार्य दिशामा बिचार बिमर्शहुनु तथा साझाधारणा तयारगर्न समुहिक छलफल हुनु स्वाभाबिक हुन्छ । त्यसमा पनियति ठुलो र लामो प्रजातान्त्रिक अभ्यास भएको एक ऐतीहासिक संगठन भएकाले संगठनमा बाहिर बाट हेर्नेहरुका लागी त्यस्तो लाग्नु स्वभाबि क हो तर संगठनको मुलक कार्यदिशार नीतिमा कुनै पनिमतान्तर रहेको छैन र रहदैन पनि । त्यसैले यो उहाँहरुको भ्रम हो उहाँहरुलाई यसैमा रम्नदिउ आत्मरतिमा सबैले रमाउन पाउनु पर्छ नि हैन ?

६) संगठनका जितकाआधारहरु के के छन ?
मैले अगाडि नै ब्यक्त गरिसके की हामीमात्र एक त्यस्तो संगठन हो,जसले यति लामो इतिहास बनाएको छ, स्पष्ट नीति र कार्यक्रम छ, सबै कर्मचारी सम्मपुग्न सफलभएको छ, सबै कर्मचारीहरुको गुनासो ब्यवस्थापनगर्न सफल भएको छ (चाहे त्यो संगठनको सदस्यहोस या नहोस) सुशासन र क्षतिपूर्ति सहितको सार्बजनिक सेवा प्रबाहको वकालत गर्दछ, सार्बजनिक प्रशासनका चाकडी, ढुलमुले, पछौटेपना र अन्य कमी कमजोरीको सुधारका लागीनिरन्तर कृयाशिल एकजिबन्त संगठन हो । सरकारी सेवामा कार्यरत कर्मचारीको मनोवल उच्च राख्दै सृजनशिलतामा जोड दिन्छ । सेवाप्रवाहलाई पहिलो प्राथमिकता राख्दछ, हाम्रो संगठन सबै जिल्ला र मन्त्रालयतथा विभागहरुमा शसक्त रुपमा रहनु र पारदर्शी संगठनका कृयाकलाप तथा हाम्रो काम कारबाही नै हाम्रा जित्ने आधार हुन ।
७) करिब ५५ हजार मतदाता ट्रेडयुनियनको चुनावमा भाग लिईरहेका छन, संगठनले कति मतल्याउला?
यहाँ लाईपुनःस्मरण गराऊँ कि हामी सबै जिल्ला र मन्त्रालयमा अग्र स्थानमा छौ । ६५ जिल्ला र २५ भन्दा बढि मन्त्रालय -विभागिय कार्य समितीमा हाम्रो एकछत्र संगठन कृयाशिल छ । देश भरि हाम्रा ३७हजार बढि सदस्यहरु हुनु हुन्छ यसैका आधारमा पनिदुई तिहाई मत संगठनले प्राप्तगर्नेछ ।

८) चुनावन हुदै आधिकारीक ट्रड युनियनको अध्यक्षको हुने भन्ने विवाद सृजना हुन थालेको कुरा बाहिर आएको छ, के हो ?
यो हुनै सक्दैन । हाम्रो संगठन लामो इतिहास भएको र धेरै योगदानभएका साथीहरुको संगठन भएकाले बाहिरी अडकलबाजी हुनु स्वभाविकहो । यहाँ धेरै साथिहरु नेतृत्व प्रदानगर्न सक्षम व्यक्तित्व हुनुहुन्छ तर त्यसको अर्थ यो होइनकि धेरै विवाद छ ।हाम्रा स्थापीतबिधि पद्धती र मापदण्डका आधारमा नेतृत्व छनोट गर्ने प्रजातान्त्रिक अभ्यास भएकाले नेतृत्वकसले प्रदान गर्ने भन्ने कुनै पनिविवाद संगठनमा छैन ।

९) आधिकारीक ट्रेडयुनियनको चुनाव पछि अहिले जस्तै पार्टीपिच्छेका संगठन हावी हुन्छन कि हुदैनन् ?
सिद्दान्ततःआधिकारीक ट्रेड युनियनको चुनावपछि सरकार संगको समुहिक सौदावाजी निर्वाचित आधिकारीक ट्रेड युनियनले नै गर्ने छ,यसलाई स्थापितगर्नेमा हामी केन्द्रित हुनेछौ । यसको मतलव यो होइनकी अन्य ट्रेड युनियनका कृयाकलापहरु बन्द हुनेछन, अन्य ट्रेड युनियनहरु आफ्ना सृजनात्मक कृयाकलापहरु संचालनगर्दै सांगठनिक कृयाकलापमा सिमित हुनेछन । आफ्ना काम रकारवाहीका आधारमा भावि चुनाबमा केन्द्रित रही सर्बश्रेष्ठता हासिलमा प्रयत्न रहनेछन भने आफ्ना माग तथा सिद्दान्त र नीतिलाई आधिकारिक ट्रेड युनियनमार्फत सरकार र ब्यवस्थापक सम्म पु¥याउने छ, त्यसैले चुनावपछि अहिले जस्तै पार्टीपिच्छेका संगठन हावी हुदैनन् भन्ने विश्वास लिन सकिन्छ ।

गठबन्धनले सार्वजनिक गर्‍यो पुनः काठमाडौं केन्द्रित आन्दोलन,होलान त सफल ? (विज्ञप्ती)

काठमाडौं,जेठ १७ । राजधानी केन्द्रित आन्दोलन गर्दा पनि सरकारवाट  औपचारिक रुपमा वर्ताको लागि पत्र नआएको भन्दै संघीय गठबन्धनले पुनः नयाँ आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । राजधानी केन्द्रित आन्दोलन समाप्त भएकै दिन मोर्चाले आन्दोलनको नयाँ कार्यक्रम सार्वजनिक गरेको हो ।  मोर्चाले जेठ २५ देखि असार मसान्त सम्म शहीद मञ्चमा अनसन बस्ने लगायतका कर्यक्रम सार्वजनिक गरेको हो ।

यस्तो छ मोर्चाद्धारा जारी विज्ञप्ती

प्रेस विज्ञप्ति

सङ्घीय गठबन्धनको संयुक्त राष्ट्रिय आन्दोलनका कार्यक्रमहरू,

प्रतिगामी तथा विभेदकारी संविधान विरुद्धकोसंयुक्त राष्ट्रिय आन्दोलन निरन्तर जारी छ । २०७३ जेठ १ गतेबाट सुरु भएको राजधानी केन्द्रित आन्दोलनले राष्ट्रिय एकता र जनताको विजयको आधार निर्माणका साथै नयाँ इतिहासको सुरुआत गरेको छ । यसले सिंहदरवारको नश्लीय सत्ताको जग हल्लाइ सकेको छ । तर, सत्ता पक्ष अझै गम्भीर नदेखिएको मात्र होइन देशमा पटक पटक भएका क्रान्ति, विद्रोह र आन्दोलनका जनादेश, आन्दोलनकारीहरूसँग राज्यले गरेका सम्झौता र सहमतिहरूलाई समेत उल्ट्याएर एक पक्षीय रूपमा अगाडी बढ्यो र अहिले पनि बढिरहेको छ ।

हामीले उठाउँदै आएको सङ्घीयता, समानुपातिक प्रतिनिधित्व, समावेशी लोकतन्त्र, प्रादेशिक स्वायत्तता, स्वशासन, धर्म निरपेक्षता तथा सबै उत्पीडित समुदायहरूको पहिचान स्थापित हुने गरी सङ्घीय संरचना निर्माण तर्फ लाग्नु भन्दा सरकार आफ्नो सत्ता सुदृढ गर्न नै लागी परेको छ ।

त्यसैले, न्याय, समानता र उत्पीडनबाट मुक्तिका लागि हामी आदिवासी जनजाति, मधेशी, थारु, खस, शिल्पी÷दलित, मुश्लिम, पिछडावर्ग लगायत सबै उत्पीडित समुदायहरू अझै ठूलो सङ्घर्षको लागि अगाडि बढ्नु आवश्यक छ । सरकारी नीति तथा कार्यक्रम र बजेट भाषणमा उत्पीडित समुदायहरूको पहिचानलाई बेवास्ता गर्नु तथा स्थानीय निकायको पुनर्संरचना नै नगरी प्रदेशको क्षेत्राधिकारभित्र पर्ने स्थानीय निकायको निर्वाचन गर्ने घोषणा गर्नुले सङ्घीयता समाप्त गर्ने तिनीहरूको षड्यन्त्र स्पष्ट भएको छ । त्यसैले, वर्तमान प्रतिगामी तथा विभेदकारी संविधान पुुनर्लेखन र आन्दोलनरत दलहरूले उठाएका मागहरू सम्बोधन नगरुञ्जेल हाम्रो सङ्घर्ष निरन्तर रूपमा जारी नै रहने छ ।

संयुक्त राष्ट्रिय आन्दोलनका कार्यक्रमहरू निम्नानुसार तय गरिएको छः

१. २०७३ जेष्ठ २५ गतेदेखि असार मसान्तसम्म प्रत्येक दिन बिहान७ बजेदेखि बेलुका ७ बजेसम्म

काठमाडौँको शहीद मञ्चमा रिले अनसन ।

२. गठबन्धनका प्रत्येक घटकबाट आ–आफ्ना भातृ सङ्गठनहरूलाई पनि सहभागी गराएर प्रत्येक दिन

१÷१ जना अनसन बस्ने ।

३. आन्दोलनलाई प्रभावकारी बनाउन प्रत्येक दिन ३ बजे पश्चात् अनसन स्थलमा साहित्यिक कार्यक्रम,

सांस्कृतिक सभा र जनसभाको आयोजना गर्ने ।

४. प्रदेश तथा जिल्लाहरूले पनि गठबन्धनका घटक दलहरूको बैठक बसी यस्तै प्रकृतिका आन्दोलनका

कार्यक्रमहरू तय गर्न सकिने ।

५. अन्य कार्यक्रमहरू आवश्यकता अनुसार गठबन्धनले सार्वजनिक गर्ने ।

उपेन्द्र यादव

संयोजक

सङ्घीय गठबन्धन

जापान कुमामोतो भूकम्प प्रभावित क्षेत्र सहयोग गर्न जान स्वयंसेवक माग

१७ जेठ, टोकियो ।
जापानको कुमामोतो भूकम्प प्रभावित क्षेत्रमा सेवा गर्न जान स्वयंसेवक भोलेन्टियरको माग भएको छ ।

गत अप्रिल १६ तारिख शनिवारका दिन कुमामोतो क्षेत्रमा गएको ७.३ रेक्टर स्केलको शक्तिशालि भूकम्पपछि अझैपनि सो क्षेत्रमा सहयोगको आवश्यकता रहेको पाइएपछि स्वयंसेवी टोलि जान लागेको बताइएको छ ।
उक्त विनाशकारी भूकम्पमा परि करिव ५० जापानी नागरिकको मृत्यु भएको थियो ।

स्वयंसेवी टोलिका भोलेन्टियर संयोजक प्रल्हाद सिंह महतका अनुसार जुन ३ तारिखका दिन गएर ५ तारिख फर्कने टोलीले सो क्षेत्रमा सरसफाइ लगायतको काम गर्नेछ ।

भोलेन्टियर जान इच्छुकहरुले जुन २ तारिख साँझ सम्मा खवर गरेर नाम टिपाइसक्नुपर्ने महतले जानकारी दिनुभयो । तत्कालका लागि १२ जना भोलेन्टियर मात्र माग गएकाले समयमै सम्पर्क गर्न महतको आग्रह छ ।

३ तारिख बेलुका गएर ५ तारिख बेलुका फर्कने स्वयंसेवी टोलीमा जान जाहने व्यक्तिले आफ्नो लागि आवश्यक स्लिपिगं व्याग लगायतका व्यक्तिगत आवश्यक सामग्री साथमा लैजानुपर्ने समेत बताइएको छ ।

भोलेन्टियरको रुपमा जान चाहने व्यक्तिले कुनै भत्ता लगायत सुविधा नपाउने भन्दै स्वयंसेवक टोलि संयोजक महतले भूकम्प प्रभावित जापानी नागरिकलाई सहयोग गर्ने अवसरका रुपमा लिएर सम्पर्क गर्न आग्रह गर्नुभएको छ ।

भोलेन्टियर जान चाहने व्यक्तिहरुले प्रल्हादसिंह महतलाई 7013689922 मा सम्पर्क गर्न सक्नेछन् ।

यसअघि सो क्षेत्रमा गैर आवसिय नेपाली संघ जापानको टोलिले नेपाली खाना लगायतको सहयोग गरेको थियो ।

जापानका भूकम्प पीडितलाई नेपाली खाना सहितको सहयोग वितरण (फोटो फिचर)

आफ्नै छोरा र बुहारीलाई बन्चरो प्रहार गर्ने पक्राउ

१७ जेठ, तनहुँ ।

आफ्नै छोरा र बुहारीलाई बन्चरो प्रहार गरेको अभियोगमा मनपाङ–६ बस्ने ५५ वर्षीय भद्रबहादुर कुमाल र ५२ वर्षीया जुठी कुमाललाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुले आइतबार राति घरायसी बादबिबादमा २९ वर्षीय छोरा कृष्ण बहादुर कुमाल र २५ वर्षीया बुहारी तारा कुमाललाई बन्चरोले टाउकोमा प्रहार गर्दा दुबै जना गम्भीर घाइते भएकोले उपचारको लागि दमौली अस्पताल हुँदै पोखरातर्फ लगिएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

नेपाल जापान विधार्थी समाजको प्रथम वार्षिक उत्सव सम्पन्न

जापान ( टोक्यो ) – नेपाल जापान विधार्थी समाजको ' प्रथम वार्षिक उत्सव तथा विशेष सास्कृतिक महोत्सव २०१६ ' भब्यताका साथ सम्पन्न भएको छ । उदघाटन सत्रमा प्रमुख अतिथी गेहेन्द्र राज भण्डारी , एन आर एन जापानका अध्यक्ष सुदन थापा , बौद्दिक ब्यक्तीत्व जिज्ञान कुमार थापा र सस्थाका अध्यक्ष सन्तोष चोखालले रिबन काटेर कार्यक्रम सुरु गर्नु भएको थियो ।

टोक्योको सिनोकुबोको रोधी क्लवमा सम्पन्न वार्षिक उत्सवमा बौद्दिक क्षेत्र तथा सामाजिक क्षेत्रमा सकृय ब्यक्तीहरु जिज्ञान कुमार थापा , डा होम बहादुर रिजाल , लता शाक्य , दीपक बाबु नेपाल,  डा प्रकाश शाक्य , राजन केसी ,  प्रविन जोशी , भुवन शंकर भट्ट , जिवक बज्राचार्य , दिनु बज्राचार्य , रुपा  सिंहलाई विशेष सम्मान गरिएको थियो । कार्यक्रममा जापान सम्बंधी विविध जानकारी सहितको ' विधार्थी डायरी ' र 'गोजी पात्रो ' कार्यक्रमका प्रमुख अतिथी कार्यवाहक राजदुत गेहेन्द्र राजभण्डारी , पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्ल र सस्थाका अध्यक्ष सन्तोष चोखालले संयुक्त रूपमा विमोचन गर्नु भएको थियो ।

जापान मै विशेष रुपमा सम्पन्न गरिएको कार्य्रक्रममा बोल्दै कार्य्रक्रमका प्रमुख अतिथी समेत रहनु भएका कार्यवाहक राजदुत गेहेन्द्र राजभण्डारीले सम्पुर्ण विधार्थीहरुलाई आफ्नो लक्ष्यमा हिड्न आग्रह गर्नु भयो । विधार्थी जिवन महत्वपुर्ण भएको भन्दै सबैले मेहेनतका साथ अध्ययन गर्न आग्रह गर्नु भयो । त्यसैगरी कार्यक्रममा जिज्ञान कुमार थापा , एन आर एन आइसिसी सदस्य कपिल देव थापा , एन आर एन जापानका अध्यक्ष सुदन थापा , सस्थाका सल्लाहाकार तथा हामिले नगरे कसले गर्ने ?

अभियान जापानका संयोजक दिपक बाबु नेपाल, नेपाल पत्रकार महासंघ जापान अध्यक्ष तिलक मल्ल लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । सस्थाका उपाध्यक्ष समिर देव खनालले स्वागत मन्तब्य राख्नु भएको कार्य्रक्रममा सस्थाका महासचिव चेतन पौडेलले वार्षिक प्रतिबेदन , भावी कार्ययोजना प्रस्तुत गर्नु भएको थियो । पहिलो चरणको कार्यक्रम संचारकर्मी राजन गौतमले संचालन गर्नु भएको थियो । दोस्रो चरणको कार्य्रक्रम  सस्थाका सदस्य रविन शर्माले संचालन गर्नु भएको थियो ।

कार्यक्रममा दिब्या नेपाल, रामकृष्ण बम मल्ल , सुर्य खड्का , बिनोद भण्डारी , समुन्द्रराज पौडेल , कुमार श्रेस्ठ ' फर्सिलाल ' , प्रदिप कार्की , संगीता क्षेत्री , सनम शाही , दिपेश श्रेस्ठ , केशव शर्माले आफ्नो प्रस्तुती दिनु भएको थियो । कार्यक्रममा राम बहादुर थापा उपनामबाट चिनिने जापानी नागरिकले मजाले रमाइलो तरिकाबाट नेपाली भाषामा कुरा गरेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष सन्तोष चोखालको सभापतित्वमा सम्पन्न भयको थियो ।

प्रधानमन्त्रीको सिको गर्दै सिँचाइ मन्त्री-‘अब खेतमा सौर्य उर्जा जडान गरि सोलारबाटै सिँचाइ’

काठमाडौं,जेठ १७ । सिँचाइ मन्त्री उमेशकुमार यादवले चालू आर्थिक वर्षबाटै सौर्य ऊर्जामार्फत सिँचाइको व्यवस्था मिलाउने बताएका छन् ।  सिँचाइ विभागमा सोमबार आयोजित एक कार्यक्रममा बोल्दै उनले चालु आर्थिक वर्षबाट नै सौर्य उर्जाबाट सिचाइँको व्यवस्था गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । सिंचाई मन्त्रालयले दैनिक जस्तो लोडसेडिगंको समस्या, पेट्रोलियम पदार्थको महँगाइ तथा त्यो पनि समयमा उपलब्ध हुन नसकेको कारण किसान मार परेको र कृषिमा गरेको लगानी पनि नउठेका भएपनि त्यसलाई ध्यानमा राख्दै नयाँ व्यवस्था गर्न लागेको बताएका हुन् । ‘मधेसका विभिन्न १० ठाउँमा नमुनाका लागि सौर्य ऊर्जाबाट पम्प जडान गरौं, त्यो सफल भयो भने आउने आर्थिक वर्षमै अन्यत्र लागू गर्न सकिन्छ।’उनले भने ।  मुलुकमा हाल झन्डै ७ लाख हेक्टर जमिनमा मात्रै बाह्रैमास सिँचाइ सुविधा उपलब्ध रहेको भन्दै उनले सौर्य ऊर्जाबाट स्यालो र डिप ट्युबवेल जडान गर्दा थप ३ लाख हेक्टर जमिनमा सिँचाइ पुग्ने मन्त्री यादवले दावी गरे ।

बजेटको विषयलाई लिएर कांग्रेसको विरोध, संसद अवरुद्ध

काठमाडौं,जेठ १७ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेटको विषयलाई लिएर व्यवस्थापिका संसदको बैठक अवरुद्ध गरेको छ । आधा घण्टाका लागि स्थगित भएको छ ।संसदीय मूल्य मान्यता विपरित सदनमा पेश गर्नु अगाडि नै सूचना बाहिर चुहाएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदको बैठक अबरोध गरेको छ। अवरोधपछि वैठक आधाघण्टाको लागि स्थगित भएको छ ।

सोमबार बिहान बैठक सुरु हुनासाथ नेपाली कांग्रेसका सांसदहरुले अर्थमन्त्री विष्णु पौडेललाई कारवाही हुनुपर्ने माग गरेका थिए । कांग्रेस सांसदहरुले बजेट घोषणा हुनु अगावै त्यसका गोप्य सूचना एक दैनिक पत्रिकामा छापिएको भन्दै अर्थमन्त्रीमाथि कारवाहीको माग गरेका छन् ।

धन्यवाद दिंदा जापानीले भने ‘अन्य देशले सहयोग लिन्छ मात्र नेपालीको बिशेषता आज थाहा पायौं’

गोकर्ण अधिकारी-१७ जेठ, टोकियो ।

पुरै जापानमा नभएपनि जापान पुरैलाई समेट्नेगरि मुख्य शहर केन्द्रित गरेर जापानभर हिजो नेपालीहरुले नेपाललाई गरेको सहयोगको लागि जापानीहरुलाई धन्यवाद दिए ।

सडक किनार छेउ उभिएर राजदूत देखी भवन भट्ट लगायत विशिष्ट व्यक्ति समेतको उपस्थितिमा नेपाली मौलिक पहिरन लगाएर उभिएका नेपालीहरुले भूकम्पका समयमा नेपाललाई गरेको सहयोगको लागि धन्यवाद धन्दै नेपाल भ्रमणको निम्तो समेत बाँडे ।

कुनै वस्तु वा सेवाको प्रचारको लागि मात्रै जापानमा यसरी सडकमा उभिएर चिरासी पोष्टर पाम्प्लेट बाँड्ने गरेको देखेका जापानी नागरिकहरु धन्यवाद दिंदै उभिएका नेपाली देखेर सुरुमा केही अकमक्कीए ।

जापानका लागि कार्यवाहक नेपाली कार्यवाहक राजदूत गहेन्द्रराज राजभण्डारी भन्नुहुन्छ-'सहयोग लिएर पनि धन्यवाद दिने नेपाली संस्कृति देखेर जापानीहरुले खुशी हुँदै भावना साटे ।' राजदूत भण्डारीले धन्यवाद कार्यक्रमको अनुभव सुनाउँदै टपनेपालन्युजडटकमसँगको कुराकानीमा भन्नुभयो-'धन्यवाद दिनकै लागि भनेर यति ठूलो कार्यक्रम गरेकोमा सुरुमा अचम्म माने, कति जापानी नेपाली मौलिकता देखेर आकर्षित भए भने कतिले नेपाल र जापान असल मित्र देश भएको भन्दै जापान र नेपाल एकै देश जस्तो भएको समेत बताए ।'

हेर्दा सामान्य जस्तो देखिएपनि जापानभर गरिएको धन्यवाद कार्यक्रमको असर पछिसम्म पर्ने र यसले नेपालको पर्यटनसँगै जापानमा रहेका नेपालीहरुको छवि र सम्मानमा समेत सकारात्मक हुने कावा राजदूत गहेन्द्रराज राजभण्डारीको ठम्याइ छ ।

जापानी सञ्चारमाध्यम र जापानी जनजीवनसँग जानकार जिज्ञान कुमार थापाको अनुभव पनि उस्तै छ । थापा भन्नुहुन्छ-'हामीले दिएको धन्यवादको यतिधेरै प्रभाव पर्छ भन्ने सोचेकै थिएनौं ।'

गैर आवासिय नेपाली संघ एनआरएन जापानका सल्लाहकार समेत रहनुभएका थापा भन्नुहुन्छ-'जापानीहरुले अहिलेसम्म पैसा उठाउन मात्र बिदेशीले यसरी कार्यक्रम गरेको थाहा पाएको धन्यवाद दिनकै लागि मात्र कार्यक्रम गरेको कहिल्यै नसुनेको बताएका थिए ।'

धर्म प्रचार देखी पैसा माग्ने भ्रम छिनभरमै फेरियो नेपाल प्रेममा
धन्यवाद सहित नेपाल भ्रमणको निम्तो दिंदै बाँडीएको पोष्टकार्ड पाएपछि अजुसा उसिओले सामाजिक सञ्जाल ट्विटरमा लेखेकि छिन्-'जापानबासी नेपालीहरुले गरेको कार्यक्रम हेर्न सिन्जुकु गए। पोहोर सालको नेपालमा गएको भुकम्पमा जापानीहरुले गरेको सहयोग ६० करोड। त्यसको लागी धन्यवाद दिदैँ कुमामोतोमा गएर नेपाली खाना पनि खुवाएका थिए रे । अनि आज हिमालको तस्विर भएको पोस्टकार्ड दिदै जापानको २८ ठाउमा धन्यवाद दिनुभयो ।'

धन्यवाद सहित नेपाल भ्रमणको निम्तो सहित दिएको पोष्टकार्डको फोटो सहित ट्वीटरमा कावासाले लेखेका छन्-'सिबुयामा यो पाए। २०१५ साल अप्रिलमा गएको भुकम्पको बेला, जापानीहरुले गरेको आत्मिय सहयोग हामी कहिले पनि बिर्सदैनौ भनेर जापानबासि सम्पुर्ण नेपालीहरुको तर्फबाट नेपाल जाऊ भन्ने सन्देस र नेपालमा तपाइलाइ स्वागत गर्दछौ भन्नुभएको छ ।'

नेपालीले दिएको पोष्टकार्ड राख्दै ट्वीटरमा जोउटा नाम भएका अर्काले लेखेका छन्-'सिन्जुकुतिर नेपालको मानिसहरुले पोहोरसालको भूकम्पको सहयोगको लागि धन्यवाद भनेर यो दिनुभयो ।'

पोष्टकार्डमा लेखिएपनि मनास्लु हिमालको तस्विरमा झुक्किएका अर्का एक जापानीले सगरमाथा नेपालमा पर्छ भन्ने ज्ञान भएर होला-'धन्यवाद जापान भनेर एभरेष्टको तस्विर भन्दै पोष्टकार्डको फोटो राखेका छन् ।'
यो प्रतिक्रिया हेर्दा तस्विरमा जापानी भाषामा पनि नाम लखिनुपर्ने रहेछ भन्ने झल्काएको छ ।

यस्तै इरिका नाम गरेकी युवतीले-'आज इकेबुकुरोमा धेरै नेपालीहरुले यो बाड्नु भयो भन्दै अगाडी लेखेकी छिन् शुरुमा त के धर्म फैलाउन आएको हो कि भनेर नहेरि हिँडेको, धन्यवाद जापान भनेर लेखेको रहेछ । त्यो देखेर पोष्टकार्ड लिएर आएं मलाई एकदमै खुशी लाग्यो ।'

नेपाली भाषामा नै ट्विटरमा हारुका नाम राखेकी जापानी युवतीले धन्यवाद जापान कार्यक्रममा आफुले पनि सहभागीता जनाएको भन्दै लेखेकी छिन्-'आसागायामा भाग लिएको । म जस्तो नेपाल मन पराउने जापानीहरु १ जना भएनि बडुन् भन्ने चाहना छ । थोरै भएपनि जापानीहरुले नेपालमा रुची राखुन् । मनैदेखी नै त्यो चाहन्छु । र कार्यक्रम एकदम आत्मियताले भरिपुर्ण थियो । भाग लिन पाएर खुशी लागेको छ । बोलाउने दाइलाई धन्यवाद ।'

धर्म प्रचार मात्र हैन सुरुमा पैसा उठाउन लागेको भन्ने भ्रम परेपनि पछी खुशी लागेको बताउँदै ट्विटरमा नै सो कुमागी लेख्छिन्-'फेरी कुनचाहिले पैसा उठाउन लाग्यो भनेको त। बिदेशीहरुले बाडेको यो पोस्टकार्ड। सिनज्युकुमा पाएको। यो राम्रो काम हुनुपर्छ भनेर सबलाइ टुइटर मार्फत सेयर गर्न चाहन्छू। नेपाल जापान आरिगातो।'

बिबि नाम गरेकी अर्की एक जापानी युवतीले अरुलाई समेत हेर्न अनुरोध गर्दै समाचार र फोटो सहितको लिंक राखेर भनेकी छिन्-'हेर्नु हेर्नु । सेन्दाइ स्टेशनको हिगासिगुचीमा नेपालको मान्छेले अस्तिनको भुकम्पको सहयोगको लागि धन्यवाद भनेर दिएको आरिगातो जापान रे । स्वागत छ ।'

माया मासेउनाममा समेत आरिगात्तो जापान भनेर पोष्टकार्ड राखेको पाइएको छ ।

यस बाहेक सामाजिक सञ्जाल ट्विटर र फेसबुकमा धेरै जापानीहरुले मर्मस्पर्शी प्रतिक्रिया सहित धन्यवाद दिएका नेपालीहरुप्रति आभार व्यक्त गरेको पाईएको छ ।

जापानीहरुका त्यस्ता केही रोचक प्रतिक्रियाहरु यहाँ बुँदागत रुपमा राखिएको छ

-नागानोको माचुमोतोमा पाएको पोस्टकार्ड। धन्यवाद नेपाल।

-पैसा उठाउन होइन धन्यवाद दिन आएको रे।नेपालीहरुको सस्कृतिको गहिराइमा एकछिन  डुब्ने अनुभव भयो।

-हाम्रो नजिक पनि नेपाली रेष्टुरेन्ट छ। छिरेको त छैन तर यो पोस्टकार्ड लिएर जाने बिचार गरें।

-सोच्न त सबैले सोच्छन तर जापान भरि यस्तो बृहत कार्यक्रम गर्न सक्नु जापानको नेपाली समुदायको बिशेषता हो।

-एशियाकै अन्य देशले जापानको सहयोग लिन्छ मात्र। ति राष्ट्रलाइ यो कुरा सुनाइदिनु पर्ने। लाजले रातो हुन्थेहोलान।

-यो गर्मीबिदामा कुनदेशजाने भन्ने कुराको निर्णय गर्न आजको कार्यक्रम काफि भयो । चिकिन करि दालभात तरकारी अचार खान मन लागेर आयो।

-धन्यवाद दिन अझै छिटो भयोकि, नेपालमा पनि कुमामोतोमा पनि भुकम्पको पिडा सकेको छैन ।

भाषानुवाद तथा सामग्री संकलन सहयोगमा श्री जिज्ञान कुमार थापा

थप समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस्

जापानभर धन्यवाद सहित नेपाल भ्रमणको निम्तो बाँडीयो (फोटो फिचर/भिडियो)

राजधानी केन्द्रित आन्दोलन उपलब्धि बिहिन बनेपछि पोखरातिर मोडियो संघीय गठबन्धन

काठमाडौं,जेठ १७ । सिंहदरबार र प्रधानमन्त्री निवास घेराउको आन्दोलनपछि १० दिने विरोधका कार्यक्रम घोषणागरि विभिन्न स्थानमा सभा गर्दै आन्दोलनरत संघीय गठबन्धनले आज पोखरामा सभा गर्दैछ ।   तमुवान संघर्ष समितिको आयोजनामा पोखरामा जनप्रदर्शन सहित विरोधसभा गर्न लागेको हो । यसअघि हिजो  विरगञ्जमा विरोधसभा गरेको गठबन्धनले आज दिउँसो पोखरामा विरोधसभा गरेपछि आजदेखि आन्दोलनको पहिलो चरण पुरा हुनेछ ।

बिरोधसभामा गठबन्धनमा आवद्धदलका शिर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । संविधानसभाबाट जारी संविधानमा भएको प्रदेश सीमांकनप्रति असन्तुष्टि जनाउँदै चरणबद्ध रुपमा आन्दोलनका कार्यक्रम गरिरहेको छ ।

सरकारले औपचारिकरुपमा पत्र पठाएर बैठकमा आउन आग्रह गरेको भएपनि वार्ताको लागि विश्वासिलो वातावरण नभएको भन्दै बार्तामा नजाने अडान लिएको छ ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web